व्यवसायीको सहयोगमा निर्माण भएको ट्राफिक प्रहरी भवनको उद्घाटन गर्न सिरहाको मिर्चैया बजार पुगेका सगरमाथा अञ्चल प्रहरी प्रमुख गोविन्द निरौलाले प्रहरीप्रति स्थानीयको चर्को आलोचना सुन्नुपर्योस। मंगलबार कार्यालय भवन उद्घाटन गर्दै निरौलाले भवनलाई स्थानीयको प्रहरीप्रतिको अपार सद्भावको नमुनाको संज्ञा दिए।
उता स्थानीय व्यापारीले भने प्रहरीको मिलेमतोमा जिल्लामा अपराध मौलाएको फेहरिस्त कहानी सुनाउँदै थिए। एक व्यापारीले सुनाए- यहाँका व्यापारी प्रहरीबाट सुरक्षा नपाएपछि आ-आफ्नै गुन्डा/गुट सञ्चालन गरी सुरक्षित ठान्ने प्रवृत्ति बढेको छ।
मिर्चैयाको कार्यक्रम सामान्यखाले थियो। थोरै मानिस थिए, करिव अढाई लाखको खर्चमा निर्माण भएको सामान्य भवनको उद्घाटन कार्यक्रम थियो त्यो। कार्यक्रममा थोरै जनसहभागितालाई एक जना व्यवसायीले प्रहरीसँगको सम्बन्धको मापक जस्तै प्रस्तुत गरे। उनी भन्दै थिए- प्रहरी र जनताबीचको सम्बन्ध कस्तो छ भन्ने कुरा यही उपस्थितिले देखाउँछ। कार्यक्रममा करिव ५० जनामात्र व्यापारी थिए। उनीहरूले एसएसपी निरौलालाई सुरक्षाका नाममा मासिक ४०/५० हजार रुपियाँसम्म खर्च गर्नुपरिरहेको डरलाग्दो कहानी सुनाए। प्रहरीले सुरक्षा दिन नसकेको अवस्थामा व्यवसायीले समूह-समूह बनाएर गुन्डा पोस्ने काम गरिरहेको तस्बिर प्रस्तुत गरियो- मिर्चैयाको कार्यक्रममा।
मिर्चैया मारुती सिमेन्ट उद्योग, मिर्चैया कत्था उद्योग, शारदा डिस्टिलरी जस्ता उद्योग भएको क्षेत्र र पहाडी जिल्ला खोटाङ, ओखलढुंगा र सोलुसम्मको व्यापारिक नाका पनि हो। आकारमा सानो र सामान्य बजार देखिए पनि यहाँ ठूलो कारोबार हुन्छ। कारोबारसँगै गुन्डागर्दीका विभिन्न आवरण विकसित भएका छन्। तिनको सोझो सम्बन्ध राजनीतिक पार्टी र प्रहरी प्रशासनसँग जोडिएको घटनाले देखाउँछन्। मिर्चैयामा व्यवसायीले व्यक्त गरेजस्तै सुरक्षा नै प्रमुख चुनौती भएको इटहरीका व्यवसायीको निचोड छ। नागरिक पूर्वेलीले आयोजना गरेको 'इटहरी : सम्भावना र चुनौती' शीर्षकको संवादमा बोल्ने त्यहाँका अगुवाले प्रमुख चुनौतीका रूपमा सुरक्षा नै रहेको बताएका थिए। पूर्वको जक्सन भनेर चिनिने इटहरी भौतिक विकासमा तीव्रतर फड्को मार्दैछ, किनमेलको केन्द्र जस्तै बनेको इटहरीसँग प्रशस्त सम्भावना छन्। तर व्यवसायी, उद्यमीमा त्रास देखिन्छ। उनीहरू असुरक्षाको घुमाउरो कुरा गर्छन्, खुलेर बोल्न पनि नसक्ने विचित्रको अवस्था अनुभव हुन्छ यहाँ ।
इटहरी बजारको प्रकृति, बढ्दो जनसंख्या र व्यापारका बीच इन्सपेक्टर नेतृत्वको इलाका प्रशासनले सुरक्षा धान्न सक्तैन भन्ने विश्लेषण धेरैको थियो। डिएसपीको नेतृत्व चाहिन्छ र आवश्यकताअनुसार जनशक्ति थपिनुपर्छ भन्ने स्थानीयको माग गृह प्रशासनले बेवास्ता गरेको तीतो अनुभव छ इटहरीबासीसँग। नगरमा डिएसपीको नेतृत्वमा प्रहरी राख्न व्यवसायी आफंै लगानी गर्न तयार छन्। प्रहरीका लागि जमिन किन्ने, भवन बनाउन सहयोग गर्ने योजना इटहरी उद्योग वाणिज्य संघको फाइलमा भेटिन्छ। व्यवसायीले पटकपटक इटहरीको आवश्यकता र आफूहरूको योगदानबारे गृह प्रशासनलाई जानकारी गराएका छन्। गृहमन्त्री विजय गच्छदारको गृहजिल्ला सुनसरी नै भएको नाताले पनि उनीहरू आशावादी थिए। तर गच्छदारले इटहरीस्थित व्यवसायीका मागलाई अहिलेसम्म प्राथमिकतामा राखेको पाइएको छैन। प्रश्न स्वाभाविक छ- नगरहरूको प्रकृति, जनसंख्या वृद्धि र शहरीकरण सँगसँगै प्रहरी प्रशासनलाई आवश्यकताअनुसार चुस्त र प्रभावकारी बनाउने काम गृह प्रशासनको हो वा स्थानीय व्यवसायीको?
इटहरीमा राजनीतिक संरक्षणको गुन्डागर्दीले राज गरिरहेको छ। सतहमा हेर्दा त्यस्ता समूह विभिन्न पार्टीसँग आबद्ध र त्यसैअनुसार परिचालित भए पनि उनीहरूको भित्री ध्येय बाहुबलका भरमा पैसा असुल्नुसँग सम्बन्धित छ। कतिसम्म भने उनीहरू आवश्यकता पर्दा पार्टीको लगाम चँुडाएर एक हुने गरेका छन्। केही महिनाअघि काठमाडौंका 'डन' दीपक मनाङ्गे गिरफ्तार हुँदा विरोधमा इटहरीका दादाहरूको जुलुस निस्किएको थियो र त्यसमा सबै पार्टीमा आबद्ध 'युवा' सहभागी थिए। यो दृश्यले इटहरीका व्यापारी, उद्यमी र व्यवसायी झस्किएका छन्। नागरिक पूर्वेलीले भदौ तेस्रो साता सुनसरीको तरहरा बजारमा आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा पनि नगरको प्रमुख समस्या गुन्डागर्दी भएको अनुभव सुनाए बजारबासीले। कार्यक्रममा सहभागी एक वक्ता भन्दै थिए- गुन्डागर्दीविरुद्ध बोल्दा गुन्डाहरूले यहीँ आएर मेरो टाउको फुटाए भने आश्चर्य हुने छैन।
भौतिक विकासमा फड्को मारिरहेको तरहरा होस् वा मोरङको उर्लाबारी, जताततैको प्रमुख समस्या बनेको छ- गुन्डागर्दी। दुई साताअघि नागरिक पूर्वेलीले उर्लाबारीमा आयोजना गरेको अन्तर्क्रिया कार्यक्रमका सहभागीको मुख्य माग सुरक्षा र भ्रष्टाचारविरुद्ध पत्रिकाले कलम चलाओस् भन्ने थियो। असारमा उर्लाबारीमा कांग्रेस आवरणका खड्ग फागो र माओवादी आवरणका सुसन लिम्बूको आपसी झगडामा २ जना युवाको ज्यान गएको थियो। कांग्रेसका ९ नम्बर क्षेत्रीय सभापति फागो अहिले हत्या अभियोगमा जेल सजाय भोग्दैछन्।
गुन्डागर्दी विकास, उद्यम, व्यापार विरोधी प्रमुख चुनौती बनेको छ । यसको संरक्षण राजनीतिक दल र नेताहरूले गरेकाले प्रहरी प्रशासन पनि निरीहता व्यक्त गर्छ। पूर्वका सबैजसो शहर विभिन्न समूहका नाइकेको बाहुबलको कब्जामा छ। चुनावलगायत् आइपरेका राजनीतिक कार्यक्रम, भेला, समारोमा पार्टीका पक्षमा बाहुबल प्रदर्शन गर्ने उनीहरूको मुख्य धन्दा असुली हो। पूर्वका शहरहरूको भौतिक विकासमा, शहरीकरणमा सरकारी निकायभन्दा स्थानीयको बढी योगदान छ। आफ्नो शहर बनाउन शहरबासी जुर्मुराएका देखिन्छ जताततै। जसरी शहर फैलँदैछन्, त्यही अनुपातमा गुन्डागर्दीबाट आजित भएका छन् शहरबासी। स्थानीयबासीले आफ्ना गाउँठाउँको विकासमा अरू धेरै थोक गर्न सक्छन् तर आफ्नो सुरक्षा आफंै गर्न सक्तैनन्। यो वास्तविकतालाई गृह प्रशासन, राजनीतिक दल र नेताहरूले बेलैमा आत्मसात गर्नु उनीहरूकै हितमा हुन्छ। सुरक्षासँग जोडिएका मुद्दालाई लामो समयसम्म नजरअन्दाज गर्न मिल्दैन।
गुन्डागर्दीविरुद्धको आवाजको सम्बोधन गर्न सबैभन्दा पहिले राजनीतिक पार्टीहरूले तत्परता देखाउन आवश्यक छ। तर व्यवहारमा पार्टीहरूले बाहुबलमा विश्वास गर्नेहरूलाई पार्टी सदस्य दिएर असुलीको लाइसेन्स दिएको विडम्बनापूर्ण अवस्था छ यहाँ। तर सतहमा देखिएको यस्तो दृश्य लामो समय टिक्ने देखिँदैंन। कारण बलबाहु प्रयोग गरेर नेता र पार्टीका काम फत्ते गर्ने समूहका नाइकेहरू आफैँ राजनीतिक नेतृत्वमा पुग्न हतारिएको दृश्य जताततै देखिँदैंछ। नेताहरूले परिचालित गर्दै आएका 'गुन्डा' आउँदा दिनमा राजनीति परिचालन गर्ने अवस्थामा पुग्ने त होइनन्? प्रश्न गम्भीर छ। गुन्डागर्दीविरुद्ध जनस्तरबाट आवाज उठ्न थालेका छन्। राजनीतिक पार्टी र नेतृत्वले जनस्तरबाट उठेका यस्ता आवाज सम्बोधन गर्नु तत्कालीन आवश्यकता हो।