पानीमाथिको राजनीति
०६ भदौ २०६९
•
१० मिनेट पाठ
पानीमाथिको राजनीति
नेपाल विद्युत् प्राधिकरणको २७ औं वार्षिकोत्सव कार्यक्रममा ऊर्जा सचिव हरेराम कोइरालाले प्राधिकरणलाई घरमालिक बन्न सुझाव दिए। प्राधिकरणका अध्यक्षसमेत रहेका उनी भन्दै थिए- 'टुँडिखेलअगाडि ८/१० तलाको भव्य कमर्सियल कम्प्लेक्स बनाउँ, जहाँ दुई तला प्राधिकरणले लिएर अरु भाडामा लगाएर ठूलो रकम आम्दानी गर्न सकिन्छ।'
सरकारी स्वामित्वको प्राधिकरणसँग काठमाडौंका मुख्य मुख्य चोकहरूमा आकर्षक घडेरी छन्। कोइरालाको मनमस्तिष्कमा ती घडेरीमा ठूलठूला कमर्सियल कम्प्लेक्सले बास गरेको रहेछ, त्यही बोले प्राधिकरणको हितमा भन्दै।
घाटा खाएर डुब्दो अवस्थाको सरकारी संस्थालाई कोइरालाले माथि उकास्न अघि सारेको घरपट्टि चिन्तन, आममध्यम वर्गीय नेपालीको काठमाडौंंलगायत्का ठूला शहरमा एउटा घर बनाउन पाए हुन्थो भन्ने चिन्तन जस्तै हो। फट्फट् स्वभावका ऊर्जा सचिव कोइरालाले घरपट्टि हुन दिएको सुझाव उनको स्वभावअनुसार भाषणमा मात्र सीमित हुनसक्यो भने त राम्रै हो। तर, प्राधिकरणका अध्यक्षसमेत रहेका उनले भाषण जस्तै कम्प्लेक्स बनाउन प्राधिकरणलाई बाध्य बनाए भने अर्को दुर्भाग्य हुनेछ- सरकारी संस्थाका लागि। प्रश्न स्वाभाविक छ- प्राधिकरणलाई जलविद्युत् आयोजना बनाउन प्रेरित गर्ने कि घरपट्टि बन्न उत्साहित बनाउने? तत्कालीन विद्युत् कर्पोरेशनबाट चालीसको दशकमा प्राधिकरणमा रुपान्तरण भएको संस्थाको मुख्य काम विद्युत् उत्पादन, प्रसारण र वितरण हो। मौलिक काम विद्युत् ऊर्जा विकास र विस्तारसँग जोडिएको सस्था वर्षेनि घाटा खाएर थला परेको छ, त्यसलाई कम्प्लेक्सको सपनामा भुलाउन थाल्नु कति उचित हुन्छ? अहिले काठमाडौंमा बनेका दजेनौं कम्प्लेक्स भाडा नलागेर कस्तो हविगत खेप्दैछन्, सचिवको जानकारीमा हुनुपर्ने विषय हो कि होइन?
वार्षिकोत्सव कार्यक्रममै अर्थमन्त्री वर्षमान पुन, प्राधिकरणलाई जनकपुर चुरोट कारखाना जस्तो हविगतमा नपुर्याीउन आग्रह गर्दे थिए। कोइरालाले जस्तै पुन पनि विद्युत् विकासलाई सरकारले उच्च प्राथमिकतामा राखेको वकालत गरिराखेका थिए। पुनको बोली पनि कोइरालासँगै मिल्दोजुल्दो थियो। 'प्राधिकरणले आफ्ना स्रोत र साधनको अधिकतम् प्रयोग गर्नुपर्छ, सरकारले सधैं पाल्न सक्तैन'- उनको भनाई थियो। कोइराला र पुन फरकफरक जिम्मेवारी सम्हालेका पात्र हुन्, एक जना राजनीतिज्ञ, एक जना कर्मचारी। राजनीतिज्ञ र कर्मचारी दुई पात्र र प्रवृत्ति मिलेर सरकारी संस्थालाई अहिलेको हविगतमा पुर्यााएको फेहरिस्त लामो हुन्छ। जनकपुर चुरोट कारखाना, नेपाल आयल निगम, नेपाल वायुसेवा निगम, नेपाल औषधी लिमिटेड जस्ता सरकारद्वारा स्थापना भएका उद्योग धरासायी हुनुका पछाडि को जिम्मेवार छन्? भन्दा राजनीतिज्ञ र कर्मचारीतन्त्रकै नाम आउँछ। भाषणमा जनकपुर चुरोट कारखाना जस्तो नियति प्राधिकरणले भोग्नु नपरोस् भन्ने पुन राजनीतिक प्रवृत्तिका एक पात्र हुन्। त्यसो त पुनले भन्न सक्छन्- संस्था डुबाउनुका पछाडि माओवादीको हात छैन। माओवादी शान्ति प्रक्रियामा आउनुअघि नै कतिपय संस्था धरासायी भइसकेका थिए। तर माओवादी सत्ता राजनीतिमा आइसकेपछि उसको सरकारी संस्थाप्रतिको व्यवहार पनि अन्य दलको भन्दा फरक देखिएन। सरकारी संस्थालाई आफ्नो स्वार्थमा प्रयोग गर्ने, कार्यकर्ता भर्ति गर्ने मनोवृत्तिबाट माओवादी पनि अलग हुन सकेन।
नेपालको सरकारी संयन्त्र मूलतः बनाउने भन्दा उल्झन लगाउने, चाकरी, चाप्लुसी, चुक्ली लगाउने, मन्त्रीहरूलाई भ्रष्टाचारमा प्रेरित गर्नेखालको छ। कोइराला प्रशासनयन्त्रको आम प्रवृत्तिभन्दा फरक छन् वा छैनन्? उनी अपवादमा छन् भने बेग्लै कुरा हो। होइन भने प्रशासनयन्त्र र राजनीतिको स्वार्थ फ्युजन भएकै कारणले नेपालका संस्था एकपछि अर्को गर्दे धरासायी भएको निचोड निकाल्न सकिन्छ। सरकारी संस्थाहरूको अध्यक्ष सम्बन्धित मन्त्रालयका सचिवलगायत्का वरिष्ठ कर्मचारी रहने, महाप्रबन्धक र कार्यकारी अध्यक्ष राजनीतिक भागबन्डामा नियुक्ति गर्ने र कार्यकर्ताको भर्ति केन्द्र बनाउने काम राजनीतिक पार्टीले गरेका हुन। त्यसको परिणाम संस्थाहरू एकपछि अर्को गर्दे बन्द हुने स्थितिमा पुगे। अहिले सरकारमाथि बन्द अवस्थामा पुगेका संस्थाहरूमा आबद्ध ठूलो संख्याका कर्मचारीलाई तलव दिनुपर्ने दायित्व छ। कतिपय सस्थाले जग्गा बेचेर कर्मचारीको तलव बाँडेका छन्। एउटा फ्याक्ट्री बन्द भएको अवस्थामा त्यसको असर कहाँसम्म पुग्छ भन्ने कुराको अध्ययन गर्न वीरगन्ज चिनी कारखाना रोजे पुग्छ। चिनी कारखाना बन्द भएपछि कतिपय किसानहरू उखुभन्दा आकर्षक गाँजा खेती गर्न थाले।
सरकारी सस्थाका आ-आफ्नै प्रकृति हुन्छन् र छन् । प्राधिकरण भौतिक पूर्वाधारसँग जोडिएको विद्युत् ऊर्जासँग सम्बन्धित छ। नेपाल जलस्रोतको भण्डार भएको नाताले प्राधिकरण नाफामा जानुमात्र होइन, प्रशस्त कमाएर सामाजिक क्षेत्रमा लगानी गर्न सरकारलाई सघाउनुपर्ने संस्थाको हैसियतमा हुनुपर्ने हो। वर्षेनि बढ्दो लोडसेडिङका कारण खोज्दै गयो भने पानीमाथिको राजनीति छर्लङ्ग हुन्छ। खोलामा बग्ने निश्चल पानीमाथि हामी कति घृणित राजनीति गर्दैछौं? पञ्चायतकालीन निर्देशित राजनीतिका कुरा छाडौ, लोकतन्त्रमा प्रवेश गरेपछि पनि पानीमाथिको राजनीतिले आम नेपालीलाई लोडसेडिङको अँध्यारोमा पुर्याकएको छ, जुन वास्तविकता लुकाएर लुक्दैन। प्राधिकरण अहिले चमेलिया, त्रिशूली र कुलेखानी जस्ता आयोजनाका लागि सरकारी सहयोगको याचना गरिरहेको छ। प्राधिकरणलाई मल्टिकम्प्लेक्स बनाउन सुझाउने कोइराला र पुन प्रवृत्तिले उसले चाहेको स्रोत जुटाउने उद्यम गरे मुलुकका लागि हितकारी हुन सक्थ्यो।
तिब्बत उद्गम भएका हिमाली नदीहरू नेपाल हुँदै दक्षिण भारततर्फ गएका छन्। ती नदीबाट विद्युत् निकाल्ने योजनामा नेपालको राष्ट्रियतासँग सम्बन्धित मसला बनाएर आमजनतालाई भुल्याउने गरिन्छ र हिलो पानीमा माछा मार्ने काममा राजनीतिक र प्रशासनिक संयन्त्र लागिपर्छन्। जल माफियाहरूको अभिभावकत्व राजनीतिक दल र नेताहरूले गरेको देखिन्छ। नेपालका अधिकांश नदीनाला सम्भाव्यता अध्ययनका नाममा माफियाका झोलामा सीमित छन्। सम्भाव्यता अध्ययनको लाइसेन्स दिने विद्युत् विकास केन्द्र, तालुकवाल मन्त्रालयलाई समेत यकिन जानकारी दिन चाहँदैन। विद्युत् विकासमा हामी के गर्दैछौं त? कसरी अघि बढ्दैंछौं? लोडसेडिङको अँध्यारोमा धेरैखाले प्रपञ्च भइरहेका छन्।
अर्को समाचार
मेलम्चीको पानीमाथि राजनीति नगर्नुस् (तस्बिरसहित)
०२ पौष २०८०
•
१ मिनेट पाठ
मेलम्चीको पानीमाथि राजनीति नगर्नुस् (तस्बिरसहित)
मेलम्ची पानीमाथिको चलखेल बन्द गर्नु पर्ने मागसहित काठमाडौँमा प्रदर्शन गरिएको छ।

उपत्यका संघर्ष समितिले मेलम्चीको पानी ल्याउन पहल नगरेको भन्दै उपभोक्ताहरुले संघर्ष समितिले प्रदर्शन गरेका हुन्।

काठमाडौँ उपत्यका मेलम्ची खानेपानी सङ्घर्ष समितिले कोटेश्वरबाट खाली भाडासहित सोमवार र्‍याली निकालेर प्रदर्शन गरेको हो।

तस्बिरसहितः

रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस