चिप्लिन सजिलो छ। स्थिर भएर हिँड्न गाह्रो हुन्छ। ओर्लिन सजिलो छ। उक्लिन गाह्रो हुन्छ। गल्ती गर्न, गल्ती दोहोर्याडइरहन सजिलो छ। राम्रो काम गर्न, गरिरहन गाह्रो हुन्छ।
त्यसैले लुसिफरहरु पतीत हुन्छन् र शैतानमा परिणत हुन्छन्। आर्कबिशोप र शङ्कराचार्यहरु व्यभिचारीको आरोप बेहोर्छन्। लामाहरु तरवार लिएर अरुमाथि जाइलाग्छन्। कुनै जमानाका क्रान्तिकारीहरु भ्रष्टाचारी भएर बदनाम हुन्छन्। र हामीहरु सबै हुनसक्ने र हुनुपर्ने जति असल नभएर त्योभन्दा धेरै कमसल हुन्छौं, कमजोर हुन्छौं, असुन्दर हुन्छौं।
जब अरु कोही चिप्लेर लडेको देख्छौं, हामी हाँस्छौं र रमाउँदै सकेसम्म धेरै मानिसलाई त्यो दृश्य देखाउन आतुर हुन्छौं। अरुका कमजोरीमाथि टिप्पणी गर्न असाध्यै रमाइलो लाग्छ। आफ्ना सबै असफलताका निम्ति अरुलाई जिम्मेवार प्रमाणित गर्नमा हाम्रो धेरै समय र शक्ति खर्च भइरहेको हुन्छ। हामी गुनासोको दुनियाँमा रमाउँछौं, सुकर्ममा प्रवेश गर्नुभन्दा गुनासोमा रमाइरहन सहज हुन्छ, आराम हुन्छ।
यही संसार हो। हामीले बनाएको संसार, देखिने संसार, भोगिने संसार यस्तै छ। यो समाज हो, हामीले बनाएको समाज यस्तै छ। अचम्म छ- जीवनोन्मुख भन्दा मृत्युन्मुख बाटो धेरै नै आकर्षक प्रतीत हुन्छ हाम्रा निम्ति। तर यो यथार्थको एउटा पाटोमात्र हो।
अर्को पाटो पनि छ यथार्थको। जीवनोन्मुख सम्भावना प्रशस्त छन् मानिसको जिन्दगीमा। र, यी सम्भावनालाई भरपूर उपयोग गर्ने बाटा पनि त्यत्तिकै छन्। यी जीवनोन्मुख बाटामा हिँडिरहने काम शक्ति खर्च गरेरमात्र सम्भव हुन्छ, मेहनत गरेर मात्र सम्भव हुन्छ। कुनै स्वचालित यन्त्रको स्वीच थिचेर चूपचाप बेहोसीमा सुतेर यस्तो यात्रा सम्भव हुँदैन। 'म त मापसे गर्नुपरो, मलाई घर पुर्यारइदेउ है!' भनेर कसैलाई हारगुहार गरेजस्तो हुँदैन यो यात्रा। किनकि पूर्णताको दिशामा गरिने यात्रा आफँैले आफ्नो सारथि बनेर गरिने यात्रा हो। यस्तो अनन्त यात्रा गर्दा होसमा रहेर, प्रत्येक पल आफँैसंग सोधिरहनुपर्ने हुन्छ मैले बुझेको कुरा नै सही हो त? मैले कोरेको चित्रले यथार्थ झल्काउँछ त? यी यस्ता प्रश्न हुन्, जसको उत्तर पीडादायी पनि हुन सक्छ। र, यस्ता 'उचित' पीडाका निम्ति यात्री तयार रहन सक्नुपर्ने हुन्छ। कुनै बेला, आफूले वर्षौं लगाएर जतनले कोरेको सत्यको चित्र गलत हुन सक्छ। आस्थाप्रति समर्पित हुने कि सत्यप्रति भन्ने अत्यन्त जटिल र अप्ठेरो प्रश्नको सामना गर्नुपर्ने हुन्छ।
आजकल एउटा अभ्यासमा रस बस्न थालेको छ। 'दर्पणध्यान' भने पनि हुन्छ त्यसलाई! जब कसैको मन नपर्ने गतिविधि झेल्नुपर्छ, जब जब कुनै असुन्दर कामको साक्षी बन्नुपर्छ, त्यतिबेला त्यस्ता कुराबाट आफूलाई आहत हुन दिनुको साटो त्यस्तो काम गर्नेलाई ऐना मानेर हेर्ने अभ्यास। एउटा यस्तो ऐना, जसले म आफैँभित्र लुकेर बसेको उसकै जस्तो कमजोरीलाई देखाइदिन्छ अझ ठूलो आकारमा, अझ स्पष्ट स्वरुपमा।
कसैको व्यवहार वा अभिव्यक्तिमा लोभ देखियो भने उसलाई तिरस्कारको भावले हेर्ने, ऊसँग रिसाउने, उसलाई गाली गर्ने आदि जे गर्न पनि सकिन्छ। हामी प्रायः यसै गर्छौं पनि! तर यसो गर्दा प्राप्ति के हुन्छ? आफ्नै मन व्याकुल हुन्छ, अशान्त हुन्छ, असुन्दरताले छोप्छ। र, त्यसको प्रभाव निकै बेरसम्म रहिरहन्छ। बरु तिरस्कार वा रिस जस्ता भाव आउनुअघि नै त्यो व्यक्तिलाई ऐनाका रुपमा हेर्दा भने सबै कुरा फरक हुने रहेछ। उसले प्रदर्शन गरिरहेको लोभ म आफैँभित्र लुकेको लोभको ठूलो प्रतिविम्ब जस्तो देखिँदोरहेछ। कतै न कतै मभित्र लोभ त छ नै। आकारमा सानो होला, फरक चरित्रको होला। आखिर सामान्य मान्छे नै त हुँ म! लोभ त कतै न कतै, केही न केहीमा छ नै। त्यो लोभ हुर्किंदा कति असुन्दर र कति हानिकारक हुँदोरहेछ भन्ने कुरा त यो मान्छेले पो मलाई देखाइदियो! मैभित्रको लोभको विस्तारित छायाँ न हो त्यो!
यसरी हेर्दा मेरो अहङ्कार कम हुँदोरहेछ, ऊप्रतिको करुणाभाव जन्मँदो रहेछ, बढ्दो रहेछ। मेरो मनको अशान्ति र व्याकुलताको ठाउँ करुणाले पाउँदो रहेछ। र, ऊ मेरा निम्ति अब तिरष्कारयोग्य पात्रमात्र नभएर आफ्नो सहयात्री जस्तो देखिन थाल्दो रहेछ। लोभसँगको संघर्षमा हामी दुवै सहयोद्धा बन्ने सम्भावना बढ्दो रहेछ।
त्यस्तै कुनै क्रोधीलाई देख्दा ऊप्रतिको घृणा, तिरस्कार, द्वेष जन्मिनु ठीकअघिको त्यो क्षणमा उसलाई मैले फेरि ऐनाको रुपमा हेरें भने मभित्रकै लुकेको क्रोधको प्रतिविम्ब देखिएला त्यहाँ। क्रोधको कुरुपता देखिएला त्यहाँ। मलाई बेलामै होस पुर्याेउन मद्दत पुग्ला। कोही पूर्वाग्रहीलाई यसैगरी हेर्न सकें भने मभित्रैको पूर्वाग्रह स्पष्ट देखिएला त्यो ऐनामा। कुनै अहंकारी मेरै अहङ्कारको ऐना बनिदेला। त्यो ऐनाले म त्यत्तिकै कुरुप देखिनुअघि नै देखाइदियो मभित्रको असुन्दरताको चित्र भने एकैछिन् भए पनि म कृतज्ञ किन नहुने?
'सम्भव होला त यसो गर्न?' यो प्रश्नको उत्तरमा यति मात्र भन्न सक्छु अहिले- सम्भव त हुँदोरहेछ। तर सजिलो भने छैन। भन्छन् नि- बुझ्नु, गर्नु र 'हुनु' का बीचमा धेरै फरक हुन्छ। साँच्चै नै हो रहेछ यो कुरा। किनकि यति भन्न सक्ने म यसो भन्दाभन्दै पनि, यति गर्न सक्ने म यसो गर्दागर्दै पनि, बेलाबखत भुसुक्क बिर्सन पुग्छु यो 'दर्पणध्यान' र रीसको आगोमा होमिन्छु। त्यो क्रोधाग्निसँग धेरै कुराको धुवाँ मिसिएको हुन्छ- अहङ्कार, द्वेष, इर्ष्या, हिंसा वा प्रतिहिंसाभाव आदिको असुन्दर, पीरो धुवाँ, जो विस्तारै विस्तारै ग्लानिको ध्वाँसो भएर जम्छ। जसलाई पखाल्न सजिलो हुन्न।
प्रकृतिबाट प्राप्त र नैसर्गिक वृित्तकै रुपमा हामीभित्र रहेका धेरै कुरा हाम्रो मानव प्रजातिको अस्तित्वरक्षाका निम्ति आवश्यक होलान्। प्रायः हानिकारक भावकै रुपमा देखिने कति कुरा पनि वास्तवमा आवश्यक होलान् र त हामीभित्र ठाउँ पाएका होलान्। क्रोध र हिंसाभाव बिल्कुलै नहुने हो भने आत्मरक्षा गर्न गाह्रो हुँदो पनि हो, कामवासना नहुँदो हो त प्रजाति नै समाप्त हुँदो हो, भोक, तिर्खा नहुँदो हो त बाँच्न मुस्किल हुँदो हो। तर यी नैसर्गिक वृत्तिलाई सदुपयोग गर्ने कि दुरुपयोग गर्ने? चेतना र विवेकले यिनलाई चलाउने कि छाडा छाड्ने? मानिसका व्यवहारमा देखिने असुन्दरता त्यही विवेक र चेतनाविनाको नैसर्गिक वृित्त- इन्स्टिङ्टको स्वच्छन्दता वा छाडापन त हो!
अचेल बारम्बार एउटा प्रश्न आइरहन्छ मनमा- स्वाभाविक विविधता र विभिन्नताबीच समानता खोज्ने प्रयत्न गर्न मानिस किन इच्छुक हुँदैन? किन अरुलाई गाली गरिहाल्नुअघि आफूलाई नियाल्दैन? विभिन्नतालाई अनावश्यकरुपमा ठूलो पारेर मानिसहरु आफ्नो वा आफ्नो गुटको स्वार्थको खेती गर्छन्। किन त्यो बहिष्करणको खेतीलाई राजनीतिका नाममा स्वीकृति दिइन्छ?
भित्र कतै मनभन्दा पनि भित्र केहीले भन्दैछ, यी प्रश्नको उत्तर यतै कतै हामी बाँचेकै युग वरिपरि हुनुपर्छ। त्यो नभेटुन्जेल बाँच्ने केही उपाय गरौं। अहिले तत्कालका निम्ति 'दर्पणध्यान' गरेरै सही!