समानान्तर
संयुक्त सरकारको सबैभन्दा ठूलो पार्टी भए पनि सरकारमा नेपाली कांग्रेसको नीति र सिद्धान्तको त कुरै छाडौँ व्यक्तिको पनि उपस्थिति देखिएन। सरकारको नीति र कार्यक्रममा त कांग्रेसका नेताहरुले सार्वजनिक असन्तुष्टि प्रकट गरे। जाजरकोटलगायतका जिल्लामा हैजाको महामारी फैलेको छ । स्वास्थ्यमन्त्री कांग्रेसी छन्। कांग्रेसका ठूला नेताहरु सुशील कोइराला र शेरबहादुर देउवाकै क्षेत्र पर्छ। तर उनीहरु कतै झुल्केका छैनन् । सचिव बढुवाका क्रममा त झन् कांग्रेसीहरुको हुनुसम्म बेइज्जत भयो। मन्त्रिपरिषद्मा भएको सहमति पनि उल्ट्याइयो। सरकारमा केही थान मन्त्री कांग्रेसका तर्फबाट नियुक्त भएका छन् तर न तिनको न कांग्रेसका अरु नेताको नै सार्थक उपस्थिति राष्ट्रिय जीवनमा देखा परेको छ।
जाजरकोटको महामारी नियन्त्रण गर्न अलिकति खटेको भए कांग्रेसका मन्त्रीले जस पनि पाउँथे होलान् तर स्वास्थ्यमन्त्री उमाकान्त चौधरीको अक्षमताले जनताले दुःख त पाए नै कांग्रेसको पनि इज्जत गयो । प्रधानमन्त्री माधवकुमार नेपालले हस्तक्षेप गर्नुपर् यो । उनले घुमाइफिराइ स्वास्थ्यमन्त्री नालायक भएकाले आपैष तम्सनु पर् यो भन्दै हिँडे । हैजा नियन्त्रण भएकै भए पनि जस माधव नेपालले पाउने थिए । यस्तो अवस्थामा विदेश सयरमा जाने स्वास्थ्यमन्त्री चौधरीलाई राजीनामा गराउनु पर्ने थियो । तर कांग्रेसले त्यसो गर्दैन । नेताको कृपा पात्र भएपछि खतबात सबै माफ हुन्छ । यति बेइज्जत भइसकेपछि पनि उनले नै राजीनामा दिनुपथ्र्यो । कांग्रेसमा अचेल त्यस्तो चलन पनि छैन ।
हुनत प्रधानमन्त्री नेपालले जति गुड्डी हाँके पनि केही गर्न सकेको देखिएन । हैजा नियन्त्रणका लागि सरकारी संयन्त्र परिचालन झाराटराइभन्दा बढी भएन । पैसा खर्च भयो होला तर बिरामीले औषधि पाएनन् । जे गर्नुपर्ने थियो त्यही चाहिँ सरकारले गर्न सकेन । माधवकुमार नेपाल यही कारणले पनि असफल साबित भइसके।
कांग्रेसका मन्त्रीहरुको हैसियत त सचिव बढुवासम्बन्धी निर्णयमा उमेश मैनाली प्रकरणले पनि देखाएको छ । उमेश मैनाली वरिष्ठतम भएर पनि मुख्य सचिव हुन पाएनन् । उनको सबैभन्दा ठूलो अयोग्यता कांग्रेसको निकट हुनु नै भएको देखियो । मन्त्रिपरिषद्ले मैनालीको पनि बढुवा गरेको घोषणा मन्त्री प्रकाशसरण महतले गरेका थिए । प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार रघुजी पन्तले मैनालीको बढुवा भएको छैन भनेर महतलाई फटाहा साबित गरिदिए । अलिकति पनि लाज र स्वाभिमान भए महतले राजीनामा दिनुपथ्र्यो । नभए पन्तले भनेको सही होइन भनेर प्रधानमन्त्री कार्यालयबाट भनाउन सक्नुपथ्र्यो । मैनालीमात्र हैन कांग्रेसको नजिक मानिएका अरु कर्मचारी पनि रुने दिन आउँदै छन् । कांग्रेसले लिएका मन्त्रालयमा पैसा र नाता निर्णायक हुन्छ । एमालेलगायत अरुका मन्त्रालयमा मूलतः राजनीतिक निकटता प्रभावकारी हुन्छ । यसैले अब कांग्रेसको नजिक हुनुको अर्थ गोता पाउनु हुन्छ।
पार्टीलाई जति क्षति पुर् याए पनि व्यक्तिलाई रिझाएपछि कांग्रेसमा काम चल्छ भन्ने एमाले नेताहरुलॆ राम्ररी बुझेकाछन् । यसैले उनीहरु गिरिजाप्रसाद कोइरालालाई किनाराको साक्षी राखेर आआपुनो अभीष्ट सिद्ध गर्न लागेका छन् । कोइराला साक्षीकै भूमिकामा पनि मख्ख देखिन्छन् । सकक्रिय राजनीतिबाट पन्छन पटक्कै मन नभएका यी नेता दिनहुँ आपुनै प्रतिष्ठाको क्षय भएको पनि साक्षी बसिरहेका छन् । सम्भवतः उनलाई आपुूले दिएको सल्लाह पूरा भए नभएको पनि खबर कसैले दिएको छैन । गिरिजाप्रसाद कोइराला पहिले धेरैका कुरा सुन्थे र आफू निर्णय गर्थे । यसैले उनका धेरै निर्णयमा जनमत प्रतिविम्बित हुन्थ्यो । अहिले धेरैको पहुँच नै छैन रे । उनको स्वास्थ्यले पनि साथ दिँदैन होला धेरैका कुरा सुन्न । यसैले उनी कताकति देखिए पनि कांग्रेस हराउँदै गयो । विकल्पमा योग्य र इमानदार नेतृत्व विकास गराउन नसक्नु सम्भवतः गिरिजाप्रसाद कोइरालाको सबैभन्दा ठूलो कमजोरी हो । कांग्रेसका अरु नेता दन्त्य कथाका दुई मुखे भण्डारक पंक्षीजस्ता छन् । कथाअनुसार यस पंक्षीले अर्को मुखले मीठो खाएको रिसले विष खाइदिएको थियो। यसैले कांग्रेसको जनाधार निरन्तर खस्किँदो छ । प्रभाव खुम्चिँदो छ । संगठन खुकुलिँदो छ। कांग्रेसको संगठन र जनाधार मात्र खस्केको हैन वैचारिक पक्ष पनि स्पन्दनहीन देखिएको छ।
नाटक वा सिनेमामा कुनै वस्तु बिस्तारै धमिलिँदै गएर हराउँछ । यसलाई ँफेड आउट' भन्छन्। नेपाली कांग्रेस पनि यसरी नै बिस्तारै खुइलिँदै हराउँदै जान थालेको छ । आधा शताब्दीभन्दा बढी नेपाली राजनीतिको केन्द्रमा देखिनॆ कांग्रेस अहिले क्रमशः किनारा लाग्न थालेको छ। हुनत कांग्रेसको रंग खुइलिने क्रम भर्खर सुरु भएको त हैन तर एमाले नेतृत्वको यस सरकारमा गएपछि निकै तीब्र हुँदै गएको छ । यसैले कांग्रेस सिध्याउने खेलमा मतियार हुन पुगेकोमा सरकारका सूत्रधार कांग्रेसहरुलाई पछुतो लाग्नु पर्ने हो । तर कांग्रेसको रंग खुइलिँदै जाँदा कांग्रेसका नेता हर्षबढाइँ गर्दैछन् । लाग्छ नेपाली कांग्रेसको शिविरमा शल्य र शकुनीको जमात नै छ।
यस्तै हो भने नेपाली कांग्रेस हराउन धेरै दिन लाग्ने छैन ।