विकासका लागि नवप्रवर्तन
०६ मंसिर २०६९
•
१६ मिनेट पाठ
विकासका लागि नवप्रवर्तन
नवप्रवर्तन अर्थात् 'इनोभेसन' हिजोआज निकै चलनचल्तीमा आएको शब्द हो। नवप्रवर्तन शब्दको अर्थ फराकिलो छ। नवप्रवर्तनको सर्वमान्य परिभाषा नभए पनि यस शब्दले सामान्यतया विकासका लागि नयाँ विचारको सफल कार्यान्वयन गर्ने भन्ने बुझाउँछ। यस अर्थमा कुनै पनि प्रक्रियालाई बढी उपलब्धिमूलक बनाउन फरक ढङ्गले सोच्नु र प्रयोग गर्नुलाई नवप्रवर्तन भन्न सकिन्छ। नवप्रवर्तन आविष्कारसँग पनि सम्बन्धित हुन्छ। तथापि नवप्रवर्तन र आविष्कार फरक विषय हुन्। आविष्कार नयाँ विचार वा ज्ञानको सृजना गर्नु हो भने नवप्रवर्तन देश विकासका लागि नयाँ वा पुरानो विचारलाई बढी उपलब्धिमूलक बनाउन फरक ढंगले प्रयोग गर्ने प्रक्रिया हो।
नवप्रवर्तन स्वतः वा संयोगबाट प्रस्फुटन हुने प्रक्रिया होइन। नवप्रवर्तनका लागि नयाँ विचार वा ज्ञानको पहिचान र छनौट गर्न उपयुक्त नीति निर्माण हुनु जरुरी छ। यस्तो नवप्रवर्तन नीतिको सही कार्यान्वयन गर्न विशेषज्ञहरू रहेका प्रभावकारी संयन्त्र र सञ्जाल आवश्यक पर्छ। राष्ट्रमा नवप्रवर्तनका लागि उपयुक्त वातावरण तथा अवसर सिर्जना गर्नमा सरकारको महŒवपूर्ण भूमिका रहन्छ। विशेषगरी नवप्रवर्तनसँग सम्बन्धित विभिन्न राष्ट्रिय नीतिहरूको समन्वय गर्नुका साथै त्यसका लागि आवश्यक पर्ने पूर्वाधारको विकास, क्षमता निर्माण तथा संस्थागत रचनाको व्यवस्था गर्नमा सरकारको महŒवपूर्ण भूमिका रहन्छ।

देशको निरन्तर विकासका लागि नवप्रवर्तनको महŒव बुझेर आज विश्वका धेरैजसो विकसित मुलुकमा विकासको लक्ष्य प्राप्त गर्न नवप्रवर्तन नीतिको तर्जुमा गरिएको पाइन्छ। तर, नवप्रवर्तनको पद्धति र सिद्धान्त संस्थागत हुन नसकेकाले नेपाललगायत् धेरैजसो विकासशील देशमा प्रभावकारी नवप्रवर्तन नीति निर्माण हुन सकेका छैनन्। यी देशमा विभिन्न क्षेत्रसँग सम्बन्धित नीतिहरू निर्माण गरिएका हुन्छन्। तथापि ती नीतिबीच उपयुक्त समन्वय गर्ने आधिकारिक संस्थाको अभावले ती नीतिले नवप्रवर्तन प्रक्रियामा प्रभावकारी भूमिका निर्वाह गर्न सकिरहेका छैनन्।

आज विश्वको भूमण्डलीकरणले गर्दा नवप्रवर्तन नीतिको महŒव अझ बढेको छ। भूमण्डलीकरणकै कारण राष्ट्रहरूलाई उत्पादनमा वृद्धि गर्न र विश्व बजारमा बढी प्रतिस्पर्धात्मक बन्न बाध्य पारेको छ। यस्ता चुनौतीको सफलतापूर्वक सामना गर्न हरेक विकसित तथा विकासशील देशलाई प्रभावकारी नवप्रवर्तन नीतिको आवश्यकता पर्छ।

राष्ट्रिय नवप्रवर्तन नीतिअर्न्तगत अनुसन्धान तथा विकास, विज्ञान प्रविधि, पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य आदिजस्ता देश विकाससँग सम्बन्धित विभिन्न विषयसँग सम्बन्धित नीतिसमेत पर्छन्। विज्ञान प्रविधि नीति नवप्रवर्तन नीतिको सबैभन्दा महŒवपूर्ण पक्ष हो। तथापि नवप्रवर्तन नीति विज्ञान प्रविधि नीतिभन्दा धेरै व्यापक र फराकिलो छ। विज्ञान प्रविधि नीति मूलतः आधारभूत विज्ञान र व्यावहारिक प्रविधिको विकासमा बढी केन्द्रित हुने गर्छन्। तर विज्ञान प्रविधिद्वारा निर्मित नयाँ ज्ञान र प्रविधिलाई आर्थिक सामाजिक विकासका लागि उचित प्रयोग गर्न र बढी उपलब्धिमूलक बनाउनसमेत नवप्रवर्तन नीतिले महŒवपूर्ण भूमिका खेल्छन्।

उत्पादन र उत्पादकत्व वृद्धि गर्न उपयुक्त प्रविधिको छनोट अनि त्यसको विकास, विस्तार र प्रचारमा विकासशील देशका नवप्रवर्तन नीति केन्द्रित हुनुपर्ने विज्ञहरूको राय छ। नवप्रवर्तन र प्रविधिको विकास आर्थिक वृद्धिका मूल कारक तŒव हुन्। दोस्रो विश्वयुुद्धपछि कतिपय देशमा मानिसको जीवन स्तरमा देखापरेको आर्थिक प्रगति पनि नवप्रवर्तन र प्रविधिको विकासले गर्दा नै सम्भव भएको हो। तसर्थ कुनै पनि देशको आर्थिक वृद्धि त्यस देशको नवप्रवर्तन नीतिको प्रभावकारिता अनि त्यसको समयसापेक्ष सुधार र प्रयोगमा निर्भर गर्छ भन्ने विज्ञहरूको ठहर छ। यसरी आजको प्रतिस्प्रर्धात्मक तथा भूमण्डलीकरणको युगमा नवप्रवर्तनलाई कुनै पनि देशको आर्थिक सामाजिक विकासको मूल मन्त्र मानिन्छ। यसै मूल मन्त्रको प्रयोग गरेर केही दशकमै कतिपय विकासशील देश आफूलाई विकसित देशमा परिणत गर्न सफल भएका छन्। यसको एक ज्वलन्त उदाहरण हो, दक्षिण कोरिया। सन् १९६० को दशकसम्म नेपालकै हाराहारीको आर्थिक स्तर भएको दक्षिण कोरिया नवप्रवर्तन र विज्ञान प्रविधिमार्फत् आज एक विकसित र सम्पन्न राष्ट्र बन्न सफल भएको छ। आफ्नो आर्थिक/सामाजिक विकासका लागि नेपालले पनि विज्ञान, प्रविधि र नवप्रवर्तनको विकास र प्रयोगलाई मूल मन्त्रका रूपमा आत्मसात गर्नु आजको आवश्यकता हो। नेपालजस्ता अतिकम विकसित देशले विशेषगरी दक्षिण कोरियाजस्ता देशको सफल अनुभवबाट धेरै उपयोगी पाठ सिक्न सकिने सम्भावना देखिन्छ।

यस्तै सम्भावनालाई ध्यानमा राख्दै नेपाल सरकारको वाणिज्य तथा आपूर्ति मन्त्रालय, दक्षिण कोरियाको सोल नेसनल युनिभर्सिटीअन्तर्गतको 'टेक्नोलजी, म्यानेजमेन्ट, इकोनमिक्स एन्ड पलिसी प्रोग्राम' तथा युएनडीपीका 'साउथ-साउथ कोपरेसन' का विशेष निकायको संंयुक्त आयोजनामा गत कात्तिक २१ र २२ मा काठमाडौँमा 'नेपालको नवप्रवर्तन नीतिः अवसर र चुन्ाौतीहरू' विषयमा एक कार्यशाला गोष्ठी सम्पन्न भएको थियो। कार्यशाला गोष्ठी सम्पन्न भएको भोलिपल्ट कात्तिक २३ मा खुला छलफल गर्न एक खुला मञ्च 'ओपन फोरम' आयोजना गरिएको थियो। पंक्तिकारलाई 'ओपन फोरम' को सञ्चालन गर्न तथा आफ्नो राय प्रस्तुत गर्न आमन्त्रित गरिएको थियो।

दुई दिने कार्यशाला गोष्ठीमा सोल नेसनल युनिभर्सिटी प्राध्यापक जियोङ-डङ ली तथा उनका सहकर्मीले नेपाल सरकारका विभिन्न मन्त्रालयका उच्च अधिकृतलाई कोरियाले नवप्रवर्तन नीतिअर्न्तगत विभिन्न क्षेत्र तथा विषयमा प्राप्त गरेका अनुभवबारे विस्तृत जानकारी दिएका थिए। यसैगरी नेपालका लागि कोरियाली अनुभवको सान्दर्भिकताबारे पनि कार्यशाला गोष्ठीमा छलफल भएको थियो। कार्यशाला गोष्ठीमा कोरियाली विशेषज्ञ तथा नेपाल सरकारका उच्च अधिकृतको अतिरिक्त नेपालका विभिन्न विषयका विज्ञ, बुद्धिजीवी, सरकारी तथा गैरसकारी संघ-संस्था, निजी क्षेत्र, सञ्चार माध्यम तथा अन्य सम्बन्धित क्षेत्रका प्रतिनिधिको उपस्थिति थियो। ओपन फोरममा कोरियाको तर्फबाट प्राध्यापक जियोङ-डङ ली र नेपालका तर्फबाट भूमि सुधार मन्त्रालयका सचिव सुशील घिमिरे र नेपाल हिमालयन इनिसिएटिभका अध्यक्ष अनिल चित्रकारले कार्यपत्र प्रस्तुत गरेका थिए।

प्राध्यापक लिले नवप्रवर्तन कार्यबाट उचित सफलता प्राप्त गर्न सरकारका विभिन्न मन्त्रालयबीच गहिरो सम्बन्ध र अन्तरक्रिया स्थापना हुनुपर्नेमा जोड दिएका थिए भने सचिव घिमिरेले नेपालमा नवप्रवर्तनका लागि विज्ञान प्रविधिको भूमिकामा जोड दिएका थिए। यसैगरी अनिल चित्रकारले नेपालको भावि नवप्रवर्तन नीतिमा समेटिनुपर्ने विषयमाथि प्रकाश पारेका थिए। कार्यपत्रमाथि अर्थशास्त्र, विज्ञान प्रविधि, सूचना प्रविधि, कानुन तथा सञ्चार क्षेत्रका नेपाली विज्ञले टिपण्णी गरेका थिए। ओपन फोरम कार्यक्रममा कार्यशाला गोष्ठीबाट प्राप्त निष्कर्षको विश्लेषण गर्नुका साथै नवप्रवर्तनको क्षेत्रमा उठेका नयाँ विचार, चुनौती अनि तिनका समाधानका साथै नवप्रवर्तन पद्धतिसित सम्बन्धित नेपालका विभिन्न पक्षबीचको सम्बन्ध सुदृढ पार्ने योजनाबारे छलफल भएको थियो। कार्यशाला गोष्ठी र ओपन फोरमको प्रमुख उद्देश्य नेपालमा नवप्रवर्तन नीति निर्माण गर्न कोरियाको सफल अनुभवबारे विचार आदान-प्रदान गर्नु रहेको थियो।

नवप्रवर्तन देशको आर्थिक तथा सामाजिक क्षेत्रको विकासक्रममा देखा परेका चुनौतीलाई नयाँ विचार र ज्ञानको प्रयोग गरी समाधान गर्ने प्रभावकारी प्रणाली भएकाले यसले देशका परम्परागत उद्योग तथा व्यापारलाई बढी प्रभावकारी तथा प्रतिस्पर्धात्मक बनाउनसमेत मद्दत गर्ने विज्ञहरूको राय थियो। यसैगरी नवप्रवर्तनमार्फत् नयाँ उद्योगको स्थापना गरी नयाँ रोजगारी सिर्जना गर्नसमेत मद्दत गर्छ भन्नेमा पनि विज्ञहरू एक मत थिए। यसको अतिरिक्त नवप्रवर्तनले वातावरण संरक्षण, स्वास्थ्योपचार जस्ता कतिपय सामाजिक समस्या समाधान गर्नमा समेत महŒवपूर्ण योगदान दिन सकिने सहभागीहरूको निष्कर्ष थियो।

अन्य विकासशील देशजस्तै नेपालको पनि राष्ट्र विकासका आफ्नै विविध एजेन्डा छन्। राज्य सञ्चालक तथा नीति निर्माताहरूले ती एजेन्डाको सही सम्बोधन गर्न नवप्रवर्तनका महŒवपूर्ण पक्षमा ध्यान दिनु जरुरी छ। नवप्रवर्तनको सही नीति निर्माण र प्रभावकारी कार्यान्वयन गर्न सके प्राकृतिक स्रोत तथा परम्परागत प्रविधिका धनी राष्ट्र नेपालले आर्थिक विकासमा ठूलो प्रगति हासिल गर्न सकिने विज्ञहरूको राय छ।

नेपालमा, कृषि, उद्योग, व्यापार, विज्ञान प्रविधि, शिक्षा, सूचना प्रविधि, जैविक प्रविधिलगायत्का धेरै क्षेत्रसँग सम्बन्धित नीतिहरू नभएका होइनन्। तथापि ती नीतिहरूबीच समन्वय गर्ने संयन्त्र वा आधिकारिक संस्थाको स्थापना हुन नसकेकाले ती नीतिहरूको सही कार्यान्वयन हुन सकेका छैनन्। यस्तै संस्थाको अभावलाई ध्यानमा राख्दै केही समयअघि प्रधानमन्त्री निवास बालुवाटारमा भएको अन्तरक्रिया कार्यक्रममा नवप्रवर्तन नीति तर्जुमा गर्न र त्यसलाई कार्यान्वयन गर्न वैज्ञानिक तथा प्राविधिज्ञहरूले ऐनद्वारा व्यवस्थित एक राष्ट्रिय स्तरको स्वायत्त नवप्रवर्तन केन्द्रको स्थापना र सञ्चालन गर्नुपर्ने प्रधानमन्त्री बाबुराम भट्टराईलाई बताएका थिए।

हामी सामान्यतया नयाँ विचार कार्यान्वयन गर्र्न हिच्किचाउँछौँ। हामी फरक ढङ्गले सोच्न चाहँदैनौँ। हामी परम्परालाई निरन्तरता दिन बढी रुचाउँछौँ। आजको भूमण्डलीकरणको युगमा समयसँगसँगै अगाडि बढ्ने हो भने हाम्रो राजनीति, कर्मचारीतन्त्र, कूटनीति, शिक्षा, व्यापार, विज्ञान प्रविधिजस्ता समाजका हरेक क्षेत्रमा नयाँ ढङ्गले सोच्नुपर्ने समय भइसकेको छ। तसर्थ नेपालमा पनि आर्थिक तथा सामाजिक विकाससँग सम्बन्धित विविध समस्या समाधान गर्न एक प्रभावकारी राष्ट्रिय नवप्रवर्तन नीतिको तर्जुमा गर्नु आवश्यक देखिन्छ। यस्तो नवप्रवर्तन नीति तर्जुमा गर्दा देशका नीति निर्माताको अतिरिक्त अर्थ, शिक्षा, उद्योग, विज्ञान तथा प्रविधि, सूचना प्रविधि, सञ्चार जस्ता देश विकासका लागि महŒवपूर्ण क्षेत्रका विज्ञहरूको सहभागिता हुनु जरुरी छ। नवप्रवर्तन तथा प्रविधिको विकासमार्फत् दक्षिण कोरियाले छोटो समयमै हासिल गरेको उल्लेखनीय आर्थिक प्रगतिबाट नेपालले उपयोगी पाठ सिक्न सक्नेछ। नवपरिवर्तन नीतिसम्बन्धी नेपाल-कोरिया कार्यशाला गोष्ठी तथा 'ओपन फोरम'ले पनि त्यही प्रष्टयाएको छ।
अर्को समाचार
सुदूरपश्चिममा लगानीका लागि उद्यमीलाई मुख्यमन्त्री भट्टको आग्रह
१५ कार्तिक २०८३
•
३ मिनेट पाठ
सुदूरपश्चिममा लगानीका लागि उद्यमीलाई मुख्यमन्त्री भट्टको आग्रह
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले सुदूरपश्चिममा उद्यमशीलता विकासका लागि नवप्रवर्तन प्रवर्द्धनका लागि प्रदेश सरकार सधैँ तयार रहेको बताएका छन्।

सुदूरपश्चिम विश्वविद्यालय इन्क्युबेसन सेन्टर, कैलाली बहुमुखी क्याम्पसले धनगढीमा आयोजना गरेको ‘सुदूरपश्चिम नवउद्यमी सम्मेलन’ लाई सम्बोधन गर्दै शनिबार उनले प्रदेश सरकार उद्यमी अनुकूल ऐन, कानुन, नीति, नियम बनाउन तयार रहेकाले प्रदेशमा लगानीका लागि आउन आह्वानसमेत गरे।

मुख्यमन्त्री भट्टले प्रदेशको सुन्दर भविष्य निर्माण गर्ने सोच, सम्भावना र सङ्कल्पको आधार तयार बनाउन सबैसँग सहकार्यका लागि खुला रहेको बताए। उनले नवउद्यमी सम्मेलनमार्फत त्यस्ता योजना अगाडि सार्न आग्रह गरे। 'सुदूरपश्चिमका मात्रै होइन, देशभरिका उद्यमीहरूलाई लगानीका लागि सुदूरपश्चिममा आउन आग्रह गर्दछु। त्यसका लागि सरकारले गर्ने सबै सहजीकरण हामी गर्छौँ', उनले भने। 

मुख्यमन्त्री भट्टले विश्वका विभिन्न देशमा छरिएर रहेका सुदूरपश्चिमेलीलाई पनि आफ्नो मातृ र पितृ भूमिमा लगानी गरी विकास कार्यमा योगदान गर्न आग्रह गरे। उनले परिणाममुखी व्यावसायिक योजना निर्माण गरी निर्वाहमुखी अर्थतन्त्रलाई निर्यातमुखी अर्थतन्त्रमा रूपान्तरण गर्नुपर्नेमा जोड दिए।

मुख्यमन्त्री भट्टले सुदूरपश्चिमको मात्र नभई समग्र देशकै अर्थतन्त्र हाल जोखिममा रहेको उल्लेख गर्दै त्यसलाई उकास्न सबै क्षेत्रको साझा प्रयास आवश्यक रहेको बताए। जलवायु परिवर्तनका कारण उत्पन्न हुने बाढी, पहिरो तथा अन्य विपद्ले एकै क्षणमा वर्षौँवर्षको लगानी नै सङ्कटमा पार्ने स्थिति आइरहेको भन्दै उहाँले ती जोखिमको आकलन गरेर विकासलाई नयाँ दिशा र गति दिनुपर्ने बताए।

'देशको अर्थतन्त्रले विभिन्न चुनौतीको सामना गरिरेको छ। अब अर्थतन्त्रलाई चलायमान बनाउने र आर्थिक समृद्धिमा योगदान पुर्याउने कार्यक्रम सञ्चालन गर्न आवश्यक छ', मुख्मन्त्री भट्टले भने, 'त्यसैले उद्यमशीलता, नवप्रवर्तन र व्यावसायिक योजनामार्फत आर्थिक सम्भावनाको उपयोग गर्न लागौँ।'

कैलालीको धनगढीमा शुक्रबारदेखि सुरु भएको ‘स्थानीय सम्भावनादेखि लगानीयोग्य उद्यमसम्म’ भन्ने नारासहित सम्मेलन सुरु भएको हो। सम्मेलन आइतबारसम्म सञ्चालन हुनेछ। कैलाली बहुमुखी क्याम्पसका प्रमुख सहप्राध्यापक डा लोकबहादुर विष्टले सुदूरपश्चिम प्रदेशमा रहेका स्थानीय सम्भावना, नवीन सोच, व्यावहारिक सीप तथा बजारको अवसरलाई पहिचान गरी तिनलाई व्यावहारिक, दिगो र लगानीयोग्य उद्यममा रुपान्तरण गर्न सहयोग पुर्याउने उद्देश्यले सम्मेलन आयोजना गरिएको बताए।

सम्मेलनमार्फत उद्यमशील प्रतिभाको पहिचान तथा विकास, स्थानीय स्रोत र सीपको व्यावसायीकरण, नयाँ उद्यम स्थापना, स्थानीय मूल्य अभिवृद्धि, रोजगारी तथा आयआर्जनका अवसर सृजना र प्रदेशको आर्थिक विकासमा योगदान पुर्याउने लक्ष्य रहेको उनले जानकारी दिए।

सम्मेलनमा सहभागिताका लागि यसअघि छनोट भएका प्रस्तावमा विस्तृत छलफल गरी व्यावसायिक योजना विकासका लागि पृष्ठपोषण दिनुका साथै केही उत्कृष्ट योजना छनोट गरी थप तालिम, मेन्टरसिप र बीउ पुँजीसमेत उपलब्ध गराइने जनाइएको छ।

यसैबीच शनिबार आयोजित कार्यक्रममा कैलाली बहुमुखी क्याम्पसका सेवानिवृत्त प्राध्यापक डिल्लीराज फुलारालाई सम्मान गर्दै उनको निबन्ध सङ्ग्रह ‘आमा’ र सहप्राध्यापक गणेशराज जोशीको समालोचनात्मक कृति ‘सरल समालोचना’को विमोचन गरिएको थियो। समालोचना सङ्ग्रहमा १५ वटा लेखहरू समावेश छन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस