प्रधानमन्त्री निवासमा एकीकृत माओवादी केन्द्रीय समितिको बैठक भइरहेको समाचार एफएमहरुले मंगलबार बिहान नौ बजेको बुलेटिनमा दिँदै थिए। हेलमेटधारी प्रहरीले सुरक्षाको लाठे सांग्लो बाँधेर बालुवाटार सडकमा प्रदर्शनकारीलाई नियन्त्रण गरिरहे।
स्कुले गाडीसमेत रोकिए। हेर्दाहेर्दै लाठी बर्सन थाल्यो। विस्ताराधीन सडकको फुंग धुलो उडिरहेको परिवेशमा प्रदर्शनकारीहरुको चिच्याहटस"गै टाउकामा लाठी बजि्रएको सुनियो। 'पा"चौं घाइतेको आ"खा फुट्यो,' राज्यद्वारा बेपत्ता नागरिक अंकित कालो टीसर्ट पहिरेका एक तन्नेरीले तितरवितर हुन लागेको धर्नामाझ स्तम्भकारलाई भने- वीर अस्पताल पुर्यािउन भर्खर मोटरसाइकलमा चढाइदिए"।
राजनीतिमा चाख नभएकाहरुले पनि सजिलै थाहा पाउ"दै थिए- भित्र राष्ट्रिय राजनीतिको कार्यदिशाबारे छलफल गर्ने नेताहरुको पार्टीकै कार्यकर्ता र समर्थक थिए बाहिर अन्यायमा परिरहेका। भित्र पार्टीले आफ्नो सत्ताको लाभहानिको हिसाब गरिरहेको थियो र उनैलाई बुई चढाएर बालुवाटार पुर्याभउनेहरु बाहिर शान्तिपूर्ण प्रदर्शनमा न्यायको हिसाबकिताब मागिरहेका थिए। यस स्तम्भकारकी छोरीकी प्रिन्सिपलले नानीहरु किन स्कुल आइपुगेनन् भनेर हेर्न सडकमा निस्क"दा एउटी महिला भेटिन्, जसले सुनाएकी थिइन्- मेरा श्रीमान् बेपत्ता पारिएको नौ वर्ष भयो, न कुनै खबर छ, न जा"चबुझ। सरकार भने हाम्रै छ।
जा"चबुझ, प्रमाण, घटना विवरण, सत्य निरुपण सबै बेपत्ता पार्न स्वयम् बेपत्ता परिवारहरुकै जगमा उभिएको पार्टी कर्ता भएको छ। राष्ट्रसंघीय मानव अधिकार उच्चायोगले जेनेभाबाट नेपालको दस वर्षे सशस्त्र संघर्षको नालीबेली प्रकाशित गरेकामा माओवादी नेतृत्वको सरकारले आपत्ति प्रकट गरेको छ। उच्चायोगकै नेपाल कार्यालय नभएको भए त्यतिबेला हामीले कान्तिपुरबाट त्यो भयानक समाचारको स्रोत भेट्ने थिएनौंं, जसले दिएको सुइँंको अनसार, प्रधानमन्त्री निवासभन्दा केही मिटर उत्तर भैरवनाथ गणबाट ४९ जना बन्दी बेपत्ता पारिएको थियो।
चरम यातना भोगिरहेका बन्दीलाई रातारात बाहिर लगेर गाड्ने वा दब्काउने घटनाताकाका उक्त गणका अधिपतिलाई अहिलेकै सरकारले ब्रिगेडियर जनरलमा बढुवा गरेको आक्रोश सडकमा थपिएको हो। सरकारले त्यस्ता अधिकृतलाई बढुवा नगर्दा कारबाही हुनपुग्थ्यो भन्ने निष्कर्षमा पुगेपछि गत साता मन्त्रिपरिषद् बैठकपछि प्रवक्तामार्फत् भन्न लगाएको थियो- कुनै एक व्यक्तिविशेषलाई कारबाही गर्न सकिँदैन।
माओवादीले कुनै एक अधिकृतलाई कारबाही गर्न नसकिने लाचारी प्रकट गरेको होइन। उसले त युद्धकालका कुनै दोषीमाथि पनि कारबाही नगर्ने निष्कर्ष बनाएको हो। युद्धकालका कसैमाथि पनि कारबाही नगर्ने भनेको नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी वा शाही सत्ताका पदाधिकारी सबैलाई दोषमुक्त देखाउन खोजेको होइन। स्वयम् आफूहरुलाई जोगाउने उपाय अवलम्बन गरेको हो। त्यतिबेलाको राज्यपक्षलाई दोषी नदेखाउने भनेको त्यतिबेलाको विद्रोहीपक्षलाई चोख्याउन खोजेको हो। त्यतिबेलाको दुवै पक्षलाई चोख्याउन उसले सत्य निरुपण तथा मेलमिलाप आयोग गठनको विधेयक यसरी मस्यौदा गरेको छ कि जसमा आममाफी दिने प्रावधान छ। आयोग गठन गरेर अपराध केलाउने, अनुसन्धान गर्ने, जा"चबुझ गर्ने, माफीयोग्यलाई माफी दिने तर मानवताविरुद्ध अपराध गर्नेलाई कानुनी कारबाही गर्ने भन्ने आधारभुत सर्त बेवास्ता गरिएको छ।
समाजमा मेलमिलाप कायम गर्न तथ्य अन्वेषण हुनुपर्छ र त्यस्तो अन्वेषणबाट सत्य निरुपण हुनसक्छ भन्ने सार्वभौम न्यायको मान्यता हो र त्यसैलाई स्वीकार गरेर माओवादीले विस्तृत शान्ति सम्झौतामार्फत् 'जनयुद्ध' बिसाएको हो। तर माओवादी सरकारले व्यवस्थापिका संसद सकिएपछि आयोग गठनको मस्यौदालाई अध्यादेशका रुपमा जारी गर्न राष्ट्रपतिलाई दबाब दियो। अध्यादेश जारी गर्न नमानेकाले शीतल निवासतिरै गएर न्याय माग्न जनतालाई उक्साउने गरी प्रधानमन्त्रीले सार्वजनिक भाषण दिए। र, त्यस्तो अध्यादेश त विश्वव्यापी मानव अधिकारको भावना प्रतिकूल हुन्छ र मेलमिलापको सम्भावना पनि बिथोलिन्छ भन्ने मान्यता राख्ने लोकतान्त्रिक पश्चिमेली मुलुकहरुका राजदूतलाई बोल्न अंकुश लगाउन खोजियो। सरकारको अनुमतिबेगर राष्ट्रपतिलाई राजदूतहरुले भेट्न नपाउने उर्दी जारी गरियो। उनीहरुले परराष्ट्र मन्त्रालयमा लेखेर शीतल निवास जान पाउने अनुमति मागे। परराष्ट्रले त्यसैअनुसार पत्र औपचारिकरुपमा राष्ट्रपतिकहाँ पठाउने झारा त टार्योअ तर भोलिपल्टै उपल्लो तहबाट फोन गरी राजदूतहरुलाई भेट नदिन अनुरोध गर्योँ। कुनै पनि अध्यादेश अघि नबढाएका राष्ट्रपतिले सरकारलाई थप चिढ्याउने सम्भावना पनि थिएन।
राजदूतहरुलाई थाहा छ- माओवादीले हिंसा त्यागको घोषणा गरेको छैन। अध्यक्ष पुष्पकमल दाहाल सत्ताबाट बाहिरिएपछि उपाध्यक्ष बाबुराम भट्टराईले सम्पादकहरुस"गको अन्तर्क्रियामा भनेका थिए- राजनीतिमा हिंसा त्यागको घोषणा गर्न किन सकि"दैन भने भोलि अर्कोले बन्दुक उठाउन सक्छ।
नभन्दै दाहाल र भट्टराईले युद्ध देशीलाई होइन विदेशी 'प्रभु' लाई बुझाए भन्दै बन्दुक उठाउने चेतावनीसाथ अर्का उपाध्यक्ष मोहन वैद्यले पार्टी फुटाए। यी दुवै पार्टी बन्दुकको वरपरै बसेका छन्। सत्तामा पनि बस्ने र सत्ताबाट पर जा"दा बन्दुकको सिरानी हाल्ने। यस्ता नेताले शान्तिकामी नागरिकको मेलमिलापको आवाज घोइरो सुन्नु अस्वाभाविक होइन।
हाम्रो एक्काइसौं शताब्दीको चेतनामाझ नेताहरुमा न्यायसम्मत नागरिक अधिकारको सम्मान अनिवार्य छ। उनीहरुले हिंसाको खिलो नउखेलेसम्म राजनीति स्वच्छ हुन सक्दैन। युद्ध अपराधहरुका तथ्य अन्वेषण गर्ने दिन उनीहरुका लागि त्रासदिपूर्ण हुनेछ। जस्तै सम्झौं न, अध्यक्ष दाहालले एकपल्ट बीबीसी नेपाली सेवालाई जवाफ दि"दा भनेका थिए- 'हामीले घाइते बनाएर, पीडा दिएरभन्दा यातना नदिइकन सोझै मार्ने निर्देशन दिएका थियौं। त्यस्तै अर्को एक अन्तर्वार्तामा उपाध्यक्ष भट्टराईले लाखौं जनता पनि मर्न सक्थे भन्दैभन्दै 'युद्धमा घुन पनि मिसिन्छन्' भनेका थिए। नागरिकको अमूल्य जीवनलाई घुनस"ग तुलना गर्ने र उसको जीवनको अस्तित्व अस्वीकार गर्ने अहिलेको चेतना हु"दै होइन।
कुनैबेला गिरिजाप्रसाद कोइराला माओवादीलाई बाघको घोडा चढेको भन्थे र ओराल्न 'मै सक्छु' भन्ठान्थे। ऊ बाघको घोडाबाट ओर्लिन थाल्यो, निर्वाचनबाट ठूलो दल पनि बन्यो। अहिले त सत्तामा बसेर तिनै कोइरालाका चेलाहरुलाई रनभुल्लमा पार्ने चलाख रणनीतिले राजनीतिको केन्द्र बनिरहेको छ। उसले न्यायकामी नागरिकको चेतनाबीच विवेकको मत जित्ने भन्दा बल प्रयोग र बलजफ्ती व्याख्याको माध्यम अख्तियार गरिरहेकै छ। माओवादी नेताहरुका लागि 'जनयुद्ध' सत्तामा छिटो पुग्ने भर्यांयग थियो भन्ने पुष्टि हु"दै गएको छ।
'जनयुद्ध' को बीचतिर उसको राज्यसत्ता प्राप्त गर्ने अडानबारे आम नेपाली 'हो कि' भन्ने स्थितिमा देखिएको विवेचना गर्दै समाजशास्त्री चैतन्य मिश्र भन्छन्- 'जनयुद्ध' को अन्त्यमा पनि केही महŒवपूर्ण सफलता माओवादी र सबै नेपालीले हासिल गरेकै हुन्। तर ४० बु"देदेखि नौलो जनवादसम्मको उसको मूल उद्देश्य प्राप्त भएन र वर्गीय समानता हासिल गर्ने कार्यभारबाट त ऊ विमुखै रह्यो।
मिश्रले आइतबार मदन पुरस्कार अर्पण समारोहमा विद्वत् प्रवचन दि"दै भने- 'नेतृत्वले विश्व, क्षेत्र र मुलुकको इतिहासको गलत आकलन गरिएछ भन्न सकेको छैन। 'जनयुद्ध' सुरु गर्दाताकाको गैरऐतिहासिक चेत र अहिलेको सापेक्षिकरुपले सही ऐतिहासिक चेतबीच ठूलो अन्तरविरोध, हजारौं समर्थक र अन्यको मृत्यु, पीडा, अंगभंग र उजाडिएको जीवन छ।'
मिश्रको विश्लेषणमा देश कब्जा, काठमाडौं कब्जा, नेपाली सेना कब्जा आदि सबैमा असफलता हात लाग्यो। टे्रन्च युद्धको कल्पना मिथ्या भयो। अरुका 'प्रभु' आफ्नै 'प्रभु' भए। नेतृत्वबाट गर्वसाथ सफेद झुट बोलेर ३० हजार पुर्यामइएका लडाकुमध्ये पन्ध्र सय जतिमात्र नेपाली सेनामा छिर्ने भए। दुईवटा सेना स्थापित गर्दै यसको समेत आडमा सत्ता सञ्चालन गर्ने सम्भावनासमेत फेल भयो।
किन त? मिश्र माओवादीमा रहेको स्थानिक, आत्मपरक, कर्तापरक र व्यष्टिपरक चेत औंल्याउ"छन्। इतिहासको प्रवाहलाई उल्टो घुमाउन सकिन्छ भन्ने गैरऐतिहासिक र गैरसांरचनिक चेतका कारण हो भन्ने उनको ठम्याई छ। 'ऐतिहासिक प्रवाह र सांरचनिक बन्देजबाट फुक्काफाल कर्ता कल्पनामा मात्र फष्टाउन सक्छ, जिउ"दो जाग्दो इतिहासमा सक्दैन'- उनले थपे।
बालुवाटार निवासभित्र पार्टी बैठकमा सत्ताकेन्द्रित रणनीतिको जोखजाम र सडकमा लाठी संंग्रामबीच टाउको र आ"खा जोगाउन विवशः समर्थकबीच तालमेल कठिन छ। किनभने नागरिकको न्यायको खोजीमा नेताहरु आफ्नो सत्ता गुम्ने खतरा देख्छन्। यो गैरन्यायिक चेतले युद्ध बिर्साउ"दैन। लाठीबाट तर्साउनमात्र सक्छ।