जैविक घडी
२२ कार्तिक २०६९
•
१४ मिनेट पाठ
जैविक घडी
'समय' विगतबाट वर्तमान हुँदै भविष्यमा हुने प्राकृतिक घटनालाई अनुक्रम गर्ने एक आयाम हो। तथापि सबैलाई निर्विवाद स्वीकार्य हुने 'समय' को सर्वमान्य परिभाषा पहिल्याउन विज्ञहरू आज पनि सफल भएका छैनन्। आज आम मानिसले बुझ्ने परिभाषाअनुसार कुनै यान्त्रिक घडीले मापन गर्ने आयाम नै समय हो।
समयको सुरुवात् कसरी र कहिले भयो, त्यसबारे वैज्ञानिक एकमत छैनन्। प्रसिद्ध ब्रह्माण्डशास्त्री स्टिफन हंिगकका अनुसार ब्रह्माण्डको उत्पत्तिसँगै समयको पनि उत्पत्ति भएको हो। वर्तमान ब्रह्माण्ड निर्माण हुनुअघि समयको अस्तित्व थियो वा थिएन भन्ने केही वैज्ञानिकको प्रश्नबारे हंिगक भन्छन्- ब्रह्माण्ड निर्माण हुनुअघिको घटनाबारे मानिसले कुनै सूचना प्राप्त गर्न नसकिने भएकाले ब्रह्माण्ड निर्माण हुनुअघि समयको अस्तित्व थियो वा थिएन भन्ने प्रश्न नै औचित्यहीन छ।




प्राचीन सभ्यतामा सूर्य, चन्द्रमा, ग्रह तथा ताराजस्ता आकाशीय पिण्डको मद्दतबाट मानिसले दिनको समय र वर्षका ऋतुहरूको मापन गर्दै आएका थिए। दैनिक समयको प्रभावकारी व्यवस्था गर्न करिब पाँच/छ हजार वर्षअघिमात्र मध्यपूर्व र उत्तरी अफ्रिकामा मानिसले पहिलोपल्ट समय मापन गर्ने यन्त्रको निर्माण गर्न थालेका हुन्। यसै क्रममा सुरुका दिनमा 'सौर्य घडी', 'पानी घडी' तथा 'बालुवा घडी' जस्ता समय मापन गर्ने यन्त्र निर्माण भएको थियो।

आधुनिक यान्त्रिक घडीको निर्माण पहिलोपल्ट चौधौँ शताब्दीमा इटालीमा भएको थियो। सुरुमा निर्माण गरिएका यी घडी ठीक समय दिने प्रकारका थिएनन्। त्यसपछि क्रमिकरूपले यान्त्रिक घडी परिस्कृत हुन थाले र ठीक समय दिने प्रकारको घडीको निर्माण हुन थाले। नाडी घडी लगाउने पहिलो व्यक्ति फ्रान्सेली गणितिज्ञ तथा दार्शनिक ब्लेज पास्कल (१६२३-१६६२) भएको बताइन्छ। उनले खल्तीमा बोकिने आफ्नो घडीलाई धागोले बाँडेर नाडीमा लगाएका थिए। हिजोआज सबैभन्दा बढी प्रचलनमा आएको र ठीक समय बताउने क्वार्ज घडीको निर्माण पहिलोपल्ट सन् १९३० को दशकमा भएको थियो। मानव निर्मित यन्त्रमध्ये मानिसले सबैभन्दा बढी प्रयोग गर्ने यन्त्र शायद घडी नै हो। यसले आधुनिक समाजमा समय मापनको कति महत्त्व छ भन्ने प्रष्ट हुन्छ।
समय मापन गर्ने प्रणाली मानिसका लागिमात्र नभएर सबै प्रकारका वनस्पति तथा प्राणीका लागि पनि उत्तिकै महत्त्वपूर्ण छ। तसर्थ हरेक जीवमा समय मापन गर्ने आन्तरिक प्रणाली विकास भएको पाइन्छ। जीवमा पाइने समय मापन गर्ने प्रणालीलाई 'जैविक घडी' (बायोलजिकल क्लक) भनिन्छ।
जैविक घडीको विकास जीवको उत्पत्तिसँगै भएको मानिन्छ। यस अर्थमा 'जैविक घडी'को निर्माण करिब तीन अर्ब पच्चास करोड वर्षअघि भएको देखिन्छ, जब पृथ्वीमा पहिलोपल्ट जीवको उत्पत्ति भएको मानिन्छ। तसर्थ 'जैविक घडी' को निर्माण मानव निर्मित घडीभन्दा अबर्ौं वर्षअघि निर्माण भएको मान्नुपर्छ। जैविक घडीको भौतिक अस्तित्व अदृष्य भए पनि यसको अस्तित्वको जैविक प्रमाणहरू प्रत्येक जीवमा पाइन्छ।

'भिनस फ्लाइट्र्याप' नामको एक अद्भूत वनस्पति छ। यो एक मांसाहारी वनस्पति हो। यसले ंिझंगा, मौरी, माकुराजस्ता कीरा सेवन गर्छ। फ्लाइट्र्यापको पात दुई भागमा बाँडिएका हुन्छन् र तिनको छेउबाट काँडाजस्ता संरचना निस्केका हुन्छन्। पातको प्रत्येक भागको माथिल्लो सतहमा तीनवटा अति संवेदनशील रौंजस्ता नरम संरचना हुन्छन्। जब झिंगा, मौरी, माकुराजस्ता स-साना कीरा पातको सतहमा आएर बस्छन् र तिनको शरीरले पातका सतहमा भएका ती संवेदनशील संरचनालाई दुई पटक स्पर्श गर्छन्, तब फ्लाइट्र्यापको पात तीव्र गतिमा बन्द हुन्छन् र कीरालाई धरापमा पार्ने पासोमा परिणत हुन्छन्। तर रमाइलो कुरा के छ भने पहिलोपटकको स्पर्श सम्पन्न भएको बढीमा ४० सेकेन्डभित्र देास्रोपटकको स्पर्श सम्पन्न हुनुपर्छ। अन्यथा पात बन्द हुँदैन। यस प्रकृयाले भिनस फ्लाइट्र्यापले केही सेकेन्ड पनि फरक नपर्ने गरी समय मापन गर्न सक्छ भन्ने प्रमाणित गर्छ।

धेरैजसो फूल फुल्ने प्रजातिका वनस्पतिमा फूल फुल्नका लागि एक निश्चित अवधिको दिनको प्रकाश र रातको अँध्यारो आवश्यक पर्छ। फूल फुल्नका लागि आवश्यक प्रकाश र अँध्यारोको अवधिमा केही मिनेट मात्र पनि घट-बढ भएमा ती वनस्पतिमा फूल फुल्दैनन्। यसरी यी वनस्पतिले दिन र रातको लम्बाइमा केही मिनेट फरक परेको पनि थाहा पाउँछन्। यसबाट पनि वनस्पतिमा समय मापन गर्ने प्रभावकारी प्रणाली विकसित भएको प्रमाणित हुन्छ।

 

कतिपय वनस्पतिमा केही निश्चित समयमा मात्र फूल खुुल्ने र अरू समयमा बन्द हुने गर्छन्। यस्ता वनस्पतिको फूलको अवस्था अवलोकन गरेर हामी दिन र रातको ठीक समय थाहा पाउन सक्छौँ। आफ्नो उद्यानमा यस्तै वनस्पतिलाई फूल फुुल्ने समयक्रमानुसार मिलाएर गोलो घडीको आकारमा रोपेर स्विडनका प्रसिद्ध वनस्पति विज्ञ कार्ल लिनियस (सन् १७०७ - १७७८) ले 'फूलको घडी' (फ्लावर क्लक) निर्माण गरेका थिए।

यसैगरी केही यस्ता वनस्पति छन्, जसमा पात र डाँठबीचको कोण दिन र रातको समयअनुसार परिवर्तन हुने गर्छन्। यसबाट पनि सिद्ध हुन्छ, यस्ता वनस्पतिमा समय मापन गर्ने आन्तरिक प्रणाली पाइन्छ। यस्ता वनस्पतिमा पात र डाँठबीचको कोण नापेर हामी दिन र रातको ठीक समय बताउन सक्छौँ।

हरेक फूल फुल्ने वनस्पतिमा हरेक वर्ष नयाँ पात पलाउने, कोपिलाको विकास हुने, फूल फुल्ने, फल लाग्ने, फल पाक्ने अनि पुरानो पात झर्ने ऋतु ठीकसँग पूर्व अनुमान गर्ने क्षमता विद्यमान भएको हामी सबैले देखेकै दृष्य हो। यो क्षमताको विकास ती वनस्पतिमा अन्तरनिहित जैविक घडीको समय मापन गर्ने प्रभावकारी प्रणालीले गर्दा नै सम्भव भएको हो।

नागरिक दैनिकमा केही महिनाअघि प्रकाशित एक समाचारअनुसार लहानदेखि तीन किलोमिटर पश्चिम-दक्षिणमा अवस्थित फूलबारीको एक रुखमा स्थानीय भाषामा 'सहलेश' का नामले चिनिने फूल हरेक नयाँ वर्षको पहिलो दिनमा मात्र फुल्छ। यो 'चमत्कार' लाई सलहेश महोत्सवका रूपमा मनाउने गरिन्छ। उक्त फूल अवलोकन गर्न स्थानीय तथा टाढाका मानिसको समेत ठूलो भिड लाग्ने बताइन्छ। उक्त एउटा रुखमा मात्र हरेक वर्ष उही दिनमा फूल फुल्नुलाई स्थानीय बासिन्दाले कुनै अलौकिक दैवी शक्तिसँग जोडेर मनाउने गरेको पाइन्छ। यो घटना निश्चय पनि अति दुर्लभ प्रकृतिको छ। तर वनस्पतिका कतिपय यस्ता अन्य उदाहरण छन्, जुन वर्षको निश्चित महिनामा निश्चित हप्ताभित्र मात्र फूल्ने गर्छन्। त्यसैले सलहेशको उक्त विशेष रुखमा हरेक वर्ष उही दिनमा फूल फुल्नुमा कुनै अलौकिक दैवी शक्तिको भन्दा पनि त्यस रुखको अति प्रभावकारी समय मापन प्रणाली अर्थात् जैविक घडीको महत्त्वपूर्ण भूमिका देखिन्छ।

जैविक घडी वनस्पति जगतमा मात्र सीमित नभएर प्राणी जगतमा पनि पाइन्छ। ज्ााडोमा बसाइँ सर्ने चरालाई कुन महिनाको कुन हप्तामा जाडो छल्न न्यानो स्थानमा बसाइँ सर्नुपर्छ भन्ने पूरा ज्ञान हुन्छ र त्यहीअनुसार बसाइँ सर्छन्। फेरि पहिलेकै स्थानमा कहिले फर्कनुपर्छ भन्ने पनि यी चरालाई थाहा हुन्छ। यसको अर्थ हो- उनीहरूमा ऋतु परिवर्तनको पूर्व जानकारी हुने गर्छ। यो पनि उनीहरूमा अन्तरनिहित जैविक घडीको सही समय मापन गर्ने क्षमताका कारण सम्भव भएको हो।

झ्याउँकीरी जातिका केही समूहका कीरा कुनै विशेष रुखका बोक्राभित्र अन्डा पार्छन्। करिब एक महिनापछि ती अन्डाबाट स-साना बच्चा (निम्फ) निस्कन्छन्। ती बच्चा रुखको बोक्राबाट निस्केर रुखमुनिको माटोभित्र पस्छन् र जराको रस चुसेर जीवित रहन्छन्। ठीक १३ वर्षपछि झ्याउँकीरीका ती बच्चा वयस्क कीरामा विकसित हुन्छन् र बाहिर निस्कन्छन्। यसैगरी झ्याउँकीरीको एक अर्को समुहका कीराका बच्चा वयस्क कीरामा विकसित हुन र बाहिर निस्कन ठीक १७ वर्ष लाग्छ। यस प्रकृयाबाट स्पष्ट हुन्छ, झ्याउँकीरीका ती बच्चामा समय मापन गर्ने यस्ता अचुक प्रणाली अर्थात् जैविक घडी छन्, जसको मद्दतले यी कीराका बच्चाले १३ वा १७ वर्षको समय फरक नपर्ने गरी सही मापन गर्न सक्छन्।
हामी मानिसमा पनि जैविक घडीले काम गरेको हुन्छ। हाम्रो शरीरको गतिविधि दिन र रातमा फरक हुन्छन्। हामी सामान्यतया दिनमा काम गछर्ौं र राति सुत्ने गछर्ौँ। बिरामी मानिसमा धेरैजसो साँझतिर ज्वरो बढ्ने गर्छ। महिलामा हरेक महिनाको निश्चित दिनमा रजस्वला हुने र डिम्ब बन्ने गर्छ। हामी लामो दूरीको हवाई यात्रा गर्दा हामीलाई 'जेट लाय्ग' हुने गर्छ। केही दिन हामीलाई नयाँ ठाउँमा दिनमा निद्रा लाग्छ र राति जाग्ने गर्छौं। यो पनि हाम्रो शरीरमा अन्तरनिहित जैविक घडीको परिणाम हो।

हरेक जीवको कोषमा समय मापन गर्ने प्रणाली अर्थात् जैविक घडी हुन्छ भन्ने तथ्य अहिले निर्विवाद प्रमाणित भइसकेको छ। बहुकोषीय जीवको हरेक कोषमा आफ्नो अलग्गै जैविक घडी भएको विश्वास गरिन्छ। जीवको समग्र व्यवहार र गतिविधि यी सबै जैविक घडीको क्रियाको योगको परिणाम मानिन्छ। तथापि जैविक घडीको क्रिया विज्ञान (फिजियोलजी) को रहस्य वैज्ञानिकहरूले आजसम्म ठीकसँग व्याख्या गर्न सकेका छैनन्। उक्त रहस्यको समाधान गर्नु जीव वैज्ञानिकका लागि एक ठूलो चुनौती रहँदै आएको छ।
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  




प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस