विभीषणको नाम पहिलो पटक कहिले सुनें, अहिले सम्झिन्न। हाम्री आमा महाभारत, रामायण जस्ता किताब पढ्नुहुन्थ्यो र हामीलाई भित्रका कथा सुनाउनुहुन्थ्यो। दैत्य कुलमा जन्मे तापनि विभीषण आफू सात्विक प्रवृत्तिको भएको, दाजु रावणलाई बदमाशी नगर्ने सल्लाह दिने गरेको, धर्मात्मा, रामको भक्त। यही हो विभीषणको नामसँग जोडिएर आउने चित्र।
यो चित्रण असल प्राणीको थियो, सकारात्मक थियो र निकै लामो समयसम्म यस्तै रहिरह्यो। धेरैपछि विद्यार्थीका रुपमा त्यसबखतका आन्दोलनमा प्रत्यक्ष/अप्रत्यक्ष सहभागी हुन थालेपछि मात्र विभीषण भन्ने नाम राष्ट्रघात र गद्दारीसँग पनि जोडिएर सुनेजस्तो लाग्छ यदाकदा। तर यो नाम कहिल्यै पनि त्यति महत्वपूर्ण भने भएन, बेलाबखत सम्झिरहनुपर्ने आवश्यकता पनि रहेन।
रामायणका कथा सुनेको निकै दशकपछि भर्खरैमात्र अचानक श्रीलङ्का पुगें। सबै भन्छन्- 'त्यो बेलाको लङ्काद्वीप आजको यही श्रीलङ्का नै हो।' त्यसैले त्यो भूमिमा पाइला राख्नेबित्तिकै मनमा कतै लुकिरहेको जिज्ञासाबाट स्वाभाविकरुपमा प्रश्न टुसाए। रावणलाई श्रीलङ्काका मानिस कसरी हेर्दा हुन्? विभीषणलाई कुनरुपमा लिँदा हुन्? विभीषणको पनि मन्दिर छ भन्ने सुनेर त अझ अर्कैखालको कौतुहल जाग्यो। कामको व्यस्तताबीच थोरै घुम्ने समय निकालेका रहेछन् साथी राजनले। मन खुशी भयो। तर स्थानिय मानिससँग दिल खोलेर गफ गर्न पाइने स्थिति रहेन। स्थानीयका नाममा आफूले कुरा गर्न मिल्ने मानिस जम्मा एक जना जुर्यो - भाडामा लिएको गाडीको ड्राइभर। ऊ उसकै पाराले अंग्रेजी बोल्थ्यो, हामी आ-आफ्नै पाराले बोल्थ्यौं। सम्भवतः हामी तीनमध्येे हरेकलाई अर्काको बोल्ने पारादेखि हाँसो उठ्थ्यो होला। तर, वाचाल थियो त्यो ड्राइभर। बाठो पनि थियो। गाइडको समेत लाइसेन्स लिएको उसले धेरै कुरा सुनायो। श्रुतिस्मृतिसूचना धेरै जम्मा पारेको रहेछ उसले। ती सबलाई जोडजाड पारेर जति सहज ढङ्गले गफ सुनाउँथ्यो ऊ, त्यो क्षमता देखी म राम्रै प्रभावित भएँ। कोलम्बोदेखि क्यान्डीसम्मको बाटो सहजै कट्यो। फर्केर आउँदा केही थाकिसकेको भए पनि ऊ बोली नै रह्यो। हामी सुनिरह्यौं।
उसले सुनाएका इतिहासका टुक्रामध्ये एक ठाउँमा पुगेपछि मलाई लाग्यो- त्यो देशमा विभीषणको पुनरावतरण भएको रहेछ। विभीषण प्रवृत्तिको पुनरावृत्ति भएको रहेछ- कम्तिमा एक पटक। श्रीलङ्काका अन्तिम राजा रहेछन्, श्रीविक्रम राजसिंह। उनका भारदारहरुले उनलाई समातेर बेलायतीको जिम्मा लगाएका रहेछन्। र, उनीसँगै जिम्मा लगाएका रहेछन् देशको शासनलाई समेत। त्यसभन्दा अघि त्यो द्वीपदेशको समुद्री किनारमा मात्र व्यापारिक स्वार्थमै रमाइरहेका बेलायतीलाई श्रीलङ्कामा शासनै गरेर बस्ने त्यति रहर थिएन रे। तर यो घटनापछि त्यो द्वीपमा बेलायती झण्डा फहराउन थाल्यो रे। र, निकै लामो समयसम्म त्यो देश औपनिवेशिक शासनमुनि रह्यो।
विभीषणको कथा र यो कथा उस्तै उस्तै लाग्यो मलाई। श्रीविक्रम राजसिंहेको चित्रण जसरी गर्यो त्यो शुभसिंहे नामको ड्राइभरले, रावणकै चित्रण गरेजस्तो लाग्यो। जसरी बेलायती शासन स्वीकारे ती भारदारहरुले, त्यो सुन्दा बेलायतीहरुलाई पनि रामजस्तै ठानेका रहेछन् जस्तो लाग्यो। विभीषणलाई रामले बनाइदिए जस्तो राजा नै त कसैलाई बनाइदिएनन् बेलायती प्रभुहरुले, तर आशीर्वाद प्राप्त नवविभीषण भएर ती सबै बसे। विभीषण शायद कुनै एउटा कालखण्डको व्यक्ति मात्रै हैन। यो त एउटा प्रवृत्ति होला इतिहासमा दोहोरिइरहने। हरेक देशका इतिहासमा होलान् विभीषणहरु। हरिभक्तका रूपमा, प्रभुभक्तका रुपमा ती पुजिने होलान् कति ठाउँमा। राष्ट्रघातीका रुपमा गाली खाने होलान् कति ठाउँमा। एउटै विभीषण पनि व्यक्तिका रुपमा इतिहासको कुनै कालखण्डमा पुजनीय होला, अर्को कुनै कालखण्डमा निन्दनीय होला।
संसारका विभिन्न देशका विभीषणहरुको चित्र आउन खोज्छ मनमा। हाम्रो आफ्नै सिमानासँग जोडिएको र अहिले विशाल भारतमा विलय भइसकेको सानो सिक्किमका विभीषणहरु सम्झने प्रयत्न गर्दैछु। ठेलमठेल प्रश्नका लस्करहरु आइरहेका छन् मनमा हामी कहाँ नि? हामीकहाँ कति भए विभीषणहरु? हाम्रो इतिहासमा छ कि छैन विभीषण प्रवृत्ति? कसरी प्रकट भएको होला त्यो प्रवृत्ति विभिन्न कालखण्डमा? अनि जिल्ल परेर सोधिरहेछु आँफैसँग कसले जन्माउँछ विभीषण प्रवृत्ति? रावणले? रामले? कि विभीषण स्वयंले?
मन सिरिङ्ग हुनेगरी अझ अर्को जटिल प्रश्न पनि जोडिएर आइरहेको छ यतिबेला। पुरानो जमानामा त 'आफ्ना' शासकहरु क्रुर, अन्यायी वा मूर्ख हुँदा अरु देशको शासन स्वीकार्य हुन्थ्यो जनताका लागि र 'राम' सँगै विभीषणहरु पुजिने स्थिति हुन्थ्यो भने विश्वव्यापीकरणको आजको यो जमानामा झन् के होला? राष्ट्रियता, देशभक्ति, सामाजिक न्याय र समृद्धि जस्ता अवधारणाबीचको अन्तर्सम्बन्ध झन्-झन् जटिल हुँदै गएको छ। यो जटिल र गतिशील अन्तर्सम्बन्धभित्र विभीषण प्रवृत्ति कसरी कहाँ कुनरुपमा वि्र्कयाशील होला? त्यसले के गर्न खोजिरहेको होला?
राम, रावण र विभीषण। शायद यी सबै नै विभिन्नरुपमा, विभिन्न परिस्थितिमा त्यो विभीषण प्रवृत्तिका जनक हुन सक्छन्। जब शासकहरु अन्यायी, मूर्ख, आत्मकेन्द्रित हुन्छन्, ती रावणमा रुपान्तरित भइरहेका हुन्छन् र उनैले जन्माइरहेका हुन्छन् विभीषणहरु। सीमापारिका, समुद्रपारिका शक्तिशाली रामहरुलाई त आफ्नो शक्ति जोगाउन र बढाउन विभीषणको खोजी जहिले पनि गरिरहनैपर्ने हुन्छ, चाहिएका बेला ती विभीषण उत्पादनै गर्छन्। अनि विभीषण प्रवृत्तिको सुषुप्त बीउ जहिले पनि दरवार वरिपरि जताततै उडिरहेकै हुन्छ, राम पर्खँदै। विभीषण प्रवृत्तिलाई स्वाभाविकरुपमा ग्रहण गर्ने हो भने त केही गाह्रो भएन। रामलीला हेरेर बसे भयो। हैन यो अस्वीकार्य छ भन्ने हो भनेचाहिँ गाह्रो भो। मेहनत नै गर्नुपर्ने भो। यो मेहनत गर्न रावणासन वरिपरि छुनुमुनु गर्ने पार्टीहरु सक्षम होलान्? उत्तर त्यति गाह्रो छैन।
धमिलो छ अहिले हाम्रो देशको पानी। आफ्नो बाटोमा बिनारोकटोक बगिरहेको खोलाको सफा पानी जस्तो छैन यो देशको वर्तमान। स्थिर त छैन तर कसैले बेसरी हुँडलिदिएको, पहिरोको माटोले फोहोर पारिदिएको, मूर्ख मनुवाको बुद्धिको ढल मिसिएर प्रदूषित भएको धमिलो पानी जस्तो छ वर्तमान। यसलाई अझ बढी हुँडलिइरहनुको सट्टा केहीबेर बग्न दिँदा बरु फोहोर थिग्रिन्थ्यो होला नि! राष्ट्रियतालाई, देशभक्तिलाई वर्तमानमा उभिएर कसरी बुझ्नुपर्ने हो? समाजिक न्यायको अर्थ के हुनुपर्छ हाम्रो जीवित वर्तमानमा? विकास र समृद्धिको दिशा के हुनुपर्छ यो कलिलो गणतन्त्रमा? अनि अब राजनीतिको अर्थ नि? क्रान्तिको अर्थ नि? पहिचानको अर्थ नि? अलि गहिरिएर यी विषयमा सार्थक छलफल गर्ने बेला हैन यो? यसो गर्न केले छेकिरहेको छ यो देशका विभिन्न पार्टीका नेता/कार्यकर्तालाई? के यो मेहनत गर्नुभन्दा घरबाहिरको कुनै 'राम' को नाम जपेर प्रभुभक्त विभीषण हुन सहज हुने भएकाले हो? यो मेहनत गर्नुभन्दा आफूले धारण गरेको पुरानो माला जपेर बस्नु सुरक्षित भएकाले हो? कि म्युजिकल चेयरको खेल रमाइलो भएर हो?
केलानियामा देखेको विभीषणको एउटा मूर्ति बारम्बार सम्झना आइरहेको छ यतिबेला। सुन्दर मुखाकृति भएको विभीषण बारुले कम्मर भएकी आफ्नी सुन्दर पत्नीसँग सिंहासनमा बसेका छन् र उस्तै सुन्दर मुखाकृति भएका श्रीराम उनलाई माला पहिर्या्एर राज्यारोहण गराइरहेका छन्। सीता - ती सुन्दरी जसका निम्ति त्यत्रो लडाइँ भयो, मुसुमुसु हाँसेर हेरिरहेकी छिन्। कथामा सुनेजस्तै यो दृश्य अत्यन्त स्वाभाविक लाग्छ। तर एउटा एकदम अनौठो लाग्ने कुरा पनि देखिन्छ त्यो मूर्तिकलामा विभीषणको त्यो सुन्दर सौम्य मुखाकृतिलाई पटक्कै नसुहाउने गरी उनको मुखबाट दुइटा लामा लामा दाह्रा निस्केका छन्। के त्यो दैत्यदन्त लुकाउनै नसकिने भएकाले त्यसरी देखिएको हो? ऋषिका सन्तानहरु आफ्ना कृत्यले दैत्य हुन पुगेका भए रावणको दाह्रामात्र स्वाभाविक हुँदो हो। हरिभक्त सात्विक विभीषणको दाह्रा कसरी पलायो? अनि किन लुकाउनै सकिएन त्यसलाई? कि त्यो पनि सात्विक विभीषणको पारदर्शिताको नमुना हो? यस्ता दाह्रा भएका सुन्दर मुखाकृतिका धनी विभीषणहरु अब हामी पनि देख्न थाल्छौं होला त? कि आजका विभीषणहरु दाह्रा लुकाउन खप्पिस छन्?