एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालले आफ्नो नेतृत्वमा सत्तासीन दलहरुको मोर्चाबन्दी गरेर विपक्षीहरुलाई त्यस्तै अर्को मोर्चा बनाउन चुनौती दिएका छन्। लडाईं गरेर आएकाहरुले गर्ने यस्तै हो। शत्रु र मित्र भन्ने दुई ध्रुव बनाउने र अर्को पक्षलाई आक्रमण गरिरहने।
उनीहरुको अहिलेको हतियार झन संवेदनशील छ। त्यो हो जातीय उग्रता। र, यसको लक्ष्य नै निर्वाचन असम्भव तुल्याउने हो।
दाहाल नेतृत्वमा बनेको संघीय लोकतान्त्रिक गणतान्त्रिक मोर्चाको पहिलो स्वार्थ बाबुराम भट्टराई नेतृत्वको सरकार टिकाउने हो। अब फेरि महिना, डेढ महिनामा अर्को तृतीयांश बजेट ल्याउन सरकारलाई बल पुर्याकउनै छ। सत्ता चलाउन प्रशासनिक खर्च विनियोजन गर्न अर्को आंशिक बजेट जारी गर्नैपर्छ। विकास निर्माण र आर्थिक गतिविधिका लागि पूरा बजेट अपरिहार्य भन्ने आवाज मलिन भइसकेको मौका उनीहरुलाई जुरिसकेको छ।
राष्ट्रपतिले पदमुक्त करार गरिदिएको सरकारलाई जोगाउन त्यस्तो मोर्चाबन्दी आवश्यक थियो। त्यसलाई प्रियतावादी आक्रामक नारा खाँचो पर्थ्यो। उनीहरुले त्यही गरे। आफूमात्र संघीयतावादी भन्ने बिल्ला भिरे। अनि संघीयता भनेकै जातीय आधारमा हुन्छ भन्ने बलमिच्याइँको व्याख्या गरे। जातीय भनेकै एकल पहिचान हो भन्ने विवाद पुनः झिकेर विपक्षीहरुलाई प्रहार गर्न थाले। यसले त संघीयतालाई असम्भव र अविश्वसनीय तुल्याउने र अन्ततः राजनीतिक मोर्चाबन्दीको नाममा जातीय मोर्चाबन्दीतिर समाजलाई घचेट्ने खतरा छ।
संविधान सभा असफल भएको, असहमतिबीचै निर्वाचन घोषणा गरेको, सहमति भन्दै बहुमतीय सरकार बनाएको, पांँच बुंदे सहमति आफैं पालना नगरेर देशलाई संघीयतामा जान रोकेको अपजस उनीहरु अरुलाई नै दिन चाहन्छन्। ठूलो डाँको टिपेर विपक्षीलाई लाञ्छित गर्ने क्रम बढ्दै जानेछ। यस क्रममा उनीहरुले कानुनमात्र संशोधन गरेर निर्वाचन गर्न नमानेको दोष पहिला निर्वाचन आयोगलाई त अब राष्ट्रपतिलाई दिन थाल्दैछन्।
उनीहरु बाधा अड्काउ फुकाउने संवैधानिक धारा प्रयोगको सिफारिश राष्ट्रपतिलाई दिन चाहँदैनन्। त्यसो गर्दा संविधान संशोधनसहित कानुन परिमार्जन गरेर निर्वाचन सम्भव हुन्छ भन्ने बहसमा उनीहरु सरिक हुन चाहँदैनन्। राष्ट्रपति सक्रिय हुन्छन् भन्ने उनीहरु त्रास देखाउँछन्। उनीहरु राष्ट्रपतिसँग डराएको भनेको रामवरण यादवसँग होइन। यादवले निर्वाचन निम्ति अर्को सरकार गठनको बाटो खोलिदेलान् र निर्वाचनमा होमिनुपर्ला भन्ने चिन्ता हो।
मोर्चाबन्दीको तात्पर्य पूर्व व्यवस्थापिका संसदको बहुमत आफूहरुसँग नरहेको ढाकछोप गर्नु पनि हो। संसद विसर्जन भएपछि प्रधानमन्त्रीकै दल मोहन वैद्यको नेतृत्वमा विभाजित भइसकेको छ भने उपप्रधानमन्त्रीको दल पनि शरद्सिंह भण्डारीले चोइटा पारिसकेका छन्। र, ती दुवै दल सरकारमा छैनन् र नयाँ सरकार गठनको वकालत गरिरहेका छन्। राजनीतिक सन्तुलन गुमेको अवस्थामा उनीहरु मोर्चाबन्दी गरेर राष्ट्रपतिदेखि विपक्षी दलहरुसम्मलार्ई आक्रमण थाल्दा समाज तीव्र ध्रुवीकृत हँुदै जाने र असहज राजकीय वातावरणको राजनीतिक लाभ लिइरहने उद्यममा छन्।
विपक्षीहरु झन् निर्वाचनका लागि तयार नहुँदा उनीहरुको मोर्चाबन्दी पनि बन्न सक्ने देखिएन। त्यसको नेतृत्व लिनुपर्ने नेपाली कांग्रेस आफैं बिलखबन्दमा छ। नेताहरु आन्तरिक संगठनमा विभाजित त छन् नै, राजनीतिक मागका दृष्टिले पनि फरक ध्रुवमा बाँडिएका छन्। सभापति सुशील कोइराला कमजोर हुँदै जाँदा अर्का नेता शेरबहादुर देउवाले निर्वाचनभन्दा संविधान सभा पुनर्स्थापनामा जोड दिइरहेका छन्। दल निरीह बन्दै गएको छ। लोकतन्त्रका लागि उभिने आत्मा कमजोर भएकै बेला भ्रष्टाचारसम्बन्धी सर्वोच्च अदालतको फैसलाविरुद्ध सडक नृत्य गरेर नेपाली कांग्रेस कानुनी शासनको उपहास गर्न पनि पुगेको छ। लोकतन्त्र, कानुनी राज्य, जवाफदेही शासनप्रणाली, आवधिक निर्वाचनको सुनिश्चितता जस्ता आधारभूत मर्मबाट वञ्चित हँुदै सिंगो पार्टी तरुण दलको आवरण र आत्मामा छिर्न पुगेको छ। पहिलाको वाइसिएल वा त्यसको सिकोमा बाहुबललाई कथित सफलताको सूत्र ठान्ने युवा संघको चरित्रको छायाँले यसलाई पनि डामिसकेको छ।
विपक्षी मोर्चाबन्दीमा वैद्य नेतृत्वको नयाँ माओवादी र उपेन्द्र यादव नेतृत्वको फोरम नेपाल सम्मिलित हुन जरुरी हुन्छ। ती दुवैले पुनर्स्थापना अस्वीकार गरेका छन् तर अगाडिको कार्यदिशाबारे भने एकमत बनाउन सकेका छैनन्। यादवले संसदको निर्वाचनको लाइन लिन खोजेका छन् भने नयाँ माओवादी संविधान सभाको अर्को निर्वाचन असान्दर्भिक भन्ने निश्कर्षमा छ। संघीयताको आधारबारे उनीहरु अस्पष्ट छन्। नयाँ माओवादीले जातीय नाराप्रतिको आशक्ति रोकिसकेको छैन भने फोरम नेपालले मधेस प्रदेशको।
दाहाल नेतृत्वको सत्तागठबन्धनको मोर्चाविरुद्ध लोकतान्त्रिक र यथार्थवादी नीतिसहितको विपक्ष एकगठ हुन नसके पनि निर्वाचनका लागि वातावरण बनाउन सक्छन्। संविधान संशोधन र सम्भव भए सहमतिबाट संविधान घोषणा गर्न संविधान सभा पुनर्स्थापना माग गर्नेहरु विश्वासिला छैनन्। दुई मधेस प्रदेशको अडानले अड्काएको निकास पुनर्स्थापित शक्ति सन्तुलनले दिन सम्भव छैन। त्यो आफैंमा अलोकतान्त्रिक, अगतिशील र जनमतविरुद्धको अभ्यास मानिनेछ। राज्यको पुनर्संरचनाजस्तो महानतम् निर्णयका लागि आंगनमा आइसकेको जनादेशको अवसर पन्छाउनु अनुचित र अमर्यादित राजनीति हुनेछ।
संविधान सभाको समेत काम गर्ने व्यवस्थापिका संसदको पाँच वर्षे कार्यकालका लागि निर्वाचनको आवश्यकतामा जोड दिन विपक्षीहरु बलियो हुनैपर्छ। उनीहरुको पहिलो माग हुनुपर्ने त स्थानीय निर्वाचनको हो। विकास निर्माण र जनताका दैनिक सरोकार पूरा गर्ने र जगबाटै जवाफदेही शासन व्यवस्था स्थापित गर्ने मूलभूत लोकतान्त्रिक संरचनाको आवश्यकता ख्याल नगर्नेहरु लोकतन्त्रका पक्षधर कसरी मानिएलान्?
विपक्षीहरु राजनीतिक रुपमा बलिया हुन पुगेमात्र संविधानको बाधा अड्काउ फुकाउन सकिनेछ। निर्वाचन र फगत निर्वाचनका लागि आवश्यक संवैधानिक व्यवस्था गर्न विपक्षीहरु तयार नभएसम्म राष्ट्रपति एक्लै सत्तापक्षको निशाना बनिरहने छन्। विपक्षीहरुले सरकार फेर्नेमात्र धेय राख्ने हो भने त्यो वास्तवमा बाधा अड्काउ फुकाउ नै हुने छैन। नयाँ राजनीतिक बाधा सिर्जना हुन पुग्नेछ। अर्काको मोर्चाबन्दीलाई बल पुर्यााउनमात्र सफल हुनेछ।
राजनीतिक नैतिकता बिर्सेर उल्टै दीर्घायु शासन गर्न बसिरहेको सत्तामोर्चालाई राष्ट्रपतिको दौराको फेर समातेर विस्थापित गर्ने होइन, जनादेशको बलमा आफू स्थापित हुने लोकतान्त्रिक चरित्र प्रदर्शन गर्ने हो। त्यसले मात्र सत्तामोर्चालार्ई संविधान संशोधनको बाटोमा हिँडाउन र निर्वाचन सम्भव गराउन सकिन्छ।
दाहालको मोर्चालाई जवाफ भनेको निर्वाचनका लागि बाधा अड्काउ फुकाउने नीतिमा विपक्षीहरु एक ठाउँ उभिने हो। उनीहरुले गर्ने भनेकै सत्तामोर्चालाई निर्वाचन विरोधी भनेर जनता जागृत गर्ने हो। आखिर बाधा अड्काउ फुकाउन सबै दल मिल्नैपर्ने हुन्छ।