एनेकपा (माओवादी) का अध्यक्ष प्रचण्डको नेतृत्वमा संघीय लोकतान्त्रिक गठबन्धन सुरु भएदेखि प्रचण्डको भाषणमा परिवर्तन देखिए। पार्टी विभाजनपश्चात् रणभुल्लमा परेको एनेकपा (माओवादी) लाई गठबन्धनले राहत प्रदान गरेको जस्तो अनुभूति प्रचण्डको भाषणमा अभिव्यक्त भएको छ।
यस्तै अवस्था रहे यही सरकारले २५ वर्ष शासन गर्न सक्छ भन्ने उनको भनाई त्यत्तिकै आएको होइन। कुनै पनि कामचलाउ सरकारले २५ वर्ष शासन गर्ने कुराको कल्पना गर्नु दिवास्वप्नमा रमाउनुसिवाय केही हुन सक्दैन। पार्टी विभाजन भएको र महाधिवेशन नजिकिएको सन्दर्भमा महाधिवेशनसम्म सरकारको नेतृत्व कायम राख्न सक्दा पार्टी विभाजनलाई घटाउन सकिन्छ भन्ने क्षणिक राजनीतिक स्वार्थबाट मात्र पे्ररित भएर प्रचण्डले यस्तो भाषण गरेका हुन् कि भन्ने शंका पनि उब्जन थालेको छ। यदि यस्तो हो भने यो एउटा नेताका लागि सुहाउने कुरो होइन।
यसैबीच एनेकपा (माओवादी) ले देशका विभिन्न भागमा गरेका कार्यकर्ता भेलामा प्रचण्डको अभिव्यक्ति सुन्दा लाग्छ- सत्ता कब्जा गर्ने योजना धेरै अगाडि बढिसकेको छ। सरकारको नेतृत्व बाबुराम भट्टराईले गरिरहने, राष्ट्रपतिसँग अध्यादेशहरुको ओइरो लगाएर विवाद झिकिरहने र सडक आन्दोलनमार्फत् सत्ता कब्जा गर्ने। उनीहरूको यस किसिमको रणनीतिका विषयमा कार्यकर्ता भेलामा रामै्रगरी व्याख्या/विश्लेषण भइरहेका छन्। संविधान सभाले लोकतान्त्रिक संविधान मात्र निर्माण गर्ने अवस्था भएकाले माओवादीले सत्ता कब्जाको रणनीति लागु हुन नसक्ने अवस्थामा संविधान सभाको अवसान गराएर निर्वाचित र वैधानिक निकायलाई शून्यतामा परिणत गर्दै अधिनायकवाद जन्माउने खेलमा माओवादी लागेको देखिन्छ। निकै लामो समय अगाडिदेखि यही रणनीतिको तानावाना बुनिरहेको कुरा विभिन्न घटनाबाट प्रष्टिँदै गएका छन्।
माओवादीको सत्ता कब्जा गर्ने रणनीतिमा मधेसवादी दलहरु समेत प्रयोग भएको देखिन्छ। मधेसवादी दलहरुमा अरु विभिन्न विषयमा फरक धारणा रहे पनि लोकतन्त्रको विषयमा नेपालका लोकतन्त्रवादी शक्तिहरु भन्दा फरक अवधारणा छैन भन्ने बुझाई हो। तर, त्यसको विपरीत माओवादीको सत्ता कब्जा गर्ने रणनीतिका साथ गठन भएको संघीय लोकतान्त्रिक गणतान्त्रिक गठबन्धनभित्र रहनुले उनीहरुको लोकतान्त्रिक निष्ठामाथि प्रश्न उठ्न थालेको छ। लामो समयसम्म नेपाली कांगे्रसको राजनीति गरेका विजयकुमार गच्छदार, महन्त ठाकुर तथा एमालेको लामो पृष्ठभूमि बोकेका महेन्द्रराय यादव र जीतेन्द्र देवहरु एकदलीय अधिनायकवादी गोरेटोका सहयात्री हुन्छन् भनेर शायद कसैले कल्पना गरेको थिएन। सत्तामा टिकिरहनका लागि लोकतान्त्रिक मूल्य मान्यताको समेत कसैले तिलाञ्जली दिन्छ भने कसको के लाग्छ?
वर्तमान अवस्थामा एकमात्र निर्वाचित वैधानिक संस्थाको रुपमा रहेका राष्ट्रपतिलाई विवादमा तानेर वर्तमान सरकारले आफ्नो आयु लम्ब्याउने प्रयत्न गरेको छ। निर्वाचनसम्बन्धी दुईवटा अध्यादेश राष्ट्रपतिले अस्वीकृत गरिदिएपछि प्रधानमन्त्री र राष्ट्रपतिबीच मनमुटाव देखिन थालेको छ। कामचलाउ सरकारले अध्यादेश जारी गर्ने, संवैधानिक नियुक्ति गर्ने, राजदूतहरुको छनोट गर्ने तथा संवैधानिक र प्रशासनिक निकायलाई आफूखुसी निर्माण गर्न कानुन जथाभावी संशोधन गर्ने जस्ता प्रयास इतिहासमा कहिल्यै भएको छैन। कामचलाउ सरकारले जतिसक्दो चाँडो आफनो बर्हिगमन खोज्नुपर्ने हो तर त्यो कुरालाई प्रधानमन्त्री भट्टराईले भने अस्वीकार गरेका छन्। र, राष्ट्रपतिसँग अनावश्यक बार्गेनिङ गरेर सत्तामा टिकिरहने प्रयत्न गरिरहेछन्।
राष्ट्रपति र प्रधानमन्त्रीबीचको द्वन्द्व अध्यादेशका कारणले मात्र भएको भन्ने बु‰नु सतही हुनेछ। प्रधानमन्त्री र राष्ट्रपतिबीचको द्वन्द्व प्राविधिक नभएर वैचारिक हो। राष्ट्रपति डा. रामवरण यादव लोकतान्त्रिक आन्दोलनबाट सोही चिन्तन प्रवृत्ति बोकेका व्यक्ति हुन् भने प्रधानमन्त्री भट्टराई बलपूर्वक सत्ता कब्जा गरी एकदलीय अधिनायकवाद स्थापना गर्ने कार्यनीतिक लाइनबाट आएका नेता हुन्। अझै पनि माओवादीको शब्दकोशमा लोकतन्त्र, उदारवाद, बहुलवाद, विधिको शासन, शान्तिपूर्ण रुपान्तरण र मानव अधिकार जस्ता शब्दले स्थान पाउन सकेका छैनन्।
वर्तमान द्वन्द्वलाई सैद्धान्तिक/वैचारिक धरातलबाट हेर्दा एनेकपा (माओवादी) को सत्ता कब्जा गर्ने प्रयास केवल दिवास्वप्नमात्र हो। यसलाई नेपालका लोकतन्त्रवादीहरुले किमार्थ पूरा हुन दिने छैनन्। लोकतन्त्रवादीबीच मतभेदका बाबजुद आम लोकतान्त्रिक प्रणालीमा सहमति रहेकाले पनि माओवादीको सत्ता कब्जाविरूद्ध एकजुट नै हुनेछन्। सत्ता कब्जा गर्ने भाषण गरेर प्रचण्डले आफूबाट टाढिएका कार्यकर्तालाई आफूतिर फर्काउने प्रयत्न त गर्न सक्छन् तर सत्ता कब्जा गर्ने उनको मनसाय भने पूरा हुने छैन।
नेपालको भूराजनीतिक अवस्थाले समेत उनको यो मनसाय पूरा हुने छैन। छिमेकी चीनमा उदारवादले प्रश्रय पाउँदै गरेको र संसारको सबैभन्दा ठूलो प्रजातन्त्र भनिने अर्को छिमेकी भारतको प्रभाव नेपालमा जबर्जस्त रहेका कारण एकदलीय अधिनायकवाद लागु हुन सक्दैन। कथंकदाचित लागु भइहाले पनि क्षणभंगुर हुनेछ। जनताले राजनीतिक पार्टीहरुलाई इन्कार गर्न सक्छन्, नयाँ पार्टी जन्म दिन सक्छन् तर लोकतन्त्र इन्कार गर्ने स्थिति छैन। संघीय लोकतान्त्रिक गणतान्त्रिक गठबन्धन र विपक्षी पार्टीहरुको जीत-हार भन्दा पनि लोकतन्त्रको जीत अवश्यम्भावी छ।