सुवासचन्द्र नेम्वाङ र नीलाम्बर आचार्य संविधान सभाका दुई प्रमुख अधिकारी थिए। नेम्वाङ सभाध्यक्ष र आचार्य संवैधानिक समितिका सभापति।
एउटै सदनलाई संविधान बनाउने र सरकारलाई जवाफदेही तुल्याउने दुईथरी भिन्न जिम्मेवारीको चाप पर्दा नेम्वाङ परीक्षामा खरो उत्रन सकेनन्। उनको शीतल स्वभाव र मिलनसार व्यक्तित्वले पनि शक्ति संघर्षको भुँग्रोमा परेको सभाको उद्दार गर्न सजिलो भएन।
नेम्वाङले सहमतिको आग्रह कहिल्यै छाडेनन् तर त्यो अरण्यरोदन बन्न पुगिदियो। ऐतिहासिक संविधान सभाको असफल अध्यक्षका रुपमा उनी दोषका भागी हुन पुगे। तर त्यो लोकतान्त्रिक अभ्यासका उतारचढावपूर्ण चार वर्षका बागी उनी होइनन्, सत्तासीन माओवादी र मधेसवादी हुन्। अवगाल जति उनैतिर पन्छाउन माओवादी र जनजाति अगुवा अघि सरे तर उनले दलहरुका नेताको संयन्त्राट बन्दै नबनेका प्रश्नलाई बहुमतीय प्रक्रियामा लैजान कसरी सक्थे र?
उनले सभाको अवसानका पाँच महिना पुग्न लाग्दा पनि अरु कसैलाई लाञ्छित गरेका छैनन्, आफ्नो मर्यादामा बसिरहेका छन्। वकालतमै फर्केर व्यावसायिक जीवन चरितार्थ गर्न खोजेका छन्। भलै उनको पार्टी एमालेले अर्का जनजाति मूलका बागी उपाध्यक्षको ठाउँमा उनको नियुक्ति हुने सम्भावना बन्दै रहोस्। उनको सबभन्दा सम्झना गत जेठ १४ गतेको सक्रियता र संवैधानिक बाटो समात्ने पहल थियो, जसलाई सत्तासीनहरुले अवरुद्ध गरिदिए।
निर्वाचनमा जान पनि त संवैधानिक व्यवस्था गर्नुपर्छ भन्ने उनको मान्यता थियो। संविधानको प्रस्तावनामात्र भने पनि पारित गरौं भन्ने उनले प्रस्ताव गरे। संसद बाँकी रहनेगरी संविधान सभालाई बिदा गर्ने संवैधानिक प्रबन्ध गरौं भन्ने उनको आग्रह पनि सुनिएन। सत्ता गठबन्धनले निर्वाचनका नाममा कुनै संवैधानिक व्यवस्था नगरी अर्को संक्रमणकाल सुरु गर्ने नियत राखेको शायद उनलाई पनि चस्का भएन।
सर्वोच्च अदालतले आफ्नो म्यादभित्र संविधान बन्न नसके अर्को संविधान सभाको निर्वाचनमा जाऊ भन्ने आदेश दिँदा 'संवैधानिक व्यवस्था गरी' भन्ने जोडेको थियो। अदालतको आदेशको अवमूल्यन गरी सरकारले संविधान सभाको म्याद रहँदै मध्यरातअगावै भटाभट निर्णय गरेर निर्वाचन आयोगलाई मंसिर ७ मा निर्वाचन गराउन आदेश दियो। नेम्वाङको हारगुहार सुनुवाई भएन।
त्यो निर्णायक दिनमा नेम्वाङले ब्यग्रतासाथ जति रचनात्मक प्रस्ताव आफ्नो कार्यकक्षमा दलका नेतासामु राखे पनि राजनीतिक चलाखी भने गर्न सकेनन्। उनी जिल्लिए। उनले संविधान सभाको बैठक सुरु गर्नुपर्थ्यो। बैठकमै सबै दलका नेतालाई प्रस्ताव राख्न निम्त्याउनुपर्थ्यो। सभासद्लाई छलफल गर्न दिनुपर्थ्यो। मध्यरातअघि सुरु गरेको बैठकले केही न केही पारित गर्नैपर्ने हुन्थ्यो।
अन्तरिम संविधानको रक्षा संविधान सभाको दायित्व थियो। किनभने अन्तरिम संविधानले संविधान सभालाई सम्पूर्ण जिम्मेवारी सुम्पिएको थियो। उसले आफ्नो आयु त्यही सभालाई सुम्पिएको थियो। सभा त्यत्तिकै विसर्जन भए मुलुक अघि बढ्ने कुनै संवैधानिक बाटो छैन भन्ने सबैलाई थाहा थियो। संविधानको आगामी प्रक्रियाबारे एकै बुँदा भए पनि पारित गर्न दुईतिहाई मत हासिल नहुने थिएन। प्रायः सबै दलका निमुखा सभासद् मतदातासामु आफ्नो मुख जोगाउन केही न केही प्रबन्ध गर्ने पक्षमा जुट्ने नै थिए। म्यादभित्रै सुरु भएको बैठक लम्बिएर एकाध दिन बढे पनि संविधानका खातिर अदालतको अवहेलना हुने थिएन।
अहिले तिनै सभाध्यक्ष सदनको अनुपस्थितिमा अन्तरिम संविधान क्रियाशील हुनै नसक्ने तर्कसाथ संविधानसभा पुनर्स्थापनाको पक्षमा उभिएका छन्। पुनर्स्थापना गर्नुपर्छ भनेर ठाडै भन्दैनन् तर उनको अभिप्राय प्रष्ट छ। उनले संविधान बनाउन दलहरुसँग धेरै जिकिर गरेका हुन्, संसदबाट घच्घच्याएका हुन्, केही सीप नलागेर नेताहरुका दैलादैला पनि चाहारेका हुन्। उनको सक्रियता जस्तोसुकै भए पनि प्रक्रिया भने उनी आफैंले नेताका दैलादैलामा पुर्यााइदिएका थिए।
संविधानका अन्तरवस्तुमा सहमति कायम गर्न नियमावलीमा नभएका संयन्त्र बनाएर नेताहरुका अनौपचारिक थलोतिर संविधान सभाको विस्तार उनैले गर्न दिएका थिए। सभाध्यक्षको सरलताको फाइदा उठाउँदै र संविधान सभाको अवमूल्यन गर्दै नेताहरुले संविधान सभा छाडेर रिसोर्टतिर आरामदायी कुर्चीमा अढेसिँदै अपारदर्शी छलफल गर्दा संविधानलाई सत्तासँग साटफेर र सुविधाको मोलमोलाईमा आफूलाई सीमित पारे।
एता शक्तिशाली संवैधानिक समितिको भूमिका नेताहरुको संयन्त्रबाट केही सहमति बनेर आयो भने मस्यौदा कोरौंला भन्ने ढुकेर बस्ने गरी कुण्ठित हुनपुग्यो। सभापति आचार्य कहिले सहमति बनेर आइपुग्ला भन्नेमात्र होइन, आफ्नै समितिका सदस्यका रुपमा रहेका शीर्ष नेताहरुलाई बैठकमा बोलाउन पनि उनीहरुको कार्यब्यस्तता हेरी निरीह बन्दै गए। संविधान बनाउने संविधान सभाको कर्तव्य नेताहरुकहाँ पुग्यो। एसियाकै श्रेष्ठ समावेशी भनिएको जनप्रतिनिधि थलोलाई तालीस्वरुप सभाको टेबल ठोक्न सीमित पारिएको थियो। त्यही टेबल ठोक्नसमेत उनीहरुले पाएनन्।
आचार्यले पनि त्यतिबेला केही खरो बोल्न सकेनन्। यसरी संविधान बन्दैन, बने पनि जनप्रतिनिधिले स्वामित्व लिन सक्दैनन्, यो सार्वभौम प्रक्रियाभन्दा विपरीत भयो भनेर प्रतिवाद गर्न खोजेनन्। नेम्वाङले जस्तै पदीय मर्यादा बढी ख्याल गरे। अरुलाई नबिझाउने स्वभाव, बौद्धिक विश्लेषणमा खप्पिस, ०४७ सालको संविधानको मस्यौदा पारित गर्नुअघि मन्त्रीका रुपमा केस्राकेस्रा केलाएको अनुभवले उनी स्वाभाविक पदीय जिम्मेवारीमा थिए। तर दलहरुको शक्ति संघर्ष, संवैधानिकभन्दा छिटोछोटो राजनीतिक समाधान खोज्ने विशेषगरी माओवादी र मधेसवादी गठजोडलाई ठम्याउन उनले पनि सकेनन्।
तर अहिले आचार्य आगामी प्रक्रियाबारे नेम्वाङभन्दा फरक वस्तुपरक विश्लेषण गर्दैछन्। उनको धारणामा अन्तरिम संविधानका संविधान सभा तथा व्यवस्थापिका संसदसम्बन्धी धाराहरुमात्र निष्त्रि्कय भएका हुन्, अरु जीवितै छन्। नेम्वाङ संसदको अभावमा अन्तरिम संविधान चल्नै सक्दैन भन्छन्, आचार्य भने जीवित धाराहरुबाट चलाउनुपर्छ भन्ने जोड गर्छन्।
जस्तो अहिलेको सरकार व्यवस्थापिका संसदबाट बनेको हो। तर संविधानअनुसार यो विकल्पका रुपमा मात्र बहुमतीय गणितबाट आएको हो। पहिलो धारामा त दलहरुको सिफारिसमा राष्ट्रपतिले राष्ट्रिय सरकार गठन गर्ने भन्ने छ। त्यो गठन हुन नसकेमात्र संसदले निर्वाचित गरेर राष्ट्रपतिकहाँ शपथका लागि प्रधानमन्त्री पठाइदिने हो। पहिलो धाराअनुसारको सरकार दलहरुको सिफारिसमा राष्ट्रपतिले गठन गर्न सक्छन् भन्ने आचार्यको दलिल छ।
चार वर्षअघि पुष्पकमल दाहाल प्रधानमन्त्री हुने बेलामात्र बहुमतीय सरकारको संवैधानिक प्रावधान थपिएको थियो। अन्तरिम संविधानको मर्म नै सहमतीय प्रणाली भएकाले राष्ट्रपतिले राष्ट्रिय सरकार गठन गर्ने संवैधानिक बाटो र राजनीतिक औचित्यबारे आचार्य प्रष्ट छन्। सांसदमात्र प्रधानमन्त्री हुने प्रावधान देखाएर राष्ट्रपति रामवरण यादवले बाबुराम भट्टराईलाई पदमुक्त घोषणा गरेका थिए। प्रश्न उठ्छ- त्यसो भए अर्को निर्वाचन नभएसम्म त उनको विकल्पमा को/कसरी प्रधानमन्त्री हुनसक्छ त?
हो, भट्टराईको विकल्पमा संविधानको त्यही धाराबाट अर्को प्रधानमन्त्री अहिले आउन सक्दैन। संसदले बनाएको प्रधानमन्त्री फेर्न संसदै चाहिन्छ। किनभने दलहरुको प्रतिनिधित्वको गणित जाँच्ने स्थलै संसद हो। आचार्यको तर्कअनुसार संसदसँग सम्बन्धित धाराहरु स्वतः निष्त्रि्कय भएकाले संसद सदस्य नै प्रधानमन्त्री हुनुपर्छ भन्ने अब रहेन। र, बहुमतीय प्रधानमन्त्रीको कुरा होइन, सहमतीय प्रधानमन्त्री त राष्ट्रपतिले नियुक्त गर्ने हो। निर्वाचनका लागि राष्ट्रिय सरकार आवश्यक छ भने संवैधानिक र राजनीतिक निकास त्यही जीवित धाराबाट छ।
नेम्वाङको तर्कअनुसार भने संसदको समेत काम गर्दै आएको त्यही सभा पुनर्स्थापना गर्नैपर्छ। तर त्यसले परिणाम दिन सक्दैन। अर्कातिर अदालती आदेशको मानहानीसमेत हुन्छ। सहमति कायम गरेर पुनर्स्थापना गर्ने भनेको संविधान सभाबाट संविधान बनाउने भनेको होइन, दलीय स्वार्थको हिसाबकिताबबाट सभा ब्युताउनुअघि पहिल्यै अन्तरवस्तुमा सहमति खोज्ने भनेको हो। संविधान सभालाई टेबुल ठोक्ने निकायमा सीमित राखेर बाहिरै संविधान बनाउने भनेको हो। नियमावली मिचेरै जाने भनेको हो। त्यसले सर्वस्वीकृत मस्यौदा दिँदै दिँदैन। त्यसकारण आचार्यले भनेझैं जीवित धाराहरुबाट सहमतीय सरकार गठन गरी उसैको सिफारिसमा निर्वाचन उपयुक्त निकास हो। संविधानको गतिशील व्याख्या नगरी राजनीतिमात्र प्रगतिशील राख्न सम्भव हुँदैन।