अपरेसन थिएटरमा बिरामी भित्रिएदेखि नै 'साइनिङ इन' का निश्चित तौरतरिका अपनाएपछि गलत बिरामी वा एक ठाउँमा गर्नुपर्ने अपरेसन अर्कै ठाउँमा हुने सम्भावना धेरै कम हुन्छ।
चरासँग ठोक्कियो जहाज र त्यसले सन्तुलन गुमायो। जहाज फर्काएर सुरक्षित अवतरण गराउने प्रयत्न बेकार भयो। जब जहाज जोगाउन सक्ने सम्भावना अत्यन्त क्षीण हुँदै गयो, जहाजमा रहेका सबैको जीवन रक्षा असम्भव देखिन थाल्यो, तलको मानव बस्ती जोगाउने कुरा मात्र पाइलटले सोच्न सके। जोगाए घना मानव बस्तीलाई र आफैं भने सबै यात्रु र सहकर्मीसहित मृत्युवरण गरे।
ती सबका जीवन अन्त्यसँगै धेरै कथा अन्त्य भयो होला। प्रेमकहानी होलान् कतिका। सृजनाका कथा पनि होलान्। साहस र दुस्साहसका अनि प्रकृतिप्रेमका कथा होलान्। करुणा बोकेर उडेका होलान् कति। ती सबै सबैको अन्त्य भयो। र, शायद आँसु र वेदनाका नयाँ कथा सुरुवात भयो। भर्खरैको त हो यो समाचार! तर मानिस आआफ्नो जीवनचर्यामा लागेकै छन्। हामी मृत्युका समाचार सुन्न, पढ्न र हेर्न यति अभ्यस्त भइसकेका छौं कि यो समाचार पनि छिटै नै ब्यस्तताको जङ्गलभित्र विस्मृतिमा हराउनेछ। दुर्घटनाहरुको कुनै कमी नभएको यो देशमा, दुर्घटनालाई रोक्ने गम्भीर प्रयत्नको सर्वथा अभाव भएको यो मानव बस्तीमा फेरि अरु दुर्घटना हुनेछन्। र, उही कुरा दोहोरिइरहनेछ। यही हो आजको यथार्थ। तर पनि अझैसम्म यो समाचारले मानिसका मनमा बनाएको घाउ आलै छ। अझैसम्म भने यो समाचारले जन्माएको भय एकदम ताजै छ। जहाज दुर्घटनासँगै जन्मिएका केही प्रश्न शायद अझै हराइसकेका छैनन्। त्यसैले दुर्घटनाबारे कुरा गर्नु जायज छ।
मानव जीवनमा भोगिने सबै दुर्घटनाबीच केही समानता हुन्छ। त्यसैले हरेक दुर्घटना हाम्रा निम्ति त्यो ऐना पनि हो, जसमा हामी आफ्ना कमजोरी, कुरुपता र पाप देख्न सक्छौं। सेप्टेम्बर १७ १९०८ मा ओर्भिल राइट र थोमस सेल्पि्र्कज चढेको जहाज दुर्घटना भएको थियो। यन्त्रको मद्दतले मानिस आकाशमा उड्न सक्छ भन्ने पुष्टि गरेर हवाईजहाजको लीला सुरु गरेको ५ वर्षमात्र बितेको थियो। कसैको मृत्यु नै हुनेगरी भएको पहिलो जहाज दुर्घटना थियो त्यो। ओर्भिल त बाँचे, तर लेफि्टनेन्ट सेल्पि्र्कजको भने त्यहीँ मृत्यु भयो।
त्यसबेलादेखि अहिलेसम्म आइपुग्दा बितेका यी १०४ वर्षमा हवाईजहाजहरुमा अकल्पनीय परिष्कार आइसकेको छ। यन्त्रहरुमा आएको परिष्कारका कारणमात्रै हैन, अनेक तालिमहरुको निरन्तरता, सुरक्षाका निम्ति लिइने सावधानी र संयन्त्रको विकास, विभिन्न कर्ताबीचको अद्भूत समन्वय आदि धेरै आयाममा आएको परिवर्तन र परिष्कारले हवाईयात्रा पहिलेभन्दा धेरै सुरक्षित भएको हुनुपर्छ। भनिन्छ- हवाई दुर्घटनाका कारण ५ लाख अमेरिकीहरुमा एकमात्र मर्छन् रे। जबकि त्यो मुलुकमा कार दुर्घटनामा जीवन गुमाउनेहरुको संख्या नै २ हजारमा १ सम्म पुग्दोरहेछ। अमेरिकीहरुको यो तथ्याङ्कले वायुयानहरुमा अकल्पनीय परिष्कार भइसकेको र यो परिष्कार अझ द्रुत गतिमा जारी रहेको देखाउँछ। सुरक्षित हवाई यात्राका निम्ति अत्यन्त अनुशासितरुपमा गरिने तयारी, 'स्टेराइल ककपिट' को अवधारणा र त्यसअनुरुपको एकाग्रता, चेकलिष्टहरुको सार्थक उपयोग र 'टाइमआउट' को प्रचलन आदिले अत्यन्त ठूलो भूमिका निर्वाह गरेका होलान् यो सुधारमा।
अमेरिकाकै अर्को एउटा तथ्यांक डरलाग्दो छ। १९९९ मा अमेरिकाको इन्स्टिच्युट अफ मेडिसिनले निकालेको एउटा तथ्यांकले के देखायो भने उपचारमा भएका गल्तीका कारण हरेक वर्ष त्यो देशमा मात्रै १ लाख बिरामी मर्दारहेछन्। हवाई सेवासँग तुलना गर्ने हो भने यो भनेको दिनको एउटा बोइङ ७४७ वा वर्षको २०० जम्बो जेट दुर्घटनामा पर्नुबराबर हो। कसरी घटाउने मृत्युको यो अस्वीकार्य संख्या? स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाहरुले वायुसेवाकै अनुभवबाट सिक्ने निर्णय गरे। अमेरिकीहरुले मात्रै हैन, क्यानाडेलीहरुले पनि वायुसेवामा सुरक्षित उडान र अवतरणका निम्ति अपनाइने कतिपय विधि अपनाउन थाले। र, अहिले यी प्रचलन विश्वव्यापी बन्दैछन्। अपरेसन थिएटरमा बिरामी भित्रिएदेखि नै 'साइनिङ इन' का निश्चित तौरतरिका अपनाएपछि गलत बिरामी वा एक ठाउँमा गर्नुपर्ने अपरेसन अर्कै ठाउँमा हुने सम्भावना धेरै कम हुन्छ। अपरेसन थिएटरको अनौठो वातावरणमा अनौठा लुगा लगाएका र मास्कले मुख छोपेका डाक्टरलगायत्का स्वास्थ्यकर्मी, अनि त्यहाँभित्रका यन्त्र, वित्त, अनौठा आवाज आदिले आतंकित भइरहेका हुन सक्छन् बिरामी।
एकछिन् मास्क निकालेर 'नमस्ते' भनिदिँदा चिनिरहेको आफ्नै डाक्टर देख्नेबित्तिकै बिरामीको तनाव धेरै कम हुन्छ। दुईचार कुरा गरिदिँदा, उसको स्थिति र गर्न खोजेको अपरेसनबारे फेरि एकचोटि बताइदिँदा, बिरामी आश्वस्त हुने र मनस्थिति धेरै फरक हुने त छँदैछ, गलत अपरेसन वा गलत ठाउँमा अपरेसन हुने सम्भावना पनि धेरै कम हुन्छ। अपरेसन थाल्नुभन्दा अघि पाइलटहरुले झैं 'टाइमआउट' गर्दा अपरेसनमा संलग्न सबैको भूमिकादेखि लिएर अपरेसन अवधिभर चाल्नुपर्ने कदमबारे कुराकानी हुन्छ। सामान तयार छन्/छैनन्? दिनुपर्ने औषधी दिइयो/दिइएन? के/के कठिनाई आउन सक्लान्? परिस्थिति बदलिएमा कस्तो उपाय अवलम्बन गर्नुपर्ला? 'अभ्यस्त भइसकेपछि यति कुरा गर्न ३/४ मिनेटभन्दा धेरै लाग्दैन। उद्देश्यमा अझ स्पष्टता हुन्छ। आइलाग्न सक्ने कठिन परिस्थितिमा के गर्ने भन्नेबारेमा तयारी हुन्छ।
हामीकहाँ अझै पनि सबै अस्पतालमा 'टाइमआउट' को अभ्यास भइरहेको छ भन्ने मलाई लाग्दैन। जहाँ यो अभ्यास भइरहेको छ, त्यहाँ पनि सबैले उत्तिकै तन्मयता र गम्भीरसाथ गरिरहेको नहुन सक्छ। पश्चिमा देशमा यी विधि अपनाउन थालेपछि दुर्घटना धेरै कम भएका हुन्। तर, फेरि दुर्घटनाको संख्या विस्तारै बढिरहेको कुरा पनि आइरहेको छ। मन लागी/नलागी अनावश्यकरुपमा केही गर्नु र मन दिएर त्यही काम गर्नुको बीचमा ठूलो भिन्नता हुन्छ। अपरेसन थिएटरभित्र दुर्घटना कम गर्नका लागि गरिने यी असल अभ्यास सर्वत्र उत्तिकै गम्भीरता र तन्मयताका साथ गरिनु अत्यन्त जरुरी छ।
यसरी चिकित्सा क्षेत्रका निम्ति वायुसेवा गुरु बन्न पुगेको छ। तर, जतिसुकै राम्रो तयारी गरे पनि केही दुर्घटना त भइछाड्ने रहेछन्। पाइलटलगायत् उडानसँग प्रत्यक्ष संलग्नकर्ताहरुको सीमाबाहिरका धेरै तŒव जिम्मेवार हुन्छन् कतिपय दुर्घटनामा। फोहोरमा चुच्चो घुसाउने लोभले हवाइमार्गमा चील घुम्नु यस्तै सीमाबाहिरको कुरा हो। घुमिफिरी सबै कुरा देशको राजनीतिसँग जोडिन पुग्छ। जनताको शिक्षाको स्तर, सभ्यता र संस्कृतिसँग जोडिन पुग्छ। राज्यको संवेदनशीलतासँग जोडिन पुग्छ। अनि प्रश्न आउँछन् देशको शीर्षस्थ स्थानमा बसेका कसकसको मनलाई छोयो होला यो दुर्घटनाले? फोहोर दुर्गन्धित राजधानीको आकाशलाई चील र कागले ढाकेको तथ्यले कुन कुन सम्माननीयहरु लाजमा डुबे होलान्? फोहोरमा रम्ने चरासँग जहाज ठोक्किँदा यति धेरै सुन्दर जीवन अन्त्य भयो भन्ने कुराले कुन कुन ठूला मानिस रोए होलान्? तर प्रत्येक पल सोधिने अन्य हजारौं प्रश्न जस्तै यी प्रश्न पनि आजको राजनीतिका खेलाडीको संवेदनविहीनता र चरम सत्तालिप्साका अगाडि निरर्थक अलाप लाग्न थालिसके।
संविधान सभाको कथा पनि रोकथाम गर्न नसकिएको एउटा दुर्घटनाको कथा हैन? कुनै पनि आन्दोलन सुरु गर्दा, कुनै पनि सरकारको उडान भर्दा, 'साइनिङ इन' र 'टाइमआउट'को अभ्यास गर्न सके दुर्घटना कम हुने थिएन होला? कुनै बेला जहाजै डुब्ने स्थिति आउँदा आफू मरे पनि मानव बस्ती जोगाउने प्रयत्न गर्छ पाइलट। कुनै बेला त यात्री जोगाउन आफ्नो ज्यान पनि दिन्छ ऊ। त्यो साँच्चैको शहीदलाई कतिले उचित सम्मान गरेका छन्? बरु झगडामा मरेका आफ्ना कार्यकर्तालाई 'शहीद' बनाउन यो देशका स्वनामधन्य ठूला पार्टी तँछाड मछाड गर्छन्। ती असल पाइलट जस्ता नेता यो देशले कहिले पाउने होला? नयाँ पिँढीमा लुकेको त्यो सुन्दर मानिसको बीज कहिले टुसाएर झाङ्गिने होला?