कांग्रेसको कथा
१३ असोज २०६९
•
१२ मिनेट पाठ
कांग्रेसको कथा
नेपाली कांग्रेसका वयोवृद्ध सभापति सुशील कोइरालामाथि उहाँको आफ्नै दलका कार्यकर्ताले आक्रमण गरेको खबर कुनै पनि अर्थमा सुखद् होइन। वाद, विवाद र प्रतिवादका सबै पक्षलाई खुला राख्ने लोकतान्त्रिक पद्धतिमा विश्वास राख्ने कांग्रेस पार्टीका कार्यकर्ता आफ्नै पार्टीका सभापतिमाथि आक्रामक हुनु भनेको त्यो पार्टीबाट लोकतान्त्रिक मान्यता खुइलिन थालेको संकेत हो। हुन त, २०४६ मा पहिलो जन-आन्दोलनको सफलतापछि नै कांग्रेस पार्टी लोकतान्त्रिक बाटोबाट विचलित हुन थालेको हो। जन-आन्दोलनको नेतृत्व गरेर पार्टीका आइकोन बन्नुभएका सर्वमान्य नेता गणेशमान सिंहको सार्वजनिक अपमान र पार्टी त्याग २०४६ पछिको सर्वाधिक विग्रहकारी घटना थियो कांग्रेसका लागि। यसभन्दा अघि, एमाले नेता मदन भण्डारीको निधनपछि भएको संसदीय उपचुनावमा सभापति कृष्णप्रसाद भट्टराईको उम्मेदवारीविरुद्ध पार्टीकै सरकारको संगठित अभियानको घटनाले यो पार्टीमा अपसंस्कृति सुरु भएको संकेत दिएको हो। तैपनि, पार्टीमा प्रतीककै रुपमा भए पनि बाँकी रहेका केही लोकतान्त्रिक विम्वहरु अब विस्तारै लोप हुन थालेका छन्। यसलाई अस्वाभाविक मान्न मिल्दैन। कांग्रेस आफैँले सुरु गरेको राजनीतिक संस्कार आफैंले थेग्न नसकेका कारणले मात्र त्यस पार्टीभित्र यति धेरै बिग्रह सुरु भएका हुन। सभापति सुशील कोइरालामाथिको आक्रमण यही विग्रहको पछिल्लो कडीमात्रै हो।

स्वर्गवासी नेता गिरिजाप्रसाद कोइरालाका अभिन्न सहयोगी र विश्वासपात्र व्यक्तिका रुपमा सभापति सुशील कोइराला पछिल्लो समयमा कांग्रेसको मूल्य पद्धतिको निर्माणमा दत्तचित्त रहनुभएका व्यक्ति हो। उहाँले जहिल्यै पनि कांग्रेस पार्टीको संस्थागत विकासको नारा दिनुभयो। तर, त्यो नारा आफैंमा संस्थागत हुन सकेन। त्यो एउटा थेगोका रुपमा मात्रै स्थापित भयो। साँचो कुरा भन्ने हो भने सुशील कोइरालाले जुन बेलादेखि कांग्रेसको संस्थागत विकासको चिन्तन सुरु गर्नुभयो, त्यही बेलादेखि यसको विस्थापन र विभाजन पनि सुरु भयो। यसलाई संयोग भनेर चित्त बुझाए पनि हुन्छ। तर, यो संयोगमात्र भने होइन। देशको सबैभन्दा ठूलो लोकतान्त्रिक पार्टीलाई सीमित मानिसको घेरोभित्र संकुचित तुल्याउने काम जति सुशील कोइरालाबाट भयो, त्यति अरु कसैबाट भएन। अहिले सभापतिका रुपमा उहाँले नै त्यो संकुचित वातावरणले ल्याएको प्रतिकूलताको भोग गर्नुपरेको छ।

पहिलो जन-आन्दोलनपछि राजकाजको डाडु-पन्युँ पाएदेखि नै कांग्रेसको रुपान्तरण सुरु भएको हो। त्यो ऐतिहासिक जन-आन्दोलनपछि शक्तिमा गएका नेताहरुले कांग्रेसलाई प्रजातान्त्रिक आन्दोलन र अभियानको बाटोबाट मोडेर सत्ता प्राप्तिको मसिन बनाए। नेतृत्वले पदको भागवण्डामा समावेशी नीति नअपनाएका कारणले कांग्रेसमा विभिन्न क्षेत्रीय नेताहरुको गुटको बिगबिगी बढेको हो। कार्यकर्ताको दुःखसुख बुझेर खर्चपानीको व्यवस्था गर्न खप्पीस बाहुबली नेताहरु खुमबहादुर खडकादेखि विजयकुमार गच्छदारसम्म सबै आ-आफना गुटमा रमाएका थिए। गुट बनाउन नसक्ने केही नेता प्रमुख गुटका नेताहरुसँगको सहकार्यमा रमाउँथे। बलियो गुट नभएसम्म नेताहरुलाई थर्काउन र मर्काउन नसकिने भएकाले गुट निर्माण सत्तामा जाने पहिलो खुड्किलो नै बन्न थाल्यो। यीमध्ये सबै वा अधिकांश गुटको आधिपत्य तत्कालीन सभापति तथा प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको मातहत र नियन्त्रणमा रहने गर्थ्यो। यसले गर्दा गुटको असर प्रत्यक्ष देखिँदैनथ्यो।

अहिलेका सभापति सुशील कोइराला त्यसै बेलादेखि स्वयं विभिन्न गुट र उपगुटको घेरामा बाँधिनुभएको थियो। अहिले पनि त्यो अवस्थामा परिवर्तन आएको छैन। वरिष्ठ नेता शेरबहादुर देउवाको वरिष्ठतालाई सभापति स्वयंको गुटले निरन्तर चुनौती दिइरहेको छ। पार्टीको गुटवादी राजनीतिमा उप-सभापति रामचन्द्र पौडेल पनि लाग्नुभएको छ। किनभने विना गुट अब कांग्रेस राजनीतिमा टिक्नु कठिन छ। केन्द्रीय समितिका प्रत्येक सदस्य सबैको आ-आफनै गुट छ। जसको गुट छैन, उसको राजनीतिक भविष्य संदिग्ध छ। गुटको यो ब्यूह यति गहिरो र यति कुटिल छ कि लगभग कुनै गुटका नरहेर आफ्नो इमानमा टिकिरहनुभएका भीमबहादुर तामाङको नाउँमा पनि एउटा अलग गुट खडा भएको छ। यो गुटले कसरी काम गर्छ भन्नेचाहिँ शायद भीमबहादुरजीलाई नै थाहा छैन। आफूलाई खाँट्टी कांग्रेस बताउनेहरु सबै भ्रमित छन किनभने आफ्नो नाम कतिबेला कुन नेताको गुटमा जोडिने हो, त्यो कसैलाई थाहा छैन।

पहिचान, योगदान र इतिहासका हिसावले एक्लो पार्टी भएर पनि यसको प्रभावकारिता सीमित भएको छ। कांग्रेसमा पढेका र नपढेका विशिष्ट व्यक्तिहरुको कमी अहिले पनि छैन। तर, ती विशिष्ट व्यक्तिले नयाँ परिस्थितिमा कांग्रेसको बाटो पहिल्याउन सकेका छैनन्। सरकारको संयन्त्र नसमाएसम्म नयाँ बाटोको पहिचान मात्रैले के पो हुन्छ र भन्ने बडो उदेकलाग्दो अभिव्यक्ति दिने गर्छन् कांग्रेसजन। समाजमा पार्टीलाई कसरी पुनर्स्थापित गर्ने भन्ने चासो कमैमा देखिन्छ। पार्टीले बेलाबेलामा गैरसरकारी संस्थाको जस्तै फर्म्याटमा गोष्ठी र सेमिनार पनि गर्ने गर्छ। त्यसको प्रभावको मूल्यांकन कहिल्यै हुँदैन। सभापति कोइराला र वरिष्ठ नेता देउवाबीच विवाद उत्पन्न नभएसम्म कांग्रेस रुचिकर समाचार बन्दैन। कांग्रेससँग रोचक समाचार बनाउने नयाँ कुरा केही नभएको प्रतीत हुन्छ।

कांग्रेसभित्रको नयाँ पुस्तामा छटपटी र हुटहुटी नभएको होइन। एकथरि मानिस बीपी कोइरालाका कान्छा छोरा शशांक पार्टीका तारणहार बन्न सक्छन् कि भन्ने आशमा छन्। निश्चय पनि शशांकले कम्मर कसे भने कांग्रेसमा हलचल आउन सक्छ। तर उनले ल्याउन सक्ने हलचल मात्रैले कांग्रेसमा परिवर्तन आउन सक्दैन। पहिलो कुरा त, अहिलेको कांग्रेस पार्टीभित्र स्वयं बीपीको आधिकारिकता ओझेलमा पारिएको छ। अर्को शशांकसँग बीपीको उत्तराधिकारलाई धान्न आवश्यक बलिया सहयोगी हात पनि देखिँदैनन। सोनिया गान्धीका पुत्र राहुलको जस्तो अवस्था पनि छैन उनको। पार्टीभित्र विभिन्न थरिका कल्प र विकल्पहरुको खोजी भइरहेको अवस्थामा शशांक नयाँ पुस्ताका उत्तम नेता हुन त सक्लान पनि। कांग्रेसभित्र अहिले देखिएका गुटले उनलाई पखेँटा फैलाउन देलान्/नदेलान्? यो अर्को अहम् प्रश्न हो।
अहिलेको राजनीतिक उहापोहका बीच कांग्रेसको इतिहास पल्टाएर हेर्ने फुर्सद कसैले निकालेका छैनन्। कांग्रेसमा हिजो पनि गुट नभएको होइन। गुट थियो र पनि कांग्रेस सशक्त थियो। किन हिजो सशक्त थियो कांग्रेस? आज किन यो कतै नपुगिने यात्रामा लगातार एउटै वृत्तमा घुमिरहेको छ? एकजना कांग्रेसीले पनि यो कुरा सोचेको पाइँदैन। हिजो कांग्रेस नेपाली राजनीतिको एक्लो खेलाडी थियो। २०४६ को आन्दोलनसम्म उसका प्रतिद्वन्द्वी राजनीतिक दलहरुको शक्ति सीमित थियो। अहिले नेपाली राजनीतिबाट कांग्रेसको एकाधिकार समाप्त भइसकेको छ। खेलाडीहरुको संख्या बढेको छ। कांग्रेसले त्यसअनुरुप आफूलाई संस्थागत र संगठित गर्न सकेको छैन। देशमा तीन तीन पटक प्रजातान्त्रिक आन्दोलनको नेतृत्व गर्ने कांग्रेस वामपन्थी शक्तिसँग कडा प्रतिस्पर्धामा धकेलिएको छ। पछिल्लो गणतान्त्रिक क्रान्तिको नेतृत्व उसले माओवादीसँगको साझेदारीमा गरेको थियो। अहिले त्यसलाई धान्नसमेत हम्मेहम्मे परेको छ कांग्रेसलाई। कांग्रेसमा सिर्जनशील र कल्पनाशील नेतृत्वको अभाव स्पष्ट देखिएको छ। यो अवस्थामा कांग्रेस सभापति एउटा सामान्य कार्यकर्ताको आक्रोशको शिकार हुन्छन् भने मान्नैपर्छ- त्यो पार्टीको नेतृत्वले सद्भाव गुमाउँदैछ।
अर्को समाचार
किसुनजीले नजन्माएका छोरीहरू
२४ फागुन २०७५
•
२२ मिनेट पाठ
किसुनजीले नजन्माएका छोरीहरू
डा. माधवी भट्ट

मेरो बाल्यकालको मुख्य हिस्सा नेपाली राजनीति र नेताहरूका संघर्षका कथा सुनेर र बुझेर नै बित्यो। राणा र पञ्चायती शासनविरुद्ध संघर्षरत बुवा रोहिणीदेव भट्ट विसं २०३० को दशकमा पक्षघातले थलिएर केही वर्ष निष्क्रियजस्तो हुनुभएको थियो। म भने बाल्यकालका खुट्किलाहरू चढिरहेकी थिएँ, उहाँको कष्टप्रद दैनिकी हेर्दै। गोर्खाको विकट गाउँमा समाचारको स्रोत रेडियो मात्रै थियो। त्यसैले काठमाडौँबाट निरन्तर पठाइने साप्ताहिक पत्रिका, नेपाली कांग्रेसको मुखपत्र र नेता कृष्णप्रसाद भट्टराई (किसुनजी) ले पठाएका हस्तलिखित पत्रहरूको प्रतीक्षामा बित्थे बुबाका दिनहरू।

किसुनजीका पत्रहरू ‘प्रिय साथी रोहिणीजी’बाट प्रारम्भ भई ‘तपाईंको स्नेही कृष्णप्रसाद भट्टराई’ भनी टुङ्गिएको हुन्थ्यो। सन्चो–विसञ्चो, महिला नेतृराष्ट्रिय राजनीति र पार्टीको भावी कार्यदिशाबारे संक्षिप्त उल्लेख गरिएको हुन्थ्यो, पत्रको पेटबोलीमा। पहिलो पटक ती पत्रहरू बुबा आफैँ पढ्नुहुन्थ्यो। अनि पटक पटक मलाई पढ्न लगाइरहनुहुन्थ्यो। ती पत्रहरू प्रेमले सुम्सुम्याउनु हुन्थ्यो र जतनले थन्क्याउनु हुन्थ्यो दराजमा। केरमेट नगरिएका किसुनजीका अक्षरहरूले मलाई सम्मोहित बनाउँथे। बुबाको आँखा छलेर ती पत्रहरू दर्जनौँ पटक पढिरहन्थेँ। मेरा पिता समानका नेता किसुनजीको निष्ठा, त्याग र बलिदानीको प्रभावले मेरो जीवन प्रभावित छ।

किसुनजी दुईपटक गोर्खाको हाम्रो पुख्र्याैली घर पुग्नुभयो रे। तर त्यसको ताजा सम्झना छैन मसँग। बाल्यकालमा पढेका पत्रमार्फत गाँसिएको उहाँसँगको सामीप्य विसं २०४९ मा उच्च शिक्षा अध्ययनका लागि काठमाडौँ आएदेखि भने निरन्तर कायम रह्यो। विसं २०५१ सालमा म सरस्वती बहुमुखी क्याम्पसमा स्ववियु सभापतिको उम्मेदवार बन्दा उहाँलार्ई भेट्नुपर्छ भन्ने धेरै साथीको जोडबल थियो। बुबाले पनि एक पटक किसुनजीलाई भेट गराउने इच्छा गर्नुभएको थियो। विद्यार्थी राजनीतिलार्ई पार्टी राजनीतिबाट अलग्गै राख्ने चाहना भएकाले भेटका लागि हतार गरिनँ। भेट्नै परिहालेमा के भनेर सम्बोधन गर्ने भन्ने अन्योल चाहिँ थियो। बुबाले एक दिन भन्नुभयो, ‘आज म किसुनजीसँग भेट्ने समय मिलाउँछु। दिउँसो पार्टी कार्यालय आइज।’ उहाँले नै थप्नुभयो, ‘किसुनजी नभनेस्। बुबा भनेस्।’

उनले थपिन्, ‘किसुनजी पनि त्यस्तै हुनुहुन्छ नि ! कति राम्री देखिएकी भनेर सबैका अगाडि जिस्याउनुहुन्छ।’

क्याम्पसमा भएको पूर्वनिर्धारित कार्यक्रमका कारण म पार्टी कार्यालय जान सकिनँ। बेलुकी साढे पाँच बजेतिर किसुनजीका शिष्य तथा सांसद होमराज दाहाल सरस्वती क्याम्पस आइपुगे। तिनले हतारमा भने, ‘किसुनजी र तिम्रो बुबा तिमीलार्ई कुरेर ५ बजेसम्म पार्टी कार्यालयमै हुनुहुन्थ्यो।’ साँझ परिसकेकाले त्यस दिन जान सम्भव थिएन। बेलुकी घरमा बुबा नराम्ररी रिसाउनुभयो। भोलिपल्ट क्याम्पसबाटै फोन गरेँ पार्टी कार्यालयमा। तर किसुनजी आइपुग्नु भएकै रहेनछ। फोन उठाउने मान्छेले मेरो नाम र फोन नम्बर मागे। मोबाइल फोनको चलन थिएन। क्याम्पसकै नम्बर दिएँ मैले। करिब एक डेढ घण्टापछि क्याम्पसका एक कर्मचारी मलाई खोज्दै आएर भने, ‘किसुनजीले फोन गर्नुभएको छ।’ यसरी पहिलो पटक किसुनजीसँग मेरो परिचयात्मक संवाद भयो फोनमार्फत। उहाँले हाँस्दै ठट्यौलो पारामा आफ्नी भान्जीको नाम पनि माधवी नै भएको बताउनु भयो। उहाँले तिमी पनि मेरो परममित्रको छोरी रहिछौ भनी थप आत्मीयता देखाउँदै प्रश्न गर्नुभयो, ‘एमएसम्म पढाइ हुने कलेजमा तिमी टिनएज पनि पार नगरेकीले भोट पाउँछ्यौ ? इन्टरमिडियट नै नगरी राजनीतिमा लाग्नु हुन्छ ?’

‘मैले नजन्माएको छोरो’ कथामा साहित्यकार पारिजातले अभिव्यक्त गरेजस्तै किसुनजीले छोरीकै रूपमा स्नेह गरेका धेरै महिलाहरू भने उहाँमा कामुकता र विपरीत लिङ्गप्रतिको वासना देख्थे। जुन मलाई निकै अस्वाभाविक लाग्थ्यो।

त्यसपछि त कलेजका साथीहरूले पत्रिकामा किसुनजीको फोटो देखे पनि जिस्क्याउन थाले— ‘माधवीको बा’को फोटो छापियो। स्ववियु सभापतिको उम्मेदारीसँगै मेरो भेटघाट र चिनजानको दायरा फराकिलो हुन पुग्यो। यही क्रममा स्थापितदेखि नवप्रवेशी कांग्रेसी महिलाहरूसँग छलफल र संवादमा आउने मौका मिल्यो। हरेकले किसुनजीसँग जोडेर अनेकौँ किस्सा सुनाउँथे। केही  महिलाहरू किसुनजीले आफूलार्ई जिस्क्याएको भनी दंगदास देखिन्थे। केही महिलाहरू किसुनजीसँग जोडेर आफूलार्ई बात लगाइएको गुनासो गर्थे। उता किसुनजीले भने कसैप्रति पनि त्यो खालको आसक्ति देखाएको भेटिनँ। हाँसठट्टा गर्नु र रिसाउनु त किसुनजीको अन्तरङ्ग गुण नै पो थिए जस्तो लाग्छ। म र मजस्तै कैयौँ आफ्ना स्नेही साथीका छोरीहरू र अन्य महिलालार्ई उहाँले छोरी जस्तै पनि ठान्नुहुन्थ्यो। तर विडम्बना ‘मैले नजन्माएको छोरो’ कथामा साहित्यकार पारिजातले अभिव्यक्त गरेजस्तै किसुनजीले छोरीकै रूपमा स्नेह गरेका धेरै महिलाहरू भने उहाँमा कामुकता र विपरीत लिङ्गप्रतिको वासना देख्थे। जुन मलाई निकै अस्वाभाविक लाग्थ्यो।

फोनमा कुराकानी भएपछि पनि लामो समयसम्म किसुनजीलाई भेटेकी थिइनँ। एक महिला नेत्रीको जोडबलका कारण एक दिन कुपण्डोलस्थित किसुनजीको निवास पुगँे। ती महिलालार्ई हेर्दै किसुनजीले हाँसोसहित ‘बाफ रे बाफ तपाईं आउनुभयो’ भन्नुभयो। सामान्य कुराकानी गर्नुभयो। मलाई देखाउँदै ‘यिनी को हुन्’ भन्नुभयो ? मेरो परिचयसँगै उहाँले आत्मीयता थप्नुभयो। राजनीति छोडेर पढ्नुपर्छ भनी पुनः सम्झाउनु भयो। फर्कंदा ती महिलाले मुख रातो–पिरो बनाउँदै मसँग भनेकी थिइन्, ‘मैया मलाई त किसुनजीको बात लगाउँछन्। राजनीतिमा लाग्न सजिलो छैन।’ राजनीतिमा सचेत र पूरै सक्रिय मैले कहिल्यै कसैले उनीमाथि त्यस्तो लाञ्छना लगाएको थाहा पाएको थिइनँ। त्यो उनको आफ्नै भ्रम थियो वा यथार्थ आजसम्म थाहा छैन मलाई।

अधबैँसे उमेरकी अर्की एक नेत्रीसँग म किसुनजीको खुमलटारस्थित निवास पुगँे। ती महिलाले पनि सबैले आफूलार्ई किसुनजीसँग जोडेरै कुरा काट्छन् भन्ने गुनासो गरिन्। उनले थपिन्, ‘किसुनजी पनि त्यस्तै हुनुहुन्छ नि ! कति राम्री देखिएकी भनेर सबैका अगाडि जिस्याउनुहुन्छ।’ अघिल्लो पुस्ताका यी प्रौढ महिलाहरू मात्र होइन, किसुनजीको प्रेम र स्नेहलार्ई शारीरिक वासनामा जोड्न खोज्ने मेरै उमेरका धेरै युवतीहरू थिए। जसले पारिजातको ‘मैले नजन्माएको छोरो’ पढेकै थिएनन् वा अविवाहित पुरुष हृदयलार्ई बुझेकै थिएनन्।

विद्यार्थी राजनीति छोडेपछि भने म बुबाको पछि लागेर पटक पटक पुगेँ किसुनजीलाई भेट्न उहाँको भैँसेपाटीस्थित निवास। किसुनजीले नै मलार्ई पत्रकारितामा प्रवेश गराउनुभयो र पेसागत मूल्य मान्यताको पाठ गहिरोसँग सिकाउनुभयो। उहाँले कोरिदिएका पेसागत जीवनका लक्ष्मण रेखा नाघ्ने धृष्टता म गर्न सक्दिनँ। किसुनजीले मलाई विदेशमा उच्चशिक्षा लिएर फर्केपछि मात्र राजनीतिमा लाग्न भन्नुभएको थियो। उहाँले छात्रवृत्तिका लागि प्रयत्न गर्न पनि खोज्नुभयो। मैले त्यस बेला विदेश जाने रुचि नभएको पटक पटक बताएँ। उहाँले एक दिन ‘के गर्ने त’ भनेर सोध्नु भएपछि मैले पत्रकारितामा रुचि देखाएँ। कान्तिपुर दैनिकका सम्पादक योगेश उपाध्यायलाई सिधै फोन गर्नुभयो। उनी फोनमा भेटिएनन्। मैले प्रकाशक हेमराज ज्ञवालीलार्ई नै गर्नुस् न भने। त्यस दिन उहाँले सम्पादक र प्रकाशकबीचको भिन्नता र सम्पादकीय स्वतन्त्रताबारे राम्ररी मलार्ई बुझाउनु भयो। कान्तिपुरमा गएपछि उहाँ नै मेरो समाचारको मुख्य स्रोत र गुरु दुवै बन्नुभयो। टेकुस्थित पार्टी कार्यालयमा एउटा कार्यक्रमको रिपोर्टिङ गर्न पुगेका बेला उहाँले आफ्नो कार्यकक्षमा बोलाउनुभयो र भन्नुभयो–  ‘नयाँ रिपोर्टरलार्ई आज म स्कुप दिन्छु। यो समाचार तिम्रो पत्रकारिताको टर्निङ प्वाइन्ट हुन्छ।’ उहाँले समाचार नै लेखेर तयार गरिदिनुभयो। प्रुफ मिलेको छ कि छैन पनि हेर्नुभयो। दुर्भाग्यवश, त्यो समाचार कान्तिपुरमा छापिएन।

त्यसपछि पनि किसुनजी प्रमुख अतिथि भएका कार्यक्रमहरूमा म बारम्बार गइरहन्थेँ। उहाँ टाढैबाट बोलाउनुहुन्थया, ‘लेडी जर्नो कम हियर।’ एक दिन उहाँले भन्नुभयो, ‘महत्वपूर्ण समाचार छ, तिमी पर्ख है।’ उहाँले २०४७ सालको संविधान संशोधन गरेरै भए पनि देशका समस्याहरू समाधान गर्नुपर्ने बताउनु भयो। मेरो सिट पछाडि रासस, रेडियो नेपाल र अन्य मिडियाका पत्रकारहरू पनि थिए। उहाँले अनुमति नलिइकन बसेको भनेर ती पत्रकारहरूलार्ई बेस्सरी हकार्नुभयो। ती पत्रकारहरू गलल हाँसे र भने, ‘माधवीको बा साह्रै कडा।’

विसं २०५५ पछि मेरो बुवाको स्वास्थ्य अवस्था थप जटिल बन्न गयो तर किसुनजीलाई भेट्ने र कुरा गर्ने चाहनामा कमी भएन। बुबाको उमेर र स्वास्थ्यलार्ई हेरेरै हुनुपर्छ किसुनजीले उहाँलार्ई अरु बेला मान्छेको भिडभाड हुने भएकाले खाना खाएपछि आराम गर्ने समयमा आउन भन्नुभयो। त्यही शान्त समय हो जति बेला किसुनजी रोएको र अन्तर्मनको वेदना पोखेको मैले सुन्न र अनुभूत गर्न पाएको। २०१५ साल र २०४८ सालको आम निर्वाचन अनि २०५१ सालको उपचुनावमा पराजित भई राजनैतिक जीवनको उत्तरार्धमा उभिएका कृष्णप्रसाद भट्टराईलार्ई फेरि चुनावी प्रतिस्पर्धामा जाने सल्लाह सायदै कसैले दिन सक्थ्यो। म अविवाहित हुँ, कुमार होइन भन्ने अभिव्यक्तिले चर्चा र विवादमा आएका भट्टराईलार्ई तपाईंमा सन्तानको चाहना भयो÷भएन भन्ने प्रश्न पनि सानो आँटले गर्न सकिँदैन।

२०५५ को कुनै एक मध्यान्ह आकाश कालो थियो, पानी पर्ला जस्तो। बुबाले किसुनजीकहाँ पुगेर भन्नुभयो, ‘तपाईं निर्वाचित प्रधानमन्त्री भएको हेर्ने मेरो जीवनको अन्तिम इच्छा छ।’ वृद्ध बुबाको सहयोगी बनेर गएको म आश्चर्यमा परँे। मलार्ई असाध्यै अप्ठेरो महसुस भयो। छुट्याउनै सकिनँ, बुबा यो कुरा सुरमा भनिरहनु भएको छ कि बेसुरमा। फेरि चुनावमा जाने कुराले मात्रै पनि किसुनजीलार्ई पीडा हुन्छ भन्ने मेरो अनुमान थियो। मैले साहस बटुलेर भनेँ, ‘बुबा अलिकति बिरामी हुनुहुन्छ। बुढ्यौलीका कारण कुरा बिर्सन थाल्नुभएको छ।’  किसुनजीले मलार्ई रोक्दै बुबालाई अँगालो मार्नुभयो र रुँदै भन्नुभयो, ‘चुनाउ जित्ने र निर्वाचित प्रधानमन्त्री बन्ने मेरो धोको बाँकी नै छ रोहिणीजी। अवश्यम्भावी म ‘इलेक्टेड प्राइममिनिस्टर हुन्छु।’ बुबाले किसुनजी अविवाहित रहेकाले वंश निरन्तरता नहुने र चुनाव हारेकाले निर्वाचित प्रधानमन्त्रीको भूमिकामा रहन नपाएकाले आफू दुःखी भएको बताउनु भयो। किसुनजी भावुक हुनुभयो र भन्नुभयो, ‘तपाईंले त दुई–तीन बिहे गर्नुभयो क्यारे। अहिले बुढेसकालमा लठ्ठी बोकिदिने दायाँबायाँ गर्ने छोराछोरी छन्। मलार्ई पनि घरबार गर्ने सन्तान जन्माउने इच्छै नभएको कहाँ हो र ? समय जुर्दै जुरेन। अब त समय घर्किसक्यो।’

यो अन्तरंग कुराकानीको केही महिनापछि एक दिन किसुनजीले मलार्ई बोलाउनुभयो। उहाँको निवास पुग्दा माथवरसिंह बस्नेत लगायतका स्वदेशी वरिष्ठ पत्रकारहरू र विदेशी पत्रकारहरू र कूटनीतिक निकायका प्रतिनिधिहरू पनि थिए। किसुनजीले सबैलार्ई भेट्नुभयो। मलार्ई पर्खाइरहनुभयो। माधवरसिंह लगायतका पत्रकारहरू नजिकिँदै समाचारका लागि सोधपुछ गर्न थालेपछि म पनि अघि सरेँ। उहाँले मलार्ई रोक्नुभयो र पर्खाउनुभयो। माथवरजीलार्ई भन्नुभयो, तपाईंलाई जे मन लाग्छ, लेख्नोस् अनि किसुनजीले भन्नुभयो भनेर टुंग्याउनुस्। बैठक कोठामा बसेका सबै हाँस्न थाले। मेरो पालो आएन। सबैलार्ई चिरपरिचत शैलीमा नमस्कार गर्दै किसुनजी मर्निङ वाक जानुभयो। मर्निङवाकवाट फर्केपछि उहाँले निकै गम्भीर हुँदै भन्नुभयो, आज महत्वपूर्ण समाचार छ, त्यसैले पर्खाएको। पार्टी समर्थक पत्रिकालार्ई दिएजस्तो समाचार ब्रोडसिट दैनिकलार्ई मिल्दैन। अनि उहाँले घोषणा गर्नुभयो, ‘म निर्वाचित प्रधानमन्त्री बन्न चाहन्छु।’ उहाँले निर्वाचत प्रधानमन्त्रीको जिम्मेवारी र कार्यशैली फरक हुन्छ भन्ने आफ्नो मान्यता रहेको र त्यो पूरा गर्न आफू कटिबद्ध रहेको पनि बताउनु भयो। कान्तिपुर दैनिकमा भोलिपल्ट मुख्य समाचार बनेको यसले ठूलै राजनीतिक तरंग ल्यायो। त्यसो त कान्तिपुर दैनिकको न्युज रुमबाट टेलिफोनमै पनि कुरा गरेँ मैले।  मनमोहन अधिकारीको निधनमा कान्तिपुर दैनिकका पत्रकारहरूले किसुनजीसँग अन्तर्वार्ता गर्न सकिरहेका थिएनन्। एकदिन म पुग्नासाथै उहाँले मलार्ई मनमोहन अधिकारीबारे टिपाउन थाल्नुभयो। उहाँलार्ई मैले सम्पादकले आफूलार्ई त्यो असाइन्मेन्ट नदिएको बताए। टिपोट गरेका पेजहरू किसुनजीलार्ई फिर्ता गरेँ। पछि त्यो गोरखापत्रमा छापिएको थियो।

बुबाको र किसुनजीको घनिष्ठता २०१५ सालमा गोर्खामा नेपाली कांग्रेसको उम्मेदवार हुनुअघिदेखिको नै हो। पन्ध्र सालमा परम्परागत कट्टर धार्मिक विश्वासमा अडिएको गोर्खाले स्वतन्त्रता र स्वच्छन्दताको भरपुर उपयोग गर्न चाहने आधुनिक उम्मेदवार पायो, कृष्णप्रसाद भट्टराईलाई। कांग्रेसको पक्षमा पूरै उत्रेको गोर्खामा मेरा बुवा नै मुख्य उम्मेदवार ठानिए पनि बिपी कोइरालाको विशेष अनुरोधमा किसुनजीका लागि ठाउँ छोड्न राजी हुनुभएको थियो बुबा। किसुनजीलार्ई जिताउने हर प्रयासमा लाग्नुभयो बुबा। तैपनि बाटोमा हिँडिरहेका महिलाहरूसँग खुलेर बोल्ने, हाँसीमजाक र ठट्टा गर्ने अनि ब्राह्मण कुलमा जन्मेर लोकल रक्सी र कुखुराको मासु खाने किसुनजीको दिनचर्यालाई त्यसबेला गोर्खाका मतदाताले पचाउन सकेनन्। पहिलो आम निर्वाचन २०१५ सालदेखि संसदीय चुनाव जित्ने किसुनजीको धोको २०५६ सालमा पर्सा जिल्लाका मतदाताबाट पूरा भयो। बुबाले किसुनजीको सम्मानमा लेखेको कविताको चार लाइन:

फुल्यो हाम्रो फूलबारीमा फूलै फूल राताम्य

तीस वर्षअघिको नै हो यो तारतम्य

धर्तीमुनि बस्यौ बास ग-यौ सच्चा समर

पुग्यो वाण विपक्षीलार्ई भयौँ हामी अमर

(स्पष्टीकरण : हाल म कुनै पनि राजनीतिक दलको साधारण सदस्यसमेत होइन।)
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस