भारतीय सम्पादक विनोद मेहताले गत साता काठमाडौंमा आयोजित साहित्य महोत्सवमा धेरै सहभागीको मन जिते। दिल्लीबाट छापिने अंग्रेजी साप्ताहिक आउटलुकको १७ वर्षसम्म सम्पादन गरेर केही महिनाअघि सल्लाहकारमा सीमित भएका वयोवृद्ध पत्रकार यसै वर्ष प्रकाशित लखनउ ब्वाई नामक संस्मरण पुस्तकबाट झन चर्चित भए। उनले भारतीय पत्रकारिताबारे धेरै प्रश्न पाए, खुलस्त र विनोदपूर्ण तरिकाले जवाफ दिएर ताली पनि स्वीकारे।
उनी जिम्मेवार पत्रकारिताका कति कट्टर हुन् भन्ने दर्शाउन उनको नेतृत्वमा दिल्लीमा काम गरेका नेपाली पत्रकार युवराज घिमिरेको एउटै सम्झना दह्रो छ। प्रधानमन्त्री अटलबिहारी बाजपेयीको सरकारका राष्ट्रिय सुरक्षा सल्लाहकार ब्रजेश मिश्रले सन् २००० को जुनमा नेपाल भ्रमणको पूर्वसन्ध्यामा मेहताको टेबलमा छाप्न भनेर एउटा रिपोर्ट दिएका थिए। म अर्को साता काठमाडौं जा"दैछु, तपाईंले यही अंकमा छापिदिनुहोला भनेर। नेपालमा पाकिस्तानी खुफिया एजेन्सी (आइएसआई) को गतिविधिबारे भारतीय खुफिया एजेन्सीहरुले बनाएको रिपोर्ट थियो त्यो। मेहताले तथ्यहरु स्वतन्त्ररुपमा पुष्टि नगरी छाप्न सक्दिन भनेर मिश्रको आग्रह अस्वीकार गरिदिए।
मिश्रले नेपाल भ्रमण गर्नुअघि दिल्लीमा छपाएर भारत सरकारका तर्फबाट सन्देश दिन खोजेका थिए। आइएसआईले नेपालमा चलखेल बढाएको आसय भएको रिपोर्टमा नेपाली नेतादेखि समाजका धेरै तप्कासम्म कसरी भारतविरोधी गतिविधिमा संलग्न छन् भन्ने अपुष्ट, अप्रमाणित र कति त सुनेवरेका आक्षेप पनि थिए। आउटलुकले अस्वीकार गरेपछि मिश्रले अर्को प्रतिस्पर्धी म्यागेजिन इण्डिया टुडेलाई दिए। बाजपेयी र मिश्रको पार्टी बिजेपीसँग नजिक उक्त साप्ताहिकले छापेको सन्सनीखेज रिपोर्ट नेपालमा धेरै विवादास्पद भयो।
मेहताले जिम्मेवारपूर्ण पत्रकारिताको मात्र मर्यादा हुन्छ भन्ने सार्वभौम सत्यमाथि प्रकाश पार्दा असल सम्पादकले सधैं खल्तीमा राजीनामा लिएर हि"ड्छ भन्ने थपे। साथै आफू राजनीतिक दर्शनका आधारमा कांग्रेस आईस"ग नजिक रहे पनि अहिलेको उक्त सत्तारुढ पार्टीको आलोचना गर्न कहिल्यै नहिच्किचाएको जवाफ पनि दिए। हा"स्दै अर्को प्रश्नमा भने- राजनीतिक नेता (वा सार्वजनिक पदाधिकारीसँग) पत्रकारको कहिल्यै मित्रता सम्भव हुँदैन।
हृदयसम्बन्धी बिमारबाट ८४ औं जन्मदिनको अघिल्लो दिन गत शुक्रबार दिल्लीमा निधन भएका मिश्र बाजपेयी सरकारका शक्तिशाली हस्ती थिए। बाजपेयीका प्रमुख सचिव तथा राष्ट्रिय सुरक्षा सल्लाहकारका रुपमा उनले १९९८ देखि ६ वर्षसम्म मुख्यतः भारतको वैदेशिक नीति प्रतिपादन र कार्यान्वयनको बागडोर सम्हालेका थिए। पोखरणमा आणबिक बम बिष्फोटन गरेर नयाँ युगमा भारतलाई प्रवेश गराउने बाजपेयी सरकारले थालेको राष्ट्रिय सुरक्षा सल्लाहकारको पदलाई महŒवसाथ कांग्रेस आई नेतृत्वको सरकारले जारी राखेको छ।
अहिले पनि त्यही सल्लाहकारका रुपमा पूर्व विदेश सचिव शिवशंकर मेनन बाह्य सम्बन्धहरुमध्ये नेपाल नीतिसम्बन्धी पनि एक प्रमुख भूमिका निर्वाह गरिरहेका छन्। हाम्रा राष्ट्रपति र प्रधानमन्त्रीस"ग महŒवपूर्ण विषयमा आफैं सम्पर्क गरेर आफ्ना प्रधानमन्त्री र मन्त्रिपरिषद्लाई नीति तय गर्न सहयोग गर्छन्।
मिश्र दीर्घ कूटनीतिक सेवाबाट निवृत्त भारतीय विदेश नीतिका प्रभावशाली हस्ती मानिन्छन्। पोखरण बिष्फोटनपछि भारतमा विश्वको ध्यान खिचिएिपछि उनले संयुक्त राज्य अमेरिकास"ग नया" सम्बन्ध सुरुवात् गराए। त्यही जगमा अहिले विश्वशक्ति र क्षेत्रीय शक्तिको सम्बन्ध कसिलो बनिसकेको छ। जान्ने/बुझ्नेहरुका अनुसार युद्धरत् नेपाली माओवादीलाई आफ्नो स्वार्थमा प्रयोग गर्ने र शाही सत्तालाई पनि नचिढ्याउने एक मुख्य रणनीतिकार उनै हुन्।
भारतीय प्राध्यापक एसडी मुनीले नेपाल इन ट्रान्जिसन शीर्षक पुस्तकको आफ्नो बहुचर्चित खण्डमा त्यसको बेलिविस्तार गरिदिएका छन्। माओवादी नेताद्वय पुष्पकमल दाहाल र बाबुराम भट्टराईले आफूलाई आतंककारीका रुपमा नहेर्न अन्तर्राष्ट्रिय शक्तिहरुलाई पत्राचार गर्दा भारत सरकारलाई विशेष प्रकारको बेग्लै पत्र बुझाएका थिए। भारतको दीर्घकालीन र बृहत्तर स्वार्थमा आघात नपुर्याउने कबोल गरेको भनिएको उक्त पत्र दाहाल र भट्टराईका तर्फबाट मुनी आफैंले मिश्रलाई बुझाएका थिए। मिश्रले नै प्रधानमन्त्री बाजपेयी र मन्त्रिपरिषद्लाई सहमत तुल्याएर नेपाली माओवादी नेताहरुलाई आफ्ना खुफिया एजेन्सीहरुस"ग मिलेर काम गर्न अह्राएका थिए।
मिश्रको कूटनीतिक चातुर्य र कौशलवशः अख्तियार गरिएको नेपाल नीतिमा शाही नेपाली सेनालाई हतियार सहयोग बढाउने प्रतिबद्धता पनि थियो। यता प्रधानमन्त्री शेरबहादुर देउवा हतियार खरिद गर्न बेल्जियमसम्म पुगे भनिएको बेला थियो। दिल्लीमा अनुभवी नेपाली राजदूत भेषबहादुर थापा थिए। रक्षा र विदेश मन्त्री क्रमशः यसवन्त सिन्हा र जसवन्त सिंह होउन् कि सुरक्षा सल्लाहकार मिश्र जो पनि थापालाई भारतले नै चाहि"दो हतियार सहयोग गरिदिन्छ, नेपालले चिन्ता गर्नैपर्दैन भन्ने ढाडस दिइरहन्थे।
नेपाली सेनाले भारतबाट प्राप्त इन्सास राइफलले माओवादी विद्रोहीको सामना गर्न नसकिरहेको गुनासो गर्ने गरेका थिए। पछि त सेनाका प्रवक्ताले पत्रकार सम्मेलनमै भारतबाट प्राप्त रद्दी इन्सास भन्दै आक्षेपै लगाए। उता भारतीय सरकारका प्रतिनिधिले भने राजदूत थापालाई भन्ने गर्थे- भारतीय सेनाले कार्गिलमा बहादुरीसाथ लडेको त्यही राइफल नेपाली सेनाका लागि काम नलाग्ने हुनै सक्दैन। नेपाललाई कति चाहिने हो हतियार हामी आफैं दिन्छौं भन्दा एकपल्ट विदेश मन्त्री सिंहले थापालाई भने- हामी आफ्नो पेट काटेर भए पनि नेपाललाई सहयोग गर्न किञ्चित हिच्किचाउँदैनौं।
मिश्रले बाजपेयीसँगै पदबाट अवकाश लिए पनि भारतीय नीतिमा उनको गहिरो प्रभाव परिरह्यो। अमेरिकास"गको सम्बन्ध विस्तार होओस् कि नेपालस"ग औपचारिकरुपमा राज्यलाई हातहतियार र सँगसँगै विद्रोही लडाकुलाई आश्रय दिएर सहयोग। यद्यपि मन्त्री सिंहले सार्वजनिक कार्यक्रममार्फत् नेपाली माओवादीलाई आतंककारी घोषणा गरिदिएका थिए र राजदूत थापामार्फत् नेपाल सरकारलाई उनीहरुका नाम रेडकर्नर नोटिसमा राखिदिएको अवगत पनि गराएका थिए।
मिश्रको सफलता भारतीय विदेश नीतिमा एकरुपता आउनेगरी पछिसम्म प्रभाव पार्नु हो। कांग्रेस आई नेतृत्वको पहिलो पा"च वर्षे गठबन्धनमा भारतीय कम्युनिष्ट पार्टी (मार्क्सवादी) ले संसदबाट सहयोग पुर्याउँदा नेपाली माओवादी लाभान्वित भए। संसदवादी दलहरुको गठबन्धन र माओवादी विद्रोहीबीच बाह्र बु"दे सम्झौता गराउने विन्दुसम्म तत्कालीन मन्त्री तथा हाल राष्ट्रपति प्रणव मुखर्जीले राजनीतिक तहबाट सहयोग पुर्याइसकेका थिए। अमेरिकास"गको आणविक सम्झौताका कारण मार्क्सवादीहरु कांग्रेस आई गठबन्धनको दोस्रो कार्यकालमा भने विपक्षमा उभिए। तैपनि भारतको नेपाल नीतिमा परिवर्तन आवश्यक परेन। काठमाडौंमा राजदूतको अनुभव लिएर विदेश सचिव हुन पुगेका श्यामशरणले मिश्रको प्रभावमै काम गरे। मिश्रले बसालिदिएको जग बलियो थियो। त्यो जग भनेको भारतको राष्ट्रिय सुरक्षाका रणनीतिहरुको हो। शक्ति राष्ट्रहरुको नीति एकै दिनमा बन्ने होइन, विकसित हुँदै जाने हो। र विश्व परिदृश्यमा उदाउँदो शक्ति बनिरहेको भारतको मुख्य चासो सुरक्षाप्रति संवेदनशीलताहरुबाट निर्देशित हुन्छ। दिल्लीमा राजदूत राख्ने प्राथमिकता त नेपालको बन्नै छाडिसकेको छ। उता दिल्लीले भने आफ्ना काठमाडौंस्थित राजदूतले मात्र नपुगेर सुरक्षा सल्लाहकारलाई नै निर्णायक मोडहरुमा सक्रिय तुल्याउँछ।
नेपालमा भारतीय नीति पछिल्ला वर्षमा अर्को र अझ बलियो आर्थिक शक्ति भइसकेको छिमेकी चीनको प्रभाव र चाहना बुझेर झन् सुरक्षा केन्द्रित हुँदै जाने सम्भावना छ। नेपालमा भारतीय प्रभाव कम गर्ने नीतिले चल्न थालेको नया" माओवादी पार्टीका हालैका उग्र घोषणाले भारतलाई झन् संवेदनशील बनाउने पक्का छ। प्रधानमन्त्रीका तर्फबाट सुरक्षा सल्लाहकारले नेपालसम्बन्धी विषयको अगुवाई गर्ने भनेकै भारतले सुरक्षालाई प्रधान विषय बनाएको प्रमाण हो।