अध्यादेशको पाशा
१० भदौ २०६९
•
१२ मिनेट पाठ
अध्यादेशको पाशा
भनिन्छ, देश सहमतिको खोजीमा छ। देशका नेता राजनीतिक सहमतिका आ-आफना सूत्रको विज्ञापनमा लिप्त छन्। सहमतिका उनका सूत्र कुहिएको फर्सी भइसकेका छन्। बाहिरबाट हेर्दा जतिसुकै चिल्लो, पाकेको र सुन्दर देखिए पनि फर्सी नफुटेसम्म त्यो कुहिइसकेको थाहा हुँदैन।
राजनीतिक नेताहरुले आ-आफनो दलका भण्डारको झ्यालबाट धेरै पटक यस्ता फर्सी सडकमा फ्याँकिसकेका छन्। ती फ्याँकिएका फर्सी उनका सम्झनामा फेरि कहिल्यै बसेनन्। तैपनि सहमतिका विभिन्न सूत्रका नाममा फर्सी थुपार्ने र कुहाउने काम भई नै रहेका छन्। देशको विसातमा अहिले अध्यादेशको पाशा फ्याँकिँदैछ। सरकार र राष्ट्रपति अध्यादेशको दाउपेचमा रमाएका छन्। राजनीतिक सहमतिविनाको अध्यादेश अस्वीकृत गर्ने राष्ट्रपतिको अडान लोकतन्त्रको विपरित उभिएको छ। आफू देशलाई राजनीतिक सहमतिको बाटोमा हिँडाउन नसक्ने र अध्यादेश जारी गर्न पनि नसक्ने उहाँको अवस्थाले यो देशका नेता नीतिगत र वैचारिकरुपमा क्षयग्रस्त हुँदै गएको स्पष्ट पार्छ।
यसको अर्थ अध्यादेशको खातमाथि खात लगाएर सरकार प्रमुखले कुनै राम्र्रो काम गर्नुभएको छ भन्ने होइन। आफ्नो पक्षमा सहमति बनाउने लोकतान्त्रिक मामिलामा उहाँ पनि चुकिसक्नुभएको छ। कुरा यतिमात्र हो, उहाँलाई प्रतिस्थापित गरेर भोलि जो सरकार प्रमुखको पदमा आसीन होला, ऊ पनि सहमतिको मामिलामा चुक्ने निश्चित छ। अध्यादेश सदर गर्नका लागि दलीय सहमति चाहिन्छ भने सरकार बदल्न पनि त्यस्तो सहमति चाहिन्छ भन्ने ज्ञान राष्ट्रपति महोदयलाई पक्कै छ।
तर प्रधानमन्त्रीले आफ्नै नेतृत्वको सरकार प्रतिस्थापन गर्ने दलीय सहमति खोज्न पहल किन गर्ने? त्यसका लागि कि प्रतिपक्षले व्यापक जनदबाब सिर्जना गर्न सक्नुपर्योख कि त प्रधानमन्त्रीले प्रस्ताव गर्नुभएको चुनावमार्फत् जनमतको माला पहिरेर आउनुपर्योज। कि प्रधानमन्त्री पदका लागि इच्छुक उम्मेदवारहरुको सुयोग्यता राष्ट्रिय/अन्तर्राष्ट्रिय हिसावले सावित हुनुपर्योा। अहिले त्यस्तो कुनै अवस्था छैन। माधव नेपाल र झलनाथ खनालको तुलनामा वर्तमान प्रधानमन्त्री नै योग्य हुनुहुन्छ भने सुयोग्य नेताको अवतरण नहुन्जेल उहाँले पद छाड्ने कुरै आउँदैन। त्यस्तो सुयोग्य नेता न एमालेमा बाँकी छन्, न कांग्रेसमा देखिएका छन्। जुनसुकै झालमा फलेका भए पनि आखिर सबै फर्सी कुहिएकै छन् भने कौवा बन्न बाध्य पारिएका जनतालाई वेल पाक्नु र नपाक्नुमा के विष्मात्!
रह्यो कुरा राष्ट्रपतिको। उहाँले वर्तमान प्रधानमन्त्रीको हैसियत 'कामचलाउ' मात्र हो भनेर सचेत गराइसक्नुभएको छ। अन्तरिम संविधानले निर्देशित गरेअनुसार उहाँले सबैलाई बेलाबेलामा आ-आफनो कर्तव्य पनि सम्झना गराइरहनुभएको छ। संक्रमणको यो समयमा उहाँले के गर्नुहुन्छ र के गर्नुहुँदैन भन्ने व्याख्या कसैले गर्न सक्दैन। तैपनि उहाँमा बेलाबेलामा राजनीतिक चेतना जागृत भइरहेको हुन्छ। कोइराला परिवारसँगको लामो उठ-बस अथवा कांग्रेस राजनीतिभित्रको घम्साघम्सीका बेलाको पक्षधरताले उहाँलाई गाँजिरहेको हुन्छ। यो स्वाभाविक पनि हो। आखिर राष्ट्रपति हुँदैमा उहाँ सबै वीतरागबाट मुक्त हुने कुरा पनि होइन। मानिस त उहाँमानिस नै हो। पहिले एउटा सामान्य मानिस र त्यसपछि मात्र गणतन्त्र नेपालका पहिलो निर्वाचित राष्ट्रपति।
उहाँको स्थानमा जो/कसैले पनि आफूलाई राखेर हेरे हुन्छ- कति कठिन छ उहाँको भूमिका। एकातिर राजनीतिक दलहरु विचार र सहमतिका मामिलामा कुहिएको फर्सी सावित भइसकेका छन् र अर्कोतिर उहाँले ती फर्सी कुहिएका छन् भन्ने जान्दाजान्दै तिनलाई संरक्षण दिनुपरेको छ। उहाँले सरकारद्वारा प्रेषित अध्यादेशहरु स्वीकृत गर्दा उहाँस्वयं सर्वदलीय संरक्षकको भूमिकामा कमजोर हुनुहुने र अध्यादेश स्वीकृत नगर्दा उहाँको आफनै पदीय मर्यादामा आ"च आउने अवस्था छ अहिले। राष्ट्रपतिले कति पल्टसम्म सरकारले पठाएका अध्यादेश फिर्ता गर्नु लोकतान्त्रिक हुन्छ? कति पल्टपछि फर्किएका अध्यादेश आफंै कानुन बन्छन्? यसबारे इदमित्थ भन्न सक्ने आधिकारिक विचारक पनि देखिएका छैनन्। स्थिति नबसिसकेको अवस्थामा व्यक्ति/व्यक्तिका लहडले खेल्न पाएका छन्। जे भए पनि राष्ट्रपति र सरकारबीच अहिले सुरु भएको अध्यादेशरुपी शकुनी पाशाको खेलले लोकतन्त्रको मर्यादा राख्दैन। लोकतन्त्र व्यक्तिको लहडमा होइन, विश्वव्यापी मान्यता र प्रचलनका आधारमा मात्र सक्रिय रहन सक्छ।
राजनीतिको वर्तमान चलखेलमा राष्ट्रपतिको भूमिका निकै सक्रिय हुँदै गएको पढिन्छ छापाहरुमा। सामान्य धर्तीपुत्र र पुत्रीहरुको पहुँच उहाँसम्म नहुने हुँदा उहाँको कथित सक्रियता तथ्यको पर्खाल फोडेर अनुमानभन्दा बाहिर जान सक्दैन। दोस्रो जनआन्दोलनपछिको पहिलो निर्वाचित गणतान्त्रिक सरकारले जर्नेलको काँधबाट फुकालेको फूली फेरि लगाइदिएका अवस्थामा राष्ट्रपति जति शक्तिशाली हुनुहुन्थ्यो, अहिले त्यस्तो छैन। त्यतिवेला मुलुकमा कांग्रेसका दह्रा नेता गिरिजाप्रसाद कोइराला जीवित थिए र उनी राष्ट्रपतिको प्रतिरक्षामा उभिएका थिए। आजका कांग्रेसी नेताहरु कोइरालाको धमिलो छायाँ पनि सावित हुन सकेका छैनन्। माओवादी दल र यसका नेताहरुमा विभाजन र विचलन आएको छ। तर, यो विभाजन र विचलन कांग्रेसको तुलनामा दशांश पनि छैन भन्ने ज्ञान राष्ट्रपतिमा भरपूर छ।
यतिबेला राष्ट्रपति आफनै भूमिकाबारे अलमलमा पर्नुभएको छ भन्दा सानो मानिसको मुखबाट ठूलो कुरा भनिएको ठहरिएला। अथवा यो वाक्य नै भद्दा सुनिएला। तर सत्य यही नै हो। सहमतिको नाममा कांग्रेसका नेताहरुलाई सरकार बनाउने आमन्त्रण दिन राष्ट्रपति पक्कै सक्षम हुनुहुन्छ। आनन-फाननमा कांग्रेस-एमालेको नेतृत्वमा एउटा निर्वैचारिक गठबन्धन तयार हुन पनि सक्छ। मन्त्री पदको आकांक्षा राख्ने र त्यसैको कल्पना गर्नेहरुको कमी नभएको देशमा सरकारमा भाग पाइने भयो भने बहुमत सजिलै जुट्न सक्छ। तर राष्ट्रपतिले त्यसो गर्न सक्नुहुन्न। किनभने भारतका स्व.राष्ट्रपति फखरुद्दिन अली अहमदले 'इण्डिया इज इन्दिरा, इन्दिरा इज इण्डिया' भनेजस्तो 'कांग्रेस इज डेमोक्रेसी, डेमोक्रेसी इज कांग्रेस' भन्ने नारा थेग्न सक्ने सामर्थ्य कांग्रेसमा छैन। न त सरकार चलाउने सीप र साहस नै बाँकी छ कांग्रेसमा।
राष्ट्रपति महोदयलाई यो कुराको पक्कै ज्ञान छ- आजको दुनिया"बाट सिद्धान्त र विचारको राजनीति पार्श्वभागमा गइसकेको छ। त्यसलाई पार्श्वभागबाट तानेर ल्याउने इच्छा कुनै पनि राजनीतिक दलमा छैन। आजको राजनीतिलाई व्यावहारिकताले मात्रै निर्देशित गर्छ। देश अहिले अदम्य छटपटीमा छ। जनता राहतको खोजीमा छन्। शान्तिको टुंगो छैन। हिंसाको दबाब र दबदबा दुवै बढ्दै गएको छ। यो अवस्थामा उहाँशीतल निवासका भव्य कोठामा दिनरात देशको चिन्तामा छट्पटिएर वा आकुल-व्याकुल भएको सन्देश प्रसारण गरेर केही हुँदैन। उहाँसर्वदलीय संरक्षक भएको कुरा सबैले मानेका छन्। उहाँले अलिकति प्रयत्न गर्दा सहमति नआउने पनि होइन। लोकतान्त्रिक चिहान खोतलेर अवशान भइसकेको संविधान सभाको कंकालमा श्वास-प्रश्वास भर्ने हो वा नयाँ चुनाव गराएर देशमा पूरै नयाँ परिस्थिति निर्माण गर्ने हो? अहिलेको मूल विषय यही नै हो। उहाँका लागि प्रचण्ड वा बाबुराम, सुशील वा शेरबहादुर, झलनाथ वा माधव, विजय वा उपेन्द्र अथवा महन्थ सबै समदूरीका सहयोगी हुन। यी प्रतिभाशाली नेताहरुलाई सँगै राखेर वर्तमानका समस्याको समाधान खोज्न साँच्चै राष्ट्रपति सक्रिय हुने हो भने एउटा निकास पक्कै निस्कन्छ। अध्यादेशको पाशा खेल जतिसुकै रोचक र रोमाञ्चक भए पनि त्यसको परिणाम शून्य हुन्छ तर मिथिला शैलीको एउटै ब्रेकफाष्टले नेपाली राजनीतिको कायाकल्प गर्नसक्छ।
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस