चन्द्रमामा पाइला टेक्दा
१३ भदौ २०६९
•
१५ मिनेट पाठ
चन्द्रमामा पाइला टेक्दा
सन् १९६९ जुलाई २० मा पहिलोपल्ट मानिसले चन्द्रमामा पाइला टेकेका थिए। उक्त साहसी तथा ऐतिहासिक व्यक्ति थिए नील आर्मस्ट्रङ। सन् १९०३ मा पृथ्वीको गुरुत्वाकर्षणलाई चुनोती दिँदै पहिलो पटक राइट दाजुभाइ पृथ्वीको सतह छाडेर आकाशमा उडेका थिए। त्यसको ६६ वर्षपछि नील आर्मस्ट्रङले पृथ्वीको सतहमात्र छाडेनन्, उनले पहिलोपल्ट पृथ्वीबाहिर ब्रह्माण्डको कुनै अन्य भूभागमा पाइला टेके।
उनले मानिसको उपस्थिति पृथ्वीमा मात्र सीमित छैन, मानिस ब्रह्माण्डको अन्य भूभागमा पनि आफ्नो उपस्थिति जनाउन सक्षम छ भन्ने सन्देश दिए। आर्मस्ट्रङले आफूले चन्द्रमामा पहिलोपल्ट पाइला टेक्नुलाई 'एउटा मानिसको सानो पाइला' भनेका थिए। तर उनैले भनेजस्तै त्यो सानो पाइला वास्तवमै 'मानव जातिका लागि विशाल फड्को' थियो। उनै महान् व्यक्तिको गत शनिबार ८२ वर्षको उमेरमा निधन भएको छ।




नील आर्मस्ट्रङले चन्द्रमामा पाइला टेक्दाको दृष्य र समाचार विश्वभरका प्रायः सबै मुलुकमा टेलिभिजन तथा रेडियोमार्फत् प्रत्यक्ष प्रशारण गरिएको थियो। त्यसको केही समयअघिमात्र अन्तरिक्षमा प्रक्षेपण गरिएको भू-उपग्रहको मद्दतले उक्त प्रत्यक्ष प्रशारण सम्भव भएको थियो। विश्वभर त्यति व्यापकरूपमा कुनै घटनालाई प्रत्यक्ष प्रशारण गरिएको त्यो पहिलो पटक थियो। वास्तवमा उक्त प्रत्यक्ष प्रशारण आम सञ्चार माध्यमको विश्वव्यापीकरणको पहिलो उदाहरण थियो।

भनिन्छ त्यतिबेला आर्मस्ट्रङले चन्द्रमामा पाइला टेक्दाको प्रत्यक्ष प्रशारण ६० करोड मानिसले हेरेका वा सुनेका थिए। यो संख्या त्यतिबेलाको विश्व जनसंख्याको २० प्रतिशतभन्दा बढी थियो। संयोग नै भन्नुपर्छ, उक्त ऐतिहासिक घटनाको प्रत्यक्ष प्रशारण हेर्ने व्यक्तिमध्ये पंक्तिकार पनि एक थियो। त्यतिबेला पंक्तिकार तत्कालीन पश्चिम जर्मनीमा उच्च अध्ययन गर्ने क्रममा इजरलोन शहरको गोइथे इन्ष्टिच्युटमा जर्मन भाषा सिक्दै थियो। उक्त इन्ष्टिच्युटमा अमेरिकालगायत् सयभन्दा बढी मुलुकका विद्यार्थी जर्मन भाषा सिक्दै थिए। त्यस अर्थमा त्यहाँ विश्वका धेरैजसो मुलुकका प्रतिनिधि उपस्थित थिए। हामीसंगै गोइथे इन्ष्टिच्युटका प्रमुखको पनि उपस्थिति थियो। हामी सबै आर्मस्ट्रङले चन्द्रमामा पाइला टेक्दाका प्रत्यक्ष प्रशारण हेर्न एक ठूलो हलमा एक श्यामश्वेत टेलिभिजन सेटअगाडि बसेका थियौँ। त्यतिबेला रंगिन टेलिभिजन दुर्लभ नै थियो।
हामी सबैको मनमा आर्मस्ट्रङको उक्त ऐतिहासिक कदम सफल हुने हो होइन भन्ने ठूलो कौतुहल थियो। अन्तिम समयमा कतै दुःखद् दुर्घटना हुने त होइन भन्ने शंका र डर पनि थियो। आर्मस्ट्रङ र उनका सहयात्रीद्वय एडविन बज अल्ड्रिन र माइकल कलिन्स बोकेको मुख्य यान कोलम्बिया चन्द्रमाको सतहमा अवतरण गरिसकेको थियो। केही क्षणपछि मुख्य यान कोलम्बियाबाट आर्मस्ट्रङ विस्तारै बाहिर निस्के र बडो सावधानीपूर्वक चन्द्रमाको सतहमा पाइला टेके। आर्मस्ट्रङले पहिलो पाइला टेक्नेबित्तिकै टेलिभिजनमा प्रत्यक्ष प्रशारण हेरिरहेका सबैले खुसी भएर ताली बजाउन थाले। गोइथे इन्ष्टिच्युटका प्रमुखले सबै विद्यार्थी र आफ्नोतर्फबाट त्यहाँ उपस्थित अमेरिकी विद्यार्थीलाई बधाई दिए।

आर्मस्ट्रङले चन्द्रमामा पहिलो पाइला टेकेको केही क्षणपछि उनका सहयात्री अल्ड्रिनले पनि चन्द्रमा पाइला टेकेका थिए। उनीहरूले विभिन्न परीक्षण तथा निरीक्षण गर्नुका साथै त्यहाँका पत्थरका केही नमुना संकलन गर्दै चन्द्रमामा करिब तीन घन्टा बिताएका थिए। माइकल कलिन्स भने मुख्य यानमै बसेर चन्द्रमाको परिक्रमा गरिरहेका थिए। सोही यानबाट तीनैजना अन्तरिक्ष यात्री सकुशल पृथ्वी फर्केका थिए। पंक्तिकारका लागि त्यो एउटा कहिल्यै नबिर्सने र विश्वासै गर्न नसकिने वैज्ञानिक चमत्कार थियो।

नील आर्मस्ट्रङ र उनका सहयात्री विश्वका २२ विभिन्न देशको सद्भाव भ्रमण गर्ने क्रममा सन् १९७६ तिर नेपाल पनि आइपुगेका थिए। उनी र उनका सहयात्रीको सम्मानमा त्रिभुवन विश्वविद्यालयको कीर्तिपुरस्थित अडिटोरियम हलमा एक कार्यक्रम आयोजना गरिएको थियो। नील आर्मस्ट्रङ र उनका सहयात्रीलाई हेर्न कीर्तिपुर अडिटोरियमभित्र र बाहिर त्रिविका विद्यार्थी तथा सर्वसाधारणको ठूलो समूह जम्मा भएको थियो। आर्मस्ट्रङलाई हेर्न पंक्तिकार पनि त्यहाँ पुगेको थियो। आर्मस्ट्रङले नेपाल भ्रमणको बेला नेपाल सरकारलाई चन्द्रमाबाट ल्याइएका पत्थरको केही नमुना उपहार दिएका थिए।

मानिसलाई चन्द्रमामा अवतरण गर्ने परियोजनाका लागि अमेरिकाले २५ अर्ब डलर खर्च गरेको थियो। आखिर त्यति ठूलो धनराशी खर्चेर एक जना अमेरिकी नागरिकलाई चन्द्रमामा पहिलोपल्ट पाइला टेकाएर अमेरिकाले के प्रत्यक्ष उपलब्धि हासिल गर्यो भन्ने प्रश्न गर्ने मानिसको संख्या त्यतिबेला अमेरिकमा नै पनि धेरै थिए। तर अमेरिकाका लागि आफूले पहिलोपल्ट चन्द्रमामा मानिस अवतरण गर्नु विशुद्ध प्रतिष्ठाको विषयमात्र नभएर विश्वमै विज्ञान प्रविधिको क्षेत्रमा आफू सर्वश्रेष्ठ र शक्तिशाली राष्ट्र हो भन्ने सन्देश दिनु थियो।

दोस्रो विश्वयुद्धमा जर्मनीविरुद्ध मिलेर लडेका अमेरिका र सोभियत संघ युद्धपछि दुई ध्रुवमा विभाजित भए र एकअर्काको प्रमुख प्रतिद्वन्द्वी विश्व महाशक्तिका रूपमा उदाए। दोस्रो विश्व युद्धको अन्त्यतिर जापानमाथि आणविक बम विस्फोट गरेर अमेरिकाले आफ्नो सैनिक क्षमता प्रदर्शन गरेको थियो। भनिन्छ, जापानमाथि आणविक बम बिष्फोट गराउनुको एक प्रमुख उद्देश्य सोभियत संघलाई अमेरिकाले आफ्नो सैनिक क्षमता प्रदर्शन गर्नु पनि थियो। उक्त घटनाबाट सोभियत संघ झस्किएको थियो र आफू पनि आणविक बम निर्माणमा लाग्न थाल्यो। यसरी अमेरिका र सोभियत संघबीच आणविक हतियार निर्माण गर्ने होडबाजी चल्यो। उक्त होडबाजीमा पछि अन्य मुलुक पनि सरिक हुन थाले।

आणविक हतियार निर्माण गर्ने होडबाजीको सुरुवात् अमेरिकाले गर्योा भने अन्तरिक्षमा पुग्ने होडबाजीको सुरुवात् सोभियत संघले गर्योस। सोभियत संघले सन् १९५७ मा मानवरहित र १९६१ मा मानवसहितको अन्तरिक्ष यान सफलतापूर्वक प्रक्षेपण गरेपछि अमेरिकाले विज्ञान प्रविधिको क्षेत्रमा आफू सोभियत संघभन्दा पछाडि पर्न सक्ने सम्भावना देख्यो। अमेरिका र सोभियत संघबीच शीतयुद्ध प्रारम्भ भइसकेको थियो। एकले अर्कालाई निषेध गरेर विश्वमा आफ्नो आधिपत्य जमाउन दुवै राष्ट्र तल्लीन थिए। उक्त उद्देश्य प्राप्तिका लागि विज्ञान प्रविधिको प्रयोग एक महत्वपूर्ण माध्यम बन्न थाले। आणविक हतियार निर्माण गर्ने होडबाजीजस्तै अन्तरिक्ष विज्ञानको विकास र विस्तारमा यी दुई राष्ट्रबीच अर्को होडबाजी आरम्भ भयो।

यसै पृष्ठभूमिमा सन् १९६२ मा तत्कालीन राष्ट्रपति जोन एफ केनेडीले १९६० को दशकभित्र चन्द्रमामा मानिसलाई सफलतापूर्वक अवतरण गराई सकुशल पृथ्वीमा फर्काउन अमेरिकी वैज्ञानिकलाई आह्वान गरे। अमेरिकी वैज्ञानिकले केनेडीको उक्त आह्वानलाई चुनौती र अवसर दुवैका रूपमा लिए। नभन्दै १९६० को दशकको अन्तिम वर्ष १९६९ को जुलाई २० मा एपोलो ११ चन्द्रमा मिसनअन्तर्गत अमेरिकी वैज्ञानिकहरू मानिसलाई पहिलोपल्ट चन्द्रमामा अवतरण गराई सकुशल पृथ्वीमा फर्काउन र अन्तरिक्ष विज्ञानमा इतिहास रच्न सफल भए। यस सफल अभियानले विज्ञान प्रविधिको क्षेत्रमा अमेरिकाको श्रेष्ठतालाई प्रमाणितमात्र गरेनन्। यसले कतिपय अमेरिकी नागरिकमा अमेरिकाले चाहे जस्तोसुकै चुनौती पनि सफलतापूवर्क सामना गर्न सक्छ भन्ने आत्मविश्वास पनि विकास गरेको थियो।

यसअघिका कयौँ अन्य वैज्ञानिक उपलब्धिजस्तै अन्तरिक्ष विज्ञानको क्षेत्रमा भएका उपलब्धिको पनि सकारात्मक तथा नकारात्मक पक्ष रह्यो। अन्तरिक्षमा मानवरहित वा मानवसहितको यान प्रक्षेपण गर्न रकेट निर्माण आवश्यक थियो। त्यसैले वैज्ञानिकहरू शक्तिशाली रकेटको निर्माणमा जुटे। फलस्वरूप आज रकेट प्रविधिले ठूलो प्रगति गरेको छ। यिनै रकेटको निर्माण र विकासले अन्तरिक्षमा आज सयौँ भू-उपग्रहको प्रक्षेपण सम्भव भएको छ। यी भू-उपग्रहकै मद्दतले आज मौसमको प्रभावकारी भविष्यवाणी, पृथ्वीको भूभागको अध्ययन, जलवायु परिवर्तन, दूरसञ्चार, इन्टरनेटको विकास, अन्तर्राष्ट्रिय हवाई यातायात आदि क्षेत्रमा कयौँ मानव उपयोगी काम सम्भव भएको छ। यसैगरी ब्रह्माण्डका विभिन्न ग्रहको अध्ययन/अनुसन्धान गर्न रकेट प्रविधिको प्रयोगगरी अन्तरिक्ष यान प्रक्षेपण गर्न सम्भव भएको छ। हाल मानवनिर्मित अन्तरिक्ष यान मंगल ग्रहको अध्ययन/अनुसन्धान गर्ने कार्यमा प्रयोग भइरहेको छ।

अर्कोतर्फ रकेट प्रविधिको प्रयोग गरी आणविक हतियार बोक्न र प्रहार गर्न सक्ने शक्तिशाली क्षेप्यास्त्रको निर्माणसमेत सम्भव भएको छ, जसको प्रयोगले अकल्पनीय मानव क्षति हुनसक्ने सम्भावना सृजना भएको छ। हिजोआजको युद्धका लागि मूलतः पृथ्वीको जलभाग र भूभाग प्रयोग हुँदै आएको छ। अन्तरिक्ष विज्ञानमा भएका उपलब्धिका कारण भोलिका युद्धमा अन्तरिक्षसमेत प्रयोग हुने गम्भीर खतरा पैदा भएको छ।

पृथ्वी फर्कनुअघि आर्मस्ट्रङ र अल्ड्रिनले चन्द्रमाको धरातलमा एक शीला गाडेका थिए। उक्त शीलामा लेखिएको थियो- 'पृथ्वीबाट आएका हामी मानिसले यहाँ पहिलो पाइला टेकेका हौँ। हामी यहाँ सम्पूर्ण मानव जातिको शान्तिका लागि आएका हौँ।' अन्तरिक्ष विज्ञानमा अहिलेसम्म भएका र भविष्यमा प्राप्त हुने सफलताले वास्तवमै उक्त शीलामा उल्लेख भएजस्तै सम्पूर्ण मानव जातिको शान्ति र कल्याणमा योगदान पुगोस्। यही कामना गरौँ।
अर्को समाचार
चन्द्र टेक्ने हिरो रहेनन्
१० भदौ २०६९
•
५ मिनेट पाठ
चन्द्र टेक्ने हिरो रहेनन्

मणि दाहाल, काठमाडौं, भदौ ११- 'मानिसका लागि यो सानो पाइला हो, मानव सभ्यताका लागि भने एउटा ठूलो छलाङ,' २० जुलाई १९६९ का दिन चन्द्रमामा पहिलो पाइला टेक्दा निल आर्मस्ट्रङले भनेका थिए।
नेपाल विज्ञान प्रविधि प्रतिष्ठानका पूर्व उपकुलपति डा. दयानन्द बज्राचार्यलाई ऐतिहासिक त्यो क्षणलाई यही वाक्यले सम्झाइरहन्छ। ती ऐतिहासिक पात्र ८२ वर्षे निल आर्मस्ट्रङ अब संसारमा रहेनन्।




मुटु रोगी उनको शनिबार (स्थानीय समयअनुसार) अमेरिकाको ओहायो राज्यमा निधन भएको छ। साउन २३ मा उनको मुटुको धमनीको असफल शल्यक्रिया गरिएको थियो।
तत्कालीन पश्चिम जर्मनीमा भाषा सिक्दै गरेका बज्राचार्यले ती दिन सम्झँदै भने, 'नेपालमा त्यस समय टेलिभिजन थिएन, जर्मनीमा नभएको भए त्यो ऐतिहासिक अवसरबाट वन्चित हुन्थेँ।'
बज्राचार्यसँगै जर्मनीको गोथे इन्स्टिच्युटमा १ सय २० विद्यार्थी भाषा सिक्दै थिए। सँगै केही अमेरिकी पनि थिए। इन्स्टिच्युटमा त्यो अमेरिकीहरुलाई बधाइ दिन कार्यक्रमकै आयोजना गरिएको थियो।
ब्रजाचार्य चन्द्रमामा चाँडो मानिस पुग्नुलाई तत्कालीन सोभियत संघ र अमेरिकाबीचको 'शीतयुद्ध' को सुखद परिणाम मान्छन्।
१९६१ अप्रिल २१ मा रुसी युरी गार्गिनले अन्तरिक्ष पुगेपछि तत्कालीन अमेरिकी राष्ट्रपति जोन एफ केनडीले साठीको दशकमै चन्द्रमामा मानिसले पाइला टेक्ने घोषणा गरेका थिए। त्यतिबेला अन्तरिक्ष क्षेत्रमा रुसले आफूलाई जित्ने हो कि भन्ने अमेरिकालाई ठूलो डर थियो। त्यस समय अमेरिकाले अन्तरिक्ष क्षेत्रमात्र नभई विज्ञान-प्रविधिमै ठूलो फड्को हानेको थियो। त्यसलाई इतिहासमा 'स्पुतनिक मुभमेन्ट' भनेर चिनिन्छ। राष्ट्रवादबाट अभिप्रेरित भएर सञ्चालन गरिएको अमेरिका चन्द्रमा त्यो मिसनका लागि २५ अर्ब अमेरिकी डलर खर्चेको थियो।
'त्यस समय राष्ट्रिय प्रतिष्ठाका लागि त्यत्तिको खर्च गर्नु के उचित छ भनेरसमेत चर्चा भएको थियो,' त्यस समयको बहस सम्झँदै बज्राचार्यले भने, 'त्यो विज्ञान तथा प्रविधि क्षेत्रमा ठूलो उपलब्धि हो। यसले मानिसको साहस, सहकार्य, मानवताको परिचय दिएको छ।'
बज्राचार्य रकेट अन्तरिक्षमा प्रविधिबाटै अहिलेको जीवन सहज भएको बताउँछन्। 'सूचना तथा सञ्चार, जलवायु क्षेत्रमा जुन सहजता विकास भएको छ, त्यो भूउपग्रहकै सफलताले हो,' उनले भने, 'रकेटमै राखेर सबै कुरा अन्तरिक्ष पठाइन्छ।'
कम्प्युटर प्रणालीको विकास पनि त्यसमा समेत अन्तरिक्ष कार्यक्रमको ठूलो योगदान भएको उनले बताए।
बज्राचार्य आर्मस्ट्रङलाई साहसी मानव मान्छन्। 'त्यहाँ पुग्दा के हुन्छ भन्ने थाहा हुँदैन, फर्किन्छ वा फर्किइन्न भन्नेसमेत,' उनले थपे, 'पहिलोपटक अन्तरिक्ष पुग्ने हुन् या चन्द्रमा, ती सबै साहसी मानव हुन्।'
यी चर्चित अन्तरिक्ष यात्रीको निधनले विश्वलाई नै स्तब्ध तुल्याएको छ। उनको संसारभर स्मरण गरिएको छ। अमेरिकी राष्ट्रपति बाराक ओबामाले निल सदावहार हिरो भएको बताए। 'निल आर्मस्ट्रङ आफ्नो समयमका मात्र होइन, सबै समयका नायक हुन्,' ओबामाले टि्वटरमा श्रद्धाञ्जली व्यक्त गर्दै लेखेका छन्, 'धन्यवाद निल तिमीले एउटा सानो पाइलाको शक्ति हामीलाई देखायौं।'
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस