'हामीसँग पैसा छ, जसरी पनि यहीँ उपचार हुनुपर्यो्, तुरुन्त डाक्टर चाहियो'- बिरामीका आफन्त, जसमा अधिकांश युवाले अस्पतालको आकस्मिक कक्ष भरिएको छ, रिसेप्सनमा भिडभाड र हो-हल्ला छ।
विराटनगरको एक निजी अस्पतालमा मंगलबार साँझ देखिएको यस्तो दृश्य करिव ४५ मिनेटको वादविवादपछि सामान्य हुनसक्यो। यसबीच विराटनगरको स्वास्थ क्षेत्र कसरी सञ्चालित भइरहेछ भन्नेमा धेरैखाले प्रवृत्ति देखापरे। बिरामी सामान्य चोट लागेर करिव २० किलोमिटर टाढा इनरुवाबाट ल्याइएको थियो। उनको हत्केलामा तारले काटेको चोट थियो। चिकित्सकहरूका अनुसार धेरै ठूलो र खतरा घाउ होइन। बिरामी प्रहरी रहेछन्, बिरामीसँगै एम्बुलेन्समा आएका उनका साथीहरू पनि प्रहरी नै थिए तर उनीहरू ड्रेसमा थिएनन्। अस्पतालमा हो-हल्ला मच्चाउन प्रहरीहरूलाई बिरामीका आफन्त र टोले युवाहरूले साथ दिएको देखिन्थ्यो।
हत्केलामा चोट लागेका उनलाई अस्पातालले सुरूमा ड्रेसिङ गरेर सामान्य पट्टी बाँधिदियो र टाँचा लगाउन भोलि बिहान आउन वा अन्यन्त्र जान सल्लाह दियो। आकस्मिक कक्षमा रहेका चिकित्सक टाँचा लगाउन नसक्ने क्षमताका रहेछन्? अथवा हुनसक्छ, भिडभाडका कारण उनले बिरामी पन्छाउन खोजेका हुन्। त्यसको बेग्लै पक्ष छ। अन्यन्त्र रिफर गरिएका बिरामी अस्पताल कक्षबाट बाहिर निस्किएर धरानस्थित बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठान जाने योजना बनाए। तर एकैछिनमा युवाहरूको ठूलो जमात अस्पताल प्रवेश गरेर 'हामीसँग पैसा छ, अस्पताललाई पैसा चाहिने होइन, यही उपचार हुनुपर्छ' भन्ने अडान लिन थाल्यो। बिरामी आफंै नारा लगाउने शैलीमा प्रस्तुत भइरहेका थिए। चोट लागेको हात उठाएर भन्दै थिए- चाँडो डाक्टर बोलाओ, यहीँ टाँचा लगाउनुपर्छ।
टाँचा नलगाएको अवस्थामा अस्पतालमा भौतिक आक्रमणसमेत हुनसक्ने खतराबीच अस्पताल प्रशासनले डाक्टरका साथसाथै सुरक्षार्थ पालेका आफ्ना युवालाई खबर गर्यो्, प्रहरी पनि आइपुग्यो। अस्पतालको सुरक्षा ठेक्का दादागिरी गर्ने स्थानीय युवाहरूको हातमा छ। साँझ परेपछि उनीहरू नशामा हुन्छन्। मंगलबार साँझ उनीहरू नशामै अस्पतालमा हाजिर भए। अस्पतालका युवा र प्रहरीले अस्पताल परिसर आफ्नो नियन्त्रणमा लिए। सुरक्षित वातावरण कायम भएपछि मात्र अस्पतालका वरिष्ठ डाक्टर आइपुगे। आन्दोलनमा उत्रिएका बिरामीलाई आकस्मिक कक्षको बेडमा पुर्याइइयो, डाक्टरले टाँचा लगाइदिए। केहीबेरपछि बिरामी पनि फर्किए, डाक्टर पनि आफ्नो बाटो लागे।
अस्पतालहरूमा हुने यस्ता दृश्य विराटनगरबासीका लागि नौला हुँदै होइन। विराटनगरबासी यस्ता घटनामा अभ्यस्त छन्। मंगलबार साँझको यस्तो दृश्य विराट अस्पताल एवं अनुसन्धान केन्द्रको हो। घटनाकै आधारमा विराट अस्पताललाई मात्र दोष दिने स्थिति यहाँ देखिँदैन। यहाँका सबैजसो अस्पताल दक्ष जनशक्तिको अभावमा सञ्चालन भइराखेका छन्। सबैजसोले आफ्नो सुरक्षाका लागि स्थानयि दादा पालेका छन्।
अस्पतालमा गुन्डाराज किन? प्रश्न गम्भीर र उत्तर पेचिला छन्। पहिलो- चिकित्सक र अस्पताल असुरक्षित बनेको डरलाग्दो अवस्था छ यहाँ। भनेजस्तो उपचार भएन भने भौतिक कारबाहीमा उत्रने बिरामीका आफन्त, प्रदर्शन, विरोध र भौतिक कारबाहीका कारण अस्पताल र डाक्टरमा भय देखिन्छ। बिरामीको मृत्यु भयो भने चिकित्सकमाथि जाइलाग्ने प्रवृत्ति प्रमुख चुनौती भएर उभिएको छ। त्यसैले आत्मसुरक्षाका लागि गुन्डाहरूको सहयोग लिनुपर्ने अस्पताल सञ्चालकहरूको भनाई छ। तर उनीहरूको यो स्पष्टीकरण चित्तबुझ्दो भने छैन। उपचारमा ल्याइने बिरामी र उनका आफन्तलाई राम्रो काउन्सिलिङ्ग गर्ने व्यवस्था आवश्यक भएको घटनाले स्पष्ट संकेत गरेका छन्। तर अस्पतालमा काउन्सिलिङको प्रचलन नै छैन। निजी अस्पतालको भौतिक क्षमता र अस्पताल सञ्चालन आवश्यक दक्ष जनशक्तिलाई नजरअन्दाज गर्न मिल्दैन। चिकित्सकहरूको हेलचेक्रयाइँका कारण ज्यान गएका छन्। बिरामीमा शारीरिक जटिलता आएका घटना छन्। निजी अस्पताल मापदण्डअनुसार चलेका छन्/छैनन्? अगुगमनमा सरकारी उदासिनताका कारण अस्पताल खोल्ने होड देखिन्छ। गलत नियतबाट सुरू गरेको कामले राम्रो परिणाम दिन सक्दैन। आफ्ना कमजोरीको बचाउका लागि अस्पतालहरू स्थानीय दादा पाल्न बाध्य भएका त होइनन्?
त्यसो त विराटनगरका निजी अस्पतालबीच तीव्र प्रतिस्पर्धा छ। आफ्नो अस्पतालमा वा क्लिनिकमा बिरामी तान्न उनीहरू जस्तोसुकै हरकतमा उत्रन पछि पर्देनन्। कतिपय अस्पतालबीच शत्रुतापूर्ण सम्बन्ध छ। यस्तो सम्बन्धकै कारण स्थानीय दादाको सुरक्षा लिनुपर्ने अवस्थामा उनीहरू हुन्छन्। त्यसो त युवाहरू सुरक्षा दिने काममा मात्र प्रयोग भएका छैनन्। उनीहरूको प्रयोग र प्रयोजन बहुउपयोगी छ। अस्पतालको भौतिक विकास, ठेक्कापट्टा, उपकरण खरीद, पार्किङ, औषधी पसल हरेक क्षेत्र स्थानीय युवाहरूको सरोकारका विषय हुन्। प्रहरी, प्रशासन आँखाअगाडिको वास्तविकतामा रमिते छ। आमजनमानस बाहुबलमा चलेको स्वास्थ्य सेवाको सास्ती सहन बाध्य छ।
सरकारी कोशी अञ्चल अस्पतालमा आएका बिरामीलाई आफ्नो क्लिनिकमा ल्याउने काममा विभिन्न एजेन्ट सक्रिय रहन्छन्, जसलाई सामान्य मानिन्छ यहाँ। कोशी अस्पतालको ढोकैमा पसल थापे जसरी निजी क्लिनिक खोलेर बसेका डाक्टरको मुख्य ध्येय देहातबाट आएका सिधासाधा जनताको दोहन गर्नुमा केन्द्रित छ। बेलाबेलामा सरकारी अस्पतालमा विवाद सृजना गर्ने र अस्पतालका बिरामी निजी क्लिनिकमा पुर्यारउने काममा पनि युवाहरूको अगुवाई हुन्छ।
उपचारका क्रममा एक जना महिलाको मृत्युका कारण कात्तिक पहिलो सातादेखि बन्द रहेको कोशीको प्रसूति वार्ड दुई सातापछि मात्र खुल्यो। यसबीच अस्पतालमा आएका बिरामीले अस्पतालकै डाक्टरका निजी क्लिनिकमा चर्को शुल्क तिरेर उपचार गराए। अस्पतालमा विवाद सिर्जना गरेर निजीमा बिरामी तान्ने धन्दामा डाक्टर, युवा र राजनीतिक आवरणका एजेन्ट बेलाबेलामा सक्रिय हुन्छन्। मोरङ केराबारीकी गीता राईको उपचारका क्रममा मृत्यु, विवाद र विरोध पनि एजेन्टबाट प्रदर्शित राजनीति थियो। जसको लाभ निजी क्लिनिकले उठाए। कोशी अस्पतालमाथि विभिन्न पार्टीको नाममा आक्रमण हुने गरेको छ। जनताको नाममा अस्पतालमा गरिने राजनीतिबाट खासमा जनता लाभान्वित भइरहेका छन् वा निजी क्लिनिकले धमिलोे पानीमा माछा मारिरहेका छन्? कतै राजनीतिक नियुक्तिमा गठन हुने अस्पताल विकास समिति नै सदाबहार विवादको कारक त होइन?
गुन्डाराज र अव्यवस्थाबीच पनि विराटनगरमा अस्पताल थपिँदा छन्। सबैजसो अस्पताल र क्लिनिकले नयाँ भवन बनाइरहेको वा तला थपिरहेको देखिन्छ। अस्पताल, क्लिनिकमा साँझ-बिहान बिरामीको घुँइचो देखिन्छ। विराटनगरमा एक सयभन्दा धेरै बेड भएका ५ वटा, ५० बेडका करिव डेढ दर्जन र १५ बेडका निजी अस्पताल बग्रेल्ती छन्। उद्योग, व्यापारिक प्रतिष्ठानबाट विगतमा प्रोत्साहित गुन्डाराजलाई अहिले अस्पतालले जानी/नजानी पोषित गरिरहेका देखिन्छ। निजी अस्पतालमा करोडौं लगानी गर्ने चिकित्सकले स्थानीय दादाहरूलाई पेास्दै जाने कि आफूहरू व्यावसायिक हुँदै जाने? बेलैमा सोच्न आवश्यक छ।