काठमाडौंमा नेपाल लिटरेचर फेस्टिभल जारी छ। साहित्य, समाजशास्त्र, संस्कृति, अर्थशास्त्रलगायत्का विविध विषयमा बहस आयोजित छन् र सघन बौद्धिक उत्सवका रुपमा फेस्टिभलले आफ्नो महŒव स्थापित गर्ने निश्चित छ। लगत्तै काठमाडौं लिटरेरी जात्रा आयोजना हुँदैछ।
संस्कृति मन्त्रालयलगायत् राज्यका ठूला संस्था र राजनीतिक दलका छाता संगठनका रुपमा रहेका एवम् विशेष वैचारिक प्रस्थापनामा खुलेका अनेक ठूला साहित्यिक/सांस्कृतिक संस्थाले यस्ता बौद्धिक विमर्शका उत्सव आयोजना गर्न खासै चासो नदिइरहेका बेला केही उत्साही युवाको प्रयासमा भइरहेका साहित्यिक/सांस्कृतिक उत्सवले एकप्रकारको चुनौती दिइरहेका छन्। बौद्धिक/सांस्कृतिक आन्दोलनहरु मुलुककै बौद्धिक स्वास्थ्यका निम्ति अत्यावश्यक हुन्छन् र यस्ता उत्सवले त्यस्ता आन्दोलनलाई आकार प्रदान गर्छन्।
नेपाली आधुनिकताको स्वरुप कस्तो छ भन्ने विषयमा अध्ययन गर्ने क्रममा इतिहास, समाज, शक्ति संरचना, बदलिँदो आमचेतनालगायत्का नेपाल राज्य र यसका विविध भौतिक र मनोवैज्ञानिक चीजबीजको खोजबिन गरिरहेको यो पंक्तिकारले मुलुकको बौद्धिक आन्दोलनको स्तर र आधुनिकताका बीचमा खास र अभिभाज्य सम्बन्ध रहेको प्रारम्भिक निष्कर्ष निकालेको छ। राजनीतिक आन्दोलनको मदानीले भयानक प्रवाहसहित मथेर समाजमा उथलपुथल ल्याउँछ, परिवर्तन ल्याउँछ र व्यापक स्तरमा शक्ति संरचनाहरुमा पनि परिवर्तन ल्याउँछ, तर धेरैजसो त्यस्ता परिवर्तनका बाहक अत्यन्त छिटो कुण्ठित हुने र सत्तासिन 'एलिट' हरुका अघिल्तिर त्यतिञ्जेल निर्माण गरेको बौद्धिक अस्त्र पनि समर्पण गरेर त्यसपछि उठ्ने नयाँ विद्रोहविरुद्ध खडा हुने चलन यो मुलुकमा चल्यो। के यसका पछाडि कुनै कारण छैन? के चन्द्र शमशेरले सुरु गरेको र राजा महेन्द्रले स्थापित गरेको आधुनिकताको बुख्याचा नै आजसम्म इतिहासको रंगमञ्चमा हावी भइरहेको हो?
नेपाली आधुनिकताको अन्तर्यमा रहेको यो रोगले खासगरी हाम्रो राज्य, परिवार, राजनीतिक दल एवम् राज्य मेसिनरीका औजार (त्यसमा पनि विशेषतः कर्मचारीतन्त्र) हरुले हाम्रो बौद्धिक आन्दोलन र बौद्धिक उत्पादनमा संलग्न अभियन्ताहरुप्रति कस्तो व्यवहार गर्छन् भन्ने प्रश्न सम्झाउँछ। अनुसन्धान, आविष्कार, रचनात्मकता, खोज जस्ता चीज हरेक नेपालीको जीवनमा बडो ढिलोगरी प्रवेश गर्छन्। निचतम गरिबीमा केटाकेटीको ठूलो हिस्सा स्कूलसम्म पुग्दै-पुग्दैनन्, पुगिहाले पनि सबैभन्दा ठूलो संख्यामा रहेका जनजाति र दलितहरु भाषा तथा सामाजिक असन्तुलनको शिकार हुन पुग्छन्। स्कूलसम्म पुग्ने केटाकेटीले किताबमा आविष्कार र रचनात्मकताको जादूबारे पाठ पढ्छन् तर केवल परिकथाका रुपमा। लगभग शतप्रतिशत परिवारले आफ्नो बच्चालाई विद्यार्थीका रुपमा केवल पैसा कमाउने मेसिनका रुपमा व्यवहार गर्छन्। जब औसत बच्चा किशोर उमेरमा प्रवेश गर्छ, तबमात्र उसले आविष्कार, खोज र रचनात्मकताको रागबारे बु‰न सुरु गर्छ। तर त्यतिञ्जेलमा उसलाई या रतिरागले ग्रस्त तुल्याइसकेको हुन्छ या छिटै पैसा कमाएर 'सफल' बन्ने संक्रामक रोगले सम्पूर्णतः गाँजिसकेको हुन्छ।
औसत परिवारको यो वैचारिक स्थितिबाट हाम्रो समाजले बौद्धिकतालाई कुन स्थान र प्रयोजनमा राखेको रहेछ भनेर बुझिन्छ। हुन त राज्य, राजनीतिक दल, राज्यका अंगहरु मुलुकभित्रका औसत परिवारको मनोविज्ञान निर्माणमा जिम्मेवार हुन्छन्। तैपनि संसारका थुप्रै मुलुकको इतिहासले के देखाएको छ भने राज्य, राजनीतिक दल तथा राज्यका अंगहरुले औसत समाजको बन्धन र बाध्यताभन्दा माथि उठेर समाजलाई निर्देशित पनि गर्छन्। पूर्वीय राज्यहरुको मिथकीय इतिहासमै पनि बौद्धिक व्यक्तित्वहरुको आविष्कार र रचनात्मकतालाई राज्यले उपयोग गरेका दृष्टान्त पाइन्छन्। आर्केमिडिजका ज्यामितीय सिद्धान्तहरुलाई उनी बस्ने सानो राज्य सेराक्युजका शासकले प्रयोगमात्र गरेको थिएन, प्रोत्साहन पनि गरेको थियो। ग्यालिलियोको 'पृथ्वी गोलो छ' भन्ने विचारमाथि चर्चले ठूलो आक्रमण गरे पनि उनको आविष्कार टेलिस्कोपलाई भने तत्कालीन इटालियन शासकले महत्व दिएको थियो। राज्य र राज्य निर्माण गर्ने राजनीतिक दलहरुको भूमिका यहीँनेर महत्वपूर्ण हुन्छ।
जबसम्म मुलुक बौद्धिकरुपमा बाँझो रहिरहन्छ, तब राज्य र त्यसलाई चलाउने नेताहरु पनि कुहिरोको काग भइरहन्छन्। तर आजसम्मको दलहरुको व्यवहार हेर्दा बौद्धिक व्यक्तित्वहरुलाई केवल कार्यकर्ता तुल्याउने र उपहारस्वरुप महत्वपूर्ण बौद्धिक, सांस्कृतिक संस्थाहरुमा ठूलो पदमा राखिदिने चलन चलेको छ। फलस्वरुप कथित् बौद्धिकहरु पनि त्यो पदमा पुग्नुलाई नै जिन्दगीको महŒवपूर्ण आविष्कार ठान्ने र त्यहीँ तुहिएर सिद्धिने गरेको देखिन्छ। अनि ठूला राज्यका संस्थाहरु, चाहे विश्वविद्यालय होस् वा एकेडेमीहरु हुन्, पंगु हुने गरेका छन्। कर्मचारीतन्त्रमा त चाकरी र कमाउधन्दा यति हावी छ कि त्यसले बौद्धिकतालाई केही सुनौला नोटहरुको आविष्कारमा लगेर टुंग्याइदिन्छ। चीन, अमेरिका र अहिले भारतसमेतले आविष्कार, रचनात्मकता र खोजमा राज्यको ठूलो लगानी गर्ने गरेका छन्। जबसम्म बौद्धिकतालाई अर्को जागिरका रुपमा बुझिन्छ र व्यवहार गरिन्छ, अनि आधुनिकतालाई समाज विकासको चरित्रमा होइन, फेसन र नांगो नाचमा मापन गरिन्छ, तबसम्म त्यो समाजले संसारका अरु समाजसँग आँखा जुधाउन सक्दैन। फगत श्रम निर्यात गरेर र आफ्ना नागरिकको रगतमा रेमिट्यान्स साटेरमात्र त्यो मुलुकको भलो हुँदैन।
यहाँ प्रसंग बौद्धिक आन्दोलनकै हो र साहित्य उत्सवसँगै पुस्तक, सिनेमा, वैज्ञानिक आविष्कारको पनि हो। केही समयअघि नेपाल राष्ट्रिय पुस्तक बिक्रेता तथा प्रकाशक संघले काठमाडौंमा 'लेखक-प्रकाशक अन्तर-सम्बन्ध' विषयक छलफल कार्यक्रम आयोजना गरेको थियो। प्रकाशन व्यवसायका दिग्गजहरुले त्यो कार्यक्रमभरी उठाएको प्रमुख सवाल के थियो भने देशमा पुस्तक नीति नै छैन। अर्थात् पुस्तकहरुप्रति राज्य उदासिन छ। जब प्रकाशन र वितरणको सवाल आउँछ, त्यहाँ राज्यको भूमिका स्वतः तानिन्छ। नेपालभन्दा बाहिर पनि नेपाली भाषा बोल्ने र नेपाली पुस्तक पढ्न चाहने मानिसको संख्या ठूलो छ। तर जति सजिलै विदेशबाट पुस्तक आयात गर्न सकिन्छ, त्यति निर्यात गर्न सजिलो छैन। बौद्धिक सामग्रीहरुको उत्पादन र वितरण जति सहज तुल्याइन्छ, त्यति नै समाज विकासले फड्को मार्छ। तर नेपाली पुस्तकलाई नेपाली भन्सार कार्यालयले नै निर्यात गर्नबाट रोक्छ तर विदेशी पुस्तकको आयातमा कुनै समस्या छैन। तुलनात्मक स्थिति के हो भने नेपाली पुस्तकलाई सहजै विदेश पठाउने र अन्तर्राष्ट्रिय बजारमा समेत नेपाली भाषा, साहित्यको उपस्थिति पुर्यासउने कुरासँग राज्यले नै वैरीको भूमिका निर्वाह गरिरहेको छ।
ठीक यस्तै गुनासो छ चलचित्र निर्माता/निर्देशकहरुको। बलिउड र हलिउडका सिनेमाले ठाँटले करौडौं कारोबार गरेर पैसा लैजान्छन् तर नेपाली सिनेमालाई भने वितरक र हलवालाको सिण्डिकेटले राम्रोसँग चल्नै दिँदैनन्। भर्खरै रिलिज भएको बलिउड सिनेमा 'एक था टाइगर' नेपाली वितरकले एक करोड भारुमा खरिद गरेर नेपालमा प्रदर्शन गर्योस। तर करिब तीस, चालीस लाख लगानी गर्ने नेपाली सिनेमा सधैं डुबिरहेकै छन्। हुन त नेपाली सिनेमाको गुणवत्ताका विषयमा अलग्गै चर्चा हुनसक्छ, तैपनि नेपाली बौद्धिक सम्पत्तिलाई नेपालभित्रै सुरक्षा छैन भन्ने प्रश्न यसै खारेज गर्न सकिन्न। दक्षिण कोरियालगायत्का देशमा चलचित्र उद्योगलाई संस्थागत गर्नका लागि लामो समयसम्म राज्यले संरक्षण दिएको थियो, फलस्वरुप गुणस्तरीय चलचित्र निर्माणको क्रम त्यहाँ सुरु भयो। नेपालमा पनि चलचित्र विकास बोर्डलगायत्का सरकारी निकायको केही न केही भूमिका त अपेक्षित नै छ।
समग्रमा केन्द्रीय कुरा के हो भने बौद्धिक उत्पादन र तिनको वितरणलाई राज्यले र राज्यका अंग र राज्यमा सिधा हस्तक्षेप रहने दलहरुले आफ्नो मुद्दा बनाउन जरुरी छ। बुकवर्म ट्रष्ट वा चलचित्र निर्देशक समाज वा पुस्तक प्रकाशक संघहरुको पहल हाललाई उत्साहवर्धक भए पनि राज्यले नीति नियम, कानुन वा अरु पहलमार्फत् बौद्धिक सम्पत्तिलाई स्पष्ट मौलिक स्थान नदिने हो भने नेपाली आधुनिकताले गोलचक्कर लगाइरहने देखिन्छ। एक्काइसौं शताब्दीको चामत्कारिक युगमा हरेक परिवारमा आविष्कार, खोज र रचनात्मकताको महत्ता स्थापित गर्न जरुरी भइसकेको छ।