संक्रमणकालको एपिलग
०८ मंसिर २०६९
•
१३ मिनेट पाठ
संक्रमणकालको एपिलग
अघिल्लो दिन साँझसम्म प्रधानमन्त्री डा. बाबुराम भट्टराईले राजीनामा दिने हल्ला खुब चल्यो तर भोलिपल्ट दिउसो अकस्मात् मन्त्री परिषद् बैठकले संविधान सभाको अर्को चुनाव वैशाखमा गर्ने घोषणासहित असारसम्मका लागि बजेट अध्यादेश राष्ट्रपतिकहाँ पठाएपछि राजनीतिक माहौल एकाएक तात्यो । प्रधानमन्त्रीको राजीनामा आउने विश्वासमा मख्ख रहेका विपक्षी दलहरु एकाएक सरकार र एकीकृत माओवादीसँग क्रुद्ध भए । सरकारलाई धोकेबाज घोषणा गरिरहेका एमाले अध्यक्ष झलनाथ खनाल त अत्यन्त तनावग्रस्त मुद्रामा टेलिभिजनको स्क्रिनमा देखापरे । राष्ट्रपतिले सरकारको घोषणालाई मान्यता दिन्छन् कि दिँदैनन् भन्ने अड्कलबाजी चलिरहँदा साँझ शीतल निवासले बजेट अध्यादेशमा लालमोहर लगायो र प्रधानमन्त्री कार्यालयसँग कूटनीतिक समतासहितको शीतलता प्रदर्शन ग¥यो । संक्रमणकालीन शक्ति सन्तुलनको मायावी खेल त्यो दिन सेक्सपियरियन नाटकको शैलीमा पटाक्षेप भयो ।

के यो सामान्य राजनीतिक खेलमात्रै हो ? अथवा यसभित्र इतिहासको भयानक परिवर्तनको प्रसवपीडा छ ? शान्ति प्रकृया सुरु भएयता यस्ता आश्चर्यजनक र सनसनीखेल राजनीतिक घटनाहरु धेरै पटक भएका छन् । शान्ति सम्झौतामा हस्ताक्षर हुँदा होस् वा संविधान सभा निर्वाचन हुँदा होस्, गणतन्त्र घोषणा हुँदा होस् वा तत्कालीन राजा ज्ञानेन्द्रले नारायणहिटी छोड्दा होस्, पशुपतिमा नेपाली पुजारी राख्ने प्रयत्नमा होस् वा कटवालकाण्डमा होस्, संविधान सभाको अवसान हुँदा होस् वा प्रमुख दलहरु फुट्दा होस्, यी हरेक आश्चर्यजनक घटनाहरुमा बदलिँदो इतिहासको पदचाप सुन्न सकिन्छ । केही मानिसलाई लागेजस्तो न इतिहास रोकिएको छ, न परिवर्तन नै अवरुद्ध भएको छ । बरु परिवर्तनका लागि भइरहेको संघर्ष अत्यन्त पेचिलो, संकटपूर्ण र जटिल भएकोचाहिँ अवश्य हो । संक्रमणकालको अर्थ पनि यही हो । अहिलेको संक्रमणकाल दलहरुका बीचमा सरकार खोसाखोसका कारण लम्बिएको होइन, बरु यस्तो खोसाखोस त समाजको ‘अण्डरकरेन्ट' मा चलिरहेको पुरानो परम्परागत शासन छाड्न नचाहने कुलीन वर्ग र नयाँ शासन चाहने जनताबीचको संघर्षको सामान्य अभिव्यक्तिमात्र हो । यो संघर्षका बहुआयामिक अभिव्यक्ति त हामी हरेक दिन समाजका हरेक अंगमा देखिरहेकै छौं ।
संविधान सभाको अवसानपछि यो संघर्ष अझै पेचिलो बनेकोचाहिँ सत्य हो । एकथरीले प्रधानमन्त्रीले नै संविधान सभा विघटन गराएको (कु)तर्क गरिरहेका छन् । मानौं प्रधानमन्त्रीकै हातमा संविधान सभाको चाबी थियो । तर यो (कु)तर्कका पछाडि इतिहासको संक्रमणलाई पार लगाउने होइन, इतिहासलाई अल्झाएर कुलीनहरुको स्वार्थ रक्षा गर्ने सरकारले बाबुराम सरकारलाई विस्थापन गर्ने एक सूत्रीय उद्देश्य अन्तर्निहित छ । गणतन्त्र स्थापना भइसकेपछि राणाशासन र राजतन्त्रको हुकुमप्रमांगीमा हैसियत बनाएका एवम् ०४६ सालपछि गलत बाटोबाट धनी भएका कुलीनहरु एकाएक सक्रिए भएका छन् । न सहजै चुनाव हुन सक्ने, न त वैकल्पिक सरकार निर्माणको कुनै बाटो बाँकी रहेको परिस्थितिमा राष्ट्रपतिलाई सक्रिय गराएरै भए पनि यो सरकारलाई अपदस्थ गर्ने र आफ्नो स्वार्थअनुकूलको वा नागरिक समाजका नाममा आफ्नै नेतृत्वको सरकार बनाउने खेलमा यो वर्ग लाग्यो । तर पछिल्लो राजनीतिक पटाक्षेपले उनीहरुको स्वार्थको पुच्छरमा आगो लगाइदिएको छ । न आगो निभाउनु, न शहर जलाउँदै हिँड्नु, बडो संकट भएको छ कुलीन वर्गलाई ।
यहीँ आएर संक्रमणकाल पनि ‘एपिलग' मा पुगेको छ । बाह्र बुँदे सम्झौता भएको सात वर्ष पूरा भएको छ र आज आएर बाह्र बुँदेमा हस्ताक्षर गर्ने दलहरु स्पष्टतः दुई विपरित विचारधाराका अभियन्ता भएका छन् । गणतन्त्र स्थापनासँगै बाह्र बुँदेको राजनीतिक हैसियत समाप्त भइसकेको थियो । तर गणतन्त्रको सैद्धान्तिकीलाई राज्यसत्ताका अंगहरुमा संस्थागत गर्ने बेला नयाँ शक्ति र पुरानो शक्तिबीच यस्तो दरार पैदा हुनु विल्कुल स्वाभाविक छ । यो विरासतको कुरा हो, परम्पराको कुरा हो र हो अन्ततः वर्गको कुरा । ०४७ सालको संविधानले जुन ठिमाहा कुलीन राजनीतिक वर्गको स्थापना गर्नुपर्ने थियो, त्यही ग¥यो । इतिहासका बाध्यताका कारण त्यसले गणतन्त्रसम्म नयाँ शक्तिसँग सहकार्य ग¥यो तर पहिचानसहितको संघीयता र राज्यसत्तामा अनपढ, गरिब, जनजाति, मधेसी, दलितहरु आएर हुकुमत गरेको हेर्ने त्यसलाई मन छैन । यस्तो नयाँ व्यवस्थाले नयाँ शक्तिलाई ठाउँ दिन्छ र पुरानाहरुको शक्तिलाई विस्थापित गर्छ । शक्तिको खास अवतरण त्यसरी नै हुने हो ।
बीपी कोइरालाले आरम्भ गरेको तर पूरा नगरेको इतिहासको यही अभिभारा पूरा गर्न इतिहासको कठिन चक्रभित्रबाट प्रचण्डको आगमन भएको हो । त्यसैले संविधान सभा फलहीन विघटन भएको हो र त्यसैले प्रचण्ड भन्ने पात्रमाथि निरन्तर हमला भइरहेको हो । तर इतिहासमा अछुत तुल्याएर देशको मुख्य उत्पादन प्रणाली, आविष्कार र राज्य मेसिनरीबाट टाढै राखिएको बहुसंख्यक जनसंख्यालाई राज्यको मूलधारमा जोड्नबाट जति रोकियो, उति नेपाली समाजको दुर्दशा हुँदै आयो । समाजलाई यस्ता दलदलबाट अन्त्य गर्न यस्ता संघर्षहरु उठिरहन्छन्, जय÷पराजय जे भए पनि नयाँ नायकहरु निर्माण गर्दै चलिरहन्छन् । त्यसैले अहिले राष्ट्रपति सरकारसँग सहकार्य गर्ने मुडमा पुग्नु, विपक्षी दलहरु शृंखलाबद्ध प्रतिक्रियात्मक राजनीतिमा धकेलिइरहनु र एकीकृत माओवादी मधेसी, जनजातिहरुसँग सहकार्य गर्ने विन्दुमा आइपुग्नु संक्रमणकालको अन्तिम लडाइँको तयारी हो ।
इतिहासको लामो अभ्यासबाट मात्र राजनीति यो संक्रमणमा आइपुगेको हो र यो ठूलो सम्भावना बोकेको संक्रमण हो । नेपाली काँग्रेसको नेतृत्वमा विक्रमाब्द एक्काइसौं शताब्दीको आरम्भमै सुरु भएको सामन्तवादी शासन परम्परा विरोधी अभियान अहिले एपिलगमा पुगेको छ । बीपी कोइराला यो अभियानका नायक थिए, तर राणाशासनको खोल ओढेर बसेको सामन्ती परम्पराले राजतन्त्रको असली खोल ओढेर बीपीलाई असफल तुल्याइदियो । सारतŒवका हिसाबले बीपी कोइरालाको नायकत्वमा चलेको राणा विरोधी सशस्त्र र निशस्त्र आन्दोलनहरु सामन्ती शासन परम्पराकै विरुद्ध थियो । तर दिल्ली सम्झौतामार्फत् राजा त्रिभुवनसँग गरिएको सहकार्यका कारण राणा शासन ढल्यो तर सामन्ती शासन भने राजा त्रिभुवनको नेतृत्वमा कायम रह्यो । तर बीपीको आन्दोलनले बोकेको सैद्धान्तिक प्रस्तावना र राजतन्त्रको सैद्धान्तिक आधारका बीचमा रहेको अन्तरविरोध यसै हल हुन सक्दैनथ्यो । तत्कालीन शक्ति सन्तुलनका हिसाबले राजतन्त्रले नेतृत्व गरेको सामन्ती शासन परम्पराकै पल्ला भारी भयो र तत्कालीन राजा महेन्द्रले काँग्रेस नेतृत्वको सरकारलाई ०१७ सालमा अपदस्थ गर्दै बीपीलाई जेल हाले ।
त्यस उप्रान्त सामन्ती शासन विरोधी आन्दोलनलाई कम्युनिष्ट विचारधाराले नेतृत्व गर्दै आएको छ । परन्तु कम्युनिष्टहरुसँगको पूर्वाग्रहका बाबजूद काँग्रेससमेत यो आन्दोलनमा सदैव नेतृत्वदायी भूमिकामा कायमै रह्यो । ०४७ को संविधान पनि लोकतन्त्रवादी र सामन्तवादी शक्तिहरुको बीचको सम्झौताकै दस्तावेज थियो । तर त्यही संविधानले व्यवस्था गरेको बहुदलीय शासन पद्दतिका माध्यमबाट लोकतन्त्रलाई संस्थागत गर्ने काममा दलहरु असफल रहे । सैद्धान्तिक र व्यावहारिक ‘अफेन्स' सदैव कमजोर रहेका दल अन्ततः माओवादी जनयुद्धको विरुद्ध राजतन्त्रसँगै हात मिलाएर हिँडे । तर साठी वर्षअघिदेखि चलिरहेको सामन्ती शासन विरोधी आन्दोलनले माओवादी जनयुद्धको माध्यमबाट नयाँ स्वरूप र शक्ति हासिल ग¥यो । मूलतः समाजको जरासम्म पुगेको जनयुद्धले सामन्ती उत्पादन प्रणाली र सामाजिक सम्बन्धमा धावा बोल्यो । तर सारतः माओवादी जनयुद्धले भने बहुदलीय प्रजातन्त्र भनिने राजतन्त्रको छायाँमा हुर्केको शासन प्रणालीकै पनि विरुद्धमा थियो र यसले प्रजातन्त्रको परम्परागत परिभाषालाई समेत उल्टाएर नयाँ समावेशी संघीय गणराज्य निर्माण गर्ने अभिप्राय राख्यो ।
यहीँनेर प्रचण्ड बीपीका उत्तराधिकारी जस्ता देखापर्छन् । भलै सैद्धान्तिक, राजनीतिक सारतŒवका हिसाबले यी दुवैमा धेरै फरक छ । तर इतिहासको निरन्तरतामा लामो फड्को हानेर बीपीपछि प्रचण्ड नै समाजको अर्को ठूलो परिवर्तनको नेता बन्न आइपुगे । प्रचण्डको नेतृत्वमै यतिबेला सम्पूर्ण राजनीतिको मियो घुमिरहेको छ र प्रचण्ड नै गाली र तालीका मुख्य निशाना रहेका छन् । अहिले जसरी परिवर्तनका मुद्दा एकोहोरिएर प्रचण्डकै नेतृत्वमा पुगेका छन् र शीतल निवासदेखि सिंहदरबारसम्म उनकै राजनीतिक अफेन्सको प्रभावमा छन्, त्यसले पनि संक्रमणकालको एपिलग परिपक्व हुँदै गएको प्रतीत हुन्छ ।
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस