भारतीय कथाकार उदय प्रकाशको जम्मा दुई लाइनको एउटा कथा छ - डर। कथा यस्तो छ :
उ डराएको छ।
किनभने जहाँ उसलाई जानु छ, त्यहाँ उसका पैतालाका छापहरु पहिले नै बनिसकेका छन्।
डर गजबको अनुभूति हो। मान्छे कहिले छातीमै ताकेर हानिएको तोपको गोलासँग पनि डराउँदैन, कहिले आतंकित साङ्लोको भयातुर भागदौडसँग पनि डराउँछ। राजनीतिका खेलाडीहरुको सबैभन्दा ठूलो डर जनताको आँगनमा छिपेको हुन्छ। चाहे तानाशाह हुन् वा राजाहरु। सबै जनताको त्यही आँगनमा उम्रेको नयाँ पुस्ता र नयाँ विचारको प्रवाह धान्न नसकेर उखेलिए। नेपालको राजतन्त्र पनि त्यही प्रवाह थेग्न नसकेर भर्खरै राजनीतिको रंगमञ्चबाट बाहिरिएको छ। समाजले नयाँ बाटो पक्रिसकेको छ र नयाँ राजनीतिक रंगमञ्चमा उभिएका खेलाडी परीक्षामा छन्। उनीहरु जहाँ हिँड्ने हुन, हरेक बाटोमा हिजो जनतासमक्ष गरेका वाचाहरुको क्याक्टस उम्रेको छ र त्यो क्याक्टसघारीको सामना नगरी उनीहरु कतै पुग्नै सक्दैनन्।
इतिहास सदैव जनतासँग डराएको छ र जनताको शक्तिले इतिहासलाई सदैव नयाँ अनुहार प्रदान गरेर पुनर्जीवन दिएको छ। जनयुद्ध, लालीगुराँस क्रान्ति हुँदै संविधान सभा निर्वाचनपछि जनताले निर्माण गरेको इतिहासको अनुहार यसपटक अलि छिटै धमिलो धमिलो भइरहेको छ। वास्तवमा इतिहासको जुन अनुहार बन्ने अपेक्षा गरिएको थियो, त्यो बनिनसक्दै धमिलिन थालेको छ। यसका कारण छन् र ती कारणको समयमै खोजी नगरिए, अनि ती कारणमाथि हस्तक्षेप नगरिए इतिहासले अर्को मोड नलेला भन्न सकिन्न, चाहे त्यो प्रिय होस् वा अप्रिय।
तैपनि इतिहासको प्रवाह अवरुद्ध भइरहेको सत्य हो र जनताको आँगनमा उत्पातको भुमरी उठ्दै गरेको पनि सत्य हो। संविधान सभा निर्वाचनमा त्यही जनताको आँगनमा उभिन पुगेका राजनीतिक दलहरु, अहिले त्यही आँगनसँग डराइरहेका छन्। ०४६ सालको आन्दोलनले जन्माएको बहुदलीय शासन प्रणालीलाई जनाउने प्रजातन्त्र शब्दले सान्दर्भिकता गुमाइसकेपछि लालीगुराँस क्रान्तिसँगै लोकतन्त्र शब्दको प्रचलन सुरु भयो। यसको स्पष्ट सन्देश थियो- जनता ०४७ कै संविधानमा कैद हुन चाहँदैनन्। त्यसैले संविधान सभा निर्वाचनको सामना गर्नु सबै राजनीतिक शक्तिका निम्ति अस्तित्वको अनिवार्य सर्त हुन पुग्यो। अनि जनताको आँगनमा फुलेका नयाँ राजनीतिक एजेण्डा र समाजमा आइरहेका बहुआयामिक परिवर्तनलाई चाहे पनि नचाहे पनि आत्मसात गर्नु बाध्यकारी हुन पुग्यो। तर निर्वाचनपछिको स्थिति उस्तै रहेन।
चलिरहेको परम्पराको चंगुलबाट बाहिर निस्कनु चानचुने कुरा होइन। चलिरहेको समाज व्यवस्था, अर्थराजनीतिक सम्बन्धहरुको जञ्जालबाट बाहिर निस्कन त अझ कैयौं गुणा कठिन हुन्छ। ठीक यहीँनेर पुस्तान्तर संघर्षको सूत्रपात हुने हो। र, त्यो पुस्तान्तर स्पष्टतः अर्थराजनीतिक स्वार्थ, जसलाई कार्ल मार्क्सले वर्गीय स्वार्थ भनेका छन्, कै आधारमा पैदा हुने हो। एउटा जर्जर समाज जहाँ सामन्ती राजतन्त्रले लामो समय शासन गर्यो र एक किसिमको भर्चुअल कैदभित्रको जीवन मात्र जनताका निम्ति उपलब्ध गरायो, त्यो समाज एक्काइसौं शताब्दीको चकाचौंध दुनियाँसँग सहजै आँखा जुधाउने हैसियतमा त्यति सजिलै पुग्न सक्दैन। अनेक सामाजिक बिष्फोटनहरुको चक्रबाट नेपाली समाजलाई पनि गुज्रनु नै पर्ने थियो। शाह र राणामात्र होइन, अनेक राजासाहेबहरुको आविष्कार पञ्चायतले गर्यो र देशभरका चलअचल सम्पत्तिको ढुकुटीको साँचो उनीहरुकै हातमा थमाइदियो। फलस्वरुप सानो एलिट वर्गको हातमा देशको ढुकुटी सीमित भयो।
संसारभर बढ्दो पुँजीवादी अर्थव्यवस्थाको चाकाबाट चुहिएको मह नचाटिरहन पनि नसक्ने र सामन्ती हैकम छाड्न पनि नसक्ने हिजडा चरित्र विकास गरिसकेपछि राजासाहबहरु बैंक, तारे होटल, उद्योगलगायत्का मालिक बन्न लागे। बहुदलीय व्यवस्थाले ठीक यही हिजडा व्यवस्थामा केही नवधनाढ्यहरु थपेर योगदान गर्यो। यसले अर्थव्यवस्थालाई जनमुखी बनाउने त प्रश्नै थिएन, परन्तु जनताको आँगनसम्म छलछामको मतपेटिका भने अवश्य पुर्यायो। खुला नैतिक चरित्रका कारण यसले नेपाली समाजलाई दुनियाँको चकाचौंध यथार्थ हेर्न सक्नेगरी खोलिदियो र नयाँ आविष्कारस्वरुप आएको सूचना संचार क्रान्तिलाई देशमा भित्र्यायो। ठीक यही कारणले जनताको आँगनसम्म संसारका आश्चर्यजनक यथार्थहरुकै साथ लागेर समाज परिवर्तन गर्ने गहिरो महŒवाकांक्षा पनि पुग्यो। जनयुद्धले त्यो आँगनसम्म शक्ति पुर्यायो र नारायणहिटीबाट शक्ति अवतरण हुँदै जनताको आँगनमा बलियो किल्ला बन्न पुग्यो।
अब के समाजको यो द्रुत कायाकल्प रोकिन्छ? अथवा यसले कोल्टे फेरेर चूपचाप सुस्ताउने रिस्क लिन्छ? अहँ, त्यस्तो अपेक्षा गर्न सकिन्न। नेपाली समाजमा शोषण र उत्पीडनको आदिम रुप धेरै पछिसम्म रह्यो र त्यसलाई उखेल्ने सशस्त्र तथा निशस्त्र प्रयासहरुको अहिले सगरमाथा खडा भएको छ। जातका नाममा शोषण, दलितका नाममा शोषण, गरिबका नाममा शोषण, पहुँचहीनहरुका नाममा शोषण, सुदूरको बस्ती आवाद गरेर बस्नुका नाममा शोषण, शोषणका अरु कति कति स्वरुपहरु। एकैपटक सामन्ती र पुँजीवादी शोषण व्यवस्थाको कक्टेल शोषणका औजार ब्यस्त छन्। देशका सबै कुनामा दीनहीन जीवनको हलो जोतिरहेका मानिसको रगत पसिना सोहोरिएर काठमाडू आइपुग्ने र यतैका पहुँचदार, उच्च ओहदा र जातका मानिसले मोज मनाइरहने व्यवस्था रहन सक्ने प्रश्नै छैन। तर फरक व्यवस्थाको रचना गर्ने संविधान सभा भने असफल भएकै हो।
यद्यपि नयाँ व्यवस्थाको रचना गाउँगाउँबाट भइरहकै छ। समावेशिताको वास्तविक प्रयोग गाउँहरुमा भइरहेको छ। त्यसले मूल राज्य व्यवस्था उल्टाउने तागत पैदा गरिरहेको छ। तर त्यो तागतलाई फेरि एकपटक सशस्त्र प्रतिरोधको बाटोमा जान नदिन जनताको आँगनमा पुग्ने हिम्मत अहिलेका राजनीतिक शक्तिहरुले गर्नैपर्छ। जनताको आँगन अत्यन्त रुष्ट छ तर त्यो गर्भाशय हो, जहाँ नयाँ शिशुको जन्म भइरहेको छ। अपरिभाषित राज्य व्यवस्थामा खुट्टा तानातानको खुराफाती खेलले भयानक परिणाम निकाल्न सक्छ। समयमै दलहरुले सोच्नुपर्ने कुरा के हो भने गणतन्त्र जुन आँगनबाट जन्मियो, त्यहीँ लोकतन्त्रका नयाँ आधार खोज्न जानुपर्छ। सडक किनारमा उभिएर धारे हात लगाउने वा अदालतको इजलासमा उभिएर राज्य पुनर्संरचनाको बहस गर्ने उपक्रमले निकास दिँदैन। तुलनात्मक हार र तुलनात्मक जीतका निम्ति सबै तयार रहनुपर्छ र जनताको आँगनमा फैसला खोज्नुपर्छ। मतपेटिकामा लोकतन्त्र सुरक्षित देख्नेले मतपेटिकाको सामना गर्ने हिम्मत गर्नैपर्छ। त्यसैले तर्कहरुको अम्बार खडा गरेर र शीर्ष नेताहरुसँग बार्गेनिङ गरेर होइन, अर्को चुनाव सामना गरेरमात्र मुलुकको राजनीतिले एउटा बाटो समात्न सक्छ।
माथि उद्धृत कथामा झैं दलहरुले हिँड्नु छ तर हिजो आफैंले बनाएका पाइलाहरुसँग उनीहरु डराएका छन्। किनभने ती पाइलाले जनताको आँगनसम्म डोर्याएर पुर्याउनेवाला छन्। अब अरु बाटो बाँकी पनि छैन। उपलब्ध बाटोले लतारेर जनताकै आँगनमा लैजान्छ र त्यहीँ दलहरुले आफ्नो शक्ति परीक्षण गर्नुपर्नेछ। हो, मुद्दा बाँकी छन्। हिजो असफल भएको संविधान सभालाई नै ब्युँझाएर ती मुद्दा सल्टिने सम्भावना न्युन देखिन्छ। हिजोको वाचा बिर्सिएको गहिरो अनुभूतिले उनीहरु ग्रस्त छन् तर हरेक पटक पाइला उचाल्दा डोब उही देखिन्छ। त्यसैले समाजका गहिरा घाउहरुसँग डराएका छन् उनीहरु र कुतर्कहरुको कुरुक्षेत्र निर्माण गर्दैछन्। फगत कुरुक्षेत्र, जसले केवल अहँकारको यज्ञमा संसार जलाउने जिद्दी गर्छ। तर नेपाली समाजको एउटा सुखद् सत्य के हो भने त्यही कुरुक्षेत्रसम्म पुग्ने बाटो पनि जनताकै आँगन भएर गुजि्रन्छ।
संविधान त तैपनि बनाउनैपर्ने छ र यिनै दलहरुले त्यो जिम्मेवारी बहन गर्नुपर्नेछ। जनताको अदालतमा हारेर वा जितेर, दुवै भूमिकाले यो राज्यको कायाकल्प गर्ने संविधान बनाउनैपर्छ। संविधान सभाकै निम्ति प्रतिनिधि छान्न पनि जनता तयार छ, संघीयतालगायत् आफ्ना मुद्दाहरुको प्रतिरक्षामा जनमत संग्रह भोग्न पनि जनता तयार छ। केवल दलहरु मात्र हिजो आफैंले हिँडेको पाइतालासँग डराइरहेका छन्। शायद ती पाइतालाका डोबहरु हिजो पनि अनिच्छापूर्वक हिँडिएका डोब थिए।