आरक्षणको औचित्य वस्तुगत यथार्थमा निर्भर हुन्छ । नेपालमा हालै महिला जनजाति दलित र पिछडिएका वर्गलाई आरक्षण प्रदान गरिएको छ । हाम्रो जस्तो सामाजिक परिवेस भएको समाज र मुलुकमा पिछडिएका वर्गको समान र न्यायपूर्ण सहभागिता तथा तिनका विकासका लागि आरक्षण महत्वपूर्ण प्रावधान बन्नसक्छ।
त्यसो त आरक्षण पूर्ण समाधान भने होइन । यसका नकारात्मक पक्ष पनि छन् । तत्कालका लागि आरक्षण उचित उपाय देखिन्छ तर यो अल्पकालीन हुनुपर्छ । दीर्घकालीन योजनाका रुपमा लागू गरिए आरक्षण वैशाखी बनिदिने खतरा हुन्छ । पिछडिएका वर्गको समान सहभागितालाई दिगो बनाउन अल्पकालीन रुपमा आरक्षण तथा अन्य वैकल्पिक उपाय अपनाउन सकिन्छ । यस्ता वर्गलाई सक्षम गराउन उनीहरुका कठिनाइ तथा समस्या पहिल्याई मौका प्रदान गनुपर्छ ।
आधा आकास ढाक्ने महिलाको सहभागिता किन न्यून छ ठूलो संख्यामा रहेका दलित तथा जनजाति किन पिछडिएका छन् आदि प्रश्नको जवाफ खोज्न र दिन त सजिलो छ तर जवाफभित्र लुकेका सूक्ष्म भेद पहिल्याउनुपर्छ ।
पुरुषप्रधान समाज भएको हाम्रो मुलुकमा धेरै रीति नियमकानुन पुरुषलाई पहिलो दर्जाका र महिलालाई दोस्रो दर्जाका नागरिक मानेर तयार गरिएका छन् । कतिपय त्यस्ता रीति र नियमकानुन परिवर्तन गरिएका छन् र परिवर्तन हुने क्रममा छन् । तर धङधङीले भने यति चाँडै छाड्ने अवस्था देखिन्न । अझै पनि महिलालाई जन्मदेखि मृत्युसम्मै दोस्रो दर्जाको व्यवहार गरिन्छ । महिलाप्रति गरिने यस्ता व्यवहारमा केही उच्च वर्गमा सामान्य परिवर्तन आएको भए पनि बहुसंख्यक महिला यो समस्याबाट अझै ग्रसित छन् । सामान्य व्यवहारमा परिवर्तन आए पनि केही महिलाले स्वायत्तता पाए पनि बहुसंख्यक महिला अझै यो अधिकारबाट विाचत छन् । बहुसंख्यक महिलालाई समाजले यसरी पाठ पढाएको छ कि उनीहरु स्वयं आफूलाई दोस्रो दर्जाका नागरिक मान्छन् पुरुषलाई नै सबैथोक ठान्छन् र उनीहरुकै उन्नतिका लागि सारा बलबुद्धि रगतपसिना खर्चिन्छन् । उनीहरुलाई खुसी राख्नु र उनीहरुका नामसँग आपुनो नाम जोडिनुलाई नै महत्वपूर्ण उपलब्धि ठान्छन् ।
महिलाको समान सहभागिता र उनीहरुको व्यक्तित्व विकासका लागि सर्वप्रथम यस्ता सोचमा परिवर्तन हुनुपर्छ । उनीहरुको व्यक्तित्व विकासको उर्वर समयमा परिवार र सन्तानको जिम्मेवारीले बाटो छेक्नु हुँदैन । हो सन्तान उत्पादन गर्नु र हुर्काउनु महिलाको प्राकृतिक दायित्व हो तर यो काम सँगसँगै उनीहरुको व्यक्तित्व विकास गर्न र उनीहरुलाई सहयोग पुर् याउन सकिन्छ ।
यसका लागि एक आमाले विश्वास गर्नसक्ने बच्चाको रेखदेख गर्ने संस्था स्थापना तथा परिचालन सरकारी निकायबाट हुनुपर्छ । त्यस्तै महिला भएकै कारण उसको व्यक्तित्व विकासमा आर्थिक कठिनाइ परेको छ भने सहयोगी निकायले महिलाको क्षमता र अध्ययनको उपादेयता विचार गरी आर्थिक सहयोग प्रदान गर्नुपर्छ । नीति नियमविरुद्ध उनीहरुमाथि अमानवीय व्यवहार र विभेद भइरहेको छ भने यसको प्रभावकारी समाधान गर्न सक्नुपर्छ । जिम्मेवार स्थानबाट यतिमात्र गर्न सके पनि महिलाले आफ्नो पहिचान आफैँ बनाउन सक्छन् र भविष्यमा यस्ता आरक्षणको आवश्यकता कम पर्न सक्छ वा पर्दै नपर्न सक्छ ।
त्यसैले हामी सबै महिला एकै स्वरमा आवाज उठाउँछौँ हे दाता हामीलाई आरक्षणरुपी वैशाखी होइन सहयोगी हात र साथ देऊ । बल बुद्धि धैर्य हिम्मत आत्मविश्वास सबै किसिमले हामी आफैँ सक्षम छौँ । हामीलाई कृपाको भागी नबनाऊ कृपा र सहानुभूतिले हाम्रो व्यक्तित्व विकास होइन बो´ र मजबुरी बढाउँछ । हामीलाई दोस्रो दर्जाबाट तेस्रो दर्जाका नागरिकमा झारिदिन्छ । यस्तो हीनताबोध लिएर हामी हाम्रा सहकर्मीसँग आँखा जुधाउने अवस्थामा समेत हुने छैनौ । यसकारण हाम्रो यो अनुरोध छ आरक्षणलाई समान सहभागिताको दीर्घकालीन औजार नबनाऊ ।