विख्यात उपन्यासकार जर्ज अर्वेलको उपन्यास 'नाइन्टिन एट्टी फोर' मा एउटा शब्द प्रयोग गरिएको छ - 'ब्ल्याकह्वाइट'। यो विपरीतार्थक दुई शब्दको सन्दर्भअनुसार एउटै अर्थ हुन्छ। वैरीहरूका सन्दर्भमा यसको अर्थ 'कालोलाई सेतो भनेर ढाँट्नसक्ने' भन्ने हुन्छ। मित्रहरूका हकमा चाहिँ ' सेतोलाई कालो भन्दा पनि आँखा चिम्लेर विश्वास गर्ने ' हदको निष्ठावान् भन्ने अर्थ लाग्छ। यो शब्द अर्वेलले कल्पना गरेको नयाँ अंग्रेजीको 'डबलस्पिक' मध्येको हो। अहिले नेपालको समाज, शासन र बजार यस्तै 'ब्ल्याकह्वाइट' अर्थात् 'डबलस्पिक' बाट सञ्चालित छ।
नेपाली कांग्रेसलाई माओवादी र मधेसी दलले यथास्थितिवादी, संघीयताविरोधी भनिदिए। कांग्रेसहरू आत्तिए। तिनले भन्दैमा जनताले पत्याउँदैनन् तर जनतासम्म जानु त पर्छ नि आफ्ना धारणा राख्न। कांग्रेसलाई गणतन्त्र र संघीयताविरोधी भन्नु राणाकालीन बाबुसाहेबकी भित्रिनी बनाउन खोज्नुजस्तै हो। भित्रिनीका सन्तान चुलामा आमा मझेरीमा जो हुन्थे!
गणतन्त्र र संघीयताको घोषणा गर्ने सरकारको नेतृत्वै कांग्रेसले गरेको थियो। राम्रो नराम्रो जे भए पनि निर्णायक शक्ति भएकाले कांग्रेसले त्यसको जसअपजस बेहोर्नैपर्छ। नेकपा (एमाले)ले नमानेको भए पनि सजिलै मुलुक संघीय गणतन्त्र हुने थिएन। अहिले कांग्रेस र एमालेलाई संघीयता विरोधी ठहर्यालउन राज्यको शक्ति र सम्पत्ति खर्च भइरहेको छ। कांग्रेसका मन्दबुद्धि र एमालेका चंखेहरूलाई माओवादी चटके र मधेसी मुस्तण्डले प्रचार युद्धमा मात गरिदिए। तैपनि, यत्तिकै भरमा नेपाली कांगे्रस यति धेरै प्रतिरक्षात्मक हुनु जरुरी थिएन।
कम्युनिस्ट बुद्धिजीवीलाई पैसा दिएर पत्रिका निकाल्न लगाए पनि, कतिपय कम्युनिस्ट नेताहरूलाई खर्चपर्च दिने गरे पनि बीपी कम्युनिस्टहरूसँग संयुक्त मोर्चा बनाउन तयार भएनन्। (रोचक प्रसंग चाहिँ बीपीले पालेका तिनै कम्युनिस्ट पत्रकार उनको सबैभन्दा ठूला निन्दक बन्न पुगेका थिए। ) त्यसको कारण अहिले केहीले व्याख्या गरेजस्तो राजतन्त्रको मोह नभएर कम्युनिस्टहरूको संस्कारमा रहेको 'डबलस्पिक' हो। कांग्रेसले 'माया युद्ध' लड्न सत्तै्कन। सक्ने भए ज्ञानेन्द्रले शेरबहादुर देउवालाई र प्रचण्डले गिरिजाप्रसाद कोइरालालाई सजिलै झुक्याउन सक्ने थिएनन्। कम्युनिस्टहरू सजिलै कुरा फेर्छन् र दोष अरूमाथि थोपर्छन्। अर्वेलले 'डबलथिन्क' शब्द पुष्पकमलैजस्तो 'दुई परस्पर विरोधी कुरामा एकै पटक विश्वास गर्नु र सही ठान्नु' भन्ने अर्थमा प्रयोग गरेका छन्।
दाहालले सक्कली अनुहार देखाइसके। पोखरामा पुगेर भनिदिए : कांग्रेस-एमालेसँग मैदान लड्ने तर सरकार नछाड्ने! बाबुराम भट्टराई एकै पटक भनिदिनसक्छन् - 'मैलै अहिल्यै पद त्यागेँ।' 'म कुनै हालतमा पनि पद त्याग गर्दिन।' सँगसँगै दाहाल सरकार नछाड्ने घोषणा गर्छन् र भट्टराई पद त्यागको जनाउ दिन्छन्। अर्थात् 'डबलथिन्क'। सोम शर्माका बाबुजस्ता कांग्रेसका नेता भने अझै ब्युँझिएजस्तो छैन। उधारो प्रधानमन्त्रीका निम्ति पार्टीभित्र झगडा सुरु हुनु यिनको नालायकीको प्रमाण हो। 'डबलथिन्क' कांग्रेसको संस्कार हैन। द्वैध चरित्र कांग्रेसको प्रकृति र प्रवृत्ति हैन। यसैले कम्युनिस्टको सिको गर्ने प्रयासै नगरे बेस। जनताले दिए भने सत्तामा जानुपर्छ तर अरूको निगाहले सत्तामा जाँदा दल र देश दुवैको भलो हुनेछैन।
पुष्पकमल दाहालका दिनहुँ फेरिने कथन सुन्दा पढ्दा यही 'डबलथिन्क' शब्दको सम्झना हुन्छ। अखण्ड सुदूरपश्चिम आन्दोलनकारीलाई भनिदिए - राष्ट्र जोगाउन तपार्इँहरू अगाडि आउनुस्। उनको आश्वासन पाएकैले लेखराज भट्टजस्ता दाहालका लप्टनहरू पनि आन्दोलनमा होमिए। अनि, जनजाति नेताहरूलाई बोलाएर भने - सडक संघीयता विरोधीले कब्जामा लिए। तपार्इँहरू अग्रसर नभए मुलुक संघीयतामा जाँदैन। दुवै पक्षले दाहालका कुरा पत्याए। मैदानमा उत्रेर विरोध र प्रतिरोध गरे। अन्ततः दुवै समूहलाई हात लाग्यो शून्य! संविधानै नबनाई संविधान सभा भंग भयो। माओवादीले सत्ता कब्जाको एउटा प्रयास गर्योू। अरू दलका नेता थप मूर्ख सिद्ध भए। दाहाल सजिलै एकैपटक भनिदिन सक्छन् - कांग्रेसको नेतृत्वमा सरकार बन्दै बन्दैन। सँगसँगै भन्छन् (आफूले) भनेको माने कांग्रेसको नेतृत्वमा सरकार बन्न पनि सक्छ। यही सरकार बन्न पनि सक्छ भनेको सुनेर लोभिएका कांग्रेसका नेताहरू प्रधानमन्त्री हुने सपना देखेर बसेका छन्। ( दाहालले पनि बसेको हाँगो काट्ने कालीदासे मुर्ख्याइँ गरिरहेका छन्। कांग्रेस सकियो वा कमजोर भयो भने दक्षिणपन्थीहरूको प्रहार उनैतिर सोझिनेछ। कृतघ्नता अन्ततः आत्मघाती हुन्छ। बोधविक्रमको दन्त्यकथा 'बिसेमिरा'को पाठ बिर्सेछन् कयार!)
उधारो प्रधानमन्त्रीका लागि कांग्रेसले लोकतन्त्रविरुद्ध सम्झौता गरेको थियो। नियतिले त्यसको पापबाट कांग्रेसलाई जोगाइदिएको छ। अब सैद्धान्तिक मौलिकता जोगाएर, लोकतान्त्रिक निष्ठामा शंका नभएकासँग मिलेर निर्वाचनमा जाँदा नै देश र दलको हित हुनेछ। धर्मो रक्षति रक्षितः। विद्यार्थी बोकेको बसमा आगो लगाउनेहरूसँग मिलेर नेपाल विद्यार्थी संघले आन्दोलन गर्छ भने नेविसंघ हुनुको अर्थ समाप्त हुन्छ। जिउँदो मान्छेलाई आगो लगाउनेसँग मिसिएपछि तरुण दलको अलग पहिचान समाप्त हुन्छ। कांग्रेसलाई हत्यारासँग हात मिलाएको सजाय जनताले दिएका हुन्। अब पनि मौलिक पहिचान र प्रवृत्ति स्थापित नगरे कांग्रेसको पतन रोकिने छैन। लोकतन्त्रको मर्म पालना गरेमात्र कांग्रेसको भलो हुन्छ। विनाश रोज्नु छैन भने सत्ता हैन लोकतन्त्रको माया गर्नु आवश्यक छ। परधर्मो भयावहः!
अहिलेसम्म कांग्रेसजन सधैँ सत्तामा बसेर चुनाव लडेका छन्। अब सत्तामा नबसी चुनाव लड। कम्युनिस्टहरूले सत्ताको पक्कै दुरुपयोग गर्छन्। कुनै कम्युनिस्ट नेता अहिलेसम्म निष्पक्ष चुनावबाट सत्तामा पुगेको छैन। सत्तामा पुगेपछि रगत नबगाई हटेको पनि छैन। नेपालका कम्युनिस्ट अपवाद बनिदिए हुन्थ्यो तर पुष्पकमल दाहाल र बाबुराम भट्टराई दिनहुँ बदलिने कथनी र करनी हेर्दा यिनीहरू अपवाद होलान् भनेर पत्याउन कठिन हुन्छ। कम्युनिस्टहरू साध्यका लागि साधनजस्तो पनि अपनाउन हुन्छ भन्ने ठान्छन्। अर्को निर्वाचन संविधान सभाकै गर्नुपर्छ। संविधान बनाउने जनअधिकार कांग्रेसले खोस्नु हुँदैन। देवता दिने पितृ हर्ने नहोस्। संघीयतालगायतका विषयमा स्पष्ट मत जनसमक्ष राख्नुपर्छ। जनताले निर्भीकतापूर्वक मत दिने वातावरण बनाउनुपर्छ। जनादेश शिरोपर गर्नुपर्छ। कांग्रेसको धर्म र प्रकृति त्यही हो।
माओवादीको नेतृत्वमा हुने निर्वाचनमा भाग लिनु पनि हुँदैन। निष्पक्ष हुने प्रत्याभूति नभए चुनाव बहिष्कार गरे हुन्छ। सकिन्छ भने निष्पक्ष निर्वाचन गराउने सरकार गठन गर्न जोड दिनुपर्छ। लोकतन्त्र सुदृढ हुन्छ भने सत्ता नभएर कांग्रेसलाई नोक्सानै गरे पनि सहन तयार हुनुपर्छ। निर्वाचन हार्दा कुनै केही व्यक्तिको जुनी बित्ला तर पार्टीका लागि एउटा चुनाव जुनी हैन खेपमात्रै हो। संगठनका लागि सिद्धान्त नै त जीवनै हो। सिद्धान्तविहीन राजनीति महात्मा गान्धीका शब्दमा पाप हो। पाप अर्थात् अधर्म। धर्म छाडेपछि विनाश हुन्छ। जानीजानी विनाश त मूर्खले मात्र रोज्छ।