यस पटकको नेपालगन्ज बसाइका क्रममा मेरो आँखाले उनलाई निकै खोजेको थियो। उनका बारेमा सोधखोज गर्ने मन पनि थियो। तर नेपालगन्जका साथीभाइ र आफन्तसँग धेरैजसो काठमाडौंमै भेट हुने गर्छ।
त्यसैले उनका बारेमा जानकारी भएका त्यहाँ होलान् जस्तो लागेन। तैपनि चार दिनको नेपालगन्ज बसाईमा मेरा आँखा जहिले पनि उनलाई भेट्ने आशामा घुमिरहन्थे।
मैले केटाकेटीदेखि नै उनलाई देख्दै आएको थिएँ। मैले बाटोमा उनलाई देख्दा उनी पूजा सामग्रीसहित हिँडिरहेकी हुन्थिन्। या मन्दिर जाँदै गर्दा अथवा मन्दिरबाट फर्कंदै गर्दा। मैले सुनेअनुसार उनका दुई छोरा थिए। पतिको मृत्यु धेरैअघि भएका कारण उनले नै दुखम्सुखम् छोरा हुर्काएकी थिइन्।
निकै आश गरे पनि नेपालगन्जको पछिल्लो बसाईमा उनलाई देख्न नसकेको प्रसङ्ग पाल्पाको एउटा गाउँमा भएको घटनाका कारण पुनः सम्झनामा आएको हो। समाचारअनुसार त्यहाँ बोक्सीको आरोपमा एउटा परिवार नै विस्थापित भएर सदरमुकाम आउनुपरेको छ। बोक्सीको आरोप लागेकी महिलालाई छिमेकीको कुटपिटबाट जोगाउने प्रयास गर्दा उनका पति र १२ वर्षीय छोरामाथि पनि प्रहार भएपछि परिवार नै सुरक्षाको खोजीमा सदरमुकाम आएको समाचार प्रसारण भएको थियो।
यो समाचार सुनेपछि मेरो सम्झनाका पाइला पुनः १५-२० वर्षअघि फर्किएका थिए। ती एकल महिलाका दुवै छोरा हुर्किसकेका थिए। दुवैको राम्रो बन्दोबस्त थियो। दुवैको बिहेबारी पनि भइसकेको थियो। एक दिन मैले थाहा पाएँ- ती महिलामाथि पनि त्यस्तै टुनामुना गर्ने आरोप लागेको रहेछ। उनलाई ठाडै बोक्सी भनेको त सुनिएन तर टुना गरेर अरुलाई दुःख दिने गरेको आरोप उनीमाथि भित्रभित्रै लगाइएको थियो। र, त्यो आरोप लगाउनेमा उनकै बुहारीहरू भएको थाहा पाउँदा निकै आश्चर्य लागेको थियो। मैले थाहा पाएअनुसार उनका छोरालाई पनि त्यस आरोपबारे थाहा भइसकेको थियो। तर उनीहरूको विश्वास आफ्नी आमातर्फ नभएर पत्नीतर्फ थियो। आधुनिक चिकित्सासम्बन्धी लगभग सम्पूर्ण सुविधा सम्पन्न भारतीय शहर लखनउबाट जम्मा ४-५ घण्टाको दूरीमा रहेको नेपालगन्जमै पनि क्षेत्रीयस्तरको अस्पताल छ। तर एक दिन उनको घरमा झाँक्री आएको खबर थाहा पाएँ। उनकी कुनै बुहारीलाई सन्चो भएनछ। अनि झाँक्रीलाई बोलाएका रहेछन्। त्यतिबेला पनि उनकै बुहारीले सासूले टुनामुना गर्ने गरेको आरोप लगाइन्। त्यो सुन्दा मलाई निकै नराम्रो लागेर आयो। आफूले निकै कष्टसाथ अनेक अवरोध छिचोल्दै हुर्काएका छोराहरूको बिहे गर्दा उनले के/कस्तो कल्पना गरेकी होलिन्? कति सुखको आश गरेकी होलिन्? दुवै छोरा हुर्केसँगै उनले आफू पनि अब कमजोर नभएको अनुभव पक्कै पनि गरेकी थिइन् होला। अझ बुहारीहरू भित्रिएपछि पारिवारिक शक्तिमा वृद्धि भएको ठानेर कति दङ्ग परेकी थिइन् होला। तर तिनै बुहारीहरूले उनलाई टुनामुना गर्ने आरोप लगाउँदै थिए र त्यसलाई छोराहरूले पत्याएका थिए। उनी त झन् कमजोर हुन पुगेकी थिइन्। एक्लै छोरा हुर्काउने क्रममा उनलाई समाजबाट आइपरेका बाधा/अवरोध हटाउन त्यति अप्ठेरो परेको थिएन होला। तर छोरा बुहारीको त्यस किसिमको व्यवहारपछि उनले आफूलाई कति एक्लो अनुभव गरेकी होलिन्?
उनीमाथि उनकै परिवारका सदस्यले त्यस किसिमको आरोप लगाएको देख्दा मैले आफ्नो मुटु चिरिएको अनुभव गरेको थिएँ। गाउँघरमा महिलामाथि बोक्सीको आरोप लाग्दै गरेको सुनिँदै आएको छ। तर शहर बजार पनि यस मामिलामा कम छैन। अझ पढे/लेखेका आफूलाई आधुनिक समाजको महत्वपूर्ण अङ्ग ठान्नेहरू कुन बाध्यतामा यस किसिमको अन्धविश्वासमा पर्छन्? अनौठो लाग्छ।
शहरकै एउटा अर्को उदाहरण छ- वामपन्थी आन्दोलनसँग परोक्षरुपमा जोडिएकी एक आधुनिक महिलाको घरमा पुग्दा मैले अविश्वसनीय दृष्य हेर्न पाएको थिएँ। वैज्ञानिक शिक्षाको वकालत गर्ने र अन्धविश्वासविरुद्ध बोल्दै हिँड्ने ती वामपन्थी नेतृ आफ्नोमा काम गर्ने सहयोगीमाथि चोरीको आरोप लगाउँदै थिइन्। र, यसका लागि उनले उही जादूको सहारा लिँदै थिइन्। उनीसँग कुनै ठोस प्रमाण थिएन। तर एउटा थाल जस्तोमा आफूले सम्भावित अपराधी मानेका विभिन्न व्यक्तिको नामको कपासको डल्लो राखेकी थिइन् र बीचमा एउटा दियो बालेकी थिइन्। उनका अनुसार ईश्वरलाई आह्वान गरेर दियोलाई अनुरोध गर्थिन्। अनि त्यतिबेला दियोको प्रकाश जुन नामतिर ढल्कन्थ्यो, उही चोर हुन्थ्यो। मैले प्रत्यक्ष देखेको थिएँ- हावाको दिशाका कारण दियो उनले आरोप लगाएको त्यस व्यक्तितर्फ ढल्केको थियो।
मलाई नराम्रो लाग्यो र विरोध गर्ने प्रयास गरें तर उनले भने आफ्नो अडान फेरिनन्। बोक्सीको आरोपमा विशेषगरी महिलामाथि हँुदै आएको हिंसाका घटनाले निरन्तरता पाइरहेका छन्। यस किसिमका घटना विशेषगरी गाउँबाट आउने हुनाले हाम्रो ध्यान पनि त्यतै केन्द्रित हुने गर्छ। तर नेपालका शहरहरू अझै पनि गाउँबाट पूर्णरुपमा अलग भइसकेका छैनन्। भारतमा गाउँ शहरको भिन्नता देखाउन व्यंग्यात्मकरुपमा त्यहाँ दुई वटा देश भएको भन्ने गरिन्छ। एउटा इन्डिया र अर्को भारत। इन्डियाले शहरलाई प्रतिनिधित्व गर्छ भने भारतले गाउँलाई।
तर नेपालको स्थिति त्यस्तो छैन। शहर र गाउँ समेटेर बनेका वडाहरू नेपालका लगभग हरेक नगरपालिकामा भेट्टाउन सकिन्छ। त्यसैले गाउँको प्रभावबाट कुनै पनि शहरिया नेपाली अलग हुन सकेको छैन। शहरमा बस्ने जो/कोही पनि वर्षमा कम्तिमा एक पटक आफ्नो गाउँ जाने गर्छ।
त्यसैले महिलामथि लाग्ने गरेको यस किसिमका आरोपका घटना गाउँमा मात्र हुन्छ भन्ने पक्कै पनि होइन। शहरका बासिन्दा जति आधुनिक पहिरनमा सजिए पनि भित्री सोचाई अन्धविश्वासको पर्खालभित्रको अँध्यारोमै सीमित छ। त्यसैले यस किसिमका घटना अझ पनि शहरमा मधुरो स्वरमा भए पनि सुन्न पाइन्छ। तर लोकलाजका कारण यो परिवारभित्रै सीमित भएको हुन सक्छ।
कसैले आफ्नो व्यक्तिगत रिस पोख्न पनि यस किसिमका आरोप लगाउने गरेको हुन सक्छ। पाल्पामा भएको त्यो घटना सेलाउन नपाउँदै नेपालको अर्को कुनै स्थानमा बोक्सीको आरोपमा अर्की निरीह महिला पिटिने पक्का छ। तर शिक्षित तथा हरेक कुरालाई विज्ञानसँग जोडेर हेर्ने व्यक्तिहरू समेत यस किसिमको अन्धविश्वासमा रुमलिनु भने बुझिनसक्नु भएको छ।