हस्तक्षेप : गरेको कि मागेको?
१७ भदौ २०६९
•
७ मिनेट पाठ
हस्तक्षेप : गरेको कि मागेको?
अहिले नेपालमा विदेशी हस्तक्षेपको कुरा उठिरहेको छ। यो स्थितीमा विदेशी मित्रमाथि हस्तक्षेपकारीको औंला ठड्याउनु कति जायज? वा हाम्रै निर्लज्ज ठालुहरुलाई कठघरामा उभ्याउनुपर्ने हो? कि हामी जनता नै दोषी जो तिनैलाई त्यही गरेवापत फूलमाला लगाएर बारम्बार सत्ताका सिंहासनमा विराजमान गराउँछौंं र उनैलाई राष्ट्रवादीको तक्मा लगाइदिन्छौं? सवाल यही हो, हस्तक्षेप गरेको कि मागेको? दोषी को?




भारतीय सत्तानिकट प्राध्यापक एसडी मुनी र श्याम शरणहरुले हाकाहाकी भनिसके, 'तिम्रै ठालुहरुले मागेका हुनाले नै हस्तक्षेप गर्न मजवुर भएका हौं।' एक्ातिर हस्तक्षेपको माग गर्ने अनि फेरि तिनै विदेशी हस्तक्षेप भन्दै 'भारतीय विस्तारवाद'का विरूद्ध नारावाजी गर्नुको नैतिक धरातल के? बाह्र बुँंदे सम्झौताको लागि को चाहिं दिल्ली गएका थिएनन् र? बाह्र बँुंदेबाट मोज र भोज नगर्ने को छ यहाँ? त्यही दिल्लीले दिएको बाह्र बुँंदेकै दुहाई दिँदै सिंहदरबारको तिर्सना लागेको होइन र? आज तिनै एकअर्कालाई 'भारतीय हस्तक्षेप ल्यायो' भन्दै आरोप लगाउदै छन्। यो सत्तालीलाको जर्जर कहानी नभएर के हुन सक्छ? यसलाई पनि राजनीतिक संस्कार भन्न सकिन्छ र?

चिन्ता 'मुनी र शरणहरुले के भने' भन्ने होइन, न त समस्या 'रअ' या 'साउथ ब्लक' ले 'के गरे' भन्ने नै हो। या पश्चिमा दातृ निकायले डलर खुवाएर जातीय विभाजनको हतियार नेताहरुलाई सुम्पे नै भन्ने हो। चिन्ता हो, 'कसले' यो हस्तक्षेप मागे र उनीहरुले 'कसलाई' प्रयोग गरे? भन्ने हो। अर्को झन् ठूलो चिन्ताको विषय हरेक घटनामा आफ्नो पक्ष र विपक्षका आधारमा विरोध या मौन समर्थन गर्नु हो। उदाहरणार्थ : भर्खर आएका दुई विषय लिउंँ।

पहिलो : 'जनयुद्ध चलाइरहेका बेला' 'भारतसँग अत्यन्त राम्रो सम्बन्ध चाहेको तथा भारतका हितविरुद्ध हानि नगर्ने' जस्ता त्यसबेलाका भारतीय पक्षसँगको माओवादीको लिखत दस्तावेज मुनीबाट सार्वजनिक भएपछि प्रतिपक्षीले यसैलाई आधार बनाउदै बाबुराम सरकारको राष्ट्रियतामाथि नै प्रश्न उठाउदै खेदो खन्न थालेका छन्। सबैलाई थाहा भएकै कुरा हो, भारतकै भूमिबाट उक्त जनयुद्धलगायत् सात सालको क्रान्तिदेखिका कांग्रेस या बामका हरेक संघर्ष सञ्चालन भएकै हो र भविष्यमा पनि हुने नै हो। हरेकले भारतलाई उसका हितको विरोधमा नजाने किरिया खाएकै हुन्। भारत स्वयंको अनुरोधमा भन्दा हाम्रा आफ्नै दल तथा नेताहरुको अनुरोधमा नेपालको वैधानिक सत्ताविरुद्ध उताबाट सशस्त्र या निशस्त्र संघर्षका लागि छानो दिइएको हो।

भारतसँग अत्यन्त राम्रो सम्बन्ध कसले पो चाहेन र माओवादीले पनि त्यसो गरोस्? जंगबहादुर, त्रिभुवन, मोहनशमशेर, बीपी वा जीपी कोइरालादेखी, प्रचण्ड, बाबुराम या रामराजा प्रसाद सिंहसम्म अनि मधेसी राजनीतिक दल या सशस्त्र मोर्चा जोसुकैले पनि भन्ने त्यही हो, लिखत या मौखिक बकपत्रमार्फत्। तसर्थ सवाल या विवाद सत्ताधारी र विपक्षीले भारतलाई के भन्ने होइन। सवाल हो- किन संधँै सत्ताविरुद्ध्का हरेक संघर्ष गर्न भारतीय भूमि, भारत सरकार र संस्थाहरुको ढोका ढक्ढकाउन पुग्छन् हाम्रा राष्ट्रवादी नेता? के सत्ताको चाबी प्रधानमन्त्री भट्टराईले भनेझैंं अन्तै भएको हो?

दोस्रो, शरणले भारतकै चाहनामा सेनापति रूक्माङगत कटवालको थमौती गरेको बकपत्रले भने किन त्यतिको विवाद निम्त्याएन? यस बकपत्रलाई बाबुरामको सरकार हटाउन बल मिल्ने भएको भए यही नै ठूलो मुद्दा बनाइने थियो। तर यसमा चर्चै भएन। तसर्थ हाम्रा नेता, बुद्धिजीवी तथा मिडियाका लागि सार्वभौमसत्ता तथा राष्ट्रिय अस्मिताको परिभाषा नै सत्ताको पक्ष र विपक्षमा गाली या ताली, विरोध या चाकरीमा सीमित हुन पुगेको देखिन्छ। यो पनि हस्तक्षेपभन्दा ठूलो खतरा होइन र, नेपाल भूमि र नेपाली जातकै निम्ति? शरण स्वयंले बोलेकोे हस्तक्षेप शब्दमा यी सवाल किन उठाइएन?

दुई देशका व्यापार, जलस्रोत, निर्माण, आपसी सुरक्षा जस्ता अपरिहार्य विषयका समझदारीलाई राष्ट्रिय अस्मिताको हरणपूर्ण हस्तक्षेप मानेर हल्ला मच्चाइन्छ। भर्खरै विमानस्थलको स्वाभाविक स्तरीकरण राष्ट्रघात मान्नेहरुले सेनापति काण्डको हस्तक्षेपलाई चाहिं किन हस्तक्षेप मानेनन्? तर संसारमै अनिवार्यजस्तो मानिएको तथा आकाशमा मात्रै अपहरण रोक्न सक्रिय हुने एयर मार्सलको उपयोगलाई सार्वभौमसत्ताविरुद्ध ठान्नेलाई के भन्ने? के हामी यही बाटोबाट गन्तव्य पुग्लाउँ त? अन्तमा, बरु राजनीति यतैकाले मात्रै गरुन्। विकास यताका र उताका मिलेर गरौंं। आपसी सुरक्षामा सानो चित्त नदेखाउँ। भारतको सुरक्षाप्रतिको चिन्तामा कथित झुटो राष्ट्रवादको चुकुल नलाउँ।

 
अर्को समाचार
आयल निगमले सरकारसँग एक अर्ब क्षतिपूर्ति माग्यो
०४ पौष २०७४
•
७ मिनेट पाठ
आयल निगमले सरकारसँग एक अर्ब क्षतिपूर्ति माग्यो
काठमाडौं–सरकारले स्वचालित मूल्य प्रणालीमा हस्तक्षेप गरेर मूल्य समायोजन गर्न रोकेको भन्दै नेपाल आयल निगमले एक अर्ब रुपैयाँ क्षतिपूर्ति मागेको छ । अन्तर्राष्ट्रिय बजारमा बढेको मूल्य अनुसार भाउ बढाए पनि सरकारको निर्देशनपछि घटाउनुपर्दा निगमले घाटा बेहोर्नु परेको भन्दै सोको सोधभर्ना मागेको हो ।




प्रतिनिधि र प्रदेशसभा निर्वाचनको मुखमा गत कात्तिक १५ गते सरकारी स्वामित्वको आयल निगमले मूल्य बढाउने निर्णय गरेको थियो । निगमले पेट्रोल प्रतिलिटर दुई रुपैयाँ र डिजेल तथा मट्टीतेलमा एक रुपैयाँ ५० पैसा, खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर २५ रुपैयाँ मूल्य बढाएको थियो ।

मूल्य बढाउँदा चुनावमा जनमत प्रभावित हुने र विपक्षीले चुनावी मुद्दा बनाई पार्टीलाई हानि हुने देखेर निगमले निर्णय गरेको भोलिपल्टै (कात्तिक १६ गते) प्रधानमन्त्री शेरबहादुर देउवाले मूल्यवृद्धि फिर्ता लिन निर्देशन दिएका थिए । 

प्रधानमन्त्रीको उक्त निर्देशन कार्यान्वयन गर्दा घाटा भएको एक अर्ब दुई करोड रुपैयाँ क्षतिपूर्ति मागेको निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराईले बताए । क्षतिपूर्ति दाबीको फाइल आपूर्ति मन्त्रालय हुँदै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पेस भइसकेको छ ।

इन्डियन आयल कर्पोरेसन (आइओसी)ले पठाएको मूल्य सूचीको आधारमा निगमले मूल्य घटबढ गर्ने गर्छ । ‘आइओसीले बढाएर पठाएपछि मूल्य समायोजन गरेका थियौं,’ भट्टराईले भने, ‘सरकारले तत्काल घटाउन निर्देशन दिएपछि घटायौं । त्यसबापतको क्षतिपूर्ति मागेका हौं ।’

अक्टोबरसम्म मासिक १८ करोड रुपैयाँ नाफा कमाएको निगम नोभेम्बर पहिलो साताबाट घाटामा गएको थियो । ‘घाटामा जान थालेपछि मूल्य समायोजन गर्नुको विकल्प थिएन,’ उनले भने, ‘घाटा भएको रकम सरकारले बेहोर्ने आश्वासन पाएपछि मूल्य घटायौं ।’

आपूर्तिमन्त्री जयन्त चन्दले निगमले बेहोरेको घाटा सरकारले सोधभर्ना दिने सर्तमा मूल्य घटाएकाले सोबापतको रकम मागेको निगमको दाबी छ । 

नोभेम्बर पहिलो सातादेखि डिसेम्बर ७ सम्म निगमले पेट्रोलियम पदार्थ र ग्यास बिक्री परिणामको आधारमा रकम दाबी गरेको हो । 

निगमले मंसिर २२ गते फेरि मूल्य समायोजन गरिसकेको छ । निगमले सबै पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । पेट्रोलमा प्रतिलिटर दुई रुयैयाँ बढाएर एक सय रुपैयाँ, डिजेलमा प्रतिलिटर तीन रुयैयाँ बढाएर ७७ रुपैयाँ, हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर पाँच बढाएर ८७ रुपैयाँ र हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटरसय डलर वृद्धि गरेर ८ सय ५० डलर पु¥याएको छ । खाना पकाउने ग्यासमा प्रतिसिलिन्डर २५ रुयैयाँ बढाएर १३ सय ५० पु¥याएको छ ।

निगम सरकारी स्वामित्वको संस्था भए पनि व्यावसायिक योजना अनुसार अघि बढेकाले अन्तर्राष्ट्रिय बजार अनुसार अघि बढ्न थालेको भट्टराईले दाबी गरे । ‘विगतमा सरकारले अनुदान दिएर घाटा बेहोर्दै इन्धनको कारोबार गथ्र्यो,’ उनले भने, ‘सरकारकै निर्देशन अनुसार अटोमेसन (स्वचालित मूल्य प्रणाली) मा गएका हौं ।’ निगम २०७१ असोजदेखि अटोमेसनमा गएको थियो ।

आइओसीले हरेक १५ दिनमा निगमलाई मूल्य–सूची पठाउँछ । त्यसका आधारमा मूल्य विश्लेषण गरेर यता भाउ निर्धारण हुन्छ । निगमले अघिल्लो महिना मासिक ४२ करोड रुपैयाँ घाटा बेहोरेको थियो । डिसेम्बर १६ (मंसिर १) को मूल्य अनुसार निगमलाई अहिले मासिक ३८ करोड २२ लाख रुपैयाँ घाटा छ । अहिलेको घाटाको रकम भने दाबी नगर्ने भट्टराईले बताए । ‘अब फेरि १५ दिनमा आइओसीको मूल्यको आधारमा समायोजन गर्छौं,’ उनले भने, ‘यो मूल्यमा निगम नै जवाफदेही हुने भएकाले घाटाको रकम दाबी गर्दैनौं ।’ पछिल्लो मूल्य विश्लेषण अनुसार निगमलाई ग्यासमा प्रतिसिलिन्डर दुई सय २६ रुपैयाँ ७७ पैसा, डिजेलमा प्रतिलिटर दुई रुपैयाँ ५८ पैसा घाटा छ ।

निगमले अब हरेक महिना अन्तर्राष्ट्रिय बजार भाउ अनुसार मूल्य निर्धारण गर्ने जनाएको छ । ‘भारतमा दैनिक रुपमा मूल्य घटबढ हुन्छ,’ निमित्त कार्यकारी निर्देशक भट्टराईले भने, ‘हामी पनि अन्तर्राष्ट्रिय अभ्यास अनुसारै अघि बढ्नुपर्छ ।’

आइओसीले मूल्य बढाएर पठाउँदा निगमले बढाए पनि घटेर आउँदा समायोजन नगरेको आरोप लाग्दै आएको छ । निगमका अधिकारी यसमा सहमत छैनन् । ‘हस्तक्षेप नगरी स्वतन्त्र रुपमा छाडेमा मूल्य घट्दा÷बढ्दाको लाभ उपभोक्तालाई दिन तयार छौं,’ उनले भने, ‘मूल्य बढाउँदा सरकारी निर्देशन मान्नु पर्दा पूर्ण व्यावसायिक योजना अनुसार अघि बढ्न कठिन हुन्छ ।’

विगतमा करिब ३६ अर्ब रुपैयाँ घाटामा गएको निगमले स्वचालित मूल्य प्रणालीमा गएपछि ऋण तिरेर नाफा कमाएको छ । अहिले नाफाबाट आर्जन गरेको रकम इन्धन भण्डारण क्षमता बढाउन पूर्वाधार निर्माणमा खर्चने योजना बनाएको छ ।

निगमले एक सय २० अर्ब रुपैयाँ इन्धन भण्डारण गर्ने योजना बनाएको छ ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस