नेपालमा संघीयताको नामाकरण र प्रकृति कस्तो हुने भन्ने विवादमा संविधान सभाको अवसान भएपछि नेपालको राजनीति तीव्र धु्रवीकरणतर्फ अग्रसर हुँदैछ।
एनेकपा (माओवादी) लगायत्का केही मधेसवादी दलले एकल जातीय पहिचानका आधारमा नेपालका संघीय इकाईहरुको नामाकरण हुनुपर्छ भन्ने अडान नछाडेपछि पहिचान र सामर्थ्यका आधारमा बहुपहिचानका संघीय इकाई निर्माण गर्नुपर्छ भन्ने दृष्टिकोण राख्ने नेकपा (एमाले) र नेपाली कांगे्रसले पनि स्वभावतः आफ्ना अडान कायमै राख्दा संविधान सभा अगाडि बढ्न सकेन। त्यसपछिका दिनमा सत्तारुढ गठबन्धन र प्रतिपक्षमा धु्रवीकरण भएको नेपालका राजनीतिक शक्तिबीच आरोप/प्रत्यारोप र भिडन्तका संकेत देखापरेका छन्। कामचलाउ भइसके पनि आफंैमा विभाजित भइसकेको एनेकपा (माओवादी)को वर्तमान सरकार सत्ता नछाड्ने र वर्तमान सरकारले सत्ता नछाडेसम्म सहमतिमा पुग्न नसकिने प्रतिपक्षी अडानका कारण ठूलो गत्यावरोध र राजनीतिक संकट पैदा भएको छ। वर्गीय राजनीति गर्ने कम्युनिष्टहरुको आम प्रचलन विपरीत माओवादी पार्टीले सुरुदेखि नै जातीय राजनीतिलाई प्रश्रयमात्र दिएन, तद्नुरुपकै संगठन निर्माण गरेर आफ्नो पार्टीलाई अगाडि बढायो। संघीय इकाई तयार हुनुअगावै माओवादीले जातीय नामाकरणका आधारमा आफ्ना पार्टीका इकाईहरु निर्माण गरेको थियो। जातीय राजनीतिलाई आफ्नो प्रमुख कार्यनीति बनाएर अगाडि बढेको एनेकपा (माओवादी)ले हाल आएर घोर दक्षिणपन्थी पृष्ठभूमि बोकेका क्षेत्रीय, जातीय पार्टी समेटेर 'संघीय लोकतान्त्रिक गणतान्त्रिक गठबन्धन' गठन गर्नुले आगामी दिनमा जातीय राजनीतिलाई हदैसम्मको उचाईमा पुर्यालएर देशमा विद्यमान जातिगत सद्भावलाई दुश्मनीमा परिणत गर्ने दुःसाहस गरिएको छ। आफ्नो पार्टीलाई सर्वहारा वर्गको सच्चा पार्टी भनेर नथाक्ने पुष्पकमल दाहाल नै त्यस गठबन्धनको संयोजक बन्नु नेपालको इतिहासमा एउटा विडम्बनापूर्ण घटनाका रुपमा अंकित हुनेछ। आफूलाई मात्र संघीयतावादी देखाउन र संघीय लोकतान्त्रिक गणतन्त्रमा जाने निर्णय गरिसकेका नेकपा (एमाले) र नेपाली कांगे्रसलाई संघीयता विरोधी देखाउन प्रचण्डले गरेको यो प्रयास आगामी राजनीतिमा प्रत्युत्पादक, पश्चगामी र राष्ट्रियता कमजोर बनाउनेखालको प्रपञ्चमात्र हुनेछ। संघीय लोकतान्त्रिक गणतान्त्रिक गठबन्धनले जारी गरेको दस्तावेजको दोस्रो नम्बरमा 'नयाँ संविधान सदियौंदेखि उत्पीडन र विभेदमा परेका जात-जाति, वर्ग, क्षेत्र, लिंग र समुदायको मुक्ति तथा अधिकारको दस्तावेज हुनुपर्छ' भनिएको छ। यसरी आफ्नो दस्तावेजमा जात-जातिको मुक्तिलाई प्राथमिकताका साथ प्रस्तुत गर्नु यस गठबन्धनको सार पक्ष हो। वस्तुतः रुपमा 'लोकतान्त्रिक', 'गणतान्त्रिक' जेसुकै भनिए पनि सारमा यो गठबन्धन जातीय गठबन्धन नै हो।
एक्काइसौं शताब्दीमा मानिस कविलातन्त्रको जस्तो जातका आधारमा विभाजित हुने शासक र शाषित हुने प्रणालीमा जान सक्ने अवस्था देखिँदैन। माओवादीले तथाकथित जनयुद्धलाई बल पुर्यासउन देशको जुन कुनामा संगठन विस्तार गर्न पुग्यो, त्यहाँ जातिगत उत्पीडन, विभेद जस्ता विषयलाई प्राथमिकताका साथ उठाई संगठनको स्वरुप निर्माण गर्योत। संघीय ढाँचा आफूखुसी घोषणा गरेर संगठनको स्वरुप बनाउँदै जाँदा त्यसबाट पछि आफूलाई समेत खतरा हुने देखेर विभिन्न नाममा जातीय राजनीतिको पिछा गर्नुपर्ने दलदलमा प्रचण्ड-बाबुराम फंस्न पुगे। आफ्नो राजनीतिक अभिष्ट पूरा गर्न जुनसुकै विषयमा सौदावाजी गर्न पछि नपर्ने प्रचण्ड शैली फेरि एकपटक देखापरेको छ। बाबुराम भट्टराईले प्रधानमन्त्रीमा टिकिरहन जसरी राष्ट्रियताको सौदावाजी गरिरहेका छन्, आफूखुसी राष्ट्रियताको व्याख्या गरिराखेका छन्, त्यसरी नै प्रचण्डले एनेकपा (माओवादी) पार्टीको पतनोन्मुख अवस्थाबाट बच्न जातीय राजनीतिलाई आफ्नो प्रमुख कार्यनीतिका रुपमा अघि सारेका छन्। एक जातिलाई अर्को जातिविरुद्ध भड्काउने, मधेस र पहाडबीच विभेद चर्काउने र घोर दक्षिणपन्थी शक्तिसँग पनि विना हिच्किचाहट तालमेल गर्न पछि नपर्ने पुष्पकमल दाहालको हविगत महाभारतमा अभिमन्युको जस्तै हुन बेर छैन। नेपाली कांगे्रस र नेकपा (एमाले) ले थुप्रै कमी/कमजोरीका बाबजुद राष्ट्रिय एकता र अखण्डतालाई अक्षुण्ण राख्ने आफ्नो सोचलाई बलशाली ढंगले अगाडि बढाइरहेछन्। योचाहिँ उनीहरुको सकारात्मक सुरुवात हुन सक्छ। नेकपा (एमाले) र नेपाली कांगे्रसले विगतको संसदीय राजनीतिमा थुप्रै र अक्षम्य कमजोरीसमेत नगरेका होइनन्, त्यसैकारण संविधान सभामा नेपाली जनताले उनीहरुलाई इतिहासकै सबभन्दा कमजोर हैसियत प्रदान गरिदिए। त्यसबाट पाठ सिकेर आफूलाई सच्याउने हो भने माओवादीको खहरे खोलाको हविगत र नेपाली कांगे्रस र नेकपा (एमाले) को सदाबहार नदीको जस्तो हैसियत बनिरहनेछ। नेकपा (एमाले) र नेपाली कांगे्रसभित्रका एकल पहिचानका आधारमा संघीयता हुनुपर्छ भन्नेहरुको समेत स्वर झिनो भइरहेको वर्तमान अवस्थामा सत्तारुढ गठबन्धनले एकल पहिचानवादीहरुलाई हौस्याएको हुन सक्छ। तर सहमति र निकासको राजनीतिलाई कमजोर बनाउँदा देश भयंकर अनिश्चिततातर्फ डोहोरिनेचाहिँ निश्चितप्रायः छ।