विश्वका दुई महाशक्ति राष्ट्रमध्ये अमेरिकामा राष्ट्रपति बाराक ओबामा पुनः निर्वाचित भएका छन् भने बेइजिङमा भर्खरै सुरु भएको चिनियाँ कम्युनिष्ट पार्टीको अठारौं कँग्रेस पाँचौ पुस्ताका नेता सि जिन्पिङलाई सत्ता हस्तान्तरण गर्ने क्रममा छ।
ओबामाले नेतृत्व गर्ने अमेरिका होस् वा जिन्पिङले नेतृत्व गर्ने चीन दुवैका मुख्य चुनौती आर्थिक मुद्दाहरुमा छन्। राष्ट्रपति निर्वाचनमा ओबामालाई चुनौती दिने रिपब्लिकन उम्मेद्वार मिट रोम्नीले उनलाई आच्छु आच्छु पारेको पनि आर्थिक मुद्दामै थियो। अमेरिकामा रोजगारी घटिरहेको, आर्थिक संकट गहिरिँदै गएको, सामाजिक सुरक्षा खर्चहरु कटौती गरेको र करदाता जनतालाई बिर्सिएर पुँजीपतिहरुको मुक्तिदाता हुन हिँडेको आरोप ओबामामाथि लगाइएको थियो। उनी पुनः एकपटक राष्ट्रपति चुनिए पनि यी आरोप असत्य हुन् भन्न सक्ने सामर्थ्य ओबामासँग छैन। उनले यी आर्थिक सरोकारलाई गम्भीरतापूर्वक सम्बोधन गर्ने संकेत गरिसकेका छन्।
अर्कोतिर चीनका वर्तमान राष्ट्रपति हु जिन्ताओले पनि धनी र गरिबबीच बढ्दो खाडल, आर्थिक असन्तुलन, पर्यावरणीय असन्तुलन, भ्रष्टाचारलगायत्का समस्यामाथि ध्यानाकर्षण गर्दै नयाँ पुस्ताको नेतृत्वले समग्र विकासका लागि समग्र सुधारमा ध्यान दिनुपर्ने बताएका छन्। अमेरिका र युरोपको आर्थिक संकटले चीनलाई खासै विचलित नपारेको भए पनि चीनसँग आफ्नो आर्थिक वृद्धिदरलाई दिगो र पर्यावरणीय हिसाबले पनि 'सफा' तुल्याउनुपर्ने दायित्व छ। यसका साथै विश्व अर्थतन्त्रमा आफ्नो प्रभाव अझै वृद्धि गर्नका निम्ति नयाँ आर्थिक नीतिहरु रचना गर्नुपर्ने आवश्यकता पनि चीनसँग छ। शहरतिर केन्द्रिकृत भइरहेको लगभग आधा जनसंख्या र गाउँमा बस्ने अर्को आधा जनसंख्याबीचको अर्थराजनीतिक सम्बन्धलाई स्वस्थ तुल्याउन पनि चीनले आगामी दिनमा नयाँ आर्थिक रणनीति अपनाउने विश्वास गर्न सकिन्छ।
यसैबीच युरोजोनको आर्थिक संकट गहिरिँदै जाँदा ग्रीसमा सामाजिक र राजनीतिक संकट पनि गहिरिँदै गएको छ। केही समयअघि चीनले युरोजोनका ऋणपत्रहरु खरिद गरेर आर्थिक साझेदार युरोपेली मुलुकहरुको संकट मोचन गर्ने बताएको थियो। तर युरोपियन युनियन, आइएमएफ र विश्व बैंकका लागि यो स्वीकार्य थिएन। किनभने यसले युरोपमा चीनको प्रभुत्व बढाउँथ्यो र अफ्रिकी महादेशमा झैं चीनको राजनीतिक र सामरिक शक्ति वृद्धि हुने थियो। युरोपमा ग्रीस सबैभन्दा धेरै आर्थिक संकटको भुमरीमा फसेको छ। भर्खरै ग्रीसको संसदले 'अस्टेरिटी मिजर्स' पास गर्यो । फलस्वरुप लगातार सामाजिक सुरक्षा खर्चहरु कटौती गरिरहेको एन्टोनिस समरासको सरकारलाई थप खर्च कटौती गर्ने बाटो खुलेको छ। आलोचकहरु भने यसले बेरोजगारी थप बढाउने, उत्पादन र बजारको तरलतामा नकारात्मक असर गर्ने बताइरहेका छन्। यसै कारण ग्रीसमा 'तिनीहरु हाम्रो रगत चुसिरहेका छन्' भन्दै जनता पेट्रोल बम बोकेर सडकमा ओर्लिएका छन्।
यी उदाहरणले विश्वभर आर्थिक मुद्दा कसरी राजनीतिभन्दा अग्रभागमा उक्लिरहेका छन् भन्ने दृष्टान्त दिन्छन्। तर नेपालको सन्दर्भमा भने आर्थिक मुद्दामा राजनीतिक दल या अनविज्ञ छन्, या त अन्ध नक्कल गर्नेभन्दा बढी मौलिक नीतिहरुको रचना गर्नै सक्दैनन्। फलस्वरुप आर्थिक मुद्दाका सन्दर्भमा सबैजसो दल अक्सर द्वैध चरित्र प्रदर्शन गर्छन्। दस्तावेजमा समाजवादी अर्थतन्त्रको दुहाई दिइएको हुन्छ, व्यवहारमा सन् तीसको दशकमा कठोर पुँजीवादी मुलुकमा समेत असफल भइसकेका छुरा निजीकरण र उदारीकरणको प्रचार धर्म प्रचारझैं गरिरहेका भेटिन्छन् नेता। ०४६ सालको परिवर्तनपछि शासन चलाएका दलहरु अति छिटो असान्दर्भिक हुनु र माओवादी आन्दोलनले आँधीको रुप लिनुको पछाडि मुख्य कारण यही थियो। पञ्चायतले हालिदिएको आर्थिक संरचनाहरुको जगलाई यी दलले हल्लाउने त कुरै छाडौं, छुन पनि सकेनन्। बरु पञ्चायतले निर्माण गरेका उद्योगसमेत धमाधम निजीकरणका नाममा बिक्री गरियो।
त्यत्रो जनयुद्ध, दुई दशकसम्मको राजनीतिक अस्थिरता, तैपनि यो मुलुकको अर्थतन्त्र संकटग्रस्तचाहिँ भइहालेको छैन। भारतसँगको बढ्दो व्यापार घाटा, विकास बजेट खर्चै नहुने अवस्था, लोडसेडिङले घटाइरहेको उत्पादकत्व, उत्पादक क्षेत्र र सेवा क्षेत्रका बीचको बढ्दो असन्तुलन जस्ता अनेकन नकरात्मक आर्थिक सूचकांक। केही वर्षदेखि लगातार पेश्की बजेटबाट मुलुक चल्नुपर्ने अत्यन्त अविवेकी राजनीतिक चालबाजीका बीचमा पनि यो मुलुक चलिरहेकै छ। यस्तो चमत्कार कसरी भइरहेको छ?
मूलतः नेपाली अर्थतन्त्रका दुई विशेषताले यो मुलुकलाई आर्थिकरुपमा चकनाचुर हुनबाट बचाइरहेको छ। ती हुन्- 'सबसिस्टेन्स' अर्थात् हातमुख जोर्ने आर्थिक चरित्र र लाहुरे चरित्र। नेपाली समाजमा गरिबीको रेखामुनि र गरिबी रेखाको समानान्तर नै अधिकांश जनसंख्या छ। तर यो जनसंख्या खोरिया खनेर भए पनि, एक छाक खाएर भए पनि जीवन धान्ने चरित्रको छ। यही 'सबसिस्टेन्स' अर्थतन्त्रको परम्परागत चरित्रले मूलतः यो मुलुकको अर्थतन्त्र धरासायी हुन दिइरहेको छैन। यो जनसंख्या परिवर्तन कुरेर बसेको छ तर जीवन धान्ने उपक्रममा रातदिन परम्परागत खेती प्रणालीमार्फत् जीवन धानिरहेको छ। शिक्षा, स्वास्थ्य, मनोरञ्जनलगायत्का सुविधाबाट सम्पूर्णतः वञ्चित यही जनसंख्याले धानिदिएको अर्थतन्त्रका कारण हुनेखाने र राजनीति बिग्रेको गफ चुट्नेहरुको अर्थतन्त्र धानिएको हो। यो जनसंख्याले पनि हुनेखाने जनसंख्याले जस्तै सबै सुविधामाथि दाबी गरेको दिन अर्थतन्त्र धरासायी हुनेछ।
यसैगरी यही जनसंख्या र हातमुखसम्म जोर्न पुग्ने निम्नमध्यम वर्गको संस्कृतिमा गढेर रहेको लाहुरे चरित्र अर्को यस्तो सूचक हो, जसले यो मुलुकको अर्थतन्त्र जोगाइदिएको छ। विदेशी सेना र भारतीय शहरहरुमा मजदुरी गर्ने यो लाहुरे चरित्रले अहिले विश्वभर श्रम आपूर्ति गरिरहेको छ। खाडी मुलुकमा रोकिएका दर्जनौं नेपालीका शवबारे समाचार आइरहेका हुन्छन्। नेपालले आपूर्ति गरेको श्रमिकका बदला एयरपोर्टमा दिनहुँ शव फिर्ता आइरहेको हुन्छ। रेमिट्यान्सको अंक ठूलो भएकोमा गर्व गर्ने नेता, सरकारी कर्मचारी धेरै भेटिन्छन् तर रेमिट्यान्सको भोकका कारण दिनहुँ समाजमा आइरहेको नकारात्मक परिवर्तन र प्रकारान्तरले यसैबाट उब्जन सक्ने अर्थराजनीतिक त्रासदिबारे न अध्ययन भएको छ, न त यसतर्फ चासो नै दिइएको छ। निकट भविष्यमा यही रेमिट्यान्स भोक, रेमिट्यान्स त्रासदिमा बदलियो भने त्यसका परिणामहरुलाई सामना गर्ने न हामीसँग कुनै आर्थिक नीति छ, न त सामाजिक, प्राविधिक तयारी नै।
यस सन्दर्भमा अहिलेको नेपाली अर्थराजनीति 'रेस्पोन्सिभ' देखिँदैन। अहिले बजेटलाई लिएर भइरहेको कुत्सित राजनीति यसको यथेष्ट उदाहरण हो। यो कुत्सित राजनीतिक खेलको नकारात्मक प्रयोग केही समयअघि माओवादीले नै गरेको थियो। अहिले काँग्रेस-एमालेले गरिरहेका छन्। तर बजेट रोक्ने र मुलुकलाई आर्थिक बन्दीका रुपमा परिणत गर्ने कुत्सित खेल अहिले माओवादीमाथि नै बुमराङ भयो भनेर मस्किनुको कुनै अर्थ छैन। कारण, यसको दीर्घकालीन प्रभाव अर्थतन्त्रमाथि पर्छ र यसको प्रत्यक्ष/अप्रत्यक्ष पीडाबाट कोही पनि उम्कन सक्दैन। काँग्रेस-एमालेले बजेट रोकेर नै वर्तमान सरकार ढाल्ने र आफू सरकारमा आसिन हुने आकांक्षा पूरा गर्न सकिन्छ भन्ने ठानेका छन्। तर सहमति बन्नु वा सरकार परिवर्तन हुनु वा निर्वाचन हुनु समग्र अर्थराजनीतिक विशेषताभित्रको अलग लडाइँ हो। यो लडाइँ मुलुकको न्युनतम् आर्थिक आधारभित्र लडिन्छ। बजेटलाई बलिको बोको बनाएर अहिलेको जटिल राजनीतिक समस्या सुल्झनेवाला छैन।
सरकारको प्रसंगमा लडाइँ अघि उँचो भइसकेको छ। कमसेकम यो सरकार विघटित नै भए पनि निर्वाचित संसदले बनाएको थियो। काँग्रेस वा एमालेको कुनै पनि अर्को पात्रको नेतृत्वमा नयाँ सरकार बनाइदिने संसद अहिले छैन। यसका निम्ति काँग्रेस-एमालेले एकीकृत माओवादीसँग अलग सम्झौता गर्नुपर्नेछ। अन्यथा राष्ट्रपतिले कू गरिदिएर आफूलाई सिंहदरबारमा आसिन गराइदेलान् भन्ने भ्रमले पनि काम गर्नेवाला छैन। वर्तमान सरकारको विकल्पमा कुनै राजनीतिक सम्झौतामार्फत् मात्र अर्को सरकार बनाउन सकिने तथ्य हृदयंगम गर्ने हो भने काँग्रेस-एमालेले बजेटलाई निशाना साँधेर कुनै परिणाम हात पार्न सक्ने छैनन्। बरु मुलुकको अर्थतन्त्रलाई एक हदसम्म टिकाइराख्ने र यसलाई बदलिँदो दुनियाँका चुनौती सामना गर्नसक्ने तुल्याउन पर्याप्त गृहकार्य पो गर्नुपर्ने होइन र?