देश सहमतिको रापमा राँकिन थालेको छ। सहमतिको सबैभन्दा बढी चिन्ता राष्ट्रपति रामवरण यादवलाई छ। चिन्ताको विस्तार तीन दलका ठूलादेखि खुद्रे नेतासम्म भएको छ। उनीहरू अहोरात्र खटिएर असहमतिमा अवसान भएको संविधान सभा ब्युँताएर संविधान जारी गर्ने कठिन कार्यमा अहोरात्र खटिएका छन्।
सरसर्ती हेर्दा यो निकै लोकतान्त्रिक र महान् देशभक्तिपूर्ण कार्यजस्तो देखिन्छ। तर विषयहरू राम्ररी केलाएर हेर्ने हो र यसका दूरगामी प्रभाव विश्लेषण गर्ने हो भने लोकतन्त्रका लागि यो अभ्यास अत्यन्त खतरनाक सावित हुनेछ। पहिलो कुरा त संविधान सभा अवसानसँगै अहिले राष्ट्रपतिले सहमतिको खोजीमा निर्देश गर्नुभएका दलहरूको लोकतान्त्रिक हैसियत गुमिसकेको छ। ती दल व्यावहारिक हिसावले मात्रै देशका ठूला शक्ति मानिएका हुन। तिनीहरूको हैसियत पुनर्स्थापित गर्ने एकमात्र वैधानिक तरिका चुनावमात्रै हो। दोस्रो, संविधान अत्यन्त सावधानीपूर्वक निर्माण गर्नुपर्ने विषय हो। तीन दलका नेताले चार अन्य दलका नेतासँग आ-आफ्ना विचार विनियोजन र समायोजन गर्दैमा देशलाई वर्तमान र भविष्यका समस्याबाट मुक्ति दिने दस्तावेज निर्माण हुन सक्दैन। तेस्रो, दलहरू आफैंमा लोकतन्त्र होइनन। उनीहरू लोकतान्त्रिक माध्यमले आफ्ना कार्यक्रम जनतामा पुर्याउने र विश्वासको मत जित्ने राजनीतिक गुमास्तामात्रै हुन। जनमत आफ्ना माग र अपेक्षाबारे शंकित र चञ्चल भइरहन्छ। निश्चित आवधिक चुनावबाट मात्रै दलप्रति जनताको विश्वास जाँच्न सकिन्छ। यी सम्यक लोकतान्त्रिक मान्यता निरस्त गरेर हाम्रा राष्ट्रपति र नेताहरू नेपाली जनतामाथि कस्तो सहमति लाद्न चाहन्छन्? समयको प्रवाह र वेग आँकलन नै नगरी देशको भविष्य किन यति बढी संकुचित बनाउन खोजिँदैछ? यो एउटा अगम्य प्रश्न भएको छ हामी सबैका लागि।
राष्ट्रपति एउटा महान् लोकतान्त्रिक दलसँग जोडिनुभएको छ र पनि उहाँका अहिलेका काम लोकतन्त्रसम्मत छैनन्। उहाँलाई 'मात्र' संविधान बनाउनुपरेको छ, असल र राम्रो संविधान होइन। त्यसैले उहाँ शीतलनिवासमा बसेर दलका नेतासँग दादागिरीमा उत्रनुभएको छ। सहमतिका लागि दलका नेता सक्षम छैनन् भन्ने प्रमाणित भइसकेको अवस्थामा उहाँ किन लोकतान्त्रिक मान्यताविपरित 'सहमति छिटो गर' भनेर कड्किरहनुभएको छ? अँध्यारो कोठामा केही नेताबीचको सहमतिले जनताको भाग्य निर्धारण गराउने यो चाहना उहाँमा किन जागृत भएको छ? यो अर्को अवोधगम्य कुरो भएको छ। स्वयं गणतन्त्र नेपालका निर्वाचित राष्ट्रपति भएर पनि किन उहाँ निर्वाचनविरुद्ध अराजनीतिक, त्यसैले अवैधानिक, सहमतिका पक्षमा लागिपर्नुभएको छ? किन उहाँ निष्पक्ष निर्वाचनका लागि दह्रो पाइला चाल्न हिच्किचाइरहनु भएको छ? उहाँले नेताहरूलाई निर्वाचनका लागि सहमति खोज्न किन निर्देशन दिइरहनु भएको छैन? यो नेपाली राजनीतिको रहस्यमय पाटो बनेको छ।
अन्तरिम संविधानले संविधान सभा अवसानको कल्पना गरेको थिएन भने सहमतिमा अवसानमा परेको संविधान सभा ब्युँताएर संविधान बन्न सक्ने कल्पना पनि गरेको थिएन। यो दुर्घटनापछिको तार्किक र सहज राजनीतिक बाटो चुनाव नै हुनुपर्छ। यस्तो अवस्थामा चुनाव कसरी हुन्छ? भन्ने शिखण्डी प्रश्न अघि सार्नु राजनीतिको तत्व विज्ञान होइन। प्रशासनिकरूपमा अहिले देश पंगु भएको छैन। यसले आफ्नो भविष्य निर्माणका लागि एउटा चुनाव धान्न सक्छ। सुरक्षालगायत्का जटिल समस्या पनि विद्यमान छैनन् देशमा। घूस र भ्रष्टाचारका दर्जनौं आरोप लगाइए पनि नेपालको सुरक्षा संयन्त्रमा देशको सुरक्षाप्रति आवश्यक कर्तव्यवोध र तदारुकता छ। देशको सार्वभौमसत्ता का"धमा बोकेका जनतालाई चुनावका माध्यमबाट विविध विषयमा सहमतिमा पुग्ने अधिकार छ। त्यो अधिकार कुण्ठित गराएर कस्तो लोकतन्त्र चलाउन खोज्दैछन् नेताहरू?
कुण्ठा एउटा यस्तो रोग हो, जसको उपचार कुनै पनि चिकित्सकले गर्न सक्दैन। राष्ट्रपतिलाई यो कुराको राम्रो ज्ञान छ किनभने उहाँ स्वयं चिकित्सक हुनुहुन्छ। नेपालका नेताहरू सत्ताको कुण्ठाले गाँजिएका छन्। राष्ट्रपति हुन वा प्रधानमन्त्री, दलका सामान्य नेता हुन वा शीर्षस्थ- सत्ता सुमर्ने चिन्ता सबैमा छ। यो चिन्तालाई देशप्रेमको गुलियो क्याप्सुलमा बन्द गरेर मार्केटिङ गर्ने कलाका एकएक विशेषज्ञ सावित भएका छन सबै। सहज कुरालाई पनि असहज बनाएर देशको नाममा पाखण्ड ओकल्ने यो स्थितिले समस्याको निकास कहिल्यै निस्कँदैन।
राष्ट्रपतिलगायत्का सबै नेताले बुझ्नैपर्ने कुरा के हो भने आजको नेपाल उनीहरूले सोचेको जस्तो छैन। जनसंख्याको अधिकांश भाग तन्नेरी पुस्ताले ओगटेको छ। विचारका हिसावले यो पुस्ता सबै कुरा खुला र पारदर्र्शी देख्न चाहन्छ। त्यसैले चार वर्षसम्म कुनै बहस नगरी चूप बसेर आफैं स्खलित भएको संविधान सभा ब्युँताउने वा राष्ट्रिय महत्वका विषयमा मुख्य भनिने दलहरूको अवधारणाको विकल्पमा सोच्नै नपाइने गरी जनमत संग्रहमा लैजाने निर्णय कसैका लागि पनि सुपाच्य हुन सक्दैन। नया" संविधानका विषयमा जनमत संग्रह कुनै उत्तम विकल्प होइन। सन् ७० को दशकमा दुनियाँमा थुप्रै जनमत संग्रह हुन्थे। ती सबै जनमत संग्रहको परिणाम एकाधिकारवादी शासन व्यवस्थाको पक्षमा निस्कन्थ्यो। अहिले केका लागि जनामत संग्रह गर्ने? संविधान सभाले सहमतिमा संविधान तयार पार्न सकेको भए जनमत संग्रहले त्यस महाग्रन्थ अनुमोदन गर्ने कुरा औचित्यपूर्ण हुन सक्थ्यो। दलहरूले आफूले कोर्न चाहेको संविधानको खाका लिएर चुनावद्वारा शासनमा प्रतिनिधित्वका लागि ठाउँ सुरक्षित गर्ने साहस नदेखाएसम्म जनमत संग्रहले राष्ट्रिय स्वार्थको प्रतिनिधित्व गर्नै सक्दैन।
दलहरूले चुनावमा जाने साहस नदेखाएसम्म राजनीतिको दुर्गति यथावत् रहनेछ। चुनाव हुने भयो भने संघीयता, साधन र स्रोतको बाँडफाँट, दीर्घकालीन आर्थिक नीतिलगायत् देशका सर्वाधिक जटिल समस्यामा जनताले खुला छलफल गर्न र आफ्नो राय व्यक्त गर्न पाउने छन। विचारको घर्षणले देशबारे सोच्ने जनताको साहस र शक्ति बढ्ने त निश्चित नै छ। लोकतन्त्र भनेको जनताको सोच्ने अधिकारको प्रत्याभूति हो। लोकतन्त्रको दियोमा जनताको विचारको तेल नहालेसम्म देश अहिलेकै अवस्थामा अड्किरहन्छ।
दुर्भाग्यवशः नेपालको वर्तमान राजनीतिमा 'मास' को आधारमा राजनीति गर्ने दाबी गर्दै आएका दलका नेता 'क्लास' को राजनीतिमा रमाउन थालेका छन्। जनताको अधिकारका लागि लड्नेहरू नै जनताको शक्ति खुम्च्याउने काममा लाग्न थाले भने राजनीतिज्ञहरूको विश्वसनीयता सकिन्छ। २००७ सालदेखि २०१५ सालसम्मको राजनीति राजाको प्रतिघातबाट सञ्चालित रह्यो। के लोकतान्त्रिक राजनीतिमा पनि त्यस्तै प्रतिघात दोहोरिन थालेको त होइन? अहिले सहमतिको खोजीमा लागेका राष्ट्रपतिलगायत्का नेताले आत्मचिन्तन गर्नुपर्ने बेला आएको छ। जनता चुनावको मनस्थितिमा छ। त्यो चुनाव बाबुराम भट्टराईले गराउने कुरामा असहमति छ भने सुशील कोइरालाले गराए पनि हुन्छ, झलनाथ वा माधव नेपाल जसले गराए पनि हुन्छ। यति हो कि देशमा सुरु भएको लोकतान्त्रिक प्रक्रियाको उपहास हुनुहुँदैन। हाम्रा नेताले बुझ्नुपर्छ- देशका जनताका नजरमा उनीहरूको छवि निरन्तर खस्कँदो छ। स्वयं राष्ट्रपतिको छवि पनि, औपचारिक हिसावले बाहेक, जनताको नजरमा टल्कन सकेको छैन। शनिबार अपराह्नमात्र तरहराका जनता भन्दै थिए- हामी राष्ट्रपति, प्रधानमन्त्री वा अरु कुनै पनि नेताको फोटो टाँसिएका अखबार पढन चाहँदैनौं। यो सानो र गैरमहत्वको कुरा होइन। यो वितृष्णा हटाउने हो भने नेताहरूले नैतिक र लोकतान्त्रिक ढंगले इमानको राजनीति सञ्चालन गर्ने सहमति नगरेसम्म म्यानिपुलेसनका भरमा मात्रै अहिलेको अवस्थामा कुनै समाधान निस्कन सक्दैन।