लोकतन्त्र आउने छैन
आज, यो वर्ष
न त कहिल्यै
सम्झौता र डरहरुसँग नारिएर
-ल्याङ्स्टन ह्युजेज
लोकतन्त्र आइसकेको भ्रम नेपाली जनताले धेरै पटक चाखिसकेका छन्। यो भ्रमको स्वाद कस्तो हुन्छ आम जनतालाई राम्रोसँग थाहा छ। तथापि यस्ता भ्रमविरुद्ध विभिन्न लडाइँ लडेर जनताले आफ्नो शक्ति बलियो तुल्याउँदै ल्याए। गणतन्त्रको घोषणासम्म आइपुग्दा मुठि्ठभर सम्भ्रान्तहरुको हातबाट खोसेर जनताले शक्ति आफ्नो हातमा लिइसकेका छन्।
परन्तु नयाँ संस्थागत संरचना तयार गरेर यो शक्तिको वास्तविक प्रयोग गर्न जनता अझै सफल भइसकेका छैनन्। यसका निम्ति राज्य संरचनाको पुनर्संरचना गर्नु छ। तर जनताले आफ्नो प्रतिनिधिका रुपमा पत्याएका दलले यो ऐतिहासिक जिम्मेवारी समयमै पूरा गर्न सकेनन्। तथ्यहरुले के भनिरहेका छन् भने आफूले आर्जन गरेको शक्तिको अभ्यास गर्नबाट जनतालाई विमुख तुल्याउन सम्भ्रान्त वर्ग अझैसम्म सफल भइरहेको छ। र, सम्भ्रान्त वर्गले जनताको प्रतिनिधित्व गर्ने दलहरुभित्रै घुसपैठ गरिसकेका छन्।
त्यसैले माथि उदृत ल्याङ्स्टन ह्युजेजको 'डेमोक्रेसी' शीर्षक कविताको अनुच्छेदले भनेझैं लोकतन्त्रको सही अभ्यास गर्नका लागि भविष्यसम्मको लडाइँका निम्ति तयार रहनु आवश्यक हुन्छ। सत्ताका संरचनालाई जनताको पहुँच र नियन्त्रणमा राख्ने यो लडाइँ नै वास्तविक लोकतन्त्रको निरन्तर लडाइँ हो, जो आजको युगका विशेषताका सन्दर्भमा सधैँ चलिरहनेछ। निरन्तर अदृश्य युद्धमा सामेल रहने वर्गबीचको लडाइँ र सम्झौता भएर नै समाज अघि बढ्ने हो। तर सम्झौता अन्तिम हुँदैनन्, बरु लडाइँलाई सहज तुल्याउने आधारमात्र हुन्छन्। सम्झौताहरु डरका कारणले होइन, लडाइँलाई सहज तुल्याउने अभिप्रायले मात्र गरिनुपर्छ। अन्यथा जनताको भागमा निरन्तर लडाइँको दैनिक जीवन सदैव रहन्छ। गणतन्त्र घोषणापछिको परिस्थितिलाई नै ध्यानले हेर्दा के देखिन्छ भने सम्भ्रान्त वर्गले समाजका तल्ला तहहरुबाट हुकुमत गुमाइसकेको छ तर सत्ताका माथिल्ला अंगहरुमा उसको हुकुमत अझै कायम छ। राजनीतिले निकास नपाउनुका पछाडि सम्भ्रान्त वर्गले सत्ताका अंगहरुबाट हुकुमत छाड्न गरिरहेको अस्वीकार नै कारक छ।
प्रश्न के हो भने सम्भ्रान्तहरुको यो इतिहासप्रतिको अस्वीकारलाई केले भरथेग गरिरहेको छ? संविधान सभा गठनलगत्तै सुरु भएको र विघटन उपरान्त बुलन्द भएको सम्भ्रान्त वर्गको 'श्वेत' राजनीति पछिल्ला घटनाक्रममा स्पष्टतः बेनकाब भइसकेको छ। राजनीतिक संयोगका कारण बाबुराम भट्टराईको सरकार अहिलेको तरल राजनीतिको एकमात्र ठोस उदाहरण बन्न पुग्यो। तर यो संयोग संविधान सभाबाट संविधान बन्न नदिने र बढीमा ०४७ कै संविधानको नयाँ अवतार खोपीभित्रबाट जारी गर्ने षडयन्त्रबाट निर्मित परिबन्दमात्र हो। काँग्रेस र एमालेजस्ता लोकतन्त्रको निर्माण प्रकृयामा सामेल दलहरु यो षडयन्त्रको मोहरा भए। त्यसैले उनीहरु संविधान सभाका समितिहरुले दिएको सुझाव तथा सभासदहरुका प्रयासले तयार भएका नयाँ संविधानका अन्तर्वस्तुसँग डराए। अनि शीर्ष नेताहरुले सहमति हासिल गर्न नसकेका विषयलाई सर्वभौम संविधान सभामा प्रवेश गराउन अस्वीकार गरे। तत्कालीन संविधान सभा अध्यक्ष सुभाषचन्द्र नेम्वाङले त्यस्तो षडयन्त्रलाई चूपचाप स्वीकार गरेर संविधान सभाको बैठक नै डाकेनन्। त्यसैले बाबुराम भट्टराईको सरकार 'बाइ डिफल्ट' कायम रहने बाध्यता उनीहरुका लागि त्यतिबेला उत्तम विकल्प हुनपुग्यो।
संविधान सभाबाट संविधान बनाउने जनताको सपनालाई यसरी सम्भ्रान्त वर्गको हितका खातिर लोकतन्त्रकै लागि लडेका दलले तुहाइदिए। संविधान सभामा एक एक गर्दै सारा प्रस्तावमाथि मतदान गराइएको भए त्यसले एउटा निष्कर्षतर्फ मुलुकलाई लगिसकेको हुन्थ्यो। तर त्यसो हुन सकेन। त्यहाँबाट मुलुकले नयाँ बाटो समातिसकेको हुन्थ्यो र गणतन्त्र संस्थागत हुने प्रकृया आरम्भ भइसकेको हुन्थ्यो। बाँकी रहेका केही मुद्दालाई जनमत संग्रहमै लैजाने निर्णय त्यही सभाले गर्न सक्थ्यो। जनतालाई निर्णायक र सर्वभौम तुल्याउने यो प्रकृयालाई अवरुद्ध गर्ने त्यही गल्तीले इतिहासलाई अर्को संक्रमणको संघारमा पुर्यायएको छ र त्यो भंगालोले निकै खतरनाक ढंगले सकारात्मक वा नकारात्मक बाटो बनाएर फुत्किन खोजिरहेको छ। यसले नकारात्मक बाटो समातेको खण्डमा लोकतन्त्र निर्माणको निरन्तर प्रकृया अवरुद्ध हुनेछ र समाजले आफ्नो विकासको प्रकृयालाई सुनिश्चित गर्न जुनसुकै स्तरको आँधी रचना गर्नसक्छ। तर अझै सकारात्मक बाटोतिर इतिहास बग्ने आशा भने समाप्त भइसकेको छैन।
हालै एमाले नेता माधव नेपालले एकीकृत माओवादीले सत्ता कब्जा गरिसकेको र आफूहरुले त्यसलाई खोस्न नसकेको बताए। यो टिप्पणी अर्थराजनीतिक यथार्थका आधारमा कुनै सत्य टिप्पणी त होइन, तैपनि यसले एमालेको एउटा मनोदशा भने प्रदर्शन गर्छ। संविधान सभालाई निष्कर्षसम्म पुग्न नदिन निकै महत्त्वपूर्ण भूमिका खेलेको एमालेका निम्ति बाबुराम भट्टराई नेतृत्वको सरकार अप्रिय यथार्थका रुपमा कायम रह्यो। संविधान सभा विघटनपश्चात् उसले नयाँ संविधान निर्माणमा आफ्नो भूमिका स्पष्ट हुनेगरी जनतालाई कुनै जवाफ दिएन। तर भट्टराई नेतृत्वको सरकारविरुद्धको लडाइँलाई उसले मुख्य एजेण्डा बनायो र कांग्रेसलाई समेत यसैमा सामेल गर्योक। यो गोरुको दूध दुहुने प्रयासभन्दा बढी सावित हुन सकेन। बरु उसले निरन्तर आफूलाई राज्य पुनर्संरचना, संघीयता र पहिचानका मुद्दाबाट विमुख गर्दै लग्यो। एकीकृत माओवादीले नयाँ चुनावको प्रस्ताव गर्दा त्यसको विरोध गर्न एकै ठाउँ भएका कांग्रेस-एमाले अहिले त्यही चुनाव माग गरिरहेका छन्। त्यसैले सरकार नै कांग्रेस-एमालेको प्रचण्डप्रतिको अविश्वास र आफैंसँगको अविश्वासको प्रतीकजस्तो बन्न पुगेको छ।
अर्कोतिर कांग्रेस-एमालेको एजेण्डाहीनता सम्भ्रान्त वर्गको श्वेत राजनीतिका निम्ति सुखद् टोकन बनेको छ। यो वर्गले उदार तानाशाहका रुपमा राष्ट्रपतिलाई उभ्याउने कोसिस अहोरात्र गरिरहेको छ। 'सफ्ट कु' गरेर पञ्चायती शैलीमा 'जनताको मुक्तिदाता' हुने विषालु मोहले राष्ट्रपति रामवरण यादवलाई पनि गाँजेको देखिन्छ। प्रधानमन्त्री भट्टराईसँग कहिले जुहारी त कहिले वार्ता गरिरहेका राष्ट्रपति यादवले त्यस्तो गँजडी मोहलाई अहिल्यै पछ्याइहाल्ने सम्भावना त छैन, तैपनि सम्भ्रान्तहरुले रोपेको विषवृक्ष उमि्रसकेको लक्षण भने उनका 'खोपीभित्रको राजा' नहुने टाइपका अभिव्यक्तिले देखाउँछन्। यद्यपि समाज र इतिहासको गति रोक्न सकिन्न, तैपनि समाज र इतिहासको गति कायम राख्ने र 'एक्सिलरेट' गर्ने जिम्मा लिएका राजनीतिक तथा सामाजिक शक्तिको प्रयास कमजोर भइरहेको तथ्यलाई बेवास्ता गरिहाल्न पनि सकिन्न।
संघीय गणतन्त्रका अन्तर्वस्तुहरुमाथि निरन्तर आक्रमण भइरहेको अहिलेको परिस्थितिमा प्रगतिशील शक्तिहरुले जनताबाट आफ्नो निरन्तर शक्ति हासिल गरिरहने प्रकृया स्थगित गर्नुहुँदैन। शक्तिका स्रोत जनता नै हुन् र त्यो स्रोतबाट शक्ति हासिल गर्ने दुईवटा प्रकृया छन्। एक- आन्दोलन वा विद्रोह र दोस्रो- निर्वाचन। आन्दोलन वा विद्रोहबाट हासिल गरिएको शक्तिलाई पुनः जनतामै लगेर टेस्ट गर्ने हो। त्यसैले विद्रोह वा आन्दोलनबाट प्राप्त उपलब्धिलाई निर्वाचनमार्फत् वैधता दिँदै जनताले आफ्नो राजनीति सुरक्षित गर्छन्। गणतन्त्रको घोषणा त्यस्तै प्रकृयामार्फत् भएको हो। तर गणतन्त्रको वास्तविक अनुहार रचना गर्नका लागि शासनसत्ताका शक्तिशाली संरचनालाई जनताका नियन्त्रणमा पुर्यािउन जरुरी छ, फलस्वरुप कुनै कुलीन घरानाको हुकुमतका कारण जनताको एक चपरी माटोमाथि गर्वसाथ उभिने अधिकार कुण्ठित नहोस्। कुलीन घरानाहरुबाट राजनीति निसृत हुने र सोहीअनुरुप शक्तिको अभ्यास हुने प्रकृयाको अन्त्य नै गणतन्त्र संस्थागत भएको स्थिति हो।
त्यसैले अर्को निर्वाचनमार्फत् प्रगतिशील शक्तिहरुले शक्ति आर्जन गर्नु आजको आवश्यकता हो। तर त्यस्तो निर्वाचनका निम्ति छोटो अवधिका निम्ति संविधान सभा पुनर्स्थापना गर्न सकिन्छ। तर सर्त के हो भने गणतन्त्रको अन्तर्वस्तु सुनिश्चित हुनुपर्छ। केही कुलीन वकिल वा इतिहासदेखि आजसम्म कुलीनतन्त्रकै अभ्यास गरिरहेका कथित् न्यायाधीशहरुको आदेशका आधारमा भने यस्तो हुने सम्भावना हुँदैन। एकीकृत माओवादी अध्यक्ष प्रचण्ड सबै विकल्पसहित पटकपटक प्रस्ताव लिएर प्रकट भइरहेका छन्। तर कांग्रेस-एमालेका नेताहरु त्यसमा प्रतिकृया दिनेभन्दा धेरै जोखिम उठाउन तयार देखिँदैनन्। यो अल्झो सुल्भि्कएको दिन, जनताले नयाँ प्रगतिशील संविधानकै निम्ति मत दिनेछन्। खाली जनताको अभिमत स्वीकार गर्नमात्र होइन, त्यसको सुरक्षा गर्नका लागिसमेत प्रगतिशील शक्तिहरुले मजबुत किल्ला निर्माण गर्नु जरुरी छ। ह्युजेजको कविताले भनेझैं सम्झौता र डरसँग नारिएर होइन, नयाँ यथार्थ सामना गरेर।