अधिनायकवादी हुँकार
०४ भदौ २०६९
•
१३ मिनेट पाठ
अधिनायकवादी हुँकार
एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल एकपछि अर्को असफलतासँगै सफलताको हुँकार गर्न कहिले पनि चुक्दैनन्। एउटै कुरालाई गुण र त्यसैलाई दोष देख्ने उनको खुबी विचित्रको छ।
अहिले २२ दलको नेतृत्व गर्दै बनाएको गठबन्धनको नेतृत्व लिँदा उनले आफूलाई धेरै ठूलो नेता भन्ने सम्झेका छन्। 'म एउटा दलभित्रको पनि होइन, म नेपालमात्रको होइन, म राज्यहरुबीचको या भनौं प्रदेशहरुको बीचको त्यस्तो नेता हुँ, जसभित्र २२ दल समाहित छन्। म २२ दलको नेता हुँ' भन्न चुकेका छैनन्। तर यथार्थ के हो भने २२ दलको नेता भइसक्दा पनि पूर्व सभासदहरुको गठजोडको संख्या नै गन्ने हो भने उनीसँग जम्मा २ सय ४६ पूर्व सभासद मात्रै छन्। उनका विपक्षमा उभिएका पूर्व सभासदहरुको संख्या जोड्ने हो भने ३ सय ३९ छन्। संख्यामा त दलहरु २२ छन्। यी संख्याले अब के नै अर्थ राख्छ र?




पुष्पकमल दाहालको दल नै राजनीतिक दल हो कि होइन भन्ने प्रश्न उठ्न थालेको छ। उनी जहाँ जहाँ जान्छन्, हरेक ठाउँमा उनको पार्टीभित्रको सम्पत्तिको खोजी हुन्छ। दुई दशकभन्दा बढीदेखि पार्टीमा लोकतान्त्रिक अभ्यास नभएका प्रश्न उठ्छन्। निर्धारित समयमा बैठक हुन सक्दैन र सारिन्छ। नेताको जीवनशैलीलाई लिएर टिप्पणी गरिन्छ। एक/अर्काप्रति आरोप/प्रत्यारोपमै ती प्रशिक्षण/भेला/प्लेनम भनिएका बैठक टुंगिन्छन्। प्रधानमन्त्री जहाँ जहाँ जान्छन्, स्कुले विद्यार्थीका बीचमा हुन् या विल्कुलै त्यस्तो भाषा नबुझ्ने मान्छेहरुबीच, रेडियो र टेलिभिजनको माध्यमबाट एउटा भाषणको अभ्यास गर्छन् र जनतालाई धम्कीपूर्ण भाषामा भन्छन्- 'सत्ता खोसेर लिनुपर्छ। संघर्षकामी जनताले सत्ता खोसेरै लिन्छन्।' यो कसैले सिकाउनुपर्ने कुरा होेइन। यो उनले यसरी चुनौति दिनु पनि पर्दैन र धेरै पटक यसरी बोल्नु पनि आवश्यक छैन। उनी 'यो सत्ता २५ वर्षसम्म जान सक्छ या अनन्तसम्म' भन्ने अभिव्यक्ति बाँडेर हिँड्छन्।

लेनिनवादी, स्तालिनवादी, माओवादी सोचमा सत्ता पनि अनन्तका लागि छ, जीवन पनि अनन्तका लागि छ, चिन्तन पनि अनन्तका लागि छ, विलासिता पनि अनन्तका लागि छ भन्ने नै हो। तर त्यसका विरुद्धमा एउटा सखारोभ उभिए पनि पुग्दोरहेछ। त्यही व्यवस्थाभित्रबाट एउटा देंग उभिए पनि पुग्दोरहेछ। त्यही व्यवस्थाभित्रबाट एउटा लेख वालेन्सा उभिए पनि पुग्दोरहेछ। यति कमजोर व्यवस्थालाई २५ वर्षको धम्की नेपालीले स्वीकार्लान् भनेर यो दिवास्वप्न नदेखे पनि हुन्छ। हारेको मनस्थितिको बर्बराहटलाई जनताको माझमा ल्याउनु त्यति उचित हुँदैन।

माथि नै भनियो, कुनै गठबन्धनले कुनै सत्ता टिक्छ भन्ने छैन। वर्तमान प्रधानमन्त्रीले कुनै बेला 'राजासित अघोषित गठबन्धन थियो' भनेकै हुन्। तर ती राजा नै रहेनन्। उनकै पार्टीका अध्यक्षले सांस्कृतिक राजाका कुरा गरेकै हुन्, गएका राजा फर्किएनन्। अहिले पनि त्यो यत्न हुन सक्छ। एकीकृत नेकपा माओवादीले गणतन्त्र उसको उपलब्धि हो भन्ने सोच्नु नै महाभूल हुनेछ। एमाओवादी आफैंमा कुनै राजनीतिक दल नै होइन। वर्तमान मोर्चा पनि राजनीतिक दलजस्तो यस कारणले पनि देखिँदैन, उसको अभिष्ट मुलुकको स्रोतको दोहन र राज्यको शक्तिलाई दुरुपयोग गर्दै अर्काको आर्जनमाथि अंश खोज्नु र आफ्नो आर्थिक क्षमता बढाउनु एउटा बेग्लै प्रकृतिको राजनीतिक व्यवसायमात्रै हो। यस्तोलाई राजनीतिक दल भन्न सकिँदैन।

संघीयता पक्षधर र संघीयता विरोधी दल भनेर विभाजनको रेखा कोर्ने एनेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल हुन् या जोकोहीलाई मतको कठघरामा उभ्याउनुपर्छ। बालिग नेपाली जनता यथार्थमा चाहन्छन् के? पुष्पकमलले भनेजस्तै एकल जातीय संघीयता या पहिचानसहितको संघीयता या स्वायत्तता या संसारमा चलेका अरु धेरै व्यवस्था पनि छन्, जसले स्थानीय सुशासन सुनिश्चित गर्छ। उनी जति ठाउँमा गएका छन् यो विद्या पढाउन्, त्यति नै ठाउँमा उनी र उनी जस्तै नेताहरुको सम्पत्तिको विवरण मागिएको छ। उनको संघीयताको व्याख्या मागिएको छैन। उनले जे जे भने त्यही त्यही कुरो स्वीकार गर्न नेपाली जनता बाध्य छैनन्। अब यो विषयदेखि लिएर अरु विवादमा परेका विषय या भनौं टुंगोमा पुग्न नसकेका विषयलाई जनताको मतले नै टुंगो लगाउनुपर्छ, अरु उपाय छैन।

सरकारको नेतृत्व गर्ने दल स्वयं सडकमा मुठभेड गर्ने कुरो गर्छ भने स्पष्टरुपमा सरकार छाडेर तल ओर्लनुपर्छ। सेना, प्रहरी, प्रशासन आफ्नो हातमा लिएर आउ म तिमीसित सडकबाटै विवादित विषयको छिनोफानो गर्छु भन्नुजस्तो ठूलो अधिनायकवादी चरित्र अर्को कुनै हुनै सक्दैन। माओवादी नेताहरु 'प्रधानमन्त्री हुने व्यक्तिको नाम तोक, हामी अहिले नै सरकार छोड्छौं' भन्छन्। तर त्यही पार्टीको अध्यक्ष एउटा कुण्ठा लिएर बाँचेका छन्, त्यसैगरी बाबुराम भट्टराई पनि। उनीहरु त व्यक्तिकेन्द्रित राजनीति गर्छन्। लेनिनवादले त्यही भन्छ, स्तालिनवादले त्यही भन्छ र माओवादले पनि त्यही भन्छ। यो मोनोलिथिक पार्टीको चरित्र नै हो। हामी बहुदलीय व्यवस्थामा छौं, रहन्छौं। त्योबाहेकको संविधान हामीलाई स्वीकार्य छैन। यो पनि स्पष्ट होस्। कहिले ५ बुँदे सम्झौताको अब सान्दर्भिकता छैन भनेर पुष्पकमल दाहालले भन्ने, अब ५ बुँदेबाट फेरि सुरु गरौं भनेर त्यही पार्टीका अर्को नेता बाबुराम भट्टराईले भन्ने। यो विरोधाभाषपूर्ण अभिव्यक्तिबीच कसलाई ठीक मान्ने, कसलाई बेठीक मान्ने? जुन पार्टीको आजसम्म अधिवेशन भएको छैन, त्यो पार्टीको नेता बाबुराम हुन् या पुष्पकमल दाहाल? सामान्य मान्छेले बुझ्दा विघटित किन नहोस्, संसद्लाई जसले नेतृत्व दियो, संसदीय व्यवस्थामा त्यही नै नेता हो। संसदीय व्यवस्थामा आइसकेको कम्युनिस्ट पार्टीको नेतालाई उनीहरुको कम्युनिस्ट दस्तावेजमा पार्टीको नेता होला, संसदीय व्यवस्थामा ऊ नेता होइन। त्यसो भए के त? पुष्पकमल दाहालसित सडकमा संघर्ष गर्ने, बाबुराम भट्टराई त्यो संघर्षलाई मत्थर गर्ने या त्यो संघर्षको आगोमा घिउ थप्ने? यो अन्तरविरोधलाई साम्य बनाउन कसको के भूमिका हुनुपर्छ? गम्भीर प्रश्न हो, संसदीय व्यवस्थामा प्रवेश गरेकै किन? गरिसकेपछि त्यसको मर्यादालाई स्वीकार गर्ने कि नगर्ने?

आफ्ना कमजोरी ढाकछोप गर्ने क्रममा बाबुराम भट्टराईले राज्य, राष्ट्रियतालगायत् यावत् कुरा बोल्न थाले। राज्य र राष्ट्रियताको प्राज्ञिक बहस एउटा कार्यकारी पदमा बसेको मान्छेलाई सामान्यतः सुहाउँदैन। छर्लंग नांगिइसकेको यथार्थ जब सतहमा आइसक्यो। भारतीय सरकार पनि होइन, भारतीय गुप्तचर संस्थाहरुसितको उनको सम्बन्ध यो उदांगिनुभन्दा अघि नै मुलुक विलयको प्रसंग, कृषिमाथि लगाइएको अतिरिक्त करको छुट, बिप्पा सम्झौता, अन्तर्राष्ट्रिय विमानस्थललगायत्का विमानस्थलको ठेक्का, सुपुर्दगी सन्धिलगायत्का विषयमा उनले गरेका सन्धि, सम्झौता, समझदारी र उनका पृष्ठभूमि सबैले उनलाई कुनै न कुनै किसिमबाट आरोपित गरिसकेका थिए। मधेसवादी दल र माओवादीबीचमा भएको चार बुँदे सम्झौता, स्व. ऋषिकेश शाह, उनी र एसडी मुनी भएर खेलेका खेलहरु जो पछि पटाक्षेप हुने नै छन्। यी सबै कुरो भारतीय राजनीतिक वृत्तभन्दा पनि भारतीय गुप्तचर वृत्तबाट दोस्रो शृंखलामा फेरि पनि उद्घाटित हुने नै छन्। उनीहरुको भाषामा भन्नुपर्दा भण्डाफोर हुने नै छ। पुष्पकमल दाहाल यो सरकारलाई २५ वर्षदेखि अनन्तकालसम्म लैजाने कुरो त गर्छन् तर आफ्नो कद घट्दै गएको कुण्ठालाई अभिव्यक्त गर्ने शब्दको अभावमा पिल्सिएको कुरोको प्रतिध्वनि त्यहीँभित्रै भेटिन्छ। आफ्नै गल्ती दोहोर्यातउने नाममा रुक्मांगद कटवालदेखि लिएर आजसम्मको इतिहास फर्केर हेर्दा उनीभित्रको पीडाबोध उनी आफैंले बुझून्। अरु कुनै आवरणले उनको पीडाबोधलाई छोप्न सक्ने अवस्था छैन। अरु पार्टीतिर औंला ठड्याउनुभन्दा अघि आफ्नो पार्टीको हविगत हेरे हुन्छ।

अन्तमा, एउटा प्रसंग कोट्याउनैपर्ने हुन्छ। आफ्ना सेनालाई भियतनाम युद्धमा पठाउने अस्ट्रेलियाका प्रधानमन्त्री हेरोल्ड होल्ट जो स्वयं भियतनाम युद्धका भेटरोन मानिन्थे, राजनीतिक जीवनमा प्रवेश गरेपछि उनी प्रधानमन्त्रीजस्तो उच्चतम् पदमा समेत पुगे। धेरै अस्ट्रेलियन सेना त्यो युद्धमा मारिए। उनको आलोचना पनि भयो। उनीमाथि शंका पनि उठ्यो। पछि एकाएक उनी हराए, धेरै खोजिनीति गर्ने क्रममा थाहा पाइयो- भियतनाम युद्धताका चीनको जासुसी संस्थाले उनलाई किनिसकेको रहेछ। लोकप्रिय प्रधानमन्त्री हुँदाहुँदै त्यो कुरो खुल्ला भन्ने भयले उनले बीच समुद्रमा गएर आत्महत्या गरे। नेपालमा यस्तो दिन कहिल्यै नआओस्।
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  




प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस