'पूर्वी नेपालको सुन्दर नगरीमा स्वागत छ'- इटहरीबाट केही किलोमीटर उकालो लागेपछि चारकोसे झाडीबीच धरान नगरपालिकाको सिमानामा लेखिएको नारा जस्तै धरानमा स्वागतका फराकिला हात अनुभव गर्न सकिन्छ।
तराई र पहाडको भूगोलको सम्मिलन, फरासिला नगरबासी, सुन्दर घरबस्ती र सडकका कारण धरान पूर्वी नेपालका शहरमध्ये विशिष्ठ स्थान राख्छ। लाहुरेहरूको बस्ती, सुनचाँदीका गरगहना, तामा, पित्तल र काँसका भाँडाकुँडाको व्यापारमा पूर्वी नेपालमै कहलिएको धरानमा शिक्षा आर्जन गर्ने संस्थाहरूको योगदान पनि छ। धार्मिक आस्थाका पिण्डेश्वर, दन्तकाली, नजिकैका विष्णुपादुका र चतराधाम जस्ता धेरै कुराको योगदानले धरानलाई सम्पन्न शहर बनाएको अनुभव गर्न सकिन्छ।
धरानमा उद्यम, धन्दाको धेरै गुन्साइस देखिँदैन्। सेवा र व्यापार यसका विशेषता हुन्। यसैमा यसको भविष्य छ। रेमिट्यान्सको आम्दानीबाट धरानको उपभोक्ता बजार विस्तार भएको छ। बेलायती भिसाका कारण लाहुरेहरू धरानबाट पातलिँदै गएका छन्। धरान अहिले नयाँ संघारमा उभिएको छ। खासमा धरान विगत सम्भि्कएर भविष्यको मार्गचित्र कोर्न जुर्मुराएको छ। सम्भावनाहरूको खोजीमा भौतारिइरहेको अनुभव हुन्छ यहाँ। गत साता नागरिकले धरानमा आयोजना गरेको 'पूर्वेली संवाद' मा धरानका सरोकारवालाले यस्तै योजना सुनाए। धरानेहरू अहिले व्यापारमा खस्कँदै गएको साख जोगाउन चिन्तित छन्। व्यापारिक केन्द्र इटहरीतर्फ सरेकोमा उनीहरू इर्ष्यालु देखिन्छन् । कोशी, मेचीको पहाडी क्षेत्रको यातायातको केन्द्र बन्ने सम्भावनाहरू त्यत्तिकै गुम्ने हुन कि भन्ने चिन्ताले ग्रसित छन्।
उनीहरू अहिले जहाज अवतरण गराउने उद्यममा लागिपरेका छन्। धराने चाहन्छन्- काठमाडौं, पोखरा जहाजबाट आउजाउ गर्नसक्ने पूर्वाधारको मागले चाँडोभन्दा चाँडो आकार लेओस्। यसका लागि उनीहरूले पर्यटन मन्त्री लोकेन्द्र बिष्टको हातबाट शिलान्यास पनि गराए। एयरपोर्टको सम्भाव्यता अध्ययन गर्न आएको प्राविधिक टोलीले थप जग्गा अधिग्रहणको आवश्यकता औंल्याएको छ। अहिलेको समयमा जग्गा अधिग्रहण नगरबासीको एकल प्रयासबाट सम्भव छैन। सरकारले उच्च प्राथमिकता दिएको अवस्थामा धरानेको एयरपोर्ट सपना सहज र साकार हुन बेर लाग्दैन। तर क्षेत्रीय र जातीय राजनीतिमा खुम्चिएको धरानका आवाज माथिसम्म लैजाने राजनीतिक नेतृत्वको अभाव भने खड्किएको छ। राजनीतिक प्रतिस्पर्धाभन्दा विकास विरोधी देखिन थालेको दलीय राजनीतिविरुद्ध आवाज मुखरित हुन थालेका छन्। राजनीतिले जताततै बिगारेको विश्लेषण गर्नेहरूको संख्या ठूलो छ।
अहिले धरानमा एकीकृत सम्पत्ति करको चर्को बहस छ। सतहमा धरानका प्रमुख राजनीतिक पात्र र पार्टीहरू कर परिमार्जनको पक्षमा देखिन्छन्। तर उनीहरू सहमतीय राजनीतिको विरोधमा दिनदिनै सडकमा विरोध र र्यारली प्रदर्शन गरिरहेका छन्। करकै मुद्दामा एक दलले अर्काको अनुहारमा हिलो छाप्ने काम सुरू भइसकेको छ। विरोधको यो राजनीतिले आकार लिँदै गयो भने सम्पत्ति करमात्र गुम्दैन, धरानको पूर्वाधार विकासमा ऋण र अनुदान दिन चाहने दाताले पनि हात झिक्ने सम्भावना रहन्छ।
खानेपानी अभाव धरानको अहिलेको जल्लोबल्दो समस्या हो। कतिसम्म भने खानेपानी अभावमा धरानमा होटल व्यवसाय विस्तार हुन सकेको छैन। खानेपानी योजनासँगै बस पार्क योजनालगायत्का पूर्वाधारमा विश्व बैंकका सर्तहरू धरानेले मसिनोसँग केलाउन आवश्यक छ। खानेपानी, सरसफाई, बसपार्क जस्ता योजनाका लागि करिव १ अर्ब ७० करोड अघि सारेको विश्व बैंकले सँगसँगै वित्तीय सुधार र आर्थिक पारदर्शिताको सर्त राखेको छ। अहिले एकीकृत सम्पत्ति करमाथिको बहस विश्व बैंकको सर्तसँग जोडिएको कुरा आत्मसात गर्न आवश्यक छ, धरानेहरूले। बसपार्क कहाँ बनाउने? एमाले, काग्रेस र माओवादीले फरकफरक ठाउँ प्रस्ताव गरेको फोहोरी राजनीतिमा रूमल्लिएको छ धरान। दलका नेताले आफूखुसी स्थान विशेषमा बसपार्क हुनुपर्छ भनेर अडान लिनेभन्दा प्राविधिक अध्ययनबाट टुंगो लगाउनुपर्ने कुरा हो। भानुचोकमा छरपष्टरूपमा रहेका थोत्रा बस र त्यसका चर्को ट्याट्या र टुटुले धरानको घन्टाघरलाई जिस्क्याइरहेको अनुभव हुन्छ।
धरानको सुन्दर विगत, २०४५ सालको भूकम्पले नराम्ररी क्षतिग्रस्त भएको थियो। भूकम्पबाट मुर्छा परेको धरानलाई जीवन दिने काम बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले गरेको हो। यसमा धरानेहरू सहमत देखिन्छन्। तर बीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठानबाट धरानेहरूले लाभ लिन सकेका छैनन् । प्रतिष्ठान स्वास्थ सेवामा पूर्वी नेपालकै सबैभन्दा सम्पन्न र स्वास्थ सेवा दिनसक्ने संस्था हो। तर स्वास्थ सेवाका नाममा विराटनगरमा खुलेका निजी स्वास्थ्य संस्थाले कमिशनको खेल रचेर धरानको सेवा खोसेका छन्। धरान पूर्वको उपचार केन्द्र बन्न सकेमा उसले त्यसबाट प्रशस्त लाभ लिनसक्ने सम्भावना अझै पनि छ ।
कुनै बेला धरान चिल्ला सडकहरूको शहरमा गनिन्थ्यो। स्थानीयको आधासरी सहभागितामा बनेका कालोपत्रे सडक विस्तारै ग्राबेलमा रूपान्तरण भइरहेको अवस्था आँखाअगाडि छ। स्थानीय सहभागितामा बनेका सडक मर्मतसम्भारको काम कसले गर्ने भन्नेबारे नगरपालिका र नगरबासी अन्यौलग्रस्त देखिन्छन्। करिव डेढ लाख जनसंख्याको धरानमा एक चौथाई सुकुम्बासी छन् भनिन्छ। धरानका खहरे सर्दु र सेउतीको मार सुकुम्बासीले वर्षेनि झेल्नुपर्ने बाध्यताको उपचार हुन सकेको छैन। नगरपालिका विकासका हरेक मामलामा आपसमा विभाजित राजनीतिक पार्टीहरूबाट निर्देशित हुनुपर्ने विडम्बनापूर्ण अवस्था झेल्दैछ।
धरान दुर्व्यसनीहरूको अखडाका रूपमा पनि चिनिन्थ्यो कुनै बेला। दुर्व्यसनमा धरान अहिले नियन्त्रणोन्मुख छ। तर सँगसँगै रिकोभरी गु्रप भनिने दुर्व्यसनबाट मुक्त युवाहरूको जमातबाट आजित भइरहेको छ। कतिसम्म भने पोहोरमात्र त्यस्ता युवाले प्रहरीमाथि नै सांघातिक हमला गरे। उनीहरूको कुटाईबाट प्रहरी घाइते भए। प्रहरी, प्रशासनले त्यस्ता संगठनका युवामाथि कारबाही गर्न सकेन। प्रहरी कार्यालयमाथिको आक्रमणपछि रिकोभरी गुप्र त कमजोर भयो तर पछि उनीहरू काग्रेसको तरूण दल र एमालेको युवा संघमा आबद्ध भएर झन् बलिया बन्न पुगे। अहिले दुर्व्यसनबाट मुक्त कतिपय युवा प्रमुख राजनीतिक दलका मतियार बनेका छन्। ठेक्कापट्टामा उनीहरूलाई प्रयोग गर्न थालिएको छ।
धरान आदिबासी राजनीतिको केन्द्र भनिन्छ। धरानलाई लिम्बू, खुम्बू, राई, किरात, खस बाहुन, दशनामी, दलित सबैको राजनीतिक थलो भनिन्छ। तर, जातीय राजनीतिको बहसमा धरानमा लामो समयदेखि मौन बसेका नेवार जुर्मुराएका छन्। धरान शहर बसाउन भूमिका खेल्ने नेवारको भूमिका जातीय राजनीतिमा हराउन थालेको निचोडमा पुगेर नेवार एकता समाजको नाममा संगठित भएर उनीहरु सक्रिय भएका छन्। जातीय अधिकारका मुद्दाहरू उचालिने भए पनि अहिलेसम्म जातीय सद्भाव भने खलबलिएको छैन, धरानको सुन्दर पक्ष यही हो। आउँदा दिन सहज छैनन्, धरान चुनौतीको संघारमा उभिएको छ। धरान सम्भावनाको शहर हो, यसको यात्रालाई जातीय राजनीतिले नबिथलोस्।