विघटनको तीन महिनापछि संविधान सभालाई पुनर्जीवन दिने प्रयास भइरहेको छ। विवाद गरेरै संविधान सभाको म्याद गुजार्नेहरूलाई ढिलै भए पनि यो 'अपराधबोध' हुनु राम्रो कुरा हो। तर, तिनले अब प्रायश्चित पनि गर्नुपर्छ।
त्यो भनेको संविधानका असहमत मुद्दामा सहमति गरेर बढीमा दुई, नभए एक दिनमात्र संविधान सभा बिउँझाउनु र संविधान जारी गर्नु हो।
संविधान नबनी संविधान सभा भंग हुँदा नेपालको एउटा वर्ग दंगदास छ। उसको ओठे राष्ट्रवादी मुद्रामा नयाँ संविधान बन्न नसकेको खुसी यत्रतत्र झल्किन्छ। लोकतन्त्रवादीको मखुन्डो लगाएका नवधनाढ्य, उत्पीडक, राजावादी, पेसेवर बुद्धिजीवी, चरम हिन्दुवादी, व्यापारी, ऊसँगै 'चियर्स' गरिरहेका छन्। त्यसै पनि बाबुराम भट्टराई सरकारले तोकेको मिति मंसिर ७ मा चुनाव नहुने भइसक्यो। मुख्य दलहरू असहमत भएको स्थितिमा नयाँ मिति तोकिए पनि चुनाव हुँदैन। भए पनि त्यसको हैसियत तत्कालीन राजा ज्ञानेन्द्रको स्थानीय चुनावको जस्तै हुन्छ। यस्तो स्थितिमा देश यथास्थितिमै अल्भि्कनु तिनको बैकुण्ठ अकण्टक रहनु हो।
सहमति कसरी?
बाहुन, क्षेत्री, दसनामीलगायत् बन्दकर्ता दाजुभाइ, दिदीबहिनीले संविधान सभा विघटनअघि वैशाख ३० गते अत्यन्त प्रशंसनीय सहिष्णुता देखाउनुभएको थियो। त्यो दिन किरात राई समुदायको साकेला पर्व थियो। किरात राई यायोक्खाको आग्रहमा मध्याह्नमै भए पनि बन्द फिर्ता गरियो। अनि किरात राईले मजासँग नाचेर साकेला पर्व मनाउन पाए। बाहुन-क्षत्री-दसनामीलगायत्ले देखाउनुभएको त्यस दिनको सहिष्णुता सबै जातजाति र समुदायले सिक्न लायक छ। हामीकहाँ सर्वथा अनिकाल त्यही सहिष्णुताको छ। उदार हृदयले यस्तो सहिष्णुता देखाउने हो भने कुनै पनि सहमति असम्भव छैन।
जातीय पहिचानका आधारमा राज्यको नाम राख्दैमा त्यो राज्य जातीय हुने होइन। भारतका थुपै्र राज्यलाई उदाहरण मान्न सकिन्छ। आसाम, नागाल्यान्ड, गुजरात, पश्चिम बंगाल आदि त्यहाँका मुख्य बासिन्दाको जातका आधारमा नामांकित राज्य हुन्। तैपनि ती राज्यमा अन्य जातको अधिकार र सहभागितालाई कतै पनि घटाउ गरिएको छैन। नेपालमा पनि हुन लागेको अभ्यास त्यही हो।
संविधान सभाको विषयगत समितिले एकजातीय राज्यको परिकल्पनै गरेको थिएन। पहिचानयुक्त राज्यले कहीँकतै भुइँचालो जानेवाला थिएन। विडम्बना, अन्य जातिको नामलाई समेत सहन नसक्ने जातिवादी समूहको विरोधले अखबारमात्र होइन, देशभरिका सडक जाम गरियो। सायद यसैको परिणाम थियो, ठूला तीन दलबीच सहमति। त्यसले पहिचानलाई ओझेल पार्नेखालको ११ राज्य बनाउने निर्णय गर्यो । जातिवादीहरूले पहिचानलाई समेत नसहेपछि तीन दलबीच जेठ २ गते भएको सहमतिको 'संघीय संरचनाबारे' शीर्षकको बुँदा १ मै भनिएको थियो- नेपालका सबै प्रदेश बहुजातीय हुनेछन्। प्रदेशहरूमा सबै जाति, जनजाति, धर्म, भाषा, संस्कृतिका सबै नागरिकको राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक अधिकार समान रहनेछ।
जुगदेखि यस देशमा कुलीन खस-आर्यको शासन सत्ता छ। (निम्नवर्गीय खस-आर्यको होइन)। तिनले आदिवासी जनजातिको संस्कृतिमाथि अतिक्रमण गरे। जनजातिले इतिहासदेखि आफ्नो भाषा, संस्कृति थिचिएको यही क्षतिपूर्ति मागेका हुन्। आफ्नो बाहुल्य भएको क्षेत्रमा आफ्नै पहिचान झल्काउने नाम दिएर आत्मसम्मानको पुनर्बहालीमात्र खोजेका हुन्। हो, विघटित संविधान सभाको राज्य पुनर्संरचना तथा राज्य शक्तिको बाँडफाँट समितिको प्रतिवेदनमा अग्राधिकारको व्यवस्था थियो। त्यसलाई दलित र अत्यन्त पिछडिएका जनजातिका हकमा मात्र सीमित गरेर पहिचानयुक्त राज्य बनाउन सकिन्थ्यो। जनजातिहरू पनि यसमा लचक हुनुपर्छ। कुरै मिल्दैन भने नामकै लागि उनीहरूले पनि संविधान अड्काइरहनु बुद्धिमानी हुँदैन। बरु भाषिक, सांस्कृतिकलगायत् अधिकार नछुटून् भन्नेमा सजग हुनु राम्रो हुन्छ।
पुनर्जीवनको बहस
समावेशी स्वरूपका हिसाबले नेपालको ऐतिहासिक संविधान सभा विश्वमै उदाहरणीय थियो। अनावश्यक संख्या बढाएर ६ सय १ जना पुर्यावइएको भनी यसको व्यापक विरोध भयो। त्यसले संविधान सभालाई खर्चिलो बनाएको अवश्य हो। तर समतामूलक संविधान बनाउने ऐतिहासिक सभामा सबै जातजाति, भाषा, संस्कृति, क्षेत्र, वर्गबाट प्रतिनिधित्व हुनु सबैभन्दा महŒवपूर्ण कुरा हो। त्यस हिसाबले यो विश्वकै उत्कृष्ट संविधान सभा थियो। यसमा महिला, दलित, मधेसी, पिछडिएको क्षेत्र, वर्ग सबैको प्रतिनिधित्व थियो। मुसलमान चुरौटे, तेस्रो लिंगीदेखि मधेसी दलित, मुक्त कमैयासमेत सभासद् थिए। यसअघि ती त्यहाँ पुग्ने कल्पना सपनामा पनि गर्न सकिन्नथ्यो।
संविधान सभाको प्रत्यक्ष चुनावमै थिचिएका, मिचिएका, आफन्त गुमाएका, मान्छेको दर्जा नपाएका, दुःखी, गरिब, दलित, उत्पीडित, महिला, आदिवासी, जनजाति, मुसलमान, मधेसीले जुन संख्यामा र जसरी चिरपरिचित पुराना नेतामाथि शानदार जित हासिल गरे, त्यो युगान्तकारी थियो। त्यस विजयले हिजो कहिल्यै त्यहाँ पुग्ने नसोचिएका समुदायको आत्मविश्वास मात्र बढाएन, तिनलाई मूलधारमा ल्याउन पनि महŒवपूर्ण भूमिका खेल्यो। हाम्रो देशमा अहिलेसम्म पीडक वर्गले आफ्नै स्वार्थअनुरूप नीति निर्माण र शासन गरे। अब पीडित र सीमान्तकृत वर्गले देशको भाग्यरेखा कोर्नुपर्छ भन्ने त्यसको प्रष्ट जनादेश थियो। हाम्रो देशका ठालू र ठुटे बुद्धिजीवी, भुइँफुट्टा कलाकारले पीडित यस वर्गको उछितो खनेका छन्। तर, तिनले कानको बिर्को खोले हुन्छ, हेपिएको त्यो आउँदो संविधानमा आफ्नो वर्गको दुःख सम्बोधन गर्न योगदान गरून् भनेर त्यहाँ पठाइएका हुन्। मुक्त कमैया, दलित, महिला, मधेसी, कर्णालीको दुःखहरण राजधानीमा सुखसयल गर्ने नवधनाढ्य र सम्भ्रान्तले लेखेको संविधानले हुने हो र?
सहमति नभई नयाँ चुनाव हुँदैन। भइदिएको भए संविधानै बन्ने थियो। हुन्छ भने छोटो, सस्तो र सरल उपायबाट संविधान बनाउने बाटो नै पहिले खोज्नुपर्छ। त्यो भनेको राजनीतिक सहमतिमा संविधान सभा बिउँझाउनु हो। तर्क गर्न सकिन्छ। यसको विरोध गर्न पनि सकिन्छ। तर धेरैलाई थाहा छ, नयाँ संविधान सभा चुनावबाट संविधान बन्छ भनेर सपना देख्न पनि गाह्रो छ। किनभने यति धेरै असहमतिबीच नयाँ संविधान सभा चुनावै लगभग सम्भव छ। भए पनि ६ सय १ जनाको अर्को चार वर्षे संविधान सभाले संविधान बनाउँछ भन्ने ग्यारेन्टी छैन। जति सत्तोसराप गरे पनि संविधान पाउने सबैभन्दा कम खराब विकल्पचाहिँ यही हो ।