साहित्य र विज्ञान सम्मेलन
२४ असोज २०६९
•
१६ मिनेट पाठ
साहित्य र विज्ञान सम्मेलन
यस महिना काठमाडौंमा दुई महत्त्वपूर्ण प्राज्ञिक भेला सम्पन्न भए। असोज ४ देखि ७ सम्म बुकवर्म ट्रस्ट र नेपाल प्रज्ञा प्रतिष्ठानको संयुक्त आयोजना र अन्तर्राष्ट्रिय टेलिफोन कम्पनी एनसेलको प्रमुख प्रायोजनमा चार दिने 'एनसेल नेपाल साहित्य महोत्सव २०१२' सम्पन्न भयो भने असोज ९ देखि ११ सम्म नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान, नास्टद्वारा आयोजित 'छैटौँ राष्ट्रिय विज्ञान तथा प्रविधि सम्मेलन' सम्पन्न भएको थियो।
सञ्चार माध्यमले दिएको प्राथमिकतालाई आधार मान्ने हो भने विज्ञान सम्मेलनभन्दा साहित्य महोत्सव बढी चर्चित भएको देखियो।
साहित्य महोत्सवमा करिब एक सय वक्ताको उपस्थिति रहेको र कुल सहभागी संख्या करिब एक हजार रहेको बताइन्छ। शायद देशका प्रमुख पत्रपत्रिकाका सम्पादक तथा पत्रकारहरूको बाक्लो उपस्थिति भएकाले होला महोत्सवले सञ्चार माध्यममा निकै ठूलो प्राथमिकता पायो। महोत्सव सुरु हुनुअघि, सञ्चालन भइरहँदा र सम्पन्न भएको कैयौँ दिनपछिसम्म पनि महोत्सवबारे नेपाली सञ्चार माध्यम, विशेषगरी छापामा महोत्सवसम्बन्धी लेख, समीक्षा, अन्तरवार्ता, अभिव्यक्ति, फोटो आदिको बाढी नै आएको थियो। त्यतिमात्र होइन, उक्त महोत्सव चर्चित कार्टुनिस्ट वात्स्यायनको कार्टुनको विषयसमेत बनेको थियो।




साहित्य सम्मेलनमा विशेषगरी भारतीय पत्रकार विनोद मेहता आकर्षणको प्रमुख केन्द्रविन्दु बनेको देखियो। उनका बारे नेपाली पत्रपत्रिकामा फोटोसहित यति चर्चा/परिचर्चा भए, त्यसबाट मेहता एक प्रकारले महोत्सवका पर्यायवाची र पत्रकारिताको मसीहा नै बनेको देखियो। परन्तु, मेहताको विद्वत्व र व्यक्तित्वबारे अनभिज्ञ भएकाले पनि पंक्तिकारलाई त्यस्तो लागेको हुन सक्छ।

नेपाल साहित्य महोत्सव भनिए पनि उक्त भेलामा साहित्यका साथै पत्रकारिता, समाजशास्त्र, अर्थशास्त्र, राजनीति, संस्कृति, चलचित्र, संगीत, भाषा, राष्ट्रियता, इतिहास, शिक्षा, सञ्चार, कूटनीति आदि विविध विषयमा पनि बहस भएको पाइयो। तर यति व्यापक बहसमा एक महŒवपूर्ण विषय विज्ञान छुटेजस्तो ल्ााग्यो। विज्ञान साहित्य पनि शायद महोत्सवमा बहसको एक विषय बन्नसक्ने थियो। विविध विषयका चर्चित विज्ञहरू एकै थलोमा जम्मा गराएर चिन्तन मनन गर्नु/गराउनु महोत्सवको विशेषता रह्यो। केही सामान्य आलोचनाबाहेक महोत्सव निकै उपलब्धिमूलक भएको देखियो।

साहित्य महोत्सव सम्पन्न भएको एक दिनपछि असोज ९ देखि ११ सम्म नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान, नास्टद्वारा आयोजित 'छैटौँ राष्ट्रिय विज्ञान तथा प्रविधि सम्मेलन' सम्पन्न भएको थियो। होटेल एभरेस्टमा सञ्चालन भएको उक्त सम्मेलनको उद्घाटन नास्टको परम्पराअनुसार कुलपति तथा प्रधानमन्त्री बाबुराम भट्टराईले गरेका थिए।

नास्टले सन् १९८८ देखि नियमितरूपमा हरेक चार/पाँच वर्षको अन्तरालमा राष्ट्रिय विज्ञान सम्मेलनको आयोजना गर्दै आएको हो। हालै सम्पन्न छैटौँ राष्ट्रिय विज्ञान सम्मेलन पनि त्यही परम्पराको निरन्तरता हो। विगतमा यस्ता सम्मेलन चार दिनको हुने गर्थ्याे। देशमा वैज्ञानिक तथा प्रविधि जनशक्ति निरन्तर वृद्धि भइरहेको तथ्यलाई दृष्टिगत गर्दा सम्मेलनको अवधि बढ्नुपर्नेमा त्यसको उल्टो सन् २००८ मा सम्पन्न पाँचौँ राष्ट्रिय विज्ञान सम्मेलनदेखि सम्मेलनको अवधि तीन दिनमा सीमित हुन थालेको छ।

नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र संविधान सभाहलमा परिणत भएपछि उपयुक्त सम्मेलन स्थलको अभाव भएकाले सन् २००८ मा सम्पन्न पाँचौँ राष्ट्रिय विज्ञान सम्मेलनको वैज्ञानिक सत्रहरू नेपाल प्रज्ञा प्रतिष्ठानको परिसरमा त्रिपाल टाँगेर सञ्चालन गर्नुपरेको थियो। वैज्ञानिक कार्यपत्र प्रस्तुत गर्न मल्टिमिडियाका आधुनिक उपकरण प्रयोग गर्नुपर्ने भएकाले त्रिपालभित्र वैज्ञानिक कार्यपत्र प्रस्तुत गर्न सहभागी वैज्ञानिकलाई निकै असजिलो भएको थियो र आयोजक संस्था नास्टले सहभागी वैज्ञानिक र सञ्चार माध्यमको ठूलो आलोचना खेप्नुपरेको थियो। शायद यिनै कारणले गर्दा नास्टले यस पटकको विज्ञान सम्मेलन होटेलमा आयोजना गरेको थियो।

विगतमा नास्टद्वारा आयोजना गरिएका हरेक राष्ट्रिय विज्ञान सम्मेलनमा सहभागी वैज्ञानिक र प्रस्तुत गरिएका कार्यपत्रको संख्या अघिल्लो सम्मेलनमा भन्दा बढी हुने गर्थ्यो। तर यस पटकको विज्ञान सम्मेलनमा सहभागी वैज्ञानिक र कार्यपत्रको संख्या अघिल्लो सम्मेलनमा भन्दा कम रह्यो। उदाहरणका लागि सन् २००८ मा आयोजित पाँचौँ सम्मेलनमा सहभागी वैज्ञानिकको संख्या १४ सय र प्रस्तुत कार्यपत्रको संख्या ६ सय ५० थियो। तर यस पटकको छैटौँ विज्ञान सम्मेलनमा सहभागी वैज्ञानिक संख्या एक हजार थियो भने कार्यपत्रको संख्या ५ सय ४२ रह्यो।

नास्टका उपकूलपतिले जानकारी दिएअनुसार यस पटकको विज्ञान सम्मेलनमा सहभागी हुन इच्छुक वैज्ञानिक तथा प्राविधिज्ञको संख्या तीन/चार हजार भए पनि उपयुक्त सम्मेलन स्थान र आर्थिक अभावका कारण सहभागी वैज्ञानिक संख्या सीमित गर्नुपरेको थियो। यसरी यस पटकको विज्ञान सम्मेलनमा हजारौँ इच्छुक नेपाली वैज्ञानिक तथा प्राविधिज्ञ सम्मेलनमा सहभागी हुनबाट वञ्चित भएका थिए। यसरी सहभागी संख्या कटौती गर्दा पनि तीन दिने विज्ञान सम्मेलनको अनुमानित खर्च ६२ लाख भएको बताइन्छ। सम्मेलन पाँचतारे होटेलमा सञ्चालन गर्नुपर्ने बाध्यताले गर्दा पनि सम्मेलनका लागि बढी रकम आवश्यक परेको हुनुपर्छ। पर्याप्त प्रायोजकहरू नपाइएकाले सम्मेलनका लागि आवश्यक उक्त रकमको पूरा व्यवस्था अझै हुन नसकेको व्यहोरा नास्टका उपकूलपतिले सम्मेलनमा जानकारी दिएका थिए।

विगतमा नास्टले राष्ट्रिय विज्ञान सम्मेलन आयोजना गर्दा देश तथा विदेशका सरकारी/गैरसरकारी तथा निजी क्षेत्रबाट राम्रै आर्थिक अनुदान उपलब्ध भएको थियो। उदाहरणका लागि पंक्तिकार नास्टको उपकूलपति छँदा नास्टद्वारा सन् १९९९ र २००४ मा आयोजित विज्ञान सम्मेलनका लागि यसरी प्राप्त भएको आर्थिक सहयोगबाट सम्मेलनको सम्पूर्ण खर्च व्यहोरेर पनि केही रकम बचेको थियो। प्रयास गरे यस्ता सम्मेलनको आयोजना गर्न उपयुक्त प्रायोजक उपलब्ध हुनसक्छ भन्ने तथ्य हालै सम्पन्न नेपाली साहित्य महोत्सवको प्रमुख आयोजक बुकवर्म ट्रस्टका पदाधिकारीले पनि प्रमाणित गरेका छन्।

नास्टद्वारा आयोजित हरेक राष्ट्रिय विज्ञान सम्मेलन एक मूल नाराका साथ आयोजना गर्ने गरिन्थ्यो। यस वर्षको नारा थियो 'विज्ञान, प्रविधि र नवपरवर्तनमार्फत् आर्थिक वृद्धि।' मूल नाराको विषयबारे विशेष व्याख्यान (कि नोट स्पिच) दिन एक अति विशिष्ट वैज्ञानिकलाई आमन्त्रित गर्ने चलन छ। सन् १९९९ र २००४ मा नास्टद्वारा आयोजित राष्ट्रिय विज्ञान सम्मेलनमा नोबेल पुरस्कार विजेता वैज्ञानिकले 'कि नोट स्पिच' दिएका थिए। यस पटक 'भारतीय राष्ट्रिय विज्ञान प्रतिष्ठान, इन्सा' का अध्यक्षले 'कि नोट स्पिच' दिएका थिए। सामान्यतया यस्ता 'कि नोट स्पिच' मा वक्ताले सम्मेलनको मूल नाराको विषयमा आफ्नो धारणा प्रस्तुत गर्ने गर्छन्। तर यस पटकको सम्मेलनमा इन्साका अध्यक्षले सम्मेलनको मूल नाराको विषयमा बोल्नुभन्दा आफ्नो प्रतिष्ठानका उद्देश्य र गतिविधिबारे जानकारी दिन बढी समय खर्चेको पाइयो।

सन् २००८ मा सम्पन्न पाँचौँ राष्ट्रिय विज्ञान सम्मेलनको उद्घाटन गर्दै नास्टका तत्कालीन कूलपति तथा प्रधानमन्त्री पुष्पकमल दाहालले एक विज्ञान सम्मेलन भवनको निर्माणका लागि आवश्यक आर्थिक सहयोग उपलब्ध गराउने वचन दिएका थिए। शायद सरकार परिवर्तन भएकाले गर्दा होला, चार वर्ष बितिसक्दा पनि यसतर्फ आजसम्म कुनै प्रगति हुन सकेको छैन। यस पटकको विज्ञान सम्मेलनमा प्रमुख अतिथि बनेका प्रधानमन्त्री बाबुराम भट्टराईले यसअघिको सम्मेलनमा आफ्नै दलका प्रधानमन्त्री दाहालले विज्ञान सम्मेलन भवन निर्माण गर्न सहयोग गर्न दिएको वाचा पूरा गर्ने आश्वासन दिएका थिए।

यसअघिका राष्ट्रिय विज्ञान सम्मेलनजस्तै यस पटकको विज्ञान सम्मेलन पनि केही सिफारिसका साथ समापन भएको थियो। सम्मेलनले विज्ञान र प्रविधिलाई राज्यले प्राथमिकतामा राख्नुपर्ने, अनुसन्धान र विकासमा लगानी बढाउनुपर्ने, प्रतिभा पलायन रोक्न ठोस योजना निमांण गर्नुपर्ने, निजी क्षेत्रको सहभागितामा वृद्धि गर्नुपर्ने, कृषि, ऊर्जा, प्राकृतिक स्रोतको विकास र उपयोगमा बढी केन्द्रित हुनुपर्ने, विश्वविद्यालय तथा अनुसन्धान केन्द्रमा अनुसन्धानका लागि आर्थिक अनुदान बढाउनुपर्ने, अन्तर्राष्ट्रिय सहकार्य बढाउनुपर्ने, नास्टको क्षेत्रीय कार्यालय स्थापना गर्नुपर्ने, नानो प्रविधिको अध्ययन/अनुसन्धानमा ध्यान दिनुपर्ने, राष्ट्रिय विज्ञान सम्मेलन प्रत्येक एक/दुई वर्षमा आयोजना गर्नुपर्नेलगायत्का सिफारिस गरेका थिए। वास्तवमा धेरैजसो यी सिफारिस विगतका राष्ट्रिय विज्ञान सम्मेलनमा पनि उठ्दै आएका मुद्दा हुन्।

केही दिनअघि मात्र सम्पन्न नेपाली साहित्य महोत्सवलाई त्यत्रो महŒव दिएका सञ्चार माध्यमले राष्ट्रिय विज्ञान सम्मेलनलाई खासै महŒव दिएको पाइएन। केही छिटफुट समाचार र टिप्पणीबाहेक विज्ञान सम्मेलन सञ्चार माध्यमको विषय बन्न सकेन।

वैज्ञानिक समुदाय आफ्नै संसारमा मात्र रमाउँछन्। सञ्चार माध्यममार्फत् आम जनतालाई विज्ञान प्रविधिको महŒवबारे बोध गराउन कतैबाट गम्भीर प्रयास भएको देखिँदैन। यसैगरी वैज्ञानिक समुदाय र अन्य विषयका प्राज्ञिक समुदायबीच पनि खास अन्तक्रिया हुन सकेको छैन। यसले गर्दा नेपाली वैज्ञानिकको उपलब्धिबारे आम जनता, देशका विद्वत् वर्ग र सञ्चार माध्यम अनभिज्ञ देखिन्छन्। हजारौँ वैज्ञानिकको सहभागिता रहेको र चार वर्षपछि सम्पन्न भएको यस पटकको विज्ञान सम्मेलनमा नेपाली वैज्ञानिकले के/कति महŒवपूर्ण आविष्कार वा खोज नतिजा प्राप्त गरे, त्यसबारे सञ्चार माध्यममार्फत् आम जनतालाई जानकारी दिन न आयोजक संस्थाको ध्यान गयो न त्यसबारे जानकारी प्राप्त गर्न सञ्चार माध्यमले नै चासो देखायो।

एकातिर साहित्य महोत्सवलाई त्यत्रो महŒव दिनु र अर्कोतिर दुई दिनपछि सम्पन्न विज्ञान सम्मेलनलाई पूरा उपेक्षा गर्नु दुई महŒवपूर्ण विधाबीच सञ्चार माध्यमबाट सन्तुलित व्यवहार भएको देखिएन। हुनसक्छ, वैज्ञानिक समूदायले नेपाली वैज्ञानिकको उपलब्धि र यसको महŒवबारे सञ्चार माध्यमलाई राम्रो प्रभाव पार्न सकेको छैन। साहित्य र विज्ञान दुई यस्ता महŒवपूर्ण प्राज्ञिक विधा हुन्, जसमध्ये कुनै एकको विकासको अभावमा समाजको समग्र विकास अपूर्ण हुन्छ।
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  




प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस