दुई सदनको निर्वाचन
११ असोज २०६९
•
१२ मिनेट पाठ
दुई सदनको निर्वाचन
विपक्षी दलहरुले झण्डै चार महिनापछि बल्ल निर्वाचनमै जाने निधो गरेका छन्। त्यो पनि अझै काँचो छ। केका लागि कसरी जाने भन्ने धारणा उनीहरुले बनाउन सकिरहेका छैनन्। निर्वाचनमा त जाने तर केका लागि, कसरी र कस्तो सदनका लागि मत माग्ने भन्ने निर्क्यौल गर्न बाँकी नै छ।
सबभन्दा पहिला विपक्षी दलहरुले निर्वाचनको अपरिहार्यता आत्मसात गर्न जरुरी छ। जेठ १४ मै गरेको भए मंसिरमै निर्वाचन सम्भव थियो। बित्थामा समय गुजि्रयो। अनिर्णयको बन्दी बनाइएको पुरानो जनादेशको संविधान सभालाई नै ब्युँताउने असफल लोभमा उनीहरु फसे। पदमुक्त भनिएका प्रधानमन्त्रीको म्यादमात्र बढाउने मतियारमा सीमित हुन पुगे। अहिले निर्वाचनमा जाने भने पनि उनीहरुले निर्वाचनलाई आत्मसात गर्न नसक्दा बाबुराम भट्टराईको गठबन्धनको आयु झन लम्ब्याउन सहयोगी भूमिका गर्न खोज्दैछन्। यो सरकार त्यसै जाने भए संविधान सभालाई त्यसरी असफल तुल्याइने नै थिएन।
विपक्षीहरुले निर्वाचनबारे छलफल वा सहमतिको सर्त नै अर्को सरकारको गठनलाई बनाएका छन्। त्यसको दबाबका लागि आन्दोलन गर्ने भन्दैछन्। सुशील कोइराला र मोहन वैद्यबीच भेटघाटसमेत भएको छ। तर वैद्यको माओवादी अर्को निर्वाचनको पक्षमै छैन। जुन दलसँग निर्वाचनमा जाने कार्यदिशै छैन, ऊसँग आन्दोलनको सहकार्यले कांग्रेसलाई थप आँट दिने छैन। बरु निर्वाचनको स्वरुप, प्रक्रिया र उद्देश्यबारे गठबन्धन गर्दा राजनीतिक बल आर्जन गर्न सकिन्थ्यो।
कांग्रेस र एमालेले लोकतान्त्रिक निकासका रुपमा यथाशीघ्र निर्वाचन भनेर विपक्षी वातावरण तयार गर्नु आफैँमा बलियो आन्दोलन हुनेछ। अब केका लागि निर्वाचन? स्वभावतः संविधान सभाका लागि भन्न सक्नुपर्छ। संविधान सभाबाट संविधान बनाउन निर्वाचन भनेरै मुठी कस्नु राजनीतिक हुनेछ। कस्तो संविधान सभा, कति सदस्यीय, सदस्यहरु कसरी चुन्ने, कति अवधिका लागि भन्ने मूल प्रश्न बनाएर छलफलको नेतृत्व उनीहरुले गर्नुपर्ने हो।
पहिला नेताहरुले हतारमा अन्तरिम संविधान बनाउँदा संविधान सभालाई जम्मा दुई वर्षे म्याद तोकिदिएका थिए। आफैँ बढाएर चार वर्ष पुर्‍याए पनि त्यसले न संविधान निर्माण, न संसदीय भूमिकामा आफूलाई केन्द्रित गर्न सक्यो। सरकार गठन र विस्थापन हावी हुन पुग्यो। हामीले अवलम्बन गरेको निर्वाचन प्रणालीबाट कुनै दलको पनि कहिल्यै बहुमत आउन चमत्कारै हुनुपर्छ, सामान्यतयाः सम्भव हुँदैन। यस्तो प्रणालीले सधैं गठबन्धन सरकार बनाउँछ र सहमतीय अभ्यास माग गर्छ। अबको निर्वाचनले पनि फेरि त्रिशंकु वा अझ बढी विभाजित सदन निर्माण गर्ने निश्चित छ। सरकारको स्थायित्व फेरि पनि मूल सरोकार भइरहनेछ र संविधान मस्यौदा सत्ता राजनीतिको वादविवादमा अल्भि्करहने छ।
अघिल्लो अवधिको पाठ र आगामी निर्वाचनको सम्भावित परिणाम आंकलन गर्ने हो भने पाँच वर्ष पूर्ण आवधिकको सदनका लागि निर्वाचन गर्नु आवश्यक छ। तर एउटै सदन हुँदा संविधानभन्दा सत्ता महत्त्वपूर्ण हुनपुग्ने भएकाले दुईटा सदन अबको उपयुक्त विकल्प हो। एउटा तल्लो सदन जसले व्यवस्थापिकाको जिम्मेवारी लिनेछ र अर्को माथिल्लो सदन जसले संविधान सभाको। माथिल्लो सदन अर्थात् संविधान सभाले एकाध वर्षमा संविधान मस्यौदा गरिसकेपछि माथिल्लो सदनकै रुपमा बाँकी अवधि संसदीय भूमिका निर्वाह गर्न सक्नेछ। अल्प अवधिको निर्वाचनले ल्याउने तनाव र चुनौती त्यसै मत्थर हुनेछ।
तल्लो सदनलाई प्रत्यक्ष निर्वाचितहरुको प्रभावकारी व्यवस्थापिका बनाउन सकिनेछ। जनताले प्रत्यक्ष जिताएर पठाएका उम्मेदवारहरु जनताप्रति उत्तरदायी भएर सरकारका काम/कारबाही परीक्षण गर्ने, कानुन बनाउने, बजेटमाथि छलफल गर्ने र पारित गर्ने संसदीय मर्यादा र दायित्वमा केन्द्रित हुन पाउनेछन्। सरकार अस्थिरै भए पनि स्थिर व्यवस्थापिकाले मुलुकको लोकतान्त्रिक प्राण भरिरहनेछ र जनसरोकारलाई सधैं प्रतिनिधित्व गरिरहनेछ। राजनीतिक स्थायित्व त्यसले दिन सक्नेछ।
उता उपल्लो सदनले संविधान सभाका रुपमा पहिलो काम संविधानै बनाउनेछ। त्यसमा दलीय ह्वीप लाग्ने छैन। दलको खटनपटनले त्यसै पनि संविधान सभालाई संकुचित र नियन्त्रित गर्छ। ह्वीपले संविधान सभाको खास औचित्य पनि सावित हुन दिँदैन। संविधान सभाभन्दा दलीय गठबन्धन र सहमतिको खोजीको रिसोर्ट बैठकहरु दोहोरिने छन्। त्यसले सत्ताको स्वार्थसँग संविधानका अन्तरवस्तु साटफेर गर्न दलहरुलाई अभिशप्त तुल्याइदिनेछ।
देशले अंगिकार गरेको निर्वाचन प्रणाली त्यसै पनि अहिले अदलबदल गर्न सम्भव छैन। जातीय, धार्मिक, क्षेत्रीय र लैंगिक प्रतिनिधित्व सुनिश्चित गराउने समावेशी सिद्धान्त हाम्रो लोकतान्त्रिक चरित्र भइसकेको छ। ऐतिहासिक विभेदहरुको पृष्ठभूमिमा पिछडिएका जनताका सही आकांक्षा पूरा गर्न त्यो प्रणालीको सान्दर्भिकता त्यसै पनि मानिएकै छ। त्यतिखेर समावेशी प्रतिनिधित्वका लागि दलहरुले तोकिएबमोजिम उम्मेदवारी दिनैपर्ने हुनेछ, गत निर्वाचनमा झैं।
माथिल्लो सदन समानुपातिकतर्फका उम्मेदवारबाट चुनिने छन्। तल्लो सदनमा दलविशेषले ल्याएको मतका आधारमा तिनले आफ्ना उम्मेदवार मनोनित गर्नेछन्। तर विगतको अनुभवका आधारमा समानुपातिक सूचीमा पनि एउटा सर्त लागु गर्नु आवश्यक छ। प्राथमिकताको निर्धारण जनतामा पुग्नुअघि नै दलहरुले गर्नुपर्नेछ। अन्यथा नेताका खल्तीबाट आखिरी क्षणमा निस्कने नामले माथिल्लो सदन वा संविधान सभाको गरिमा र अपेक्षा पूरा गर्न सक्ने छैन।
माथिल्लो सदनमा प्रधानमन्त्री, मन्त्रीको होडमा नलाग्ने व्यक्तिहरु पठाउने सुनिश्चितताका लागि सरकारमा जान तल्लो सदनको सदस्य हुनैपर्ने व्यवस्था गर्न सकिन्छ। त्यसले संविधान सभालाई सत्ताको छायाँबाट पर राख्नेछ। दलहरुले माथिल्लो सदनका लागि आवश्यक योग्यता, क्षमता, अनुभव र ज्ञान भएका तथा संविधान निर्माणमा जनताको प्रतिनिधित्व गर्नसक्ने उम्मेदवार तय गरे/गरेनन्, जनताले मतपत्रमा चिनो लगाउनुअघि हेरिसकेका हुन्छन्।
आखिर संविधान एकैपल्ट सीमित समयमा लेखेर थन्क्याउने दस्तावेज होइन, सधैं अगाडि बढ्दा संशोधन गर्दै राजनीतिलाई वैधानिकता दिँदै जाने दर्शन न हो। सन् १९५० देखि संविधान निर्माण जारी भन्ने शीर्षकमा भारतीय संविधानको विकासक्रमबारे पुस्तक लेखेका संविधानविद् सुभाष कश्यपले डेढ वर्षअघि बनारसमा नेपाल र भारतको विज्ञ छलफलमा भनेका थिए- जरुरी छैन कि म्यादभित्रै संविधान सभाले लेखेकै संविधान हुन्छ भनेर, भारतमा त संविधान अहिलेसम्म पनि लेखेर सकिएको छैन।
कश्यपले एउटै सर्त औंल्याए- हो, संविधान निर्माण प्रक्रियालाई भने राजनीतिक विभाजनबाट अलग राखिनुपर्छ।
दुई सदनात्मक अवधारणा अवलम्बन गरियो भने दुई दुईटा मतपत्र पनि आवश्यक पर्ने छैन। बरु दोस्रो मतपत्र स्थानीय निकायका लागि बनाउन सकिनेछ। मतदातालाई कम झन्झट हुनेछ। स्वाभाविकरुपमा अब हुने निर्वाचनमा केन्द्रमात्र बलियो बनाउने स्वार्थ प्रयोग गर्न मिल्दैन। डेढ दशकदेखि रिक्त स्थानीय निकायको निर्वाचन यस पटक पनि पन्छाउनु भनेको देशलाई जगैदेखि जवाफदेहीविहीन तुल्याइरहनु हो। दलहरु आफ्नो दायित्वप्रति सजग भए भने आगामी चैतमा स्थानीयदेखि राष्ट्रियसम्मको निर्वाचन एकै शृंखलामा गर्न सकिन्छ।
त्यसका लागि विपक्षी दलहरुले सरकार फेर्ने मुद्दालाई पहिलो विषय बनाउने होइन। चुनाव तय भएपछि चुनावी सरकारको त्यसै आवश्यकता देखिनेछ। कसको नेतृत्वमा सरकार भन्ने विषयमा आन्दोलन गर्ने हो भने निकास र निर्वाचन दुवै पर धकेलिने छन्। निर्वाचनमा सहमति भएपछि राष्ट्रपतिमार्फत् गरिने अन्तरिम संविधान संशोधनले चुनावी सरकारका लागि बाधा अड्काउ पनि फुकाउने बाटो देखाउनेछ।
अर्को समाचार
प्रतिनिधिसभा बैठक शुरु, सभामुख चयन हुँदै
०५ माघ २०७९
•
१ मिनेट पाठ
प्रतिनिधिसभा बैठक शुरु, सभामुख चयन हुँदै
फाइल तस्बिर।
प्रतिनिधिसभाको सभामुखका लागि चयन प्रकृया नयाँ बानेश्वरस्थित संसद भवनमा अहिले केही बेरमै शुरु हुँदैछ।

प्रतिनिधिसभाको आजको बैठकमा सभामुखको निर्वाचन हुने सदनको कार्यसूची छ। सभामुखमा नेकपा (एमाले)का देवराज घिमिरे र नेपाली कांग्रेसका ईश्वरीदेवी न्यौपानेको उम्मेदवारी परेको छ।

घिमिरेको प्रस्तावकमा एमालेका उपाध्यक्ष सुवास नेम्वाङ र समर्थकमा नेकपा (माओवादी केन्द्र)का संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डे, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन एवं राष्ट्रिय स्वजतन्त्र पार्टी (रास्वपा)का अध्यक्ष रवि लामिछाने छन्।

न्यौपानेको प्रस्तावकमा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा र समर्थकमा नेकपा (एकीकृत समाजवादी)का नेता प्रकाश ज्वाला छन्। बैठकमा दुवै पक्षका प्रस्तावक र समर्थकले आ-आफनो उम्मेदवारलाई सभामुखमा निर्वाचित गरियोस् भनी बेग्ला बेग्लै प्रस्ताव प्रस्तुत गर्दै पक्षमा मतदान गर्न समर्थनका लागि आग्रह गर्नेछन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस