प्रधानमन्त्री बाबुराम भट्टराईले महिनैपिच्छे गरिब घरको पाहुना बन्ने चलन बसाएका छन्। यो चलनअनुसार उनी भरखरै महोत्तरीको मुसहर बस्तीमा दलबलसहित पुगे। प्रधानमन्त्रीको यो क्रियाकलापलाई गरिब देशका झन् गरिब जनताको पीरमर्का बुझ्ने पुण्य कार्यका रुपमा प्रचार गरिँदै आएको छ। मुसहरहरू दलित समुदायभित्रका पनि सबैभन्दा गरिब हुन्। घरमा पर्याप्त थाल-कचौरासमेत नभएपछि प्रधानमन्त्री र उनकी छोरीले पातमा खाना खाएको तस्बिरहरू प्रकाशित हुनुले पनि यसलाई पुष्टि गर्छ।
आफूकहाँ प्रधानमन्त्री जस्तो देशको प्रमुख कार्यकारी पाहुना आइदिनु नै मुसहर समुदायका लागि ठूलो गर्वको कुरा भएको छ। उनीहरू यसमा निकै खुसी छन्। धेरैले भने प्रधानमन्त्रीको यो कदमलाई सस्तो लोकप्रियता कमाउन गरेको राजनीतिक स्टन्टका रुपमा मात्र लिएका छन्। हुन त भारतीय कांग्रेस आईका युवा नेता तथा पूर्व प्रधानमन्त्री राजीव गान्धीका सुपुत्र राहुल गान्धीले केही समयदेखि विशेषगरी उत्तर प्रदेशका गाउँमा रात बिताउने काम गर्दै आएका छन्। तर त्यसले उनलाई राजनीतिकरुपमा कुनै फाइदा भने पुर्याउन सकेको छैन। पछिल्लो पटक उत्तर प्रदेशमा भएको विधान सभा निर्वाचनमा पैदलै गाउँ हिँडेका राहुलको पार्टीलाई भन्दा साइकलमा प्रदेश घुमेका पूर्व मुख्य मन्त्री मुलायमसिंह यादवका छोरा अखिलेश सिंहलाई जनताले पत्याएपछि उनी अहिले मुख्य मन्त्रीका रुपमा विराजमान छन्।
देशभित्र पनि यो कलाकारिता पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले राजधानीमा बस चढेर सुरु गरेका थिए। त्यतिबेला अचम्म लागेको थियो- माधव नेपाललाई राजधानीको बाटो कस्तो छ भन्ने थाहा थिएन र? अहिले भट्टराईले गरिबको घरमा दलबलसहित बास बस्न गएको देख्दा पनि त्यस्तै प्रश्न उब्जने गर्छ। राजधानीको सडकको स्थिति थाहा नपाउने, देशमा गरिबीको स्थिति कस्तो छ भन्ने थाहा नपाउने हाम्रा नेताहरूको जरो कहाँ हो? उनीहरू कहाँबाट आएका हुन्? कुनै विकसित राष्ट्रका ठूला उद्योगपति अथवा राष्ट्राध्यक्षहरूले नेपालको गरिबीबारे चासो राख्नु सुहाउने कुरा हुन सक्छ। तर सामान्य परिवारमा जन्मे/हुर्केर राजनीति गर्दै राष्ट्रिय ढुकुटीमा कपर्दी खेलिरहेका हाम्रा नेताहरूलाई साँच्चै देशको वस्तुस्थिति थाहा छैन होला? बाबुरामलाई नेपालको गरिबीबारे बुझ्न साँच्चै गरिबको घरमा पाहुना नै हुनुपर्छ? साँच्चै उनी एउटा सामान्य परिवारमा जन्मेका व्यक्ति होइनन् र? कि दश वर्षको आन्दोलन ‘जङ्गल' मा बसेर गरेकै कारण उनलाई गाउँघरको स्थितिबारे थाहा नभएको हो?
यो त गाउँघरमा सुनिने ठट्टासँग मेल खाने किसिमको लाग्छ। कामको खोजीमा भारत पुगेको एक व्यक्ति लगभग एक वर्षपछि गाउँ फर्कदा आफूले हिन्दीबाहेक नेपाली नबुझ्ने बताएको थियो रे! त्यस्तै तोरी बारी देखेर आश्चर्य प्रकट गरेको थियो रे! पहिले नेपाल र अहिले भट्टराईले गरिरहेको राजनीतिक स्टन्ट त्यही लाहुरेसँग मिल्दोजुल्दो छ। ठाउँमा पुगेपछि विलासितामा रम्ने र आफ्नो धरातल बिर्सने प्रवृत्ति अविकिसित देशका नेतामा बढी पाइन्छ। भारतकै उदाहरण लिने हो भने अहिले आएर आर्थिक उन्नतिको बाटोमा लम्किरहेको हाम्रो दक्षिण छिमेकी राष्ट्रको राष्ट्रपति निवास हेरेर अमेरिकी राष्ट्रपति बाराक ओबामाले ‘यो त शहर नै रहेछ' भनेका थिए। जनताको माझबाट आएका नेताहरूले जस्तोसुकै पदमा पुगे पनि जनताकै स्तरमा आफू रहने प्रवृत्ति अंगाल्नु आवश्यक छ। हुन त बाबुराम भट्टराईले शपथ ग्रहण गर्नासाथ मुस्ताङ गाडी चढेर दिन खोजेको केही सकारात्मक सन्देशको प्रयास वास्तवमा राजनीतिक स्टन्ट भएको प्रमाणित भइसकेको छ।
प्रधानमन्त्रीको पछिल्लो गरिबकहाँ पाहुनाको कार्यक्रमले निकै चर्चा पायो। तर एउटा गरिबकहाँ पाहुना लाग्नुपूर्व प्रधानमन्त्रीले धेरै कुरा विचार पुर्याउनुपर्ने हो कि होइन? प्रधानमन्त्री यसरी बास बस्दाको खर्च कसले बेहोर्ने गरेको छ? छापामा आएको समाचारअनुसार प्रधानमन्त्री पछिल्लो पटक पाहुना हँुदा गरिब मुसहरलाई ६ हजार रुपियाँको ऋण लागेको छ। अब देशको गरिबीबारे थाहा नपाएका हाम्रा प्रधानमन्त्रीलाई जाबो ६ हजार रुपियाँको ऋणले एउटा मुसहर परिवारलाई के फरक पार्ला भन्ने पनि थाहा नहुन सक्छ।
प्रधानमन्त्रीको गरिबकहाँ पाहुना बस्ने यस थालनी हेरेपछि धेरै अघि पढेको एउटा भारतीय कथा सम्झना आएको छ। कथा एक व्यक्तिले एक मोहरका लागि बस कन्डक्टरको हत्या गरेबाट सुरु हुन्छ। वास्तवमा पहिलो अनुच्छेद पढेपछि अनौठो लाग्नु स्वाभाविक पनि हो। तर पढ्दै जादा थाहा हुन्छ। त्यो व्यक्तिले आफ्नी श्रीमतीको उपचारका लागि केही रकम सापटी लिएको हुन्छ। साहूले पनि आफूलाई रक्सी र मासु खुवाउने सर्तमा पैसा दिएको हुन्छ। त्यो उसलाई मन नपरे पनि केही बोल्न सक्दैन। पैसा लिएर घर फर्कने क्रममा एक अभिन्न मित्रले केही सापटी माग्छ। आफ्नो पनि गर्जो टार्दै आएको मित्रलाई ऊ नाइँ भन्न सक्दैन। त्यसपछि शहरकै एक धनीमानी भलाद्मी मान्छेसँग उसको भेट हुन्छ। नमस्कार आदान-प्रदानपछि धनी मान्छेले राखेको खाजा खाने प्रस्ताव नकार्न सक्दैन। समाजको गण्यमान्य व्यक्तिसँगको संसर्गले आफूलाई निकै ठूलो सम्भि्करहेको उसले खाजाको बिल पनि आफैं तिर्छ। तर भित्रभित्रै उसलाई आफ्नो यो कदम पनि मन पर्दैन। त्यतिबेलासम्म उसले लगभग आधा जति रकम खर्च गरिसकेको हुन्छ। त्यसको पीडा पनि ऊ पोख्न पाउँदैन। किनभने लगभग सबै खर्च ऊ आफैंले गरेको हुन्छ। बसमा बस्दासम्म त्यो पीडाले रोषको रुप लिइसकेको हुन्छ। त्यत्तिकैमा कन्डक्टरसँग उसको भाडाको विषयमा विवाद पर्छ। कण्डक्टरले एक मोहर बढी मागेको उसलाई मन पर्दैन। विवादले उग्र रुप लिएपछि उसले कण्डक्टरलाई चक्कुले हिर्काउँछ। अनि भोलिपल्टका अखबारहरूमा छापिएका समाचारको शीर्षक हुन्छ- मोहरका लागि हत्या!
प्रधानमन्त्रीले यसरी गरिबकहाँ पाहुनाई खाएपछि त्यस गाउँ र गरिबको स्थितिमा के कस्तो परिवर्तन आयो भन्ने कुरा राम्ररी प्रकाशमा आउन सकेको छैन। न त त्यसबारे प्रधानमन्त्रीले अनुगमन गरे/नगरेको कुरा नै प्रकाशमा आएको छ। दुई छाक राम्रोसँग खान नपुग्ने एउटा गरिब परिवारलाई ६ हजारको ऋण बोकाउने गरी भएको प्रमको पाहुनाईलाई कसरी र कुन दृष्टिकोणले राम्रो भन्ने? प्रधानमन्त्रीले आफ्नो बसाईपछि मुसहर परिवारलाई राहत प्रदान गर्ने घोषणा गरेका छन्। त्यो घोषणा गर्न पाहुनाई खानु आवश्यक थियो? अनि प्रधानमन्त्रीसँगै आएका उनका कार्यकर्ता, कर्मचारी, सबैलाई पनि खानुपरेको होला, त्यो खर्च कसले बेहोर्छ? त्यो खर्च बेहोर्न राज्यको ढुकुटी प्रयोग हुन्छ अथवा कार्यकर्ताले ‘चन्दा' मागेर पूरा गर्छन्?
आफ्नो घरमा प्रधानमन्त्रीलाई पाहुनाका लागि पाउनु कसैका लागि पनि गर्वको कुरा हुन सक्छ। तर गरिबलाईे पाहुना गइसकेपछि उसको स्वागतमा लागेेको खर्चले सताउन थाल्छ। अहिले त्यो मुसहर परिवारलाई त्यही ऋण तिर्ने चिन्ताले सताउन थालेको छ। के यस्ता चिन्ता पनि सम्बोधन गर्छ उनको भ्रमणले? हैन भने उनका यस्ता भ्रमण एक दिन फरकखाले स्वादमा रमाउनेबाहेक केही हुन सक्दैन।