राजनीतिक दलहरूसँगको सहमतिविना सरकारले निर्वाचनको मिति घोषणा गरेलगत्तै राष्ट्रपति रामवरण यादवले अन्तरिम संविधानको धारा ३८(१) अनुसार सहमतीय सरकारका लागि दलहरूलाई आह्वान गरेका छन्। जतिबेला सहमतिको प्रयास जारी थियो र सहमतिको सम्भावना पनि निकट थियो, त्यति नै बेला दलहरूसँग सहमति नगरेरै आगामी वैशाखका लागि निर्वाचनको मिति घोषणा गर्नुका साथै एकलौटी बजेट ल्याएको थियो। राजनीतिक सहमतिविना सरकारले गरेको निर्वाचनको घोषणा र ल्याएको बजेटले देशमा झन् ठूलो अन्यौल सृजना गरेको छ र सहमतीय राजनीतिलाई अझै टाढा धकेलेको छ। सरकार र एमाओवादी नेतृत्वको गठबन्धनको यो सर्वसत्तावादी रबैयाले देशमा थप राजनीतिक धु्रवीकरण बढाउने, दलबीच अझ ठूलो अविश्वास पैदा गर्ने, राजनीतिक द्वन्द्व तीव्र बन्ने र देशले थप राजनीतिक संकट बेहोर्न बाध्य हुने निश्चित छ। यसैबीच अन्तरिम संविधानको प्रावधानअनुसार राजनीतिक सहमतिका आधारमा प्रधानमन्त्रीको चयन र निजको अध्यक्षतामा मन्त्रिपरिषद् गठनका लागि राष्ट्रपतिले यो कदम चालेका छन्। सहमतिका लागि प्रधानमन्त्रीले मार्गप्रशस्त नगरे पनि राष्ट्रपतिले दलबीच राजनीतिक सहमतिका लागि बाटो देखाइदिएका छन्।
बजेट राजनीति
विकास निर्माणको काम अघि बढाउन, व्यापार व्यवसाय सुचारु बनाउन, देशमा आर्थिक क्रियाकलाप सहज बनाउन, जनतालाई सेवा सुविधा सरल बनाउन र अर्थतन्त्रको सुधार एवं आर्थिक विकासका लागि राष्ट्रिय बजेट अपरिहार्य हुन्छ। पूर्ण बजेट नै चाहिन्छ देशलाई। तर राजनीतिलाई बन्धक राखेर कुनै कुरा गरिन्छ भने त्यसले राष्ट्रलाई कसरी दिशानिर्देश गर्न सक्ला? राजनीतिक निकास नदिने, सहमतिका लागि मार्गप्रशस्त पनि नगर्ने तर कामचलाउ सरकारले पूर्ण बजेट ल्याउने प्रयत्न कसरी लोकतान्त्रिक र संवैधानिक दृष्टिले जायज हुनुसक्छ?
राजनीतिक सहमति नजुटिरहेको अवस्थामा एक तृतियांश बजेट ल्याउने बाध्यतामा परिरहेको सरकारले राष्ट्रपतिमार्फत् दुई तिहाई बजेट ल्याएको छ। सरकारले घुमाउरो तरिकाले राजनीतिक दलहरूलाई झुक्याएर एक किमिमले पूर्ण आकारको बजेट ल्याएको छ। खर्चको लागि पर्याप्त रकम विनियोजन गरिसकिएको छ भने विपक्षीले पूर्ण बजेट ल्याउन नदिएकाले विकास निर्माणका काम पछि परेको आरोप लगाएर आफू पानीमाथिको ओभानो बन्ने कसरत पनि गरिरहेको छ। अर्थात् सरकारले 'एक तीरले दुई शिकार' गर्न खोजेको छ। दुई तिहाई बजेटबारे संविधानमा कुनै व्यवस्था नभएको कुरा पनि अर्थमन्त्री स्वीकार गर्छन् तर सहमतिविना नै त्यस्तो बजेट लाद्ने काम पनि गरिन्छ। त्यसैले यो बजेट असंवैधानिक पनि छ। तर सरकार आफ्नो 'मिसन' मा प्रष्ट छ।
राष्ट्रिय बजेट कुनै पार्टी विशेषको पेवा हुन सक्दैन, कुनै गुट स्वार्थमा एकपक्षीय बजेट ल्याउन पनि पाइँदैन। राष्ट्रिय बजेट राष्ट्रको, जनताको हो, त्यसले मुलुकका समस्या र जनताको स्वार्थ सम्बोधन गर्न सक्नुपर्छ। तर यतिबेलाको बजेटले राजनीतिक दलहरूलाई समेत आक्रोशित बनायो। यो बजेट न किसान मजदुरको पक्षमा छ, न उद्योगी व्यवसायीको हितमा। यो त चोर ढोकाबाट छिराइएको शुद्ध कार्यकर्ता पाल्ने बजेटका रूपमा आएको छ। जतिबेला देशमा संसद वा कुनै जननिर्वाचित सरकार छैन, त्यतिबेला जनताको प्रतिनिधित्व हिजो संविधान सभामा रहेका राजनीतिक दलले गर्छन्। जनताका आधिकारिक प्रतिनिधि दलहरूसँग समेत सहमति नगरेर अझ दलहरूलाई चिढ्याएर, समस्यालाई झन् बल्झाएर ल्याइएको बजेटले कसरी वैधानिकता र आधिकारिकता पाउन सक्छ? यो आफंैमा सर्वसत्तावादी कदम हो। यसबाट बन्दै गएको सहमतिको वातावरण भत्काउने काम भएको छ र देशलाई अझ ठूलो संकटको भासतर्फ धकेल्ने काम गरेको छ। सरकारको यस निरंकुश कदमलाई विरोध नगरिरहन सकिँदैन।
एकातिर बजेटको प्रक्रिया र विधि गलत छ भने अर्कोतिर सारमा बजेट जनतामुखी होइन, पार्टीमुखी छ। सरकारको 'इन्टेन्सन' पनि गलत छ र बजेटको 'कन्टेन्ट' पनि बेठीक छ। विनासहमति घोषणा गरिएको निर्वाचनका लागि १० अर्बको बजेट छुट्टयाइएको छ, जबकि यसै अवस्थामा निर्वाचन हुनसक्ने नै देखिँदैन। भोलि निर्वाचन नभएको निहुँमा सो रकमलाई रकमान्तर गरेर आफ्नो स्वार्थमा दुरूपयोग नगरिएला भन्ने ठाउँ छैन। अर्कोतिर लडाकु समायोजनलगायत् कार्यका लागि भनेर विनियोजित रकम सरकारी पार्टीका कार्यकर्ता पाल्ने र पार्टी कोष बनाउने काममा प्रयोग हुने पनि निश्चित छ। यो राष्ट्र र लोकतन्त्रमाथिको धोकाधडी हो। यो सहमतिको बाटो बन्द गर्ने कसरत पनि हो। तब राजनीतिक दलहरूले यो बजेटलाई कसरी स्वीकार गर्न सक्छन्?
सरकारले गलत मनसायसाथ अन्य राजनीतिक दललाई 'कर्नर' गर्ने र भूमिकाविहीन बनाउने उद्देश्यले ल्याएको बजेटमाथि राष्ट्रपतिले 'लालमोहर' लगाइदिए। यसरी आएको बजेट त विवादको भुमरीमा परेकै छ। साथै सहमतिविना बजेट ल्याउन नहुने अडानमा रहेका राष्ट्रपतिको पछिल्लो भूमिका पनि विवादरहित हुन सकेन। अर्को अर्थमा एमाओवादी र सरकार राष्ट्रपतिलाई पनि राम्रैसँग झुक्याउन सफल भएको छ। बजेट पारित गर्ने राष्ट्रपतिको निर्णय एमाओवादीलाई तत्कालका लागि सत्ता लम्ब्याउने 'रक्षाकवच' बने पनि राष्ट्रपतिले सहमतिको सरकारका लागि गरेको पछिल्ल्ाो आह्वानले यसमा तुषारापात गरिदिएको छ।
निर्वाचन घोषणाको अर्थ
निर्वाचनमा जानेबारे दलबीच कुनै विवाद छैन। सरकारी दलबाहेक सबै निर्वाचन चाहन्छन्। लोकतन्त्रको आधार पनि निर्वाचन नै हो। लोकतन्त्र स्वीकार गर्ने राजनीतिक दल कुनै पनि निर्वाचनबाट भाग्न मिल्दैन। यतिबेला एमाले, काँगे्रसलगायत्का दलले ताजा जनादेशमा जाने आधिकारिक निर्णय गरिसकेका छन्। निर्वाचनविना लोकतन्त्र कल्पना पनि गर्न सकिँदैन। जननिर्वाचित निकायमार्फत् जनताले शासन गर्ने कुरा लोकतन्त्रको आधारभूत विशेषता हो। अझ यो त नयाँ संविधान बनाउने चरण हो। त्यसैले अबको सही विकल्प भनेको ताजा जनादेश नै हो। यतिबेला केको निर्वाचन भन्ने प्रश्न अवश्य बाँकी छ। यसमा धेरै रन्थनिनुपर्दैन। किनकि हामीले संविधान सभा वा व्यवस्थापिका कुनै एक जनप्रतिनिधिमूलक निकायको निर्वाचन गर्नुपर्छ, जसले संविधान निर्माण गरेर जारी गर्छ र व्यवस्थापिका-संसदको काम पनि गर्छ। अर्थात् नयाँ निर्वाचित निकायले पहिलो चरणमा संविधान सभाको काम गर्छ। जब संविधान जारी गरिन्छ, त्यसपछि नियमित संसदको रूपमा काम गर्छ। यो अहिलेको सुरक्षित राजनीतिक अवतरणको बाटो हो।
यसैबीच सरकारले प्रमुख राजनीतिक दलबीच सहमति प्रयास चलिरहेकै बेला एकलौटीरूपमा निर्वाचन मिति घोषणा गरेको छ। सरकारले मंसिर ७ को निर्वाचन गराउन त सकेन नै, निर्वाचनको अर्को तिथि तोक्नका लागि दलबीच सहमति पनि जुटाउन सकेन। यतिबेला कुन नैतिकताले वैशाखमा निर्वाचन भनेर सरकारले निर्णय गर्योप? कामचलाउ सरकारले सहमतिको सरकार निर्माणका लागि मार्गप्रशस्त गर्नुपर्नेमा अर्को चुनावको नाटक गरिएको छ। कसरी यो निर्वाचनको कुरा आयो? अनौठो के भएको छ भने निर्वाचन नचाहने पक्षले निर्वाचन घोषणा गरेको छ, निर्वाचन चाहने दलहरूले यसको विरोध गरेका छन्। यथार्थमा एमाओवादी नेतृत्वको गठबन्धन निर्वाचनका लागि तयार छैन। निर्वाचन उसका लागि देखाउने दाँतमात्र हो। निर्वाचनको घोषणा गरेर कमसेकम वैशाखसम्म सरकार जोगाउने दाउपेचमात्र हो। किनकि निर्वाचनका लागि न कानुनी प्रबन्ध गरिएको छ, न त निर्वाचनका लागि सहमतिको वातावरण नै बनाइएको छ। अनि यस्तो निर्वाचन दलहरूका लागि कसरी मान्य हुन सक्छ?
यसैबीच तीन प्रमुख राजनीतिक दलबीच तीन दिनभित्र सहमतिको सरकारका लागि मार्गप्रशस्त गर्ने, सरकारको नीति कार्यक्रमको टुङ्गो लगाउने, सहमतिको सरकार निर्माण गर्ने र वैशाखमा निर्वाचन गर्ने सहमति बनेको कुरा पनि सार्वजनिक भएको छ। त्यसलाई समेत लत्याएर एकपक्षीय तरिकाले निर्वाचन मिति घोषणा गर्ने अधिकार सरकारले कसरी पायो? सहमतिविपरित जानु विपक्षी दल र राष्ट्रलाई नै धोका हो। राष्ट्रपतिलाई पनि भट्टराईले झुक्याएका छन्। यादवसँग आफू सहमतिको सरकारका लागि मार्गप्रशस्त गर्न तयार रहेको बताए पनि उनको रोडम्याप अर्कै रहेछ। अर्कोतिर राष्ट्रपतिले राष्ट्रलाई संवैधानिक र राजनीतिक शून्यताबाट जोगाउन राष्ट्रिय सहमतिको सरकारका लागि लिखित आह्वान गर्ने बताएपछि यसै संकटबाट जोगिन सरकारले अर्को निर्वाचन मितिको जाल फालेको हो। राष्ट्रपतिले उपरोक्त आह्वान गरेपछिको अहिलेको अवस्थामा सरकारले के गर्छ? अब पनि भटराईका लागि कुर्चीमा टाँस्सिइरहन संवैधानिक र राजनीतिकरूपमा पनि कसरी सुहाउंछ?
वर्तमान सरकार ढाल्नका लागि राजनीतिक दलहरूले संयुक्त आन्दोलन घोषणा गरिसकेका छन्। तर संवाद पनि, संघर्ष पनि यो दोधारे नीतिले सरकार गल्नेवाला छैन। नागरिक समाजका अगुवाहरूले सुझाव दिएजस्तै तत्काल राजनीतिक दलहरूले अहिलेको परिस्थिति र भोलिको निकाससहितको श्वेतपत्र जनताबीच सार्वजनिक गर्नुपर्छ। जनविश्वासविनाको आन्दोलन न अघि बढ्न सक्छ न त्यसले सफलताको शिखर चुम्न सक्छ। अर्कोतिर जनता अब कसैलाई प्रधानमन्त्रीको कुर्चीमा पुर्या उनमात्र आन्दोलनमा होमिनेवाला छैनन्। अबको आन्दोलनले महँगी नियन्त्रण, प्रशासनिक ढिलासुस्ती अन्त्य, किसानका लागि मल वीउ आदिको सहज आपूर्ति, जनताका दैनिक उपभोग्य वस्तुहरूको सुलभ उपलब्धता, जनताको जीउधनको सुरक्षा जस्ता जनताका मुद्दा संबोधन गर्नैपर्छ। अबको आन्दोलनले भ्रष्टाचार नियन्त्रण र भ्रष्टाचारीलाई कडा कार्बाही, संविधान निर्माण, जातीय सद्भाव र राष्ट्रिय एकता वृद्धिजस्ता सवालहरू बोक्नु जरुरी छ। अधिनायकवादविरुद्ध लोकतन्त्रको झण्डा बोकेर जनताका मुद्दाको सम्बोधनसहित आन्दोलनमा जाने हो भने नै आन्दोलनमा जनताको सहभागिता बढ्नेछ, आन्दोलन उठ्नेछ। तब नै वर्तमान सरकार पराजित हुनेछ र आन्दोलनले सफलता प्राप्त गर्नेछ।
यद्यपि राष्ट्रपतिको पछिल्लो कदमपछि सहमतिको सरकार गठन हुने आशाको दियो बलेको छ। यस अवस्थामा दलहरूले आन्दोलन जारी राख्दै प्रधानमन्त्रीको साझा नाम तय गर्नमा जुट्नु जरुरी छ। निर्वाचनमा जानका लागि पनि त्यसको पूर्वाधार तयार हुनुपर्छ। त्यसका लागि सर्वप्रथम वर्तमान भट्टराई सरकारले सहमतिका लागि बाटो खोलिदिनुपर्छ। अब दलहरूको सहमतिमा राष्ट्रिय संयुक्त सरकार गठन हुनुपर्छ। त्यसपछि राजनीतिक दलहरूको सहमतिमा सरकारले निर्वाचनसम्बन्धी कानुन संशोधन गरेर राष्ट्रपतिसमक्ष पेश गर्नुपर्छ। राष्ट्रपतिले बाधा अड्काउ फुकाउन संविधान संशोधन गरेपछि निर्वाचनका लागि ढोका खुल्छ। यी सबै प्रबन्ध भइसकेपछि सरकारले निर्वाचनको मिति घोषणा गर्नसक्छ, त्यसपछि सिंगो देश नयाँ निर्वाचनका लागि होमिने वातावरण बन्न सक्छ। अहिलेका लागि राष्ट्रपतिको आह्वानअनुसार तत्काल राष्ट्रिय सहमतिको सरकार निर्माण गर्ने र जनताको अधिकारसहितको संविधान निर्माणका लागि ताजा जनादेशमा जानुपर्छ।