साढे दुई महिनादेखि कामचलाउ हैसियतमा टाँगिइरहेको बाबुराम भट्टराई सरकारले अध्यादेशमार्फत् सत्य निरुपण तथा मेलमिलाप आयोग गठनको तयारी गरेको खबर सार्वजनिक भएको छ।
जननिर्वाचित संसद नभएको र दलबीच राजनीतिक खिचातानी चर्किरहेको समयमा आयोगका प्रमुख सरोकारवाला द्वन्द्वपीडित समुदायलाई समेत बेवास्ता गर्दै हठात् आयोग गठन गर्न खोजेकोप्रति वर्षौंदेखि न्यायका लागि प्रतीक्षारत् द्वन्द्वपीडित समुदायको गम्भीर ध्यानाकर्षण भएको छ।
न्याय पाउनुपर्ने द्वन्द्वपीडित नागरिकको अधिकार र राज्यको दायित्व बेवास्ता गर्दै द्वन्द्वका नाममा गम्भीर मानव अधिकार हनन्का घटनासमेत बिर्सनुपर्छ र पीडकलाई मेलमिलापका नाममा आममाफी हुनुपर्छ भन्ने आत्मकेन्द्रित तर्क राख्दै आएका प्रधानमन्त्रीले अध्यादेशमार्फत् गठन गर्न खोजेको आयोगले द्वन्द्वपीडितलाई न्याय प्रदान गर्ने अपेक्षा गर्न सकिन्न। २०६४ सालमा द्वन्द्वपीडितको न्याय र परिपूरणलाई बेवास्ता गर्दै आममाफीलाई प्राथमिकतामा राखेर तयार पारिएको आयोग गठनसम्बन्धी मस्यौदाको द्वन्द्वपीडित, नागरिक समाज र अन्तर्राष्ट्रिय समुदायबाट व्यापक विरोध भएको थियो। अन्तर्राष्ट्रिय मापदण्डबमोजिमको सत्य निरूपण आयोग बन्नुपर्ने निरन्तर सरोकारका कारण आयोजित छलफल कार्यक्रमहरुमार्फत् संकलित सुझावका आधारमा मस्यौदामा पीडितमैत्री प्रावधान समावेश गर्न सम्भव भएको थियो।
तर संक्रमणकालीन न्यायिक आयोगलाई माफी आयोगका रुपमा परिणत गर्ने सरकार र दलहरुको मनसायका कारण नै आयोग गठनसम्बन्धी विधेयक दुई वर्षसम्म संसदमा अल्भि्कएको थियो। संसदमा पेश भएको विधेयकमा रहेको निशस्त्र नागरिकको हत्या, बलात्कार, बेपत्ता तथा अंगभंग जस्ता गम्भीर दण्डनीय अपराधको सूची हटाउने षड्यन्त्रका रुपमा दुइवटा आयोग मिलाएर एउटै आयोग बनाउने सहमति दलले गरेका थिए। अरु दल त द्वन्द्वपीडितका मुद्दामा गम्भीर भएनन् नै। बेपत्ता नागरिकको अवस्था सार्वजनिक गर्नका लागि आन्दोलन मञ्चन गरेको माओवादीले दुई पटकसम्म सरकारको नेतृत्व गर्दासमेत द्वन्द्वपीडित अरु मुद्दा त छाडौं, बेपत्ता नागरिकको स्थिति सार्वजनिक गर्नसमेत कुनै पहल नगरेको जगजाहेरै छ। संविधान सभा बहाल भएको समयमा अनेक बहानामा न्यायिक प्रक्रिया पछाडि धकेल्ने तर संसद नभएका बखतमा पीडितको आवाजप्रति बेवास्ता गरेर आयोग गठन गर्ने प्रपञ्च सरकार पीडितका मुद्दामा स्ावेदनशील भएको भ्रम छर्ने र पीडितलाइ न्याय होइन कि न्यायको मुद्दा तुहाउने र पीडकलाइ उन्मुक्ति दिने प्रयासमात्र हो।
द्वन्द्वका कारण प्रत्यक्ष पीडित नागरिकमात्र नभएर सिंगो मुलुक नै पीडित र आक्रान्त भएको थियो। शान्ति प्रक्रियालेे लडाकुको व्यवस्थापन र पीडितको न्यायका साथै द्वन्द्वका कारण सम्बोधन तथा द्वन्द्वबाट प्रत्यक्ष वा अप्रत्यक्षरुपमा प्रताडित सरोकारवालाको पीडा र सहअस्तित्व आत्मसात गर्दै द्वन्द्वले समाजमा उत्पन्न गरेको तीक्तता, भययुक्त मनस्थिति र विभाजनलाई भावनात्मक ढंगले सम्बोधन गर्दै सामाजिक जीवनलाई द्वन्द्वकालीन असहज मनस्थिति र परिस्थितिबाट सामान्य अवस्थामा फकाउनुपर्छ। तसर्थ मानव अधिकार हननका घटनाको सत्यतथ्य सार्वजनिक गर्नु, पीडकलाई दण्डित गर्नु, पीडित नागरिकलाई परिपूरण तथा सन्तुष्टि प्रदान गरी पुनर्स्थापना गर्नु एवं भविष्यमा फेरि त्यस्तो ज्यादतिबाट कुनै पनि नागरिक पीडित हुन नपरोस् भन्ने सुनिश्चित गर्नु शान्ति सम्झौताको कार्यभार हो। तर शान्ति प्रक्रियालाइ आफ्नो एकलौटी स्वार्थ पूर्तिका लागिमात्र उपयोग गर्ने र आफूले पूरा गर्नुपर्ने कुनै दायित्व बहन नगर्ने प्रवृत्तिका कारण समग्र शान्ति प्रक्रिया नै अलपत्र परेको हो।
सरकारभित्र र बाहिरका दलबीच आममाफी, मेलमिलाप तथा मुद्दा फिर्ताका सम्बन्धमा मोटामोटी समान धारणा र सहकार्य रहने गरेको छ। सरकार र दलहरुमा राजनीतिका नाममा जुनकुनै अपराध पनि क्षम्य हुन्छन् भन्ने गलत धारणा छ। अन्यायमा परेका पीडितले न्याय पाएरमात्र मेलमिलाप स्थापना हुन्छ भन्ने नभएर मेलमिलापका नाममा गम्भीर अपराधमा समेत आममाफी हुनुपर्छ भन्ने पीडकप्रधान सोच छ। सरकारमा जुनसुकै दल भए पनि मुद्दा फिर्ताको सूची हेर्दा सरकारबाहिरका दलहरुले सिफारिस गरेका व्यक्तिसमेत रहने गरेको पाइन्छ। सरकार मानव अधिकार हननका आरोपित व्यक्तिमाथि विनाकुनै अनुसन्धान नियुक्ति तथा प्रमोसन गर्दै जाने, लगाइएका मुद्दा फिर्ता गर्दै जाने र मानव अधिकारवादीहरु विरोध गर्दै जाने क्रम अझै जारी छ। सोहीबमोजिम सर्वोच्च अदालतले हत्या आरोपमा दोषी ठहर्यादएर दण्डसजायको फैसला सुनाइएका बालकृष्ण ढुंगेललाई हालैमात्र एनेकपा (माओवादी) महाधिवेशन तयारी समितिमा नियुक्त गरिएको छ।
राजनीतिक खिचातानी र अन्यौल गहिरिँदै गएको एवं समयमको प्रवाहसँगै नयाँनयाँ मुद्दा उत्पन्न हुँदै गएका वर्तमान जटिल परिवेशमा हिजोका द्वन्द्वका घाउ मलम नलागिकनै बिर्सिइँदै जाने खतरा छ। आजकल सञ्चार माध्यममा समेत द्वन्द्वपीडितका मुद्दा पातलिँदै गएका छन्। राज्यको निरन्तर बेवास्ताका बावजुद अकस्मात अविभावक र अविभावकत्व गुमाउन तथा मनोवैज्ञानिक र विस्थापनको पीडा झेल्न पुगेका, आफ्नो श्रीसम्पत्ति समेत उपयोग गर्नबाट वञ्चित पीडित नागरिकलाई न्यायको मुद्दा निरन्तर उठाइरहनु निश्चय नै चुनौतीपूर्ण छ। न्यायको अभियानलाई दीर्घकालीनरुपमा सशक्त ढंगले जारी राख्नका लागि पीडित समुदायसँग सम्बद्ध संस्थाबीच सहकार्य आवश्यक छ। पीडक जो भए पनि सबै पीडितको पीडा एउटै हो र न्याय नै आम पीडित वर्गको लक्ष्य हो भन्ने मान्यता आमपीडितबीच राष्ट्रिय सञ्जाल निर्माण र सहकार्यको आधार बन्न सक्छ। साथै न्याय र मानव अधिकारको क्षेत्रमा कार्यरत् समुदायबाट न्यायिक अभियानका जुटेका पीडित संस्थालाई सरसहयोग र प्रोत्साहित गर्नुपर्छ।
मानव अधिकार आयोगले द्वन्द्वपीडितको सरोकार एवं मानव अधिकारका स्थापित मापदण्डविपरित गठन गरिने सत्य आयोगप्रति सहभागी हुन नसक्ने जनाउँदै प्रस्तावित मस्यौदा पठाउन सरकारलाई पत्रचार गरिसकेको छ। आयोग गठनका लागि दलीय सहमति नभएर प्रमुख सरोकारवाला द्वन्द्वपीडित समुदायको सहमति अपरिहार्य रहन्छ। पीडितको सरोकार र स्थापित मापदण्ड कुल्चँदै गठन गरिने, दण्डहीनता तथा अपराधको राजनीतिकरण अझै बढ्ने र संक्रमणकालीन न्याय प्रक्रिया झनै पछाडि धकेल्ने पीडक केन्द्रित आयोग द्वन्द्वपीडित समुदायलाई कदापि स्वीकार्य छैन। त्यस्तो आयोग मानव अधिकार, कानुनी राज्य र न्यायका लागि कार्यरत् मानव अधिकारकर्मी समुदायलाई समेत स्वीकार्य हुन सक्दैन।
हालैमात्र सर्वोच्च अदालतले द्वन्द्वकालमा धनुषामा पाँच जना विद्यार्थी बेपत्ता पार्ने घटनामा संलग्न भएको आरोप लागेका अतिरिक्त प्रहरी महानिरीक्षक कुवेरसिंह रानाविरुद्ध परेको मुद्दाका सम्बन्धमा आगामी दिनमा मानव अधिकार उल्लंघन गर्ने पदाधिकारीलाई कारबाही तथा बढुवाको कानुन र मापदण्ड बनाउन सरकारका नाममा निर्देशनात्मक आदेश जारी गरेको छ। अब ढिला नगरी राज्य र दलका निकायमा मानव अधिकार हननका आरोपीको नियुक्ति र बढुवा बन्द गर्नुपर्छ। लोकतन्त्र संस्थागत गर्नका लागि मानव अधिकार हननका आरोपीहरुमाथि निष्पक्ष छानबिन र दण्ड सजाय तथा सफाइको मौका प्रदान गर्ने स्पष्ट कानुन बनाएर लागु गर्नुपर्छ।
विद्यमान राजनीतिक खिचातानी र संवैधानिक अन्यौल अन्त्यका लागि तुरुन्त निर्वाचन गर्न दलहरुले तुरुन्त सहमति गर्नुको विकल्प छैन। सभ्य र लोकतान्त्रिक समाजमा मानव अधिकारका अन्तर्राष्ट्रिय मापदण्डबमोजिम दण्डनीय अपराध ठहरिने गम्भीर मानव अधिकार उल्लंघनका कुनै पनि घटनामा आममाफी स्वीकार्य हुन सक्दैनन्। अपराध गर्ने व्यक्तिहरु समान न्यायिक मापदण्डबमोजिम दण्डित हुने वा सफाई पाउने कानुनी राज्यको शुरुवात् हुनुपर्छ। आर्थिक र सामाजिक अधिकारबाट वञ्चित पीडितको अपनत्व तथा सहज पहुँच हुने न्याय र परिपूरण तथा अन्तरिम राहतका कार्यक्रम लागु गर्नुपर्छ। द्वन्द्वपीडितको सरोकार र स्थापित मान्यताबमोजिम निर्वाचित संसदबाट विधेयक पारित गरेर लोकतन्त र कानुनी शासन प्रत्याभूति गर्न मार्गदर्शन गर्ने पीडितमुखी आयोग गठन गर्नुपर्छ।