अँगुर अमिलो छैन
२९ भदौ २०६९
•
१३ मिनेट पाठ
अँगुर अमिलो छैन
राष्ट्रपति रामवरण यादवलाई केन्द्रीय भूमिकामा उतारेर तमासा हेर्न चाहनेहरुको कमी छैन काठमाण्डू खाल्डोमा। अझ एलिटहरुको यो तप्का लोकतन्त्रका नाममा राष्ट्रपतिले कू नै गरुन् भन्ने चाहन्छ।
तर यी तमासेहरुलाई पनि थाहा छ- अर्थराजनीतिक संक्रमण खतरनाक स्टेजमा पुगेको अहिलेको परिस्थितिमा राष्ट्रपति स्वयम्का लागि त्यस्तो कदम आफ्नै निम्ति खनेको खाल्डोसरह हुनेछ। खैर परिस्थिति बदल्ने भन्दा परिस्थितिको पुच्छर समातेर नर्कसम्मै लतारिने नेपाली समाजको पुरानो चलन हो। त्यसैले हाललाई जुनसुकै मूर्खतापूर्ण राजनीतिक चलचित्र प्रदर्शित भएछ भने पनि त्यसको दर्शन गर्न हामी तयारै छौं।
नेपाली समाजको अर्को खास चरित्र के हो भने हरेक नयाँ प्रयोगका निम्ति ऊ तयार रहन्छ। फेरि चुनावका निम्ति सहमति गर्नूस्, एउटा नयाँ रौनकको उभार भइहाल्छ। अझैसम्म मेला र हाटबजार नेपाली समाजमा अलग अर्थसहित उत्सवमय हुन्छन्। चुनावले उत्सव ल्याउँछ। गाउँ शहर सबैतिर अर्थतन्त्रको एक नयाँ स्वरुप देखिन्छ। चोकचोकमा बहस र पैरवी चल्न थाल्छन्। नेपालीहरु चुनावसँग न डराउँछन्, न निराश नै हुन्छन्। राजनीतिको आकारप्रकार र शक्ति सम्बन्ध बदलेर नयाँ प्रयोगमा हाम्फाल्न नेपाली समाज सदैव उत्ताउलो हुने गर्छ। टण्टलापुर घाममा रापिएको होस् वा ठिहिरो हिउँदको सडक, आन्दोलन, विद्रोह र क्रान्तिको नयाँ अध्याय कोर्न नेपाली समाजले ऊर्जा साँचेर राखेको हुन्छ। तर नेपाली आधुनिकताको यो नयाँ अनुहार रेखांकित हुन थालेको धेरै भएको छैन, केवल असी वर्षमात्र भयो। अनि जुनसुकै बेला गहिरो गर्भस्थ समाधिमा लिन हुन पनि सक्छ यो समाज।
संविधान सभा विघटन हुँदाको मध्यरातलाई नै हेरौं, गहिरो सन्नाटालाई यो समाजले चूपचाप पचाइदियो। जनयुद्धको आँधीलाई हेरौं, अनि फेरि ड्यास माओवादीको सेलाउँदै गएको विद्रोहको माया हेरौं। पेट्रोलियमको मूल्य वृद्धिले जन्माएको रोष हेरौं, महँगीको कसिँदो सुर्कानो गाँठो हेरौं, अनि प्रधानमन्त्री भट्टराईको हातखुट्टा बाँधिएको लाचार अभिव्यक्ति सुनौं। अनि पोखरेली कवि तीर्थ श्रेष्ठको एउटा डरलाग्दो अभिव्यक्ति सुनौं- एउटा ट्याक्सी ड्राइभर नेतालाई त गाली गरिरहेको हुन्छ तर उसले सडकको बीचमा ट्याक्सी रोक्छ कि रोक्दैन? इर्ष्या, द्वेष र गालीगलौजलाई महान् ज्ञानसरह शिरोपर गरेर हिँड्ने यो समाजले कस्तो गर्भाशय राखेको छ? के यहाँ सबै अर्काको टाउकोमा अनैतिकताको दोष थोपरेर आफू स्वयम् अनैतिकताको त्यही भोगमा लिप्त हुन्छन्? कि यहाँ यस्तै ढोंगहरु मात्र सुनाउने र सुनिने तुल्याउने सञ्चार कारखानाहरु छन्? विराट गरिबीमा बाँचिरहेको जनसंख्याको सबैभन्दा ठूलो र निर्णायक हिस्सालाई त ढोंगका अध्यायहरु लेखिबस्ने अवसर नै छैन।
मतलब, यो समाजको गर्भाशयमा अझै विद्रोह जन्माउने खुबी कायम छ। पोखरीको पानी अचल भइरह्यो भने त्यहाँ विषाक्तता भरिँदै जान्छ तर त्यहाँ हलचल पैदा गरियो भने त्यसले जीवन सञ्चार गरिरहन्छ। नेपाली समाज अहिले त्यस्तै शान्त पोखरी भएको छ, जसलाई अचल तुल्याउने डरलाग्दो राजनीतिक कसरत भइरहेको छ। समाजलाई चलायमान तुल्याउनु जरुरी छ र यसको गर्भाशयभित्र नयाँ परिवर्तनको बीज निरन्तर उब्जिनु र त्यसबाट दुई पाते बिरुवा निरन्तर उमि्ररहनु आवश्यक छ। अलि मास्तिर चिसापानीमा वागमतीको पानी कञ्चन, जीवनदायी छ तर काठमाण्डू छिरेपछि प्रदूषणले वागमतीलाई डरलाग्दोगरी कुरुप तुल्याइदिन्छ। काठमाण्डू छिरेपछि दलहरु, राज्यका समग्र संरचनाका हाकिमहरु सबै सबै प्रदूषित हुने गरेको इतिहास छ। मूलतिर फर्कन छाड्नु, मूलको सुन्दरताबाट विमुख हुनु खतरनाक हुन्छ।
ठीक यही खतरा नेपाली राजनीतिले पटकपटक बेहोर्दै आएको छ र घाइते हुँदै, बहुरिँदै, पुनः घाइते हुने विषालु चक्रमा फस्ने नियति देखिएको छ यसको। यो नियतिबाट उम्कन सबैभन्दा शक्तिशाली तर सबैभन्दा गरिब जनताको ठूलो शक्तिसँग आँखा जुधाउने हिम्मत गर्नुपर्छ। कागजी परिबन्दको चक्रब्युहमा न समाजको प्रगति छ, न मुलुकको अग्रगति। तर सदरमुकामहरुदेखि सिंहदरबारसम्म सरकारी संयन्त्रहरु कागजको चक्रब्युहमा फसेका छन्। यो चक्रब्युह तोड्ने तागत सिर्फ जनतासँग मात्रै छ। राष्ट्रियता उनीहरुले निर्माण गर्ने हुन्, मुलुक उनीहरुले नै निर्माण गर्ने हुन्। उनीहरुलाई वास्तविक अर्थमा शक्तिशाली तुल्याउने राजनीति र अर्थतन्त्रको अभाव नै यो मुलुकको सबैभन्दा ठूलो दुर्भाग्य हो। ठूलठूला राजनीतिक आन्दोलन र विद्रोहहरु संगठित गर्न सक्ने राजनीतिक शक्ति र नेताले ध्यान पुर्यााउन नसकेको यहीँनेर हो। शासन यन्त्रलाई जनताको नजिक लैजाने संघीयता त्यसैले चाहिएको हो। तर सबैभन्दा शक्तिशाली जनताको अनुहार शासकहरु बस्ने कुर्सीबाट देखिँदैन, त्यसका निम्ति बादशाहले समेत आसनबाट झर्नुपर्छ र धुलोमा पाइला टेक्ने साहस गर्नुपर्छ।
अशोक राई, गोपाल ठाकुर जस्ता नेताहरुले आफैंले बनाएको पार्टीभित्र यति धेरै हेला र तिरस्कार किन सहनु परिरहेको छ? उनीहरुले जनजाति, आदिवासी, मधेसी इत्यादि उत्पीडित समुदायका नाममा अलग पार्टी बनाउन किन यतिधेरै दौडधुप गर्नु परिरहेको छ? किनभने एलिटहरुको संघीयताविरोधी र परम्परागत शासन कायम राख्ने कागजी बाघका अघिल्तिर एमाले र काँग्रेसका मूलीहरु पराजित भए र संविधान सभा विघटन हुन पुग्यो। शासन प्रणालीलाई प्रशासन प्रणालीका ढड्डाहरुमा सीमित राख्ने र जनतासम्म कहिल्यै पुग्नै नदिने शासन पद्दतिले संघीयतालाई स्वीकार्ने कल्पना पनि गर्न सकिन्न। नयाँ शासन प्रणाली यसलाई भत्काएरमात्र जन्माउन सकिन्छ। तर भत्काउने र नयाँ बनाउने शक्ति केवल सीमान्तमा जीवनसँग लडिरहेका तिनै मानिससँग मात्रै छ।
के जनताको यो शक्तिका अघिल्तिर नगएरै गणतन्त्रको राजनीति सम्भव छ? छैन। त्यसैले अबको दुखान्त एलिटहरुको भागमा छ। राजतन्त्रको गुफामा बत्ती बालिसकिएको छ र गणतन्त्रले राजनीतिक दलहरुकै रुपान्तरण अनिवार्य तुल्याइदिएको छ। नेपाली समाज शान्त तलाउजस्तो किन छ भने संविधान सभाको विघटनपछि द्रुततर गतिमा पुनः राजनीतिक शक्ति सन्तुलन बदलिइरहेको छ। सत्ताको पार्टपूर्जा बदल्ने कि नबदल्ने? बदल्नैपर्छ। नबदल्ने हो भने काठमाण्डू स्वयम् निसास्सिएर त्यहाँबाट उठ्ने तुवाँलोले एलिट शासन प्रणालीलाई भत्काइदिन्छ। तर त्यो सहज तुवाँलो हुने छैन। डरलाग्दो आवाज आउनेछ त्यो तुवाँलो फाट्दा। त्यसैले एकपटक बदलिँदो शक्ति सन्तुलनको दर्शन गर्न जनताको अदालतमा जानैपर्छ। नयाँ संविधान सभाको चुनावमात्र विकल्प किन हो भने जो जसको हठका कारण राज्य पुनर्संरचना हुन सकेन र संविधान सभा विघटित हुन पुग्यो, उनीहरु नै सहमतिको खोजी गर्न यत्रतत्र भौंतारिइरहेका छन्। उनीहरुलाई पुरानै बहुदलको चास्नी चाहिएको छ, संवैधानिक राजतन्त्रकै चरित्र भएको सत्ता चाहिएको छ, जहाँ कहिले को कहिले को डुब्दै/निस्कँदै गरिरहने मौका उपलब्ध छ। संविधान सभाको पहिलो निर्वाचन हुनेबेलाको जस्तो पनि रहेन नेपाली समाज, यसले नौलो आयाम प्रदर्शन गरिरहेको छ। त्यसैले टेस्ट हुनैपर्छ सबै दलहरुको र नेताहरुको जसले समाजलाई अगाडि लैजाने वा यसै भोग गरिरहनेमध्ये कुनै एक रोजून् र त्यसपछि जनताको फैसलाको धार महसुस गरुन्।
मैलोधैलो र उपेक्षित मानिसको अघिल्तिर उभिएपछि मात्र थाहा हुनेछ, कसको वास्तविक हैसियत के हुनेछ। हिजोको तराजुले आजको राजनीति तौलन सक्ने स्थिति छैन। समाजभित्र आमूल परिवर्तनको आगो झोसिइसकेको छ, यसबाट भागेर न कतै पुगिन्छ, न सामना नगरेर नै समाजको मूली बन्न सकिन्छ। अर्को दशक फेरि किसिम किसिमका ठालुहरुका निम्ति जनताले संघर्ष गरेर प्राप्त गरेका उपलब्धिलाई नजरअन्दाज गर्न पाइने छैन। कहिले कटवाल, कहिले पशुपतिका पुजारी त कहिले राष्ट्रपतिको कथित् अहम्का निम्ति मुलुकको परिवर्तनको ज्वारलाई निस्तेज पार्ने जुन प्रयास गणतन्त्रका प्रारम्भिक वर्षहरुमा भए, त्यसैलाई मुलुकको नियति बनाउने प्रयास अहिले भइरहेको छ। तर अहिलेको समाजको बदलिँदो स्वरुपले भन्छ- परिवर्तन सम्भव छ। अँगुर अमिलो छैन, केवल यसलाई टिप्न पसिनाले संसार निर्माण गर्ने जनताका हातहरुलाई एकअर्कामा जोडेर अग्लो तुल्याउन आवश्यक छ।
अर्को समाचार
अमिलो अंगुर
२८ कार्तिक २०८३
•
३ मिनेट पाठ
अमिलो अंगुर
१) अमिलो अंगुर

आफ्नै सुरमा हिँडिरहेको थिएँ। मेरो छिमेकी मनोरथले बोलाए।

“होइन हो चोलरमणजी! तपाई त एकाेहोरो कुदिरहेको मात्र देख्छु। कहिलेकाहीँ छिमेकी साथीभाइलाई पनि हेर्ने गर्नुहोस्।” भन्दै आफ्नो घरमा बोलाए।

केही समय घरव्यवहारका कुरा सकिएपछि उनी मूल मुद्दामा आए। “छोराछोरीलाई पढाएर मात्र के गर्नु? घरव्यवहारमा पनि बाँधिदिनुपर्ने रहेछ। छोरी बढे बाबुआमाको मुटु ढुकढुक मात्र।” उनले सांकेतिक रूपमा आफ्नो आशय व्यक्त गरे।

“अहिलेको जमानामा छोराछोरीको धेरै चिन्ता नगर्दा हुन्छ मनोरथजी। हामीले थाहा नपाउँदै उनीहरूले आफ्नो जोडा खोजिसकेका हुन्छन्।” मैले धेरै चिन्ता नलिन आग्रह गरेँ।

कुरा गर्दागर्दै उनी अर्कै प्रसंगतिर लागे।

“कृष्णप्रसादजीको छोरा सूर्य छ नि। कस्तो फटाहा रहेछ। नशा गर्ने, केटीहरूका पछि लाग्ने रहेछ। झन्डै बचियो नि !” उनले भने।

“कसरी थाहा पाउनुभयो यो कुरा?” मैले चनाखो हुँदै भनेँ।

“मेरो छोरी माग्न आएका थिए। मैले सबै कुरा थाहा पाएपछि हप्काएर पठाइदिएँ।” मनोरथले शानसाथ भने।

“कृष्णप्रसाद मेरा मावली दाजु हुन्। उनी र उनको छोरालाई म राम्ररी चिन्दछु। त्यो एकदम सभ्य र संस्कारी परिवार हो। तपाईंले धनसम्पति र प्रतिष्ठा देखर सम्बन्ध बढाउन खोज्नुभएको थियो तर...” मैले दृढताका साथ भनेँ।

“आफ्नो इष्टमित्र भएकाले पक्ष लिनुभएको होला। भैगो, तपाईंसँग कुरा गर्नु बेकार छ।” मनोरथले मुख बाङ्गो पारे।

“आफ्नो पक्षमा पार्न सकिएन भने अर्काको बदनाम गर्नु हुँदैन मनोरथजी। तपाईंको परिवारका कतिपय नैतिक आचरणगत कुरा थाहा पाएर उनको छोरा र तपाईको छोरीको विवाह हुन नसकेको हो। अर्काको बदनामी गर्न छोडिदिनुस् नत्र तपाईंलाई नै असर पर्छ।” यति भनेर म त्यहाँबाट उठेँ।

२) धिक्कार

एक युवक चोकको मध्यमा गएर चिच्चाउन थाल्यो।

“मलाई धिक्कार छ, धिक्कार।”

उसले यो क्रिया दुई चार पटक गरेपछि मानिसको भीड बढ्यो।

भीडमा भएको एक मानिसले साहस गरेर भन्यो, “किन, के भयो भाइ ? केही समयदेखि यहाँ जोरजोरले कराइरहेका छौ।”

“मलाई यो देशमा जन्मेकोमा धिक्कार छ।” युवक बोल्यो।

किन, कसरी? भन्दै मानिसहरूले प्रश्न गर्न थाले।

“मैले उच्च शिक्षा पाएर पनि काम पाउन सकेन। काम नहुँदा घरमा, समाजमा मेरो अपहेलना भयो। अब मसँग कुनै विकल्प छैन ?” युवकले निराशाभाव पोख्यो।

“जीवन रहदाँसम्म विकल्प जीवित रहिरहन्छ। विकल्प चिन्न सक्नुपर्छ।” भीडबाटै अर्को युवकले भन्यो।

“यो सब वाहियात कुरा हो। कोरा आदर्श मात्रै।” युवक बोल्यो।

“उच्च शिक्षा पाउँदैमा सबै अवसर प्राप्त हुँदैनन्। प्रतिस्पर्धात्मक युगमा एकै ठाउँमा सबै मानिस फिट हुँदैनन। एक काम, एक अवसर गुम्ने बित्तिकै मानिस निराश हुन्छन् तर बुझ्नुपर्ने कुरा के हो भने...।”

“स्पष्ट भन्नुहोस न्, किन कुरा चपाउनु हुन्छ ?” पहिलेकै युवक बोल्यो।

“हामीकहाँ उच्च शिक्षाले अहंकारी मानिस उत्पन्न गरेको छ। पढेलेखेको मानिसले सानो काम गर्नुहुँदैन, कम पढेलेखेका र अशिक्षित मानिससँग संगत गर्नुहुँदैन भन्ने भाव उत्पन्न गराएको छ।”

“अब के गर्ने त? आफ्नो लामो आर्थिक लगानी, भौतिक मेहनतलाई त्यसै माटोमा मिलाउने त?” जोशमा आयो युवक।

“शिक्षालाई जीवन बदल्ने ज्ञानका रूपमा ग्रहण गर्ने। जीवनमा जेजस्तो काम पाइन्छ, गर्दै जाने। ससानो सफलताबाट जीवनको आधारशिला निर्माण हुन्छ।” नयाँ युवकले विश्वासपूर्वक भन्यो।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस