संसदविहीन अवस्था कति जटिल हुन्छ भन्ने प्रधानमन्त्री बाबुराम भट्टराईले बल्ल बुझ्न थालेजस्तो छ। यस्तो ख्याल गरेको भए उनले गत जेठ १४ गते रुपान्तरित संसद राख्ने प्रस्ताव स्वीकार गर्ने थिए। संवैधानिक व्यवस्था नगरी निर्वाचन घोषणा गर्ने थिएनन्। भट्टराई अहिले भन्दैछन्- सत्ता आफ्नो हातमा छैन।
उनको हातखुट्टा बाँधिएको छ। उनी केही गर्न सक्दैनन्। फगत कुर्चीमा बसिरहेका छन्। उनले बुझेको हुनुपर्छ- संसद नभई सत्ता चल्न सक्दैन। उनले दोष भने राष्ट्रपतिलाई दिन थालेका छन्। संसद अभावमा अध्यादेश जारी गर्ने कार्यकारीको अधिकार हो भन्ने उनको जोड छ। अध्यादेश ल्याउन राष्ट्रपतिले मानेनन् भन्ने सबैलाई बताउन उनी उद्यत छन्। सत्ता त मैले सजिलै चलाउने थिएँ तर राष्ट्रपति सजिला भइदिएनन् भन्ने सन्देश उनी दिइरहेका छन्। त्यतिले नपुगेर उनले सिधै राष्ट्रपतिलाई प्रश्न गर्न जनतालाई उकास्न खोजिरहेका छन्। राष्ट्रपतिप्रति उनको धम्कीमिश्रित अभिव्यक्ति प्रकट भइसकेको छ।
सही हो, संसद नभएको अवस्थामा अध्यादेशबाट काम चलाउनुपर्छ। अध्यादेश ल्याउने सरकारको अधिकारमात्र होइन, जिम्मेवारी नै हो। राज्य सञ्चालन त गर्नैपर्छ र सत्तामा बसुञ्जेल कानुनी व्यवस्था गर्नैपर्छ। त्यस आधारमा अध्यादेश ल्याउन नपाउँदा प्रधानमन्त्री छट्पटाउनु स्वाभाविक हो। आफ्नो छट्पटी नलुकाउनु उनको पारदर्शिता पनि हो। तर उनले बुझ्नुपर्ने कठोर सत्य अर्कै छ। अध्यादेश जारी त गर्ने तर पारित कहाँबाट गर्ने? कहिले गर्ने? अध्यादेशको राजनीतिक, कानुनी र व्यावहारिक जाँचपड्ताल कसले गर्छ? ठीक छ, कार्यकारिणीले बुझेरै, आवश्यकता खट्केरै कानुन बनाउन खोजेको हुन्छ तर त्यो ठीक छ कि छैन भनेर जाँच्ने अधिकार कसलाई हुन्छ? व्यवस्थापिकालाई। व्यवस्थापिकाको गठनै त्यसका लागि हुन्छ।
व्यवस्थापिका संसदबाट पछि पारित गर्नेगरी अध्यादेश जारी गर्ने चलन हुन्छ। तर हामीकहाँ कहिले संसदको निर्वाचन हुन्छ त? प्रधानमन्त्री मौन छन्। अध्यादेश ल्याउने तर त्यसलाई पारित गर्ने निकायबारे जवाफविहीन हुन उनले मिल्दैन। उनले भन्न सक्नुपर्छ- अहिले ल्याएको अध्यादेश यति मितिभित्र संसदबाट पारित हुन्छ, पारित नभए अस्वीकृत हुन्छ, कम्तीमा त्यसको परीक्षण त हुन्छ। राष्ट्रपतिलाई थाहा छ, प्रधानमन्त्रीले सिफारिस गरेको मितिमा निर्वाचन गराउन सक्दिन भनेर निर्वाचन आयोगले जवाफ दिइसकेको छ। अर्को निर्वाचनको मिति घोषणा भएको छैन। भन्नाले देशमा संसद कहिले गठन हुन्छ, एकीन छैन। त्यस्तो अन्धकारमा राष्ट्रपतिले कसरी अध्यादेश जारी गर्न सक्छन्? उनले पनि जवाफदेही लिनुपर्ने हुन्छ।
प्रधानमन्त्रीसँग कार्यकारी अधिकार छ, राष्ट्रपतिसँग छैन। त्यसैगरी अन्तरिम संविधानअनुसार संसदसँग व्यवस्थापकीय अधिकार छ, राष्ट्रपतिसँग छैन। राष्ट्रपति संविधानका संरक्षक मानिए पनि उनीसँग कार्यकारी र व्यवस्थापकीय अधिकार दुवै छैन। त्यस आधारमा उनले अध्यादेश रोक्न पाउँदैनन्। तर सँगसगै अध्यादेश पारित गर्ने व्यवस्थाबारे उनी नाजवाफ रहन सक्दैनन्। व्यवस्थापिका संसदको गठन फलानो मितिको निर्वाचनपछि हुनेछ भन्ने व्यवस्था नभई अध्यादेश जारी गर्नु अस्वाभाविक हुनेछ। अर्कातर्फ अध्यादेश जारी गर्ने अधिकार सरकारसँग छ भन्नुको तात्पर्य ऊसँग संसदको बहुमत छ भन्ने हो। तर यसबीच संविधान सभाको अवसानपछि प्रधानमन्त्री र उपप्रधानमन्त्रीका दल टुक्रिएकामात्र छैनन्, दुवै नयाँ दलले सरकारबाट आउने अध्यादेशको विरोध गरिसकेका छन्।
राजाका पालामा अध्यादेश आएकै थियो भन्ने प्रधानमन्त्रीको तर्क पनि सही हो। तर, त्यतिखेर निर्वाचन सम्भव थिएन। माओवादी समस्या समाधान भएकै थिएन। अहिले निर्वाचन गर्न किन नसकिने? संविधानमा व्यवस्था नभएकाले निर्वाचन गराउन सकिन्न भन्ने आयोगलाई संविधान संशोधन गरेर जवाफ दिनुपर्ने दायित्व सरकारको हो। सरकार भने निर्वाचन गर्ने उद्देश्यबाट विचलित भइसकेको छ। निर्वाचनको घोषणा गर्ने सरकारले अन्य विकल्पतिर डोर्याचउन मिल्दैन। अन्तरिम संविधानले जवाफदेही शासन व्यवस्थाको परिकल्पना गरेको छ। संसदविना त्यो सम्भवै छैन। तर, संसदको निर्वाचनै गर्न नखोज्ने प्रवृत्ति देखिइसकेको छ। प्रधानमन्त्रीकै दल भरसक निर्वाचन पन्छाउन मुलुकको ध्यान संविधान सभा पुनर्स्थापनाको बहसतिर मोड्न उद्यत छ। त्यसले मुलुकको बहुमूल्य समय अलोकतान्त्रिक परिस्थिति सिर्जना गर्न व्यतीत गराउँदैछ। विपक्षी दलहरु जनादेश सकिइसकेको सभा ब्युँताउने नाममा निर्वाचन रोक्ने मतियार बनिरहेका छन्।
कांग्रेस सभापति सुशील कोइराला केही दिन निकै बरालिएका देखिन्थे। बल्ल पुनर्स्थापना सम्भव छैन भन्न थालिरहेका छन्। प्रमुख विपक्षी नेताका रुपमा निर्वाचनका पक्षमा उनी कठोर अडानमा बसिरहने हो भनेमात्र माओवादी सिर्जित निर्वाचनविरोधी माहोल चिर्न सजिलो हुनेछ। निर्वाचनका लागि संविधान संशोधन गराउन सरकारलाई दबाब दिने, संशोधनका लागि बाधा अड्काउ फुकाउने धारा प्रयोग गर्न सहमति जनाउने र निर्वाचनको विकल्प छैन भन्ने पक्षमा उभिने हो भने बल्ल विपक्षीहरु वास्तविक विपक्षी ठहरिनेछन्। नभए अध्यादेश ल्याउने अधिकार सरकारलाई छैन भन्ने विपक्षी धारणा नितान्त अलापमात्र सावित हुनेछ। सरकारले अत्यावश्यक अध्यादेश ल्याउन पाउनुपर्छ, राज्य सञ्चालन यथावत् राख्ने कर्तव्य पूरा गर्नुपर्छ। तर अध्यादेशको विरोधमात्र गर्ने, त्यसलाई पारित गर्ने संवैधानिक संयन्त्रबारे प्रश्न नगर्ने हो भने त्यो विपक्षी भूमिका मानिने छैन। त्यस्तो प्रचार युद्धले अन्ततः सरकारलाई बलमात्र पुर्या इरहने छ।
विपक्षीहरुको कमजोरीकै कारण प्रधानमन्त्रीले राष्ट्रपतिलाई निशाना बनाउन खोजेका छन्। राष्ट्रपति प्रधानमन्त्रीको विपक्षी होइनन्, हुन सक्दैनन्। बरु सरकारका सहयोगी हुन्। विपक्षीहरुले माओवादीको निर्वाचन विरोधी योजनालाई साथ दिएकाले मात्र राष्ट्रपति घानमा परेका हुन्। प्रधानमन्त्री त राष्ट्रपतिलाई लाञ्छित गर्छन्, प्रशासनिक निर्णय लिन नसक्दा 'सत्ताको चाबी अर्कैसग रहेछ' भन्छन्। निर्वाचनप्रति निर्दिष्ट हुन नसक्दा उनको निराशा झन् बढ्दै जाने पक्का छ। आवधिक निर्वाचनले चल्ने शासन पद्धतिका हिमायती विपक्षी दलहरुले त मुलुकलाई आशा देखाउनुपर्छ। उनीहरुले अध्यादेशको विरोधमा होइन, कानुन बनाउने थलोको गठनलाई प्राथमिकता दिनु आवश्यक छ। संविधानै बनाउने अवसरका रुपमा भावी व्यवस्थापिका संसदको निर्वाचनलाई एउटै मुद्दा बनाउन सकेमात्र अहिलेको अन्योल चिर्न सकिन्छ।
यो अध्यादेशको अन्योल होइन, दिशाविहीनताको अँध्यारो हो। अहिलेको सरकारले जवाफदेही शासन चलाउन संविधान सभा असफल बनाएको र रुपान्तरित संसदसमेत राख्ने व्यवस्था गर्न नचाहेको ठहर गर्ने विपक्षीहरुले त्यसविरुद्ध उभिने भनेकै निर्वाचन रोज्ने हो। नत्र त राष्ट्रपति रामवरण यादवले प्रधानमन्त्री भट्टराईबाट बढ्दै जाने आक्रमणबाट जोगिन अध्यादेशहरुमा सम्झौता गर्नैपनै हुन्छ।