कतिपय स्रष्टाले केही दिन वा साता भ्रमण गरेका भरमा समाज दर्पणका सिंगै पुस्तक लेखेका हुन्छन्। त्यो पनि घुम्दै, हेर्दै र रमाइलो गर्दै। उदाहरणका लागि धु्रवचन्द्र गौतमले पन्ध्र्र दिन जति जर्मनीमा बिताएको अनुभवका आधारमा 'जर्मनीः नयाँ आँगनमा टेक्ता' शीर्षकको यात्रा संस्मरण लेखे। हिमाली क्षेत्रको सात दिनको यात्राबाट प्रतीक ढकालले 'गण्डकीको मुहानतिर' लेखे।
वैज्ञानिकका लागि भने यस्तो सजिलो हँुदैन। वैज्ञानिकले त २/४ पानाको एउटा कृति निकाल्न पनि वर्षौंसम्म प्रयोगशालामा बसेर दिनरात मेहनत गर्नुपर्ने हुन्छ। मैले पनि विद्यावारिधिको अनुसन्धान गर्दा दिनको १२/१४ घण्टाका दरले काम गरेर पूरा तीन वर्ष प्रयोगशालामा बिताएँ। त्यति गरेपछि बल्ल ४/५ पानाका दुईवटा शोधकृति जर्नलमा प्रकाशित भए। हालै सञ्चार माध्यममा आएको खबरअनुसार 'हिग्स बोसोन' नामको पराणविक कणको उपकण पत्ता लगाउन स्विट्जरल्यान्डको जेनेभा नजिक रहेको 'युरोपियन अर्गनाइजेसन फर न्युक्लियर रिसर्च' (सिइआरएन, सर्न)का हजारौँ वैज्ञानिकले वषौँसम्म दिनरात अनुसन्धानमा बिताए। उक्त परियोजनामा १० अर्ब अमेरिकी डलर खर्च भयो। त्यति ठूलो जनशक्ति, समय र आर्थिक लगानीपछि जर्नलमा प्रकाशित हुने शोध नतिजा पनि केही पानामा मात्र सीमित रहने सजिलै अनुमान गर्न सकिन्छ।
सफल नियात्राकारले सूक्ष्म दृष्टि राखेर प्रत्येक पलको वर्णन गरेका हुन्छन्। कहाँ गइयो, के देखियो, के खाइयो भन्नेमात्र होइन के अनुभव गरियो भन्नेसमेत अभिव्यक्त गरेका हुन्छन्। उनीहरूमा अवलोकन, अभिलेखन, दृष्टिकोण र व्याख्यान कौशलको अद्भूत क्षमता हुँदोरहेछ। उनीहरूले पाठकलाई पनि सहयात्रीकै रूपमा सँगसँगै लगेका हुन्छन् । ती ठाउँहरूको जसरी वर्णन गरिएको हुन्छ, त्यो पढेर पाठकले पनि आफँै डुलेको अनुभव गर्दा रहेछन्। पुस्तक पढेकै भरमा आफू नपुगेका ठाउँमा पुग्न पाउनु पनि ठूलो कुरा हो। कतिपय व्यक्ति समय, स्वास्थ्य, उमेर, आर्थिक अवस्था आदि कारणले चाहेको ठाउँमा जान वा पुग्न सक्तैनन्, हेर्न र बुझ्न सक्तैनन्। त्यस्ता व्यक्तिका लागि नियात्रा लेखक दृष्टिविहीनलाई प्रत्यक्ष वर्णन सुनाउने कुनै विश्वासिलो सहायकजस्तो हुन पुग्छ। धृतराष्ट्रलाई कुरूक्षेत्रको युद्धको प्रत्यक्ष वर्णन सुनाउने सञ्जयजस्तै।
धु्रवचन्द्र गौतमले जर्मनीको पन्ध्र्र दिनको बसाइपछि सिंगो पुस्तक लेखे। मैले त जर्मनीमा करिब दस वर्ष बिताएँ तर जर्मनीबारे केही लेख्न सकिन। मेरो पूरा समय अनुसन्धान गर्दै प्रयोगशालामै बिते। अनुसन्धानबाहेक अरू कुनै अतिरिक्त क्रियाकलापतिर ध्यानै गएन। म कहाँ पुगेको छैन र? मैले विश्वका तीन दर्जनभन्दा बढी मुलुक र सयभन्दा बढी सहरहरू पुरै घुमेको छु। तर ती भ्रमणका अनुभवबारे केही लेख्न सकिन। अहिले स्रष्टाहरूसँगको संगतले थकथकी पनि लागेको छ। आफ्नो विदेश भ्रमणको त्यत्रो अनुभव पाठकलाई सुनाउन सकिन भनेर। त्यत्रो मौका मैले त्यसै गुमाएछु। त्यसैले मलाई नियात्रासम्बन्धी साहित्यिक कृति पढ्दा लाग्छ, मैले पनि यस्तै गर्न सकेको भए कति राम्रो हुँदो हो! नेपालकै कुरा गर्दा पनि म घान्द्रुक, गोसाइकुण्ड, कालिञ्चोकजस्ता थुप्रै रमणीय ठाउँहरू पनि गएको छु। ती ठाउँहरूलाई राम्रो त देखेँ तर यसरी लेख्नुपर्ने विषयतर्फ भने ध्यानै गएन। साँच्चै भन्दा मेरा त आँखै गएनन् त्यतातिर। मसँग स्रष्टाको दृष्टि नै रहेनछ।
म विदेश पुग्नेबित्तिकै जसरी पनि समय मिलाएर त्यहाँका स्थानीय विश्वविद्यालयमा घुम्न जाने गर्छु। ती विश्वविद्यालयका प्रयोगशाला र पुस्तकालय हेर्न जान्छु। त्यहाँ मेरो विषयसँग सम्बन्धित अध्यापन र अनुसन्धानबारे जान्ने प्रयास गर्छु। त्यहाँका प्राध्यापकसँग सम्बन्ध जोड्ने प्रयास गर्छु। रुचिले त्यतैतिर तान्छ। तर त्यसबारे लेख्ने विचारले त हेर्दै हेरिएनछ। अथवा त्यो दृष्टि नै पाएनछु मैले। जीवनमा दुई वर्षमात्र स्कुलमा नेपाली भाषा पढेको मान्छे म, भर्खर पो नेपाली साहित्यतिर तानिएर कलम चलाउन थालेको छु। आफ्नै संस्मरणमा आधारित पुस्तक 'वैज्ञानिक गोरेटोमा' र विज्ञानसम्बन्धी लेख संग्रह 'अँध्यारोमा एक काँटी सलाईः जीवनमा विज्ञान' मेरा यस्तै प्रयासका उपज हुन्।
स्वदेश वा विदेशको भ्रमण गर्नुअघि स्रष्टाहरूको सत्संग प्राप्त हुन सकेको भए मैले भ्रमण गर्दा ती स्थानलाई वैज्ञानिक वा पर्यटकका दृष्टिले मात्र नहेरेर सायद स्रष्टाको दृष्टिले पनि हेर्ने थिएँ र धेरै नियात्रा लेख्ने थिएँ। तर हुन्छ के भने सामान्यतः स्रष्टालाई छुने कुराले वैज्ञानिकलाई छुँदैन र वैज्ञानिकलाई छुने कुरामा स्रष्टाको ध्यान आकृष्ट हुँदैन।
कतिपय चराहरू कयौँ दिनसम्म अनवरत उड्न सक्छन्। तर अहिलेका अत्याधुनिक विमान पनि १५/१६ घण्टाभन्दा बढी 'ननस्टप' उड्न सक्दैनन्। केही चराहरू आधुनिकतम हवाइजहाजको उचाइभन्दा माथि उड्न सक्छन्। समुद्री यात्रा गर्दा दिशा नहराओस् भनेर मानिसले कम्पास बनायो तर चरालाई कुनै कम्पास चाहिँदैन। तैपनि यिनीहरू साइबेरियादेखि बाटो नबिराई नेपालको निश्चित स्थानमा सकुशल अवतरण गर्छन् र केही समयपछि पहिलेकै ठाउँमा फर्किन्छन् । चरामा यस्तो गुण र क्षमता कसरी विकास भयो?
मानिसको भिडमा आपतको बेला भागदौड गर्दा कुल्चिएर वा किचिएर कैयौँ दुर्घटना हुन्छन्। सडकमा मानिसले चलाएका सवारी साधन एकआपसमा ठोक्किएर दुर्घटना हुन्छन्। तर लाखौँ मौरीले एकैपल्ट उडान गर्दा उनीहरू एकआपसमा कहिल्यै ठोकिन्नन्। उनीहरूबीच कुनै दुर्घटना हुँदैन। ती मौरीहरू एकआपसमा नठोकिने गरी कसरी एकअर्कासँग निश्चित र सुरक्षित दूरी कायम राख्न सफल हुन्छन्? मौरीमा यस्तो क्षमताको विकास कसरी भयो? यस अर्थमा कतै मौरीहरू मानिसभन्दा बढी बुद्धिमान त छैनन्? प्रकृतिभित्र त यस्ता रहस्यको खानी नै छ। यस्ता अनौठा र रहस्यमय विषयको अनुसन्धान वैज्ञानिकका लागि चुनौतीपूर्ण हुनुको साथै रोचक पनि हुने गर्छ।
वैज्ञानिक अनुसन्धानका लागि 'अर्जुन दृष्टि' चाहिन्छ। अर्जुनले बाण चलाउँदा रुख वा वरिपरिका दृश्य केही नदेखेर रुखमा बसेको चराको आँखामात्र देखेजस्तै वैज्ञानिकले पनि आफ्नो लक्ष्यबाहेक वरिपरिका अन्य दृश्य देख्दैनन्। वैज्ञानिकहरू भित्र पस्छन्, निकै भित्रसम्म। जस्तो 'हिग्स बोसोन' पत्ता लगाउन वैज्ञानिकहरू परमाणुका कणका पनि उपकणका उपसंरचनाभित्रसम्म पसे। म पनि कुनै बखत आफ्नो अनुसन्धानक्रममा तोरीको अंकुरको कोषभित्रको अंगकको भित्रसम्म पसेको थिएँ।
अर्जुनदृष्टि पनि एक अर्थमा त ठीक हो तर त्यसबाट सिंगो रुखको सुन्दरता र त्यस पछाडिको क्षितिजसम्मको सारा सौन्दर्य देखिँदैन। यसरी हेर्दा त अर्जुनले पनि केही गुमाएको रहेछन् नि। मैले पनि तोरीको अंकुरको कोषभित्रको रहस्यमय संरचना त देखेँ तर टाढा क्षितिजसम्म फैलिएको तोरीको फूलले ढकमक्क ढाकेको खेतको सुनौलो सुन्दर दृश्यलाई देख्नै सकिन। मैले पनि धेरै कुरा गुमाएको रहेछु।
दृश्य त उही नै हो तर स्रष्टा र वैज्ञानिकको दृष्टिमा भिन्नता हुन्छ। स्रष्टाले दृश्यको सुन्दर पक्ष देख्छन् र त्यसको मन छुने वर्णन गर्छन्। वैज्ञानिकले सुन्दर दृश्य पछाडिको रहस्य र कारणको खोजी गर्छन् र त्यसको व्याख्या गर्छन्। मैले जानेकामध्ये निबन्धमा वैज्ञानिक र स्रष्टा दुवै दृष्टि भएका व्यक्ति हुन् ईशान गौतम। उनले अस्ट्रियामा छँदा विद्यावारिधिको वैज्ञानिक अनुसन्धानमात्रै गरेनन्। युरोपका विभिन्न मुलुकको भ्रमण गर्दा यात्रालाई स्रष्टाका दृष्टिले पनि हेरे र नियात्रा पुस्तक 'मायालु बतास अनि रंगहरू' लेखे, जसमा उनले प्रकृतिमा अन्तरनिहित वैज्ञानिक प्रक्रियाको सूक्ष्मतापूर्वक मानवीकरण गरेका छन्।
एक मुठी हीरामा केही दाना मकै मिसाएर कौसीमा राखिदियो भने परेवाले मकैमात्र देख्छ। तर जौहरीले हीरा नै देख्छ। वैज्ञानिक र स्रष्टाको दृष्टिको हकमा पनि यही नियम लागु हुँदो हो। जसलाई जे चाहिन्छ, त्यही देख्ने होे। 'देख्नु' र 'लेख्नु' को सम्बन्ध पनि यस्तै हो कि? मलाई लाग्छ, वैज्ञानिक अर्जुन हुन् भने स्रष्टा सञ्जय हुन्। स्रष्टाले शब्दको 'कला' सिर्जना गर्छन् र सिर्जनाका लागि सञ्जयको जस्तो फराकिलो दृष्टि चाहिँदो रहेछ। स्रष्टाले समुद्रलाई पूरै पानी र समु›कै रूपमा देख्छन्। तर वैज्ञानिकले सबै पानी नहेरीकन सिधै तल पीँधसम्म गएर आफूलाई चाहिने कुरामात्र टिप्छन्। 'डुब्नुु' निकै रोचक विषय हो र 'देख्नु' पनि निकै रोचक विषय नै रहेछ। यो म बल्ल बुझ्दैछु।
विज्ञान र साहित्य दुवैको संसार अति विशाल र सुन्दर छन्। साह्रै थोरै मानिसले मात्र यी दुवै संसारमा उपस्थिति जनाउन र आनन्द उठाउन सक्छन्।