राष्ट्रिय सहमतिको सरकार, निर्वाचन र अन्तरिम संविधानको साटो अब जनताले खोजेजस्तो नयाँ संविधानको निर्माण, त्यसपछि पूर्ण शान्ति र नेपाली जनताले माग्ने, खोज्ने एउटा बेग्लै नेपाल जहाँ समता, समृद्धि, सुख, शान्ति र न्यायको प्रत्याभूति हुन सकोस् भन्ने चाहना निकै निकट पुगेको हो कि भन्ने आभास जब हुन्छ, त्यति नै बेला एउटा तिण्डावादी कुतर्कको जन्म हुन्छ।
यस्तो कुतर्क हुन थालेको पनि अब त धेरै भयो। माओत्सेतुङ्को अवसानको १५ वर्षको आँकलन गर्ने हो भने सामाजिक, आर्थिक र केही हदसम्म राजनीतिक क्षेत्रमा पनि चीनले ठूलो फड्को मारेको हो। सामाजिक क्षेत्रमा थोरै आर्थिक क्षेत्रमा धेरै, सामरिक क्षेत्रमा महत्वपूर्ण, राजनीतिक क्षेत्रमा अलिकतिमात्रै उदारता, साँस्कृतिक क्षेत्रमा एउटा निसास्सिएको अवस्थाबाट जनताले मुक्ति पाएकै हुन्। महत्वपूर्ण विषय त्यसबेला एउटा उकुसमुकुस र निसास्सिँदो सामाजिक, साँस्कृतिक वातावरणबाट जनताले उन्मुक्तिको अनुुभव गरेका थिए।
सर्वहाराको अधिनायकत्व भन्ने कुरो त त्यहाँ पनि कहिल्यै रहेन। यो एउटा स्वप्नलोकको पुस्तकमा लेखिएको अक्षरमा मात्रै समाजमा प्रयोग गरियो र त्यसैगरी यसको दुरुपयोग पनि घोर अराजक, भ्रष्ट र अभूतपूर्व किसिमले हुँदै गयो। दार्शनिकका कुरा र शासकका व्यवहार एकै ठाउँमा मिसाउन सकिँदैन। त्यस्तो राज्य व्यवस्थाको कल्पनासम्म गर्न सकिन्छ, व्यवहारमा उतार्न नसकिँदो रहेछ भन्ने दृष्टान्त १९ औं शताब्दीको उत्तरार्द्धदेखि लिएर २१औं शताब्दीको पूर्वार्द्धसम्म आइपुग्दा छर्लंग देखिन्छ।
कुशल राजनीति भनेकै प्रतिनिधिमुलक व्यवस्थाबाट शक्तिको पृथकीकरण र त्यसभित्रको सन्तुलन नै हुँदोरहेछ। त्यो कुरा सभ्य लोकतान्त्रिक समाजले देखाइसकेको छ। अरु सबै भनेका स्वप्न द्रष्टाहरु हुन् जसले व्यक्तिको स्वतन्त्रतालाई न्यून आँकलन गरे र व्यक्ति स्वयंलाई पनि मेसिनको पुर्जाजस्तो व्यवहार गरे। राज्य संयन्त्रलाई भने एउटा विशाल मेसिनका रुपमा व्यवहार गरे, जसले जेसुकै पनि उत्पादन गर्न सक्छ यदि व्यक्तिले सही ढंगको पुर्जाको रुपमा काम गरिरहेको छ भने। व्यक्तिभित्रको चेतना त त्यहिँ नै मर्यो् जब ठूलो मेसिन ऊर्जा दिएमा काम गर्थ्यो, ऊर्जाको अभावमा चल्न पनि सक्दैनथ्यो। त्यसको पुर्जाको काम बाँकी नै रहँदैनथ्यो। यसरी राज्यलाई ठूलो मेसिन र व्यक्तिलाई त्यो मेसिनको सानो पुर्जा बनाइने सबभन्दा गलत सोचलाई नै एउटा आर्थिक आस्था मानेपछि समाज आर्थिक रुपले अगाडि बढ्ने कुरो त छँदै थिएन।
राजनीतिको कुरो गर्दा त्यही ठूलो मेसिनमाथि कसले कब्जा गर्ने र सानो पूर्जाको उपयोगबाट उत्पादित जेसुकै किन नहोस् त्यसको फलको ठूलो भाग कसले लिने भन्ने कुराको झगडामा राजनीति अल्भि्कयो। फलतः व्यक्ति चेतना हो, मेसिनको पुर्जा होइन, राज्य पनि ठूलो मेसिन होइन, चेतनाको पुञ्जमात्रै हो भन्ने सोच नै हरायो। राज्यमा पद धारण गर्नेहरुले ठूलो मेसिनको मालिक भएको सम्भि्कन थाले। र, व्यक्तिलाई राज्यको दासका रुपमा व्यवहार गर्न थाले, जुन हिजोको समाजमा राजा र रैतीका बीचको सम्बन्ध हुने गर्दथ्यो।
धेरै दिनदेखि नउठेको विषय अहिले आएर उठ्न पुगेको छ। एउटै दलले दुइवटा दायित्व लिएर बस्न सक्दैन अर्थात कुनै बेला नेपाली कांग्रेसका कार्यकर्ता रहेका वर्तमान राष्ट्रपति डा. रामवरण यादव राष्ट्रपति छँदाछँदै अब नेपाली कांग्रेसका कुनै व्यक्ति प्रधानमन्त्री हुनुहुँदैन भन्ने एकीकृत नेकपा माओवादीको भनाइ छ। यिनै कुरा जेठ १४ अगाडी गरिएको सम्झौतामा भनिएन। सत्तामा टिक्नका लागि यो भन्दा अर्को बहाना गर्नुको के अर्थ रहन्छ? नेपाली कांग्रेस आफैँमा यत्रो ठूलो त्रासको विषय हुनुपर्ने कारण माओवादीलाई किन भएको हुन सक्छ? जगजाहेर एउटा कुरो छ, यो एउटा लोकतान्त्रिक पार्टी हो। यसका घोषित नीतिहरु हेर्दा पनि व्यवहारले शान्तिकामी हो, विचारले गान्धीवादी हो, दर्शनले व्यक्तिको स्वतन्त्रतामाथि विश्वास गर्ने दल हो, नीतिले राज्यलाई धेरै शक्ति सम्पन्न गराउनुहुँदैन ता कि ऊ अधिनायकत्वसम्म पुग्न सकोस् भन्ने विश्वास राख्ने पार्टी हो। सिद्धान्तले उदार समाजवादको वकालत गर्ने पार्टी हो। पार्टीको नेतृत्व आवधिक रुपमा गरिने महाधिवेशन जो गाउँदेखि नै उठेर आएका निर्वाचित प्रतिनिधिले नै गर्न सक्छन् भन्ने विश्वास राख्ने दल हो। यी कुनै पनि गुण नेपाली कांग्रेसलाई आरोप लगाउने एकीकृत नेकपा माओवादी या अरु कुनै पनि दललाई सुहाउँदैन।
हिंसा, भ्रष्टाचार, अराजनीतिक व्यवहार, दुराचार, दण्डहीनता, अराष्ट्रिय आदि चरित्रको दोष लागेका दलहरुले राष्ट्रपति र प्रधानमन्त्री एउटै दलको व्यक्ति हुनुहुँदैन भन्ने सोच राख्नु आफैं जुन स्कुलबाट आएका हुन् त्यो स्कुलको पाठ्यक्रमको विषय हो। बहुदल र बहुलवादमा यस्ता शब्दावलीहरु हुँदैनन्। कार्यकारी प्रमुख कुनै दल विशेषको हुन सक्छ। राष्ट्रपति भने हुँदैन। सिधा भाषामा भन्न सक्नुपर्छ, हामी संसदीय व्यवस्था मान्दैनौँ। एउटै दलबाट आएको व्यक्ति राष्ट्रपति, सभामुख, प्रधानमन्त्री, प्रधानन्यायाधीश र अन्य संवैधानिक निकायका प्रमुख बन्ने सक्ने धेरै संयोगहरु संसदीय व्यवस्थामा हुन्छन्। त्यसैले पनि व्यक्तिको पृष्ठभूमिमा जानु जरूरी छैन। वर्तमान प्रधानमन्त्री कहिले साँचो अर्काको हातमा छ भन्ने रोदन सुनाउँछन् भने कहिले मुलुक 'मर्ज' हुने खतरापूर्ण सन्देशसमेत दिन चुक्दैनन्। एउटा नेपाली हिजो कुन आस्था राख्थ्यो भन्ने कुरासित भने उनी त्रसित देखिएका छन्।
शक्ति सन्तुलनका कुरा दलहरुकाबीचमा होइन, शक्ति सन्तुलन त संवैधानिक रुपले निर्माण गरिएका संवैधानिक संस्थाहरुबीचका कुरा हुन्। बाबुराम हुन्, पुष्पकमल दाहाल हुन् या अरु कुनै पनि दलका नेता हुन्, शक्ति सन्तुलन बिथोल्ने काम त कार्यकारी प्रमुखको पदमा बसेका व्यक्तिहरुले नै बढी गरेका छन्। प्रधानमन्त्री बाबुरामकै बेलाबखतका बोलीलाई सम्झँने हो भने उनलाई स्वतन्त्र न्यायपालिका बोझ भएको छ, अख्तियार दुरुपयोग अनुसन्धान आयोग नभई दिएदेखि धेरै काम सजिलो हुन्थ्यो भन्ने लागेको छ। त्यसो त राष्ट्रिय सतर्कता केन्द्रले कति काम गर्छ/गर्दैन भन्न त गाह्रै छ, कास्की विमानस्थल बनाउने क्रममा माटो खन्ने ठेकेदारसित पैसा असुलेको कुरो स्वीकार गर्दागर्दै पनि यहाँ ऊ चुपचाप बस्छ र पनि प्रधानमन्त्रीलाई यो पनि बोझै छ। राष्ट्रिय मानवअधिकार आयोग त्यो पनि बोझै छ। यति धेरै बोझबाट किचिएर बसेका प्रधानमन्त्री अझै छिमेकी बोझबाट पनि थिचिएका छन्। यो बुझ्न भने गाह्रो छैन। त्यसो हो भने प्रधानमन्त्री आफू सत्तामा टिकिरहने र राष्ट्रपति अर्को दलको भएको कारणले उनलाई पनि पंगु बनाउने खेलमा लिप्त छन् भन्ने कुरो अब लुक्न सकेन।
पुष्पकमल दाहाल भने प्रधानमन्त्री त फेर्ने तर कांग्रेस-एमाले बाहेकको मान्छे ल्याउने खेलमा छन्। फुटेको नेकपा माओवादी र त्यसैगरी धेरैपटक विभाजित भइसकेको मधेस केन्द्रित दलहरुको गठजोडले बनेको वर्तमान सरकार पनि नराख्ने, सँगसँगै आफू पनि प्रधानमन्त्री हुन्छु भन्ने आँट नगर्ने, स्वतन्त्र व्यक्तिबाट निर्वाचन गराउने वा नगराई केही समय अझै पनि आफ्नै दलको अधिवेशन सम्पन्न गर्ने सोचमा भएको स्पष्ट देखिन्छ। यी सबै अभिव्यक्तिहरु उनको पार्टीबाट मात्र होइन, राजनीतिबाटै पराजयका परिणाम हुन्। उनले आफ्नै पार्टीभित्रको विभाजनलाई यो अधिवेशनभित्र टुंग्याउन सकेनन् भने फेरि पनि उनको पार्टीको सम्पत्तिलाई लिएर धेरै ठूलो रडाको उठन सक्ने सम्भावना छ। अहिले त मात्र सैद्धान्तिक सहमतिले मत्थर भएको हो।
राष्ट्रपति या प्रधानमन्त्री यो बेग्लाबेग्लै जिम्मेवारी संविधानले निर्धारण गरेको छ। दुवैले संविधानभित्रै बस्नुपर्छ। प्रधानमन्त्रीको सरकार हाँक्ने हैसियत समाप्त भइसक्यो। पटकपटकका घटनाक्रमका कारण उनले लज्जाबोध गर्नुपर्ने थियो। एक त आफूले स्वीकार गरेको कार्य सम्पादन गर्न नसकेकै बेला राजीनामा दिनुको साटो उनले सत्ता कब्जाको बाटो लिए। भ्रष्टाचारका ठूला-ठूला काण्डहरु उजागर भए जसमा विदेशीदेखि उनकै श्रीमतीसम्मको संलग्नता देखियो। तर उनी भने त्यसबाट चोखो हुन मात्र खोजेनन् सत्ता कब्जा हाम्रो प्रयत्न नै हो भन्न थाले। आईजीपी नियुक्तिको प्रकरणमा मूल्य बढाबढको स्थिति आइसक्दा पनि उनी लाचार, निरिह, अकर्मण्य भएर बसे। अन्त्यमा, एउटै दलको राष्ट्रपति र प्रधानमन्त्री हुनुहुँदैन भन्ने यो ताजा कुतर्कले एकीकृत नेकपा माओवादी फेरि फुटको संघारमा पुगेको कुरालाई संकेत गरेको छ। यदि यस्तो होइन भने निर्वाचन गराउन नसक्ने र नचाहने अहिलेको सरकार नेपाललाई अस्थिर राखेर अनैकौं खेल खेलिरहन चाहन्छ भन्ने कुरालाई प्रष्टयाउँछ।