म आतंकबादी जस्तो देखिन्छु र? भेट भएको तेस्रो दिनमा उनले सोधेको प्रश्न हो यो। म अमेरिकाको पोर्टल्यान्डमा आयोजना भएको अन्तर्राष्टिय स्तरको तेक्वान्दो प्रतियोगिताको समाचार संकलन गर्न आएको मलाई त्यही सहभागी हुन आएको ब्यक्तिको प्रश्न हो। त्यसो त अमेरिका आउने उनको कथा पनि अन्य गरिब मुलुकका नागरिकले भोगेको भन्दा कम छैन। पाँच जनाले प्रयास गरे पनि उनलाई मात्र अमेरिकी राजदूतावासले राहदानीका लागि पत्याएको थियो।
पहिलो भेटमै म उनको शालीनताबाट प्रभावित भएको थिएँ। उनी त्यहाँ पाकिस्तानबाट आएका थिए। विश्व सामु आफ्नो मुलुकको छवी कस्तो बनिरहेको छ / बनाइदै छ भन्नेबारे उनी सजग पनि देखिन्थे। बोली व्यवहारमा उनी निकै सजग देखिन्थे। सम्भवतः त्यसैले नै अमेरिका र अन्य मुलुकबाट आएका लगभग ५ सय जना खेलाडी र अधिकारी माझ उनी आफैले आफूलाई अलग देख्थे।
उनीसंगको कुराकानीका क्रममा विश्व राजनीति, क्षेत्रीय राजनीतिबारे चर्चा हुने गर्थ्यो। त्यसवाहेक उनी पाकिस्तानको आन्तरिक राजनीतिका बारेमा पनि कुरा गर्न मन पराउथे। कट्टरपन्थी राजनीतिको शिकार आफूमात्र नभई आफ्नो मुलुक पनि भएको उनी बताउथे। भारत र पाकिस्तानवीचको सम्बन्धमा आउने सुधारले दक्षिण एसियालाई अगाडि बढाउछ। कुनै पनि देशको राजनीति अग्रगामी सोंचसहितको हुनुपर्छ, समाजलाई पछाडी लैजाने किसिमको होइन।
यस किसिमका कुराले उनलाई खेलाडीभन्दा पनि राजनीतिक व्यक्ति बनाउने गर्थ्यो। र, उनी स्वयं पनि सम्भवतः यसतर्फ सजग थिए, त्यसैले कुराकानीकाबीचमा आफ्नो मुलुकको खेलकुदको स्थितिबारे पनि बताउन विर्सदैनथे। तर, समग्रमा उनको चिन्ता भने पाकिस्तान र मुश्लिम धर्मावलम्बीप्रति बनाउदै गरिएको नकारात्मक छवी तर्फ नै थियो। त्यसको परिणाम आज पाकिस्तानीले मात्र नभई विश्वभरका मुश्लिमहरुले भोग्नु परिरहेको चिन्ता उनले आफ्नो कुराकानीका क्रममा व्यक्त गरे।
हामीलाई त दुख र पिडा पनि हँुदैन भन्ने किसिमको सोचाई अहिले संसारमा विकसित हुदै गइरहेको छ। उनको कुराले मलाई केटाकेटीमा सुनेको एउटा कुराको सम्झना गराउथ्यो। एक जना परिचित बेलायत गएका बेला त्यहा"की एक महिलासंग मित्रता भएछ। कुराकानीका क्रममा आफू गोर्खाहरुको देशबाट आएको भनेपछि ती महिलाको नजरमा उनको सम्मान त बढेछ। तर, संगसंगै एक किसिमको डर पनि देखिन थालेछ। अनी एक पटक साहित्यका बारेमा चर्चा चल्दा नेपालमा पनि कवीहरु छन्? भन्दा उनले अचम्म मानिछन् रे!
विश्वयुद्धमा गोर्खालीहरुले देखाएको बहादुरीको चर्चा विश्वभर फैलिएको थियो। तर, सम्भवतः युद्ध मैदानमा देखाएको बहादुरी भएको काराण हुन सक्छ, गोर्खालीमा समवेदना हुन्छ भन्नेमा उनलाई विश्वास थिएन। कवी हुनका लागि कमलो हृदय आवश्यक हुन्छ, युद्ध मैदानमा कमलो हृदय भएकाले लड्न सक्दैनन् भन्ने लागेको रहेछ। त्यसैले गोर्खालीहरु कवी हुन्छन् भन्नेमा उनलाई विश्वास लागेन छ।
चर्चा तिनै पाकिस्तानी सहभागीको।उनी कहिलेकाही घरमा चाड (इद)का बेला पनि छाडेर आएको आफ्नी आमा र बहिनीको कुरा गरेर भावुक हुन्थे। घरायसी चिन्ताले उनलाई उत्तिकै सताउने गर्थ्यो। उनको कुराले मलाई पनि कहिलेकाही भावुक बनाउथ्यो। आफ्नो परिवार, समाज र राष्ट्रप्रतिको उनको सोच र चिन्ता कुनै पनि विकसित देशको मानिसभन्दा कम थिएन। तर, किन हामीलाई फरक दृष्टिले हेरिन्छ? कुन्नी किन हो उनको प्रश्नले मलाई लज्जित बनाउथ्यो।
आज पाकिस्तानकाबारेमा कुरा गर्ने धेरैलाई त्यहांको स्थितिका बारेमा थाहै छैन। पाकिस्तानसँग अफगानिस्तानको पनि सीमा जोडिएको छ। तर, उनको भनाइमा धान खाने मुसो चोट पाउने भ्यागुतो जस्तै पाकिस्तान भइरहेको छ। कुराकानीका क्रममा उनले आफ्नो राहदानी समेत देखाएका थिए। दुई दिने प्रतियोगिताका लागि अमेरिकाले उनलाई प्रतियोगिताभरका लागि मात्र भिसा (प्रवेसाज्ञा) उपलब्ध गराएको थियो। अन्य धेरैका लागि पाँच वर्षको प्रवेशाज्ञा थियो।
मलाई अचम्म लागेर आउथ्यो। 'मैले स्वर्ण जिते नी' चम्किलो आँखासहित उनले मलाई स्वर्ण पदक देखाउदै भनेका थिए। त्यतिबेला उनको मुख होइन अँंखा समेत बोलीरहेको थियो। 'मैले इदका बेलामा पनि आफ्नी आमा र दिदीलाई घरमा छाडेर आएको थिए। किनभने, मेरो पहिलो आमा त मेरो मुलुक हो। त्यसैले मेरो पहिलो कर्तब्य आफ्नो मुलुकप्रति हुनुपर्छ। आज मैले आफ्नो मुलुक प्रतिको ऋण तिरे जस्तो लागेको छ' उनले खुसी हुदै भनेका थिए, 'तपाइले आफ्नो अखबारमा मेरो समाचार पनि लेख्नुस है।'
'हामीले त आफ्नो मुलुकलाई समेत माया गर्न मिल्दैन। त्यसलाई पनि भिन्न किसिमले हेरिन्छ। तपाइनै मलाई हेरेर भन्नुस त के म आतंकबादी जस्तो देखिन्छु र?' उनको त्यो प्रश्नले किन हो मलाई निकै असजिलो बनाएको थियो। प्रतियोगिता सकिएपछि उनी फर्कदै थिए। तेस्रो पटकको आफ्नो अमेरिका भ्रमणमा उनले पक्कै पनि तितो मिठो सम्झना बोकेका थिए। आफू पाकिस्तानी अथवा मुश्लिम भएको थाहा पाएपछि विदेशमा अली वेग्लै किसिमले हेरिने गुनासो उनले गरेका थिए। म पनि उनलाई विदा गर्न विमानस्थलसम्म गएँ। विदा गर्ने क्रममा मैले उनलाई अंकमाल गरे। उनले हास्दै भने, 'थाहा छ, तिमिले अहिले एउटा आतंकबादीलाई अंकमाल गर्दै छौ।'