कांग्रेसका एक युवा नेता आइतबार बेलुका एउटा टेलिभिजनमा आयोजित कार्यक्रममा सर्वोच्च अदालतले भ्रष्टाचार ठहर गरी सजायसमेत सुनाइसकेको खुमबहादुर खडकालाई निर्दोष सावित गर्ने प्रयास गर्दै थिए।
उनका अनुसार त सर्वोच्च अदालतले खडकामाथि अन्याय नै गरेको रहेछ। त्यसमा उनको तर्क थियो- यो निर्णय दुई न्यायाधीशबाट मात्र आएको हो।
देश अहिले संवैधानिक संकटको स्थितिमा छ। संविधान सभा विघटनपछि संवैधानिक निकायमा नियुक्तिको कानुनी आधार पनि नरहेको अवस्था छ। प्रधानमन्त्री कामचलाउ छन्। दलहरूले जनताको विश्वास गुमाएको धेरै भइसकेको छ। त्यसमाथि संविधान सभा संविधान निर्माणमा असफल भएपछि राजनीतिक दलमाथि जनताको बाँकी विश्वास पनि समाप्त भएको छ। स्थिति कस्तो छ भने अहिले कुनै पनि दलका नेता तथा कार्यकर्ता आफ्नो निर्वाचन क्षेत्रमा शीर ठाडो पारेर हिँड्न सक्दैन।
राष्ट्रका प्रमुख तीन अङ्गमध्येका विधायिका अहिले छैन। कार्यपालिका पनि लगभग नभएकै अवस्था छ। एउटा न्यायपालिका छ। जनताले विश्वास गर्दै आएको संस्था पनि त्यही हो। आफूले जनताको विश्वास जित्न नसकेका तथा जनताको विश्वासमाथि सदैव गिर खेल्दै आएकाहरू अहिले न्यायपालिकाविरुद्ध ओर्लिएका छन्। यो दुश्प्रयास खुमबहादुर खडकाबाट मात्र नभई बालकृष्ण ढुङ्गेल प्रकरणबाट सुरु भएको हो। आफूविरुद्ध हुने निर्णयलाई अदालतको दुरासय भन्ने चलन अब राजनीतिक दल र त्यसका कार्यकर्ताको थेगो बनिसकेको छ।
ढुङ्गेल प्रकरणमा पनि एक जना माओवादी नेताले 'बूढी मरी भन्ने भन्दा पनि काल पल्केला भन्ने डर हो' भनेर प्रतिक्रिया दिएका थिए। उनको अर्थमा अदालतले ढुङ्गेलविरुद्ध गरेको निर्णय एक्लो हुने निश्चित नभएकोले आफूहरू शंकित भएको बताएका थिए। बालकृष्णपछि युद्धकालमा भए/गरेका त्यस किसिमका घटनालाई पनि सुनियोजितरुपमा मुद्दा चलाइने शंका उनको थियो।
त्यसपछि सर्वोच्च अदालतले विशेषगरी भ्रष्टाचारका सम्बन्धमा गरेका निर्णयपछि दोषी ठहर गरिएका पक्षबाट आएका वक्तव्य हेर्दा लाग्छ- वास्तवमा काल त पल्केकै हो तर भिन्नरुपमा। ढुङ्गेल प्रकरणमा माओवादी नेताले जसरी अदालतको निर्णय ठाडै अस्वीकार गरे, त्यो न्यायपालिकामाथि विश्वास गर्नेहरूका लागि बूढी मरेको स्थितिमात्र थिएन भन्ने त्यसपछिका घट्नाक्रमले सावित गर्दै आएका छन्। हुँदाहुँदा त अब मुलुकमा अदालतको निर्णयविरुद्ध आन्दोलनसमेत हुन थालेको छ, त्यो पनि आफूलाई प्रजातान्त्रिक भन्ने दलबाट!
चाहे चिरञ्जीवी वाग्ले हुन अथवा जयप्रकाश गुप्ता अथवा गोविन्दराज जोशी हुन् वा खडका नै। अदालतको निर्णय आफूविरुद्ध भएपछि सबैको भनाई एउटै आएको छ। प्रजातन्त्रमा हामीभन्दा निकै जेठो मुलुक भारतमा पनि राजनीतिक दलका नेताहरूले आफूविरुद्ध आएका अदालतको निर्णयप्रति असहमत भए पनि त्यसलाई स्वीकार गर्ने बताएका उदाहरण प्रशस्त छन्। प्रजातान्त्रिक व्यवस्थालाई मानेर त्यसअन्तर्गत राजनीति गरिरहेका दलका नेता तथा कार्यकर्ताले अदालतको निर्णय ठाडै अस्वीकार गर्न पनि सक्दैनन्। त्यसो गरेमा देशको न्याय व्यवस्थाप्रति आफ्नो समर्थन नभएको सन्देश जान्छ। तर त्यस किसिमको राजनीतिक संस्कार हाम्रा राजनीतिक दलमा भने अझसम्म बस्न सकेको छैन। यहाँ त आफूलाई मन नपर्ने अथवा आफ्नो स्वार्थविरुद्ध भएको अदालतको निर्णयलाई ठाडै मान्दिन भन्नेमात्र होइन, त्यसविरुद्ध आन्दोलन नै गर्ने संस्कार सुरु भएको छ। प्रतिनिधि सभा बिउँत्याउने अदालतको निर्णयविरुद्ध दशकअघि नेकपा एमालेले गरेको विद्रोहको संस्कार अहिले प्रजातान्त्रिक पार्टी मानिने कांग्रेसका कार्यकर्ता सरेको छ। आफ्ना कार्यकर्ताबाट भएको त्यस क्रियाकलापविरुद्ध बोल्नुको साटो कांग्रेसको औपचारिक धारणा पनि उनीहरूसँगै मिल्दोजुल्दोरुपमा आउनु सकारात्मक संकेत मान्न सकिन्न।
हिजोको दिनमा एमालेले सर्वोच्च अदालतको निर्णयविरुद्ध आन्दोलन गर्दा अथवा माओवादीले बालकृष्ण ढुङ्गेलका सम्बन्धमा आएको निर्णयबारे अदालतविरुद्ध विष वमन गर्दा जनताले त्यसलाई सामान्यरुपमा लिएका थिए। किनभने त्यतिबेलाको एमाले र अहिलेको माओवादीको वर्तमान न्यायपालिकामाथि विश्वास नभएको सबैलाई थाहा छ। अझ दश वर्षे विद्रोहका क्रममा जनअदालतको नाममा आफूखुसी हुकुमी न्याय गर्दै सर्वसाधारणको ज्यान लिएका माओवादीले अदालतको निर्णय नमान्नुलाई उनीहरूमा निहित त्यही प्रवृतिको अवशेषका रुपमा लिइएको थियो। हुन त राजनीतिको मूल धारमा प्रवेश गरेको घोषणा गरेका दलबाट त्यस किसिमको व्यवहार प्रदर्शन हुनु आफैंमा उदेकलाग्दो विषयसमेत हो।
खडकाका सम्बन्धमा आएको अदातलको निर्णय ती कांग्रेसी युवा नेताले भनेजस्तै जम्मा दुई जना न्यायाधीशको इजालसबाट आएकै कारण अन्यायपूर्ण भएको हो भने दुई न्यायाधीशको बेन्चबाट यसअघि आएका सबै फैसला गलत हुन त? हैन भने अदातलको निर्णयको विरोध जुन किसिमको अमर्यादित शैलीमा भइरहेको छ, त्यसबाट कांग्रेस पनि वर्तमान न्यायपालिकाप्रति विश्वास राख्दैन भन्ने बुझ्नुपर्ने हुन्छ। जसबारे कांग्रेसको धारणा जरुरी छ।
एउटा प्रजातान्त्रिक मुलुकमा न्यायपालिकाप्रति जनताको विश्वास समाप्त भएको खण्डमा त्यसको के कस्तो असर पर्छ भन्नेतर्फ प्रजातन्त्रमा विश्वास गर्ने सम्पूर्ण दलले हेक्का राख्नैपर्छ। हैन भने अब के हरेक दलका लागि आ-आफ्ना न्यायाधीश व्यवस्था गर्नुपर्ने हो? किनभने माओवादीले वर्तमान न्यायपालिकाप्रति आफ्नो पूर्ण समर्थन नरहेको कुरा पटकपटक बताइसकेको छ भने कांग्रेसको चाला पनि अमर्यादित देखिएको छ।
तर त्यो स्थायी भने हुन सक्दैन। त्यसैले नै ०४६ सालको आन्दोलनपछि देखिएको राजनीतिक समीकरण ०६२/६३ र मधेस आन्दोलनपछि बदलिएको हो। पछिल्लो निर्वाचनमा कांग्रेसको स्थिति जे/जस्तो भए पनि धेरैले यसैलाई नै प्रजातान्त्रिक पार्टीका रुपमा विश्वास गर्छन्। हरेक आन्दोलनको असर मुलुकमा देखिने गर्छ। तर त्यो स्थायी भने हुँदैन। तर दुःखको कुरा कांग्रेस आफैं अहिले यो यथार्थ बिर्सदै गएजस्तो छ।