सहमतिको सामाजिक धरातल
२६ कार्तिक २०६९
•
१४ मिनेट पाठ
सहमतिको सामाजिक धरातल
करिब आधा दशकदेखि नेपाली राजनीतिमा सर्वाधिक चर्चा र बहसमा रहेको शब्द 'राष्ट्रिय सहमति' नै हो। २०६३ साल मंसिर ५ गते भएको बृहत् शान्ति सम्झौतापछिका कुनै पनि दिन नेपालको राजनीतिले राष्ट्रिय सहमति प्राप्त गर्न सकेको छैन। संविधान सभाको निर्वाचनपछि राष्ट्रिय मुद्दाहरुमा राजनीतिक दलबीच राष्ट्रिय सहमति कायम हुन नसक्दा संविधान सभा नै विघटन हुन पुग्यो। नेपाल स्वार्थी राजनीतिको दलदलमा भासिन पुग्यो। राष्ट्रिय सहमतिकै नाउँमा ५ वर्षमा ४ वटा सरकार बने। तर अहिलेसम्म पनि राष्ट्रिय सहमति कायम हुन सकिरहेको छैन। किन त? नेपाली राजनीतिमा राष्ट्रिय सहमति निर्माण हुन नसक्ने केही सामाजिक कारण छन्। जसका कारण राष्ट्रिय सहमति मुखमा मात्र सीमित छ, व्यवहारमा छैन।

पहिलो कारण, नेपाली राजनीतिकर्मीबीच राष्ट्रिय सहमतिको अर्थ र बुझाईमा फरकपना पाइन्छ। राष्ट्रिय सहमति भन्नाले सामान्यतः कुनै पनि बृहत् सवाल, जसले समग्र मुलुकलाई प्रभाव पार्छ। त्यसमा सबै दलको समान बुझाई निर्माण गरी त्यसलाई हेर्ने, बुझ्ने र विश्लेषण गर्ने समान दृष्टिकोण बुझिन्छ। तर, संक्रमणकालीन वर्तमान नेपाली राजनीतिमा दलहरु आफंै पनि संक्रमणको दलदलमा छन्। उनीहरु आफ्ना पुराना मान्यता, दृष्टिकोण, चेतना र बुझाई छाड्दै नयाँ दृष्टिकोण निर्माण गर्नुपर्ने अवस्थामा छन्। मार्क्सवादका अनुसार नेपाली समाज सामन्तवादी उत्पादन प्रणालीबाट पुँजीवादी उत्पादन प्रणालीतर्फ लम्किएको छ। यस संक्रमणकालमा एउटै दलभित्र पनि समान दृष्टिकोण र बुझाई निर्माण हुन नसकिरहेको अवस्थामा देशका सम्पूर्ण राजनीतिक शक्तिबीच समान बुझाई निर्माण असम्भवप्रायः हुन्छ।
दोस्रो कारण, नेपाल एकीकरणको कमजोर धरातल हो। सन् १७६८ मा पृथ्वीनारायण शाहले नेपाल एकीकरणको अभियान सञ्चालन गर्दाका केही गलत दृष्टिकोण र कार्यले नेपाल एकीकरणको धरातल कमजोर बनाइदियो। त्यसबेलाका शासकमा भएको भौगोलिक र प्रशासनिक संयोजनलाई नै नेपालको समग्र एकीकरण हो भन्ने बुझाई आफैंमा गलत थियो। विविधताको भण्डार रहेको नेपाललाई भूगोल र प्रशासनको निकै साँघुरो दृष्टिकोणबाट जुनरुपमा बुझ्ने प्रयास भयो र एकीकरण गरियो, त्यसले आजसम्म पनि राष्ट्रिय सहमति निर्माणमा असर पारिरहेको छ। त्यसबेला बहिष्करणमा पारिएकाहरु अहिले पनि बदलाको तरबार लिएर राजनीतिमा होमिएका छन्। आफ्ना मौलिक धर्म, कला, संस्कार, संस्कृति र भाषामाथिको प्रहार गर्नेलाई मौका पाउनासाथ बदला लिने मुढमा उनीहरु देखिन्छन्। इतिहासको त्यो कालखण्डमा भएका केही घटनाक्रम राष्ट्रिय सहमति निर्माण हुन नसक्ने कारण बनेका छन्। एउटाले ठिक देखेको कुरा अर्कोले बेठिक देख्नैपर्ने अवस्था छ। यो राष्ट्रिय सहमति निर्माणका लागि अवरोधक बनेको छ।
तेस्रो कारण, राष्ट्रिय मुद्दालाई हेर्ने मौलिक दृष्टिकोण अभाव हो। विशेषगरी नेपाल एकीकरणको अभियान सुरु भएको केही समयमै विश्वको साम्राज्यवादी राष्ट्र बेलायत हाम्रो ढाडैमा बस्न आइपुग्यो। त्यसले नेपालमाथि प्रत्यक्ष शासन त गरेन तर हामीचाहिँ प्रत्यक्षरुपमा उसकै गुलामी गर्नमा रमायौं। सन् १८१२ मा तत्कालीन बेलायती साम्ा्राज्यवादीसँगको युद्ध र त्यसमा पराजित भएपछि गरिएको सुगौली सन्धिले नेपालको राष्ट्रियतालाई त साँघुरो बनायो नै, त्यसभन्दा बढी हामीलाई परनिर्भर बनाइदियो। नेपालमा आफ्नो शासनसत्ता टिकाउनका लागि तिनै साम्राज्यवादीको आँगनमा भिख माग्न जाने त्यतिबेला सुरु भएको संस्कारले आजसम्म पनि हामीलाई छाडेको छैन। सन् १९४७ मा भारतबाट ब्रिटिस साम्राज्यवाद हटेपछि त उतै घरजम गरेर यता शासन गर्ने गलत संस्कार नै झांगियो। राष्ट्रिय मुद्दालाई हेर्ने दृष्टिकोण भारतीयहरुसँगको सम्बन्धले निर्धारण गर्न थाल्यो। राष्ट्रिय मुद्दालाई हेर्ने आफ्नै मौलिक दृष्टिकोण नै नभएकाहरुले त्यसमा समान बुझाई निर्माण गरी सहमति निर्माण गर्नेछन् भनी सोच्नु नै गलत छ।
चौथो कारण, इतिहासबारे हाम्रो बुझाई हो। हाम्रो राज्य निर्माणबारे भएको कर्ताप्रधान दृष्टिकोण आफंैमा गलत छ। पृथ्वीनारायणको एकल प्रयासबाट मात्र नेपालको एकीकरण सम्भव भएको भन्दै गाइने भजनले नेपालमा सर्वपक्षीय सहमति निर्माण गरेर मुलुक बनाउन सकिन्छ भन्ने सामूहिक नेतृत्वको दृष्टिकोण बन्न सकेन। बरु अर्को कुनै पृथ्वीनारायण जस्तै ...हिरो' जन्मेपछि स्वतः नेपालको हित र प्रगति सम्भव छ भन्दै ढोल बजाउनेहरुको जमात बढ्दै गयो। यसले सर्वपक्षीय राष्ट्रिय सहमति निर्माणमा अवरोध सृजना गरिरहेको छ।
पाँचौ कारण, नेपाली राजनीतिक दलको उत्पत्तिको आधार र विस्तार हो। वि.सं. २००७ सालको राजनीतिक परिवर्तनले व्यक्तिगत स्वतन्त्रता, मौलिक हक र राजनीतिक स्वतन्त्रता स्थापना गरिदियो। यसको आधारमा नेपालको राजनीति केही प्रबुद्ध वर्गको वरिपरि घुम्न थाल्यो। राजनीतिक दलको स्थापनामा तिनै प्रबुद्ध वर्ग तथा उच्च वर्गका व्यक्ति संलग्न हँुदै गए। यस्तै पृष्ठभूमिबाट नेपाली कांग्रेस जन्मिएको थियो। कम्युनिष्ट पार्टी जन्मियो। एवं रितले अरु पार्टी पनि जन्मँदै गए। उच्च वर्गका व्यक्तिको रहर, चाहना र सनकका भरमा निर्माण भएका पार्टी वर्गीय तथा राष्ट्रिय स्वार्थमा भन्दा पनि व्यक्तिगत र पारिवारिक स्वार्थमा केन्द्रित भए र भइरहने छन्। नेपालमा धेरै पार्टी हुनुमा कुनै स्पष्ट र फरक राजनीतिक दर्शन भएर होइन, व्यक्ति र परिवारको स्वार्थ एउटै पार्टीमा अटाउन नसकेर हो। यो राष्ट्रिय सहमति निर्माणका लागि निकै ठूलो तगारो बनेको छ। राष्ट्रिय मुद्दाबारे छलफल हुँदा वा सहमति निर्माण गर्नेबारे अन्तर्क्रिया हुँदा सबै दलका नेता आफ्नो, आफ्नो परिवारको, त्यसपछि पार्टीको अनि विचारधाराको स्वार्थ हेर्ने गर्छन्। त्यसपछि मात्र राष्ट्रको स्वार्थ हेर्ने गरेको पाइन्छ। यस्तो अवस्थामा राष्ट्रिय सहमति निर्माण गरी अगाडि बढ्ने कुरा भन्नमा मात्र सीमित छ। गर्नका लागि होइन।
सत्ताकेन्द्रित राजनीति राष्ट्रिय सहमति निर्माण हुन नसक्ने छैटौं आधार हो। राजनीतिको लक्ष्य स्ात्ता हो। तर सत्ताका लागि जस्तासुकै पनि हर्कत गर्ने, जस्तासुकै फोहोरी र घृणित काम गर्ने, अनि जहाँसुकै र जोसुकैसँग पनि गुहार माग्ने इतिहासदेखिको महारोग सहमति निर्माणको अवरोधक हो। राष्ट्रिय सहमति निर्माणका लागि भनेर बसिने मिटिङ तथा छलफलमा पनि सत्ता परिवर्तन, सत्तामा आफ्नो स्थानबारे उठाइने सवालले यसै कुरालाई पुष्टि गर्छ। यसैगरी सत्ता पाइन्छ भने जतिसुकै फरक राजनीतिक दर्शन र दृष्टिकोण भए पनि मिलिहाल्ने नत्र निषेध गरेर अगाडि बढ्ने संस्कारले राष्ट्रिय सहमति निर्माण गर्ने आधारमा तगारोको काम गरिरहेको छ। सरकारमा हुने भागबण्डा र पद मिलानले राष्ट्रिय मुद्दाहरुलाई दबाइदिएको छ। सत्ता प्राप्ति र बहिर्गमनले राष्ट्रिय मुद्दालाई ब्यँुताउने र सुताउने जुन काम भइरहेको छ, यसले सहमतिको राजनीतिलाई जरैदेखि मार्न खोजिरहेको छ।
नेपाली इतिहासमा सहमतिको संस्कृति कमजोर हुनु अहिले पनि सहमति निर्माण हुन नसक्ने सातौं आधार हो। नेपालको इतिहासदेखि नै एकले अर्कोलाई सिध्याएर वा निषेध गरेर अगाडि बढ्दामात्र सफल भएका घटना निकै छन्। शक्तिशाली कीर्तिपुर राज्यका नागरिकको नाक-कान काटेर र उनीहरुलाई निर्मम ढंगले मारेर पृथ्वीनारायणले उपत्यका जितेका थिए। आफ्नै मामा माथवरसिंह थापालाई जंगबहादुरले हत्या गरेर र कोत पर्व गराएर राज्यसत्ता आफ्नो हातमा लिएका थिए। आफ्नै दाइका सन्तानको निर्मम हत्या गरेर राणाहरुले छोराहरुमा नभई भाइहरुमा शासनसत्ता हस्तान्तरण हुने प्रकृया बसाएका थिए। जननिर्वाचित प्रधानमन्त्रीलाई बर्खास्त गरेर महेन्द्रले पञ्चायती व्यवस्था लादेका थिए। विद्यार्थी आन्दोलनको बलमा प्राप्त जनमत संग्रहको अवसरलाई केही नेताहरुको सन्कीका कारण प्रजातान्त्रिक शक्तिहरु एक भएर चुनावमा जान सकेका थिएनन्। इतिहासका कालखण्डमा भएका यस्ता सिध्याउने वा निषेध गर्ने राजनीतिक संस्कारलाई अहिलेको पुस्ताले अनुशरण गरेकामात्र हुन्। यो राष्ट्रिय सहमति निर्माण हुन नसक्नुको अर्को आधार हो।
अन्त्यमा, पुराना सोच, मान्यता, दृष्टिकोण, दर्शन र सिद्धान्तलाई काँध हालेर राष्ट्रिय सहमतिको भजन गाउँदैमा त्यो सम्भव हुन्न। त्यसैले इतिहासको सही अध्ययन गरेर नयाँ सिराबाट राष्ट्रिय सहमतिको प्रक्रिया अगाडि बढ्नुपर्छ। व्यक्ति, परिवार, पार्टी, विचारधाराको स्वार्थ छाडेर राष्ट्रिय स्वार्थमा ध्यान दिन सक्ने हो भने राष्ट्रिय सहमति निर्माणको आधार तयार हुन्छ। तर, आफ्नो गोरुको बाह्रै टक्का भन्ने उखानझैं आफूचाहिँ टसमस नगर्ने, अर्कोले चाहिँ ...त्वम् शरणम्' गरोस् भन्ने गलत सोच राख्ने हो भने कदापि राष्ट्रिय सहमति निर्माण हुन सक्दैन।
(लेखक त्रिविमा समाजशास्त्र एमफिलका विद्यार्थी हुन्)
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस