सहमतिको मृत्यु
२५ कार्तिक २०६९
•
१३ मिनेट पाठ
सहमतिको मृत्यु
राष्ट्रपति डा. रामवरण यादव सहमतिको विवादमा घिच्याइनुभएको छ। वर्तमान सरकारमा महत्त्वपूर्ण मन्त्रालय सम्हालिरहेका नेताहरुले काठमाडौंदेखि लण्डनसम्म बडो स्पष्ट शब्दमा राष्ट्रपतिले 'कू' गर्न खोजेको बताइरहेका छन्।
'कू' भनेको राष्ट्रपति एक्लैले गर्नसक्ने होइन। यसका लागि न्यायपालिका, सुरक्षालगायत् राज्यका विभिन्न संस्था, अन्तर्राष्ट्रिय समुदाय, शक्ति राष्ट्र र मित्र राष्ट्रहरुको आडभरोस चाहिन्छ। बाबुराम भट्टराई नेतृत्वको सरकार एउटा पक्षको अविश्वासको शिकार भएको छ। सबै पक्ष यसमा समावेश भइदिएको भए त सरकार उहिल्यै खारेज भइसक्ने थियो। माओवादी पार्टीमा 'प्रचण्डपक्षीय' भनेर कहलिएका प्रभावशाली नेताहरुको 'कू' हुने भनाई कति कल्पनाको उडान हो र कति यथार्थ? नेपाली राजनीतिमा अहिलेसम्म दूधको दूध र पानीको पानी छुट्याइदिने राजहा"स देखापरेको छैन। माओवादी पार्टीका अध्यक्ष प्रचण्ड टेलिभिजनको पर्दामा पनि स्वाभाविक देखिन सक्नुभएको छैन। उहा" घोर वेचैनीमा देखिनुभएको छ। पटकपटक राष्ट्रपतिलाई भेटेर शीतल निवासबाट बाहिर निस्कँदा उहा" बडो रीत पुर्याुएर सहमतिको मन्त्रोच्चारण गर्दै राष्ट्रपतिमा 'कू' गर्ने दुराशय नरहेको स्पष्टीकरण दिनुहुन्छ। सहमतिका लागि उहा" प्रयत्नरत् हुनुहुन्छ। तर उहा"को यो प्रयत्न द्विविधाग्रस्त देखिएको छ।
कतै प्रचण्डको अन्तर्मनमा पनि राष्ट्रपतिले 'कू' को लौरो उठाइदिए हुन्थ्यो भन्ने भावना त आएको छैन? यो पनि हुन सक्छ। राजनीतिक द्विविधाको अहिलेको अवस्थामा उहा"का लागि यो एउटा विकल्प हुन पनि सक्छ। जे त होला भन्ने एउटा आशयले काम गरेको हुन सक्छ। 'रोम्यान्टिक रेभ्योल्युसनरी'को नेपाली संस्करणका रुपमा उहा"लाई चिन्ने धेरै छन्। कम्युनिष्ट राजनीतिको सत्य यही हो कि अव्यवस्थाहरुको बीचबाटै व्यवस्था स्थापित हुन्छ भन्ने मान्यताबाट राजनीतिक घटनाक्रम निर्देशित हुन्छन्। चीनमा माओवादको स्थापना राजनीतिक अव्यवस्थाहरुका बीचबाटै भएको थियो। चिनिया" राजनीतिका प्रायः सबै त्रासद र सुखद् घटना माओबाट सुरु भएका छन् र माओमा नै टुंगिएका छन्। प्रचण्ड आफ्नो अन्तर्मनमा के सोच्दै हुनुहुन्छ? त्यो कसैले जान्न सक्ने विषय होइन। यो मनोविज्ञानको अलग कुरा हो। पछिल्ला घटनाक्रममा उहा" जसरी प्रस्तुत हुुने गर्नुभएको छ, त्यसबाट देखिन्छ- उहा" निकै ठूलो अलमलमा हुनुहुन्छ।

यो समयमा प्रतिपक्षका नेताहरु बजेटको अध्यादेशमा स्वीकृति नदिन बिन्तिपत्र बोेकेर राष्ट्रपति निवास धाइरहेका छन्। उनीहरु राष्ट्रपतिसँग 'खुट्टा नकमाउन' आग्रह गर्दैछन्। राष्ट्रपतिले सा"च्चै खुट्टा नकमाई 'कू' गर्ने निर्णय गर्नुभएको अवस्थामा यी दलका नेता के गर्लान्? के रहला यिनको भूमिका? यो रोचक प्रश्न हो। राष्ट्रपतिले सम्पूर्ण शासनसत्ता आफ्नो हातमा लिने भनेको सरकारले बर्खास्त गरेको सिपाहीलाई पुनः पदस्थापन गरिदिएजस्तो पक्कै होइन। यसपछि सुरु हुने राजनीतिक उद्वेलनले नेपाली समाजमा गृहयुद्धको रूप लिन सक्छ। केे नेताहरु यसका लागि तयार छन्?

देशमा उपस्थित पक्ष र प्रतिपक्षको कुरा सुन्दा नेपाली राजनीतिबाट सहमतिको प्राणपखेरु संविधान सभाको चुनावसँगै उडिसकेको छ। नया" चुनावका लागि दलहरुले सहमतिको नाटक मञ्चन गरिसकेका छन् र पनि चुनावको सत्यसँग सबै डराएका छन्। नेपाली कांग्रेसका सभापति माओवादीलाई चुनावमा उत्रन ललकार्नुहुन्छ। तर उहा"को त्यो ललकारमा कुनै दम छैन। किनभने यसमा सर्त गा"सिएको छ। ललकारीसकेपछि सर्त राख्नु भनेको आफ्नै शक्ति कम आ"क्नु हो। अखडामा उत्रिएको पहलमानले प्रतिस्पर्धीलाई आफ्नो हात काटेर लड्न आइज भन्दैन। प्रधानमन्त्री बाबुराम भट्टराई हालका लागि माओवादी पार्टीको हातका रुपमा रहनुभएको छ। उहा" बाबुरामलाई नहटाएसम्म चुनाव हुन नसक्ने धारणा राख्नुहुन्छ, त्यो पनि माओवादी पार्टीका अध्यक्ष प्रचण्डसँग।

प्रचण्ड र बाबुरामबीच असहमति र वाद/प्रतिवादका थुप्रै विषय होलान्। तर उहा"ले सहमतिका नाममा आफ्नै सरकार गिराउने निर्णय लिनुहुन्छ भन्नेचाहिँ कल्पनातीत कुरा हुन्छ। सहमति यसै पनि लोकतन्त्रसँग बाझिने कुरा हो। लोकतन्त्रमा चुनावी प्रतिस्पर्धापछि मात्र सहमति हु"दोरहेछ। भर्खरै सम्पन्न अमेरिकी राष्ट्रपतिको चुनावमा बराक ओवामाको विजयपछि प्रतिस्पर्धी मिट रोम्नी अवको चार वर्ष ओबामालाई सहयोग गर्न सहमत भए। उनीहरुका लागि अमेरिका र यसका राष्ट्रिय स्वार्थ ठूला विषय हुन्। विपरित, हाम्रा नेताहरुका लागि देश होइन, राष्ट्रिय स्वार्थ होइन, सत्ता स्वार्थ सर्वोपरि हो।

नेपाली नेताहरु हुनै नसक्ने सहमतिको खोजीमा किन भौतारिइरहेका छन? लोकतन्त्रका लागि आफ्नो जीवनको उत्तरार्द्धमा पनि क्रान्तिकारी गीत गाएर रमाउनेे र लोकतन्त्रका लागि रगत बगाउन तम्सने नेताहरु लोकतन्त्रमा चुनावको सर्वोपरितालाई स्वीकार नगरेर किन पाखण्ड प्रदर्शन गर्दैछन्? प्रश्नको जवाफ कसैसँग छैन। नेताहरु जुन अन्तरिम संविधानको दुहाई दिँदैछन्, त्यो उहिल्यै डढिसकेको दस्तावेज हो। मधेस आन्दोलनमा लागेको आगोले डढाएको त्यो संविधानमा अहिले केवल राष्ट्रपति र प्रधानमन्त्रीमात्र भेन्टिलेटरमा राखिएका बिरामीजस्तो, जीवित छन्। देश तजवीजमा चलिरहेको छ। सात वर्षअघि, दोस्रो जनआन्दोलनको लगत्तैपछि, सबै दल मिलेर देश बनाउने अभियानमा लाग्न जनताले दलहरुलाई दिएको जनादेशको हुर्मत स्वयं दलका नेताहरुले नै लिइसकेका छन्। नेताहरुले त्यो जनादेशको मर्यादा राखिदिएको भए अहिलेसम्म देेशको कायाकल्प हुने योजनाहरु प्रारम्भ भइसक्ने थियो।

अवसान हुनुअघिको संविधान सभाबाट निर्वाचित बाबुराम सरकारको नेतृत्वमा चुनावमा भाग नलिने प्रतिपक्षीहरुको अडान लोकतान्त्रिक प्रक्रियाको विपरित छ भन्ने आधार लोकतन्त्रको विश्वव्यापी मान्यता नै हो। चुनावी सरकारको नेतृत्व आफूले गर्न पाए आफ्नो दलको भविष्य सुनिश्चित हुने सबै नेताले सोचेका छन्। तर सुशील, झलनाथ र बाबुराम जोसुकै प्रधानमन्त्री भए पनि चुनावमा कुनै तात्विक असर पर्दैन। निर्वाचित सरकारबाट कामचलाउको हैसियतमा पुगेको बाबुराम सरकारलाई अस्वीकार गर्नु भनेको मानिसको ठाउ"मा बु"ख्याचा उभ्याउनुजस्तै हो। सहमति नै खरानी भइसकेको देशमा सबै सहमत हुनसक्ने सर्वसम्मत व्यक्तिको खोजी ब्यर्थको प्रयत्न हो। शासनमाथि एकाधिकार लाद्ने चाहना सबै दलका नेताले राखेका छन्। कांग्रेस र एमाले माओवादीभन्दा कम स्वेच्छाचारी हुन्छन् भन्ने तर्क नै गलत छ। २०४६ को परिवर्तनपछि लामो समय शासनमा रहेका कांग्रेस-एमाले र २०६३ को आन्दोलनपछि सत्ताको केन्द्रमा रहेको माओवादीको शासन शैली तुलनात्मकरूपले उस्तै देखिएको छ। सबै दलको राजनीतिक आचरण उस्तै रहेका बेला कुनै दलले अर्को दलमाथि आरोप नै किन लगाउनु? अखिर स्नानागारमा त सबै नेता नांगै छन्।

सरकार तिहारमा जसरी पनि बत्ती बालेर देशै झिलिमिली पार्ने अभियानमा जुटेका बेला प्रतिपक्षले हामी त्यस्तो उज्यालोमा बस्दैनौं भन्न मिल्दैन। अन्ततः लोकतन्त्रमा सत्ता र प्रतिपक्ष दुवै समान हैसियत राख्छन्। उनीहरु शासक वर्गका हुुन भने जनता शासित। शासितलाई पा"चदिने उज्यालोमा राखेर शासक वर्ग सदाकालका लागि रमाउन सक्दैन। देशमा गर्नुपर्ने थुप्रै काम बा"की छन्। शासक वर्ग भने राजनीतिक विकास प्रक्रियालाई सहज ढंगले स्वाभाविक गतिमा अघि बढाउन छाडेर प्रत्येक दिन द्वन्द्व बढाएर देशलाई असहमतिको दलदलमा धसाउन अग्रसर भइरहेका छन्।

राष्ट्रपति देशलाई असहमतिको दलदलबाट बाहिर निकाल्न राजनीतिक दलका नेताहरु गुहार्ने व्यर्थको अभ्यासमा लाग्नुभएको छ। यो अभ्यास छाडेर चुनाव गराउनका लागि दलका नेतामाथि हदैसम्म नैतिक दबाब बढाउनु उहा"को कर्तव्य हो। बर्माजस्तो शक्तिशाली सैनिकहरुद्वारा शासित देशमा समेत लोकतन्त्रको सूर्य उदाइसकेको अहिलेको समयमा नेपालका लोकतन्त्रवादी राष्ट्रपति सैनिक वर्दीमा सक्रिय देखिनुहोला भनेर कसैले सोचेको पनि छैन होला।

सत्तामाथि कब्जा जमाउने उद्देश्यमा सबै दलका नेता लागेका छन्। कमरेड प्रचण्डलाई मात्र त्यसको दोष लगाइरहनु आवश्यक छैन। अहिलेको सत्य यही हो- सहमति शब्दको अकाल मृत्यु भइसकेको छ। महादेवले सतीदेवीको लाश बोकेर त्रिभुवन चहारेजस्तो अब दलका नेताले सहमतिको लाश बोकेर नारा लगाउँदै सडक तताउनुको कुनै औचित्य छैन। चुनावमा जाने सहमति गरिसकेका दलहरुले वृथा अभिमान त्यागेर सत्ताको भागवण्डा मिलाउ"दै चुनावमार्फत् सहमति खोज्नु गतिरोध अन्त्य गर्ने एकमात्र विकल्प हो।
अर्को समाचार
सहमतिपछि 'बेटी बचाउ' आन्दोलन फिर्ता
३० फागुन २०७१
•
३ मिनेट पाठ
सहमतिपछि 'बेटी बचाउ' आन्दोलन फिर्ता
वीरगञ्ज–बाराको सदरमुकबाम कलैयामा जारी 'बेटी बचाउ संघर्ष समिति'को आन्दोलन स्थानीय प्रसाशनसंगको ६ बुँदे सहमतिपछि फिर्ता भएको छ। बलात्कारपछि उपचारको क्रममा मृत्यु भएकी ६ बर्षे बालिका पुजाको शव भरतचोकमा राखेर संघर्ष समिति ५ दिनदेखि धर्नामा थियो।
सहमतिको आधारमा आन्दोलन फिर्तासंगै शनिबार साँझ नै मृतक बालिकाको अन्त्येष्टि बारास्थित पसाहा नदीमा हुने भएको छ। फागुन – ८ मा बेपाता परी अर्को दिन बिहानै बलात्कृत अवस्थामा अचेत फेला परेकी पुजाको काठमाडौंस्थित कान्ति बाल अस्पतालमा उपचारको क्रममा गत आइतबार मृत्युभएको थियो। प्रमुख जिल्ला अधिकारी बालकृष्ण पन्थी, प्रहरी उपरीक्षक लोकेन्द्रबहादुर मल्ललगायत सुरक्षा अधिकारी र स्थानीय अगुवाबीच शनिबार जिल्ला प्रसाशनमा भएको वार्तामा साँझ ६ वटा बुँदामा सहमति जुटेको थियो।

विभिन्न स्तरमा समन्यव कायम गरी जिल्लाको शान्ति सुरक्षा अझ सुदृढ पार्ने, जिल्ला प्रहरी कार्यालयले कलैया उद्योग बाणिज्य संघ लगायतका संघसंस्थाहरुसंग सहकार्य गरी असुरक्षित देखिएको कलैया क्षेत्रमा नाइटभिजन सिसिक्यामरा जडान गर्ने, समुचित क्षतिपुर्तीका लागि प्रमुख जिल्ला अधिकारीले नेपाल सरकार र प्रधानमन्त्रीको कार्यालयलाई सिफारिस गर्ने र 'बेटी बचाउ संघर्ष समिति'को आन्दोलन फिर्ता गरी बालिकालाई श्रद्धाञ्जलीसहित अन्त्येष्टि गर्नेजस्ता सहमति भएको सहायक प्रमुख जिल्ला अधिकारी योगेन्द्र दुलालले बताए।

आफुहरुले संघर्षका कार्यक्रम फिर्ता गरी बालिकाको अन्त्येष्टिको तयारीमा जुटेको संघर्ष समितिका संयोजक प्रमोद गुप्ताले बताए। कलैया –८ मदर्शाटोलका बद्री नारायणकी ६ बर्षे छोरी पुजाको दाहसंस्कारका लागि उनी परिवारजन सहित सहभागि भएको अधिकारकर्मी ओमप्रकाश गिरीले बताए। जिल्ला प्रहरी कार्यालय बाराले घटनाको आरोपीको रुपमा कलैया नगरपालिका –४ घर भएका २८ बर्षे कन्हैया गुप्तालाई पक्राउ गरी जिल्ला अदालत समक्ष पेश गरिसकेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस