बेलायत भ्रमणपछि फर्केका जङ्गबहादुर राणालाई कसैले सोधेछ- सरकारलाई बेलायतमा कुन कुरा देख्दा अचम्म लाग्यो? जङ्गबहादुरले जवाफ फर्काएछन्- अरु त मलाई ठिकै लाग्यो। तर त्यहाँ स-साना नानीले पनि फरर अंग्रेजी बोलेको देख्दा भने सारै अचम्म लाग्यो। सत्यताको कुनै प्रमाण नभएको उक्त कुरा ठट्टाका रुपमा गरिन्छ। तर यसमा तत्कालीन नेपाली समाजमा अंग्रेज र अंग्रेजी भाषाको अधिपत्यलाई नै दर्शाउँछ।
जंगबहादुररको पालादेखि अहिलेसम्म देशमा धेरै परिवर्तन आइसके। राणा शासन त के नेपालको राजतन्त्र पनि एकादेशको कथा भइसकेको छ। त्यस्तैगरी सामाजिक मुद्दाहरूमा पनि मुलुक धेरै अगाडि बढिसकेको छ। दासप्रथा, सतीप्रथा जस्ता कुरीतिहरू अन्त्य भइ सकेका छन्। जातका आधारमा गरिने भेदभावविरुद्ध पनि कदम चालिएको धेरै भइसक्यो। तर यति सबै हम्ुदा पनि आम नेपाली समाजको सोचमा भने खासै परितर्वत आएको छैन। विशेषगरी कसैलाई जान्ने सुन्ने र शिक्षाको आधार अहिले हाम्रो समाजले अहिले पनि जंगबहादुरको बुझाईलाई नै बनाएको छ। अर्थात् हाम्रो समाजमा अहिले पनि अंग्रेजी बोल्नेलाई ज्ञानी तथा बढी जान्ने/सुन्नेका रुपमा लिइन्छ। त्यसैले हाम्रो शिक्षाको आधार पनि त्यही हुन पुगेको छ।
अझ पनि नेपाली समाजमा अंग्रेजीलाई ज्ञानको आधारका रुपमा लिइने गरिन्छ। 'फलनाको केटा/केटी त निकै प्रतिभाशाली छ, फरर अंग्रेजी बोल्ने गर्छ' जस्ता भनाई अझ पनि नेपाली समाजमा सुन्न सकिन्छ। अहिले शहर बजारमा हेर्ने हो भने लगभग घरैपिच्छे अंग्रेजी माध्यमका स्कुल सञ्चालनमा छन्। त्यस्तै देशका अति दुर्गम स्थानमा अंग्रेजी माध्यमका स्कुल देख्न सकिन्छ। वास्तविकता त के हो भने सरकारले खानामा चामल र औषधीमा सिटामोल पुर्यााउन नसकेको स्थानमा अंग्रेजी माध्यमका स्कुल मनग्गे भेट्न सकिन्छ। यसबाट पनि नेपाली समाजले अंग्रेजी भाषालाई दिएको महŒव स्पष्ट पार्छ। एउटा भाषाका रुमपा अंग्रेजीलाई हेर्ने हो भने यो अन्तर्राष्ट्रिय स्तरमा बढी प्रचलनमा आउने भाषा हो। त्यसैले यसलाई सिक्नु र यसमा दक्षता हासिल गर्नु भनेको आफ्नो क्षमता वृद्धि गर्नु हो, यसमा कुनै शंका छैन। तर अंग्रेजी भाषाको ज्ञानलाई नै क्षमताको प्रमुख मापदण्ड बनाइनु एक किसिमले पराजित मानसिकता नै हो। हाम्रो समाज अहिले पनि त्यही मानसिकतामा नै रुमलिएको छ। यसरी च्याउझैं उम्रेका अंग्रेजी माध्यमका स्कुलले न्युनतम् मापदण्ड पूरा गरेका छन् वा छैनन् भन्नेतर्फ आवश्यक अनुगमन हुन सकेको छैन। तर यस विषयमा धेरै अघिदेखि नै कुरा उठ्दै आएको भने हो।
सरकारले विद्यालय र विद्यार्थीका लागि केही मापदण्ड नीति तयार पार्दैछ। सरका्रले निजी विद्यालय र यसका सञ्चालकलाई मात्र ध्यानमा राखेर नीति तयार पारेको हो अथवा शिक्षाप्रति आम अभिभावकको सोचको समेत अध्ययन गरिएको हो, त्यो त नीति पूर्णरुपमा लागु भएपछि थाहा हुनेछ। ससाना नानीहरूले आफ्नो मानसिक र शारीरिक क्षमताभन्दा बढी शिक्षाको भार बोक्नुपर्ने बाध्यताबारे धेरै पटक कुरा उठेको छ। विद्यालयले एक कक्षाभन्दा तलका नानीहरूका लागि पनि गरुङ्गो झोला बोकाउने गरेको तथ्य सर्वविदितै छ। हुन पनि गुणस्तरीय शिक्षा दिने दाबीका साथ खुलेका यस किसिमका धेरैजसो स्कुलले अभिभावकको आर्थिक शोषण गरिरहेका हुन्छन्। तर यसमा अभिभावकहरू पनि उत्तिकै जिम्मेवार भएको तथ्यतर्फ भने सम्भवतः धेरैको ध्यान गएको छैन।
अधिकांश अभिभावकको मनमा अझ पनि आफ्ना नानीले अंग्रेजी बोलेको खण्डमा धेरै आएको भन्ने सोचले जरा गाडेको छ। अंग्रेजी माध्यमका स्कुलप्रंतिको हाम्रो मोहले यही तथ्यतर्फ नै इंगित गर्छ। आफ्ना नानीलाई नाम चलेको अंग्रेजी स्कुलमा भर्ना गराएपछि आफू जिम्मेवारीबाट मुक्त भएको सम्झने अभिभावकको नेपाली समाजमा कमी छैन। आफ्ना छोराछोरीलाई सुरुमा निकै उत्साहसाथ स्कुलमा भर्ना गरेका अभिभावक विस्तारै आफ्ना नानीको उपस्थितिलाई नै झिंजो मान्न थाल्छन्।
निजी विद्यालयमा पढाएका मेरा एक जना मित्रको अनुभव कम रोचक छैन। उनले विद्यार्थीलाई बढी बोझ नहोस् भनेर गृहकार्य निकै कम दिँदारहेछन्। त्यही क्रममा एक पटक प्रधानाध्यापकले अभिभावकहरूले उनका बारेमा निकै गुनासो गर्ने गरेको बताए। उनले अभिभावकसँग भेटेर कुरा बुझ्दा प्रायः सबैले उनले नानीहरूलाई गृहकार्य निकै कम दिने गरेको बताएछन्। 'बच्चाहरू चकचक गरेर निकै हैरान पार्छन्। अली बढी 'होमवर्क' दिए उनीहरू त्यसैमा ब्यस्त हुने थिए।' मेरा केही शिक्षक मित्रले भेटेका अधिकांश अभिभावकको गुनासो हो यो।
आफ्ना सन्तानको बालसुलभ गतिविधि नै व्यवधानका रुमपा हेर्ने परिपाटी अभिभावकमै हुन गएपछि त्यसले कुन किसिमको शिक्षा प्रणालीलाई अघि बढाउँछ? अनि गृहकार्यको भारमा थिचिएका विद्याथर्ीैको मानसिक विकास कस्तो र कुनरुपमा हुने होला? पढाईप्रति उनीहरूको आकर्षण घट्नेमात्र होइन, विद्यालय जान नपरोस् भन्ने मानसिकता विकसित हुँदै गर्छ। यसतर्फ विचार गर्नु जरुरी छ। यो स्थिति राजधानी जस्तो ठूलो शहरमा त्यति धेरै मात्रामा नहोला तर ससाना नगरका अधिकांश अभिभावकको सोँचाई यही हो। आफ्ना नानीलाई स्कुल भर्ना गर्ने उद्देश्य उनीहरूको गतिविधि नियन्त्रण गर्ने हँुदासम्म शिक्षा प्रणालीले सही मार्ग भेट्टाउन सम्भव छैन।
यसको भरपुर फाइदा त्यस्ता निजी स्कुलले जथाभावी शीर्षकमा रकम उठाएर गर्ने गर्छन्। 'हाम्रा लागि राम्रो अभिभावक भनेकै विद्यार्थी शुल्कको रसिदको 'टोटल' हेरेर त्यसको भुक्तानी गर्ने हुन्'- निजी स्कुलका एक प्रधानाध्यापकले केही वर्षअघि सुनाएको कुरा हो यो।
सन् २००२ मा न्युजिल्यान्डको क्राइसचर्चमा एउटा नेपाली परिवारसँग भेट भएको थियो। उनका छोरा स्कुल भनेपछि मरिहत्ते गर्ने रहेछन्। घरभन्दा बरु स्कुलमै जान खोज्ने! त्यो बानी उनको छोराको मात्र नभएर त्यहाँका हरेक बालबालिकामा हुने रहेछ। कारण बुझ्दा थाहा पाइयो। त्यहाँ त घरको तुलनामा स्कुलमा नै बालबालिकाको सम्पूर्ण ध्यान राखिँदो रहेछ। उनीहरूले खेल्ने कुराको सम्पूर्ण बन्दोबस्त स्कुलमा हँुदोरहेछ। त्यसबाहेक खानाको व्यवस्था पनि स्कुलले नै गर्दोरहेछ। बालबालिकालाई खेलै खेलमा शिक्षा दिने परिपाटी त्यहाँ रहेछ। त्यसले गर्दा उनीहरू स्कुल जाने भनेपछि झनै खुसी हँुदारहेछन्।
अभिभावकको अर्को गलत सोच नै स्कुल भर्ना गरेपछि सम्पूर्ण कुरा स्कुलले गरिदिन्छ भन्ने हो। कक्षामा दिइएको कार्य गरेन भनेर अभिभावकलाई गुनासो गर्ने स्कुलहरू पनि भेट्टाउन सकिन्छ। मेरा एक आफन्तलाई एक पटक त्यस्तै गुनासो स्कुलबाट आएपछि उनी स्कुलमै गएर त्यसका प्रतिवाद गरेछन्। बिहान साँढे सात बजेतिर खाना खाएर स्कुल जाने आफ्ना नानीहरू बेलुका ५ बजेपछि मात्र फर्कने गरेको सुनाउँदै उनले भने- बेलुका घर आएपछि नानीहरूले मुस्किलले गृहकार्य मात्र गर्न भ्याउँछन्। त्यसपछि सुत्ने बेला भइसकेको हुन्छ। अर्थात् दैनिक गतिविधि हुने अधिकांश समय नानीहरूले स्कुलमा व्यतीत गरेपछि त्यतिबेला उनीहरूबाट हुने त्रुटिको जिम्मेवार त अभिभावक नभएर स्कुल हुनुपर्ने हो भन्ने उनको भनाई थियो। जुन जायज पनि हो।
त्यसैले शिक्षाका सम्बन्धमा कुनै पनि नीति तयार पार्दा हरेक पक्षमा सुक्ष्म अध्ययन आवश्यक छ। हामी अभिभावकले पनि नजानिँदो किसिमले आफ्नै बालबालिकाको मानसिक विकासमा अवरोध पुर्याभइरहेका हुन्छौँ। शिक्षाप्रति हाम्रो समाजमा अहिले पनि जंगबहादुरकै बझाईको आधिपत्य छ। यसतर्फ पनि परिवर्तन आउनु आवश्यक छ। त्यसका लागि स्कुल र शिक्षकका साथै अभिभावकको पनि उत्तिकै दायित्व हुन्छ।