खुलमखुला सिन्डिकेट फस्टाएको छ। यातायात व्यवसायी आलोपालोको कुरा गर्छन्, बैंकरहरू 'भद्र सहमति' को हवाला दिन्छन्, ढुवानी व्यवसायी चक्रीय प्रणालीको कुरा गर्छन्। रिक्सा, टेम्पो, हाटबजार सबैतिर सिन्डिकेटको साम्राज्य छ। तरकारी बजारमा बिचौलियाको बिगबिगी छ।
पूर्वी नेपालको भारतसँगको प्रमुख नाका जोगबनी गुल्जार छ। दशैंको संघारमा यस क्षेत्रका उपभोक्ता उता ओइरिएका छन्। खाद्यान्न र कपडा किनमेलका लागि त्यहाँ जानेको लर्कोको तुलनामा यता विराटनगरको व्यापारमा भिड देखिँदैन। भन्सारमा कडाई गर्ने सरकारी नीति प्रहरीका लागि कमाई खाने माध्यम बनेको छ। उपभोत्ताको हैसियतअनुसार पारिबाट उनीहरूले लिएर आएका पोका छामछुम पार्ने, मौका मिले दुईचार पैसा असुल्ने र छाडिदिने प्रहरी र भन्सार प्रशासनका कर्मचारीको मुख्य चासो साइकलमा सामान ओसार्नेको ठूलो संख्यातिर छ।
जोगवनी भन्सारदेखि विराटनगर महेन्द्र चोकसम्मको करिव ५ किलोमीटरको दूरीमा ४ ठाउँमा सुरक्षा जाँच हुन्छ। साइकलमा पोका ल्याउनेहरूले प्रहरी र सशस्त्र प्रहरीलाई १०/२० रुपियाँ दिन्छन् र फुत्किन्छन्। पारिबाट साइकलमा पोका ल्याउनेले विराटनगरका पसलमा ल्याएर बेच्ने गर्छन्। जोगवनीमा पाइने सामानको शुद्धता, तौल र गुणस्तरमा नेपाली उपभोक्ताले खासै चासो राखेको पाइँदैन। तर भारतीय अखबारका पानाहरूमा उपभोग्य सामान, दाल, तेल, चामलमा अखाद्य वस्तु मिसाइएका समाचार दिनदिनै छापिएका हुन्छन्, टीभीबाट प्रसारण भइरहेका हुन्छन्। तर आमउपभोत्ता गुणस्तरका यस्ता विषयमा सरोकार राख्दैनन्। उनीहरू सस्तोको खोजीमा पारिका बजार पुग्छन्। यो प्रवृत्ति विराटनगरपारिको जोगवनीमा मात्र होइन, झापाको काकड्भिट्टा वा भद्रपुरपारिको गलगलियाका सीमावर्ती बजारको पनि हो। किन यस्तो? उत्तर सहज छ- उता सस्तो छ।
उता किन सस्तो भन्ने प्रश्नको उत्तर भने सहज छैन। यसका धेरै पक्ष र पाटा छन्। नीतिगतरूपमा सरकारी नीति, नेपाली उद्यमी व्यापारीको कार्टेलिङ मनोवृत्ति, उद्योग व्यापारको प्रतिकूल राजनीतिक अवस्था, बिजुली अभाव र उपभोक्ता चेतनाको अभाव प्रमुख कारण हुन्। यी कारणको उत्तर खोज्ने काम भएको देखिँदैन। अहिले बाबुराम भट्टराई नेतृत्वको सरकारले काठमाडौमा अधिकतम् मूल्य सूची (एमआरपी) को डंका पिटेको छ। वर्षभर हाइसन्चोमा बस्ने वाणिज्य मन्त्रालयका अधिकारी दशैंको मुखमा अनुगमनको नाटक गर्छन्। त्यसैले अहिले काठमाडांैमा मात्र होइन, मुलुकका विभिन्न क्षेत्रमा अनुगमन भइरहेका छन्। सार्वजनिक प्रचार गरेर तोकिएका पसल वा उद्योगमा अनुगमन गर्ने अधिकारीमाथि चाहिँ कसले निगरानी राख्ने? व्यापारी, उद्यमीकै एक आपसको उक्साहट र झोसपोलमा अनुगमनको चलखेल त भइरहेको छैन? प्रश्न अनुत्तरित छन्।
आमउपभोक्ताको हितमा सरकारले काम गर्नुपर्छ, जुन उसको कर्तव्य पनि हो। जवाफदेही सरकारले उपभोक्ताको हक अधिकारप्रति सजग हुनुपर्छ र त्यसका लागि आवश्यक नीति निर्माण र कार्ययोजना बनाउनुपर्छ। अहिले एमआरपी लागु गर्ने नीतिलाई सरकारले यही अर्थमा वकालत गरिरहेको छ। तर नियन्त्रित र निर्देशित बजार नीतिले उपभोक्ताको हित गर्दैन भन्ने कुरा सरकारले बिर्सिरहेको छ। प्रधानमन्त्री भट्टराईको कम्युनिष्ट मानसिकताका लागि बजार नियन्त्रित सामान्य र स्वाभाविक लाग्छ। तर नेपालले चालीसको दशकदेखि अख्तियार गदर्ेै आएको उदार बजार प्रणालीमा एमआरपी एउटा ठूलो अवरोध हुन जानेछ । बजार नियन्त्रणमुखी नीतिमा बजार फैलन र विकसित हुन सक्तैनन्। यसको उल्टो बजार प्रणाली खुम्चँदै जाने खतरा हुन्छ। तत्कालीन प्रचार र चुनावको मुखमा राजनीतिक लाभका निम्ति एमआरपी भट्टराईहरूका लागि त फलदायी होला। एमआरपी उद्यमी र व्यापारीको विरुद्धमा त छँदैछ तर मसिनोसँग केलाउने हो भने यो उपभोक्ताको हितमा पनि छैन।
नेपालले उदार अर्थ व्यवस्थाको नीति पञ्चायती व्यवस्थाको आखिरी समयदेखि अख्तियार गरेको हो। तर, यति लामो अभ्यासबाट पनि नेपाली अर्थतन्त्र र बजार स्वतन्त्र हुन सकेन। सरकारी संयन्त्रले सहजकर्ता हुनुको साटो निर्देशित नियन्त्रित मनोविज्ञानमै काम गरिरहेका छन्। उद्यमी व्यापारी पनि खुला बजार नीतिको आँगनमा प्रतिस्पर्धी हुन सकेनन्। उनीहरू इमानदार भइदिएको भए नेपालको बजार प्रणाली तीन दशकमा साँच्चिकै प्रतिस्पर्धी हुन सक्थ्यो। सार्वजनिक बहसमा उदार अर्थतत्रको पक्षमा वकालत गर्ने उद्यमी, व्यापारी व्यक्तिगत हितका निम्ति सरकारसँग सौदा गरिरहेको पाइन्छ। फलतः पञ्चायतकालीन निर्देशित व्यवस्थामा रोपिएको उदारीकरणको बीउ गणतन्त्रको यात्रासम्ममा पनि झाँगिन सकेन। नीतिमा प्रतिस्पर्धी व्यवस्था व्यवहारमा पंगु भएको छ। खुला बजारका हिमायतीहरू कार्टेलिङ गर्दैछन्। 'जिम्मेवार' सरकार एमआरपी जस्तो घातक हतियार उचालेर खुला बजारमा नियन्त्रणको उर्दी जारी गर्दैछ। सस्तो लोकप्रियताका लागि बाबुराम सरकारले चालेको एमआरपी साँच्चिकै कार्यान्वयन हुने हो भने मुलुक कम्युनिष्ट दर्शनको नियन्त्रणमुखी आर्थिक प्रणाली उन्मुख हुनजान्छ। तीन दशकअघि सुरू भएको आर्थिक उदारीकरणमा एउटा अर्को धक्का लाग्छ। बुझनुपर्ने कुरा के हो भने एमआरपीले उपभोक्ताको दीर्घकालीन हित गर्दैन।
सरकारको के गर्न सक्छ? पहिलो, उसले उपभोक्ता शिक्षा दिनुपर्यो। खुला बजार प्रणालीबारे जानकारीमूलक प्रचारात्मक काम गर्नुपर्यो। बजारमा ठाडो हस्तक्षेप गर्नेभन्दा आफ्ना संयन्त्रमार्फत् व्यापार गर्नुपर्यो, जुनचाहिँ बजारमा नियन्त्रणको सबैभन्दा उत्तम विकल्प हुन सक्छ। खाद्य संस्थान, साल्ट ट्रेडिङ, नेसनल टेड्रिङ जस्ता निकायले बेलैमा ठूलो परिणाममा आवश्यक सामानको 'स्टक' राख्ने र आवश्यकताअनुसार बजारमा पठाउन सके भने बजार आफंै नियन्त्रणमा आउँछ। तर, सरकार त्यसो गरिरहेको छैन। काठमाडौंका २/४ ठाउँमा सस्तो पसलको प्रचार गरेर पुग्दैन। त्यस्तो व्यापार आम उपभोक्ताबीच पुग्न सक्नुपर्छ। साल्ट टे्रडिङले ५० रुपियाँ किलोमा किनेको चिनी किन ७६ रुपैयाँमा बेच्दैछ? सरकारसँग त्यसको उत्तर हुनुपर्छ कि पर्दैन? साल्ट ट्रेडिङ, नेसनल टे्रडिङ र खाद्य संस्थानले १ प्रतिशत भन्सार तिरेर चिनी ल्याउन सक्छन्। व्यापारीलाई १५ प्रतिशत भन्सारको तुलनामा सरकारी संस्थाले तिर्ने १ प्रतिशतले निकै अर्थ राख्छ, बजार व्यवस्थामा। भन्सार छुट पाए जति सरकारी संस्थाको चिनी सस्तो छैन। वाणिज्य मन्त्रालयको अनुगमन खाद्य, संस्थान, साल्ट टे्रडिङ र नेसनल टे्रडिङमा चाहिँ किन हुँदैन?
यतिखेर नेपालमा जकडिएको सिन्डिकेटको अन्त्य आवश्यक छ। सरकारले गर्नुपर्ने काम यो हो। तर यहाँ खुलमखुला सिन्डिकेट फस्टाएको छ। यातायात व्यवसायी आलोपालोको कुरा गर्छन्, बैंकरहरू 'भद्र सहमति' को हवाला दिन्छन्, ढुवानी व्यवसायी चक्रीय प्रणालीको कुरा गर्छन्। रिक्सा, टेम्पो, हाटबजार सबैतिर सिन्डिकेटको साम्राज्य छ। तरकारी बजारमा बिचौलियाहरूको बिगबिगी छ। उपभोक्ता र किसान दुवै मारमा छन्। मार्क्सवादी चिन्तनमा विश्वास गर्ने र अधिनायकवादी राज्य व्यवस्थाका पक्षपातीका रूपमा रहेका प्रधानमन्त्री भट्टराईको एमआरपी नीति पनि त्यही सिन्डिकेट मनोवृतिको उपज हो।