राष्ट्र यतिबेला एकपछि अर्को संकटको भुमरीतर्फ धकेलिँदैछ। एकातिर संविधान नबनेको पीडा जनतामा छँदैछ, अर्कोतिर आगामी निकासको बाटोबारे अन्यौलताको बादल पनि मडारिएकै छ। 'कामचलाउ' सरकार सत्ता छाडेर सहमतिका लागि मार्गप्रशस्त गर्नुको सट्टा झन् पछि झन् सर्वसत्तावादी बन्दैछ।
अहिलेको सरकारको औचित्य त समाप्त भइसकेको छ नै, साथै राष्ट्रियताका विषयमा दिएका अभिव्यक्ति र हठका कारण वर्तमान प्रधानमन्त्री बाबुराम भट्टराई इतिहासको सबैभन्दा अलोकप्रिय प्रधानमन्त्रीको सूचीमा दर्ज हुँदैछन्। सहमतिमा बजेट आउन नसक्दाको भयावह अवस्था आउँदैछ, देश भ्रष्टाचारको दलदलमा फसेको छ। देशमा शान्तिसुरक्षाको स्थिति नाजुक छ, मूल्यवृद्धिले गरिब जनताको ढाड सेकेको छ। दलबीचका पछिल्ला मोर्चाबन्दीले देशमा ध्रुवीकरण तीव्र बनेको छ। तत्कालिक उद्देश्य, मुद्दा र स्वार्थ मिल्ने दलबीच भइरहेको मोर्चाबन्दीले राष्ट्रिय सहमति टाढिँदैछ र देशलाई विभाजित गरिरहेको छ।
गैरराजनीतिक मोर्चाबन्दीको माखेसाङ्लो पनि बलियो बन्दैछ। संघीयतालाई केन्द्रविन्दु बनाएर एकातिर जातीय मोर्चाबन्दी झाँगिदैछ भने अर्कोतिर मधेस, सुदूरपश्चिम जस्ता क्षेत्रीय मोर्चाबन्दी पनि चर्किरहेको छ। जातीय सद्भाव, क्षेत्रीय अन्तरसम्बन्ध र राष्ट्रिय एकता आवश्यक परेको बेला यस्ता राजनीतिक, जातीय, क्षेत्रीय मोर्चाबन्दीले राष्ट्रको भविष्यलाई संकटतर्फ धकेल्दैछ। नेपालको आन्तरिक मामिलामा विदेशी शक्तिहरु खुलेआम चलखेल गरिरहेका छन्। चाहे मधेसी मुद्दामा वा जनजाति मुद्दामा जनतालाई भड्काउने र विभाजित गर्ने कसरत भइरहेका छन्। धार्मिक हिसावले पनि भड्काउने प्रयत्न हुन थालेको पाइन्छ। यस्ता गतिविधिले नेपालमा युगौंदेखि कायम जातीय सद्भाव खलबलिने अवस्था एकातिर देखिँदैछ भने अर्कोतिर हाम्रो राष्ट्रिय एकतामा नै आँच पुग्ने खतरा पनि बढ्दैछ। राजनीतिक, आर्थिक, राष्ट्रियता हरेक दृष्टिले नेपाल कमजोर, अस्थिर बन्दै संकटको भूमरीतर्फ डोरिँदैछ। यस अवस्थामा पनि राजनीतिक दलहरुमा चेतना नपलाउने र सहमति नबन्ने दुर्भाग्यपूर्ण अवस्थाले देश 'असफल राष्ट्र' बन्ने खतरा छ।
जनताका प्रतिनिधि दलहरु आन्दोलनका गीत गाउँछन् तर उनीहरूले जनताका एजेण्डा सम्बोधन गरेको देखिँदैन। यसका लागि आन्दोलकारी दलहरुले सबभन्दा पहिले शान्ति प्रक्रिया, संविधान सभा निर्वाचन हुँदै संविधान सभा विघटनसम्मको घटनाक्रम समीक्षा गर्न जरुरी छ। 'एक कदम अगाडि, दुई कदम पछाडि' भनेझैं दलहरुले विगतको सिंहावलोकन गरेर मात्रै अगाडिको बाटो तय गर्न सक्छन्। एमाले-काँगे्रस नेतृत्वले ठण्डा दिमागले विनाआग्रह आफंैमाथि क्रुर बनेर हिजोका कमी/कमजोरीको निर्ममतापूर्वक मूल्यांकन गर्दै ठोस निष्कर्षमा पुग्नु आवश्यक छ। अनि विगतका गल्तीप्रति जनताबीच खुला आत्मालोचना गर्ने हिम्मत पनि देखाउनुपर्छ।
माओवादीलाई शान्ति प्रक्रियामा ल्याउने जुन अगुवाई एमाले-काँग्रेसले गरे, सही थियो। तर, त्यसका लागि परिस्थिति परिपक्व बनिसकेको थियो/थिएन, विश्लेषण गर्ने काम भएन। माओवादी 'न जित न हार' को अवस्थामा शान्ति प्रक्रियामा प्रवेश गर्यो । राजाको निरंकुशताले अत्तालिएका दलहरु माओवादीसँग गठजोड गर्न हतारिए, त्यो स्वाभाविक पनि थियो। त्यसले 'अघोषित कार्यगत एकता' का नाममा बलियो बन्दै गएको राजा-माओवादी गठजोड टुट्यो र राजनीतिक दलहरुको आन्दोलन सशक्त बन्न पुग्यो।
चौतर्फी घेराबन्दीमा परेको, जनताबाट अलगथलग हुँदै गएको, पार्टीभित्र आन्तरिक विवाद र कार्यकर्ताको आक्रोश चुलिँदै गएको, लडाकु र कार्यकर्ता पलायन हँुदै गएको, आर्थिक संकट बढ्दै गएको अवस्थामा माओवादीको ठूलो क्षति भई कथित जनयुद्ध असफल हुने निश्चित देखेपछि मात्र हतियार बिसाएको माओवादीको दीर्घकालीन रणनीति दलहरुले त्यतिबेला बुझ्न सकेनन्, जसको परिणाम आज दलहरुले मात्र होइन, सिंगो राष्ट्रले भोगिरहेको छ। चुनवाङ बैठकमा लिएको लोकतान्त्रिक गणतन्त्रको नीतिले माओवादी लोकतान्त्रिक रुपान्तरणको दिशामा आउने विश्वासमा पनि पछिल्लो अवधिमा तुषारापात भएको छ। तथाकथित राष्ट्रवादी शक्तिको नाममा राजासँग मिलेर मूल प्रवाहका राजनीतिक दलहरुलाई ठेगान लगाउने र सत्ताकब्जा गर्ने योजना असफल भएपछि सो रणनीति परिवर्तन गरी माओवादीले राजनीतिक दलहरुसँग मिल्ने विकल्प अँगाल्न पुगेको थियो। असफलतातर्फ उन्मुख 'जनयुद्ध' बिसाउने उपयुक्त अवसरका रूपमा बाह्रबुँदे समझदारी उपयुक्त चौतारी बनेको थियो। त्यसो त जितको दम्भसहित शान्ति प्रक्रियामा आएको माओवादीलाई 'डील' गर्न त्यति सजिलो थिएन। बरु उल्टै सबभन्दा ठूलो वामपन्थी दल एमालेलाई 'साइज' मा ल्याउन तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले खेलेको भूमिका बेठीक थियो।
विगतका यी सबै विषयको यथार्थ समीक्षा गरिसकेपछि आजको परिस्थितिको विश्लेषण गर्न जरुरी छ। आज सत्तामा रहेको माओवादीको योजना के छ? विदेशी शक्तिको नेपाल नीति के छ? यस अवस्थामा कसरी अघि बढ्ने? दलहरुको ध्यान यसतर्फ जान आवश्यक छ। माओवादीले सहमतिमा प्रधानमन्त्री हात लगाइदेला भनेर भिक्षा मागेर निकास निस्कनेवाला छैन। एमाले-काँगे्रसहरु अब पनि माओवादी भ्रमको भुमरीमा चक्कर मारिरहने र कुहिरोको काग बनिरहने हो भने माओवादीले यसरी नै सत्ता लम्ब्याइरहनेछ र उसको 'मिसन' अनुसार सरकारमार्फत् सत्ताकब्जाको आफ्नो अभिष्ट पूरा गरेरै छोड्नेछ। सहमतिको दन्तबजानको शायद अहिले औचित्य छैन। यो फलाक्ने र दुनियाँलाई मूर्ख बनाउने खजाना त होला तर यथार्थमा तत्काल सहमति हुने कुनै त्यस्तो सम्भावना देखिँदैन। त्यसैले आन्दोलनको कुरा गर्ने तर हुनै नसक्ने सहमतिको डम्फु पिटेर यस्तो जटिल समस्याको समाधान कदापि हुन सक्दैन। यसरी न आन्दोलन उठ्छ, न सहमति, न त निर्वाचन नै हुनेछ। त्यसैले दलहरुको सक्रिय पहलकदमी र सशक्त दबाबको माग राष्ट्रले गरेको छ।
माओवादीले एकातिर संघीयता पक्षधरहरुको नाममा राष्ट्रलाई धु्रवीकृत गर्दैछ, अर्कोतिर सहमति नहुने नाममा सरकारमार्फत् वैधानिक सत्ताकब्जाको 'रिहर्सल' गर्दैछ। माओवादी गतिविधिका पछिल्ला शृंखला फर्केर हेर्दा पनि उसको षडयन्त्र बुझ्न सकिन्छ। देशमा न संविधान निर्माण हुनसक्यो, न संविधान सभा जोगियो, यसको मूल कारक माओवादी नै हो भन्ने कुरामा द्विविधा छैन। यतिबेला यो सरकारलाई गिराउने कुनै वैधानिक संयन्त्र छैन। अनि यति नै बेला एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल यो सरकारले २०-२५ वर्षसम्म शासन गर्ने अभिव्यक्ति दिन्छन्। न संविधान, न सहमति, न चुनाव, यही सरकारलाई टिकाइरहने र अध्यादेशबाट जबर्जस्ती देश चलाउने जुन षडयन्त्र भइरहेको छ, यसलाई माओवादीको वैधानिक सत्ताकब्जा नभनेर के भन्ने? अग्रगामी प्रगतिशील शक्तिको गीत गाएर नथाक्ने माओवादी सत्ताकब्जाको धङधङी र रुपान्तरणको दोबाटोमा छ। उसले मुखले लोकतन्त्र, अग्रगमन, निर्वाचनका कुरा गर्छ तर युद्धको 'ह्याङ्ग' बाँकी नै। उसको मुख्य चरित्र नै उग्रवाद र अधिनायकवाद हो। यतिबेलाको खास लडाइँ भनेकै लोकतन्त्र र अधिनायकवादबीचकै हो। अधिनायकवादको मसिहा माओवादीलाई लोकतन्त्रको झण्डाले नै पराजित गर्न सकिन्छ।
आन्दोलनकै कुरा गर्दा यही अवस्थामा आन्दोलन उठ्न सक्ला? सोझो जवाफ छ- सक्दैन। दलहरुको आन्दोलन सत्ता वा पदका लागि हो कि भन्ने सन्देश गएको छ। जबकि सत्तासंघर्षको खेलमा जनता होमिन तयार छैनन्। नेताहरुलाई कुर्चीमा पुर्याशउन मात्र आन्दोलन गर्ने कुरामा जनतालाई रुचि छैन। राष्ट्रका समस्या सम्बोधन गर्ने र जनतालाई छुने एजेण्डा नभई आन्दोलनमा जनता आउने छैनन्। त्यसकारण राजनीतिक दलहरुले यो आन्दोलन कुर्चीका लागि वा कसैलाई प्रधानमन्त्री बनाउनका लागि होइन, लोकतन्त्रका लागि हो भनेर विश्वस्त बनाउन सक्नुपर्योा। आन्दोलनको सिरानमै 'प्रधानमन्त्रीको उम्मेदवार को' भनेर बहस गरिन्छ, कुनै व्यक्तिको नाम प्रधानमन्त्रीमा अघि सारेर आन्दोलन हुँदैन। आन्दोलनले एजेण्डा माग गर्छ।
यतिबेला हाम्रो राष्ट्रियता संकटमा छ। दलका नेताहरु विदेशीसामु खुट्टा कमाउने, विदेशीलाई चिढ्याएपछि आशीर्वाद र कुर्ची पाइँदैन भन्ने मानसिकताले ग्रस्त छन्। राष्ट्रिय स्वाधीनताको रक्षा यतिबेलाको जल्दोबल्दो मुद्दा हो। यसलाई आन्दोलनको एक प्रमुख एजेण्डाका रुपमा अघि सार्नुपर्छ। शान्ति प्रक्रियालाई पूर्णतामा पुर्याोउन पनि दबाब जरुरत् छ। संविधान निर्माणको हाम्रो यतिबेलाको राष्ट्रिय कार्यभार संविधान सभा विघटनपछि बेवारिसेजस्तै बनेको छ। संघीयताको मुद्दा अझै सुल्भि्कएको छैन। आन्दोलनकारी दलहरुले ठोस प्रस्ताव र नक्शासहित संघीयताको खाका अघि सार्नु जरुरी छ। 'बहुपहिचानसहितको संघीयता, संघीयतासहितको संविधान' यतिबेलाको मुख्य नारा बन्नुपर्छ। महँगी नियन्त्रण, शान्ति सुरक्षा कायम, भ्रष्टाचार अनियमितता नियन्त्रण, भ्रष्टाचारीलाई कार्बाही, अभाव र कालाबजारी अन्त्य, गरिबी बेराजगारी न्युनीकरण, गुणस्तरीय र जनमुखी शिक्षा, सस्तो र सुलभ स्वास्थ्य, विकास निर्माण यी हुन् जनताका मुद्दा। जनताका प्रत्यक्ष सरोकारका यी मुद्दा आन्दोलनका महत्वपूर्ण एजेण्डा बन्नुपर्छ। ती एजेण्डा पूरा गराउन अर्थात् जनताका माग पूरा गराउन तथा राष्ट्रलाई निकास दिन दलहरुको कार्यक्रम र 'मार्गचित्र' के हो, त्यो मूर्तरुपमा अगाडि सार्न पनि जरुरी छ।
निकासका लागि आधारभूत कुरा भनेको वर्तमान सरकारको बर्खास्ती र सहमतिको सरकार निर्माण नै हो। त्यसपछि संविधान निर्माणका लागि हामीसँग दुईवटा विकल्प छन्। संविधान सभाले चार वर्षमा गरेका काम, भएका सहमति र प्राप्त उपलब्धिको स्वामित्व लिँदै बाँकी मुद्दाबारे दलबीच सहमति कायम गर्ने र संविधान जारी गर्ने प्रयोजनका लागिमात्र छोटो समयसीमा निर्धारण गरेर संविधान सभा पुनर्स्थापना गर्न सकिन्छ। संविधान जारी गरेपछि संविधान सभालाई बिदाई गर्नुपर्छ। अर्को विकल्प ताजा जनादेश नै हो। सहमतिको आधारमा प्रतिनिधि सभाको निर्वाचन गर्ने, संविधान जारी गरिसकेपछि नियमित संसदको काम गर्नेगरी त्यसलाई निश्चित समयका लागि संविधान सभाको काम गर्ने 'म्याण्डेट' दिने र संविधान जारी गर्ने। यसरी एजेण्डा र समस्या समाधानको ठोस खाकासहितको आन्दोलनप्रति जनताको विश्वास र सहभागिता बढ्नेछ। माओवादी अतिवाद पनि जनतासामु झुक्न बाध्य हुने छ। र, त्यसले संघीयतासहितको संविधान बनाउने बाटो पनि खोल्नेछ। अनिमात्र राष्ट्रले निकास पनि पाउँछ।