हाम्रो देशमा संवादको चलन छैन। धेरै वोल्नु हाम्रो सामाजिक संस्कारको विपरित हुन्छ। अझ आफू भन्दा ठूला-वडा र जान्ने-सुन्नेका अगाडि वोल्नु अनुशासनका विरुध्द मानिन्छ। जान्ने भाको, कति वोल्न सक्या, भलाद्मीले धेरै वोल्दैनन जस्ता वाक्य नेपाली समाजमा श्रुति मधुर मानिन्छन। संवादको नाममा विवाद हाम्रो पहिलो चेतना हो। तैले भनेर हुन्छ? भन्ने वाक्यले सहमतिको वाटो खोल्दैन।
जाने पनि नजाने जस्तो गर्नु र वडाले गरेको गलत कुराको समेत खण्डन नगर्नु विनम्रता मानिन्छ हाम्रो समाजमा। त्यसैले हामी कहाँ वार्ता हुन्छ संवाद हुँदैन। वार्ता अर्थात वोल्नेको एकोहोरो प्रलाप। यही एकोहोरो प्रलापको मारमा परेर ध्वस्त हुन थालेको छ हाम्रो समाज। जहिलेसम्म देशमा राजा थिए, उनी हुकम चलाइ रहन्थे र प्रजा सुनी रहन्थे। राजा गएर देशमा गणतन्त्र आएपछि नेताहरुले खूव वोले। हामीले रमाइ रमाइ सुन्यौं उनीहरुको वोली। अहिले लाग्दैछ, संविधान वनाउने मामिलामा नेताहरुले गोकर्ण र हात्तीवनका रिसोर्टमा परस्परमा लेनदेनको भाषा नवोलेर संविधान सभाको भवन भित्रै राजनीतिक संवाद गरेको भए नयाँ नेपालका लागि नयाँ संविधानको कीला- काँटा मिल्थ्यो होला। कीला-काँटा मिलाउनु संवादको महत्वपूर्ण पक्ष हुँदो रहेछ। यूएनडीपीको आतिथ्यमा गोदावरी रिसोर्टमा शुक्रवार सम्पन्न एकदिने गोष्ठीमा सहभागी नभएको भए स्तम्भकारले यो सत्य थाह पाउनवाट वन्चित हुने रहेछ।
हो त, गोदावरी रिसोर्टको कोठामा कीला-काँटा मिलाएर हामी पत्रकारहरुले अदभूत संवादको थालनी गर्यौं। देशमा पहिचानको लडाई चम्किएको अहिलेको स्थितिमा जन्मिदाखेरि समाजले धार्मिक, सांस्कृतिक, जातीय, वर्गीय, राष्ट्रिय आदि कुन कुन पहिचान हामी माथि थोपर्यो? भन्ने प्रश्नको उत्तर खोज्यौं। यो पहिचानको कुरा कहाँवाट उठ्यो? वुझन हामीलाई धौ धौ पर्यो। हामी मध्ये धेरैले पहिचानका वारे सोचेका पनि थिएनौं होला। त्यही गोष्ठीमा थाह भयो पहिचानका मामिलामा राष्ट्रिय पनि थोपरिने शव्दमा पर्दो रहेछ। त्यसमा संवादगर्दा विवाद वढी हुने भएकोले हामीले त्यसलाई त्यत्तिकै छाडिदियौं। युध्दमा पनि र शान्तिमा पनि, संवाद कति आवश्यक छ भन्ने जान्यौं। गोदावरीको अपेक्षाकृत स्निग्ध वातावरणमा एकरात विताएर फर्किदा हामी संवादको संस्कृतिमा पूर्ण दीक्षित भइ सकेका थियौं।
हामी त यसैपनि कृतकृत्य भएकै थियौं। पत्रकारितामा झण्डै चार दशक विताउँदा पनि संवादको एक दर्जन किला-काँटासम्म मिलाउन नजानेको स्तम्भकार जस्तो अकिन्चन पत्रकार संवाद शव्दको नयाँ अर्र्थ र परिभाषा पाएपछि वढी नै पुलकित हुनु स्वाभाविक थियो। अरु सहकर्मी साथीहरु पनि पक्कै पुलकित भए होलान। किला-काँटा मिलाउने कलामा हामी सवै निरक्षर थियौं। तर, केही सहकर्मीहरुले किला-काँटा मिलाउने कला तत्काल सिकेर हामी सवैको नाक जोगाइ दिए। आखिर नाक नै हो ठूलो कुरो। देशको पूरै राजनीति नेताहरुको नाकको टुप्पोमा केन्द्रित भएका वेला संवादको मूल विषय पनि नाकको टुप्पोमा नै केन्द्रित रहनु एकमात्र सत्य हो। दुखको कुरा, यो सत्यलाई आत्मसात नगरीकनै गोदावरी गोष्ठी सकियो। दक्षिण अफ्रिकादेखि आएका संवाद प्रशिक्षकले हामीलाई सिकाए, अरु सवैथोक छोडे पनि संवाद गर्न नछोडनु। उनको यो कथनपछि गोष्ठीका आयोेजक र सहभागी दुवै पक्ष ँजीत-जीतँ को अवस्थामा रहे। नेपालका कहलिएका पत्रकारहरुलाई संवादको महत्व सम्झाउन पाएर आयोजकहरु पक्कै कृतकृत्य भए भने पत्रकारहरु पनि घाटामा रहेनन्।
सँधै नयाँ नयाँ वृत्तिको खोजीमा रहेको वर्तमान विश्वमा वृत्तिका रुपमा स्थापित भएको छ अहिले संवाद। वर्षातको भेलले हलक्क वढेको पहाडी खोलाजस्तो यसको महत्व पनि हलक्क वढेको छ। यसका साथै विश्वव्यापि व्दन्व्दको भुमरीमा परेर झण्डै झण्डै मेटिनै लागेको मोहनदास करमचन्द गान्धी र नेल्सन मण्डेलाको नाम फेरी चम्किन लागेको छ। मानिसको अमरत्व वृत्तिसंग जोडिएपछि इतिहासको महत्व वढदछ। वर्तमानको सत्य यही नै हो। वृत्तिसंग नजोडिएका विचारहरुको मान्यता स्थापित हुन गार्हो छ अहिलेको समयमा। त्यसैले गान्धीको सत्यसंगको अनुभव र स्वतन्त्रताका खातिर मण्डेलाको लामो हिंडाई ँसंवाद वृत्तिँ को नयाँ मन्त्र वनेको छ।
मिडिया वृत्तिमात्रै होइन, दायित्व र जागरुकता हो। यो सत्यको सामना नेपाली मिडियाले कहिल्यै गर्नुपरको छैन। न यो पूर्णकालीक वृत्ति वन्न सकेको छ, न यसले आफनो दायित्वप्रति यथेष्ट जागरुकता नै देखाउन सकेको छ। मिडियाको शक्ति र प्रभावको विश्वव्यापि विस्तार भएको अहिलेको समयमा पनि नेपाली मिडियाले आफनो समाजका लागि मौलिक र विचारशील कार्यसूची प्रस्तुत गर्न सकेको छैन। राजनीतिका खुइलिसकेका विचारहरुलाई शव्द फेरी फेरी प्रस्तुत गर्ने गरेको छ नेपाली मिडियाले। किनभने, विचारको परिमार्जनगर्ने वौध्दिक ताकत कुनै राजनीतिक कर्मीले देखाउन सकेको छैन। मिडिया राजनीतिको यही जंगलमा भडकिएको छ। परिणाम, पाठकका नजरमा मिडिया वनेको छ मनोरन्जनको स्रोत। यसको गम्भीर चरित्र देखिन र लेखिन पाएकै छैन। मिडियाका नाममा जतिपनि संस्थाहरु खुलेका छन ती सवै राजनीतिक दलका वर्गीय संगठन जस्ता छन। पत्रकारहरुको छाता संगठन जुनसुकै घटनामा पनि जुलुश निकालेर विरोध प्रदर्शनगर्न राजनीतिक दल जति नै सक्रिय र जागरुक छ। विवेक, विचार र नैतिक शक्तिको स्रोत वन्नुपर्ने मिडिया आफैं दिशाहीन देखिएको छ भने यसलाई विडम्वना नै मान्नु पर्दछ।
संवाद सवैतिर जरुरी छ। तर, संवादका लागि पूर्वाधारहरु पनि त्यत्तिकै जरुरी हुन्छन। नेपाली मिडिया साँच्चै संवादमा छैन। हामी कि प्रतिवाद गर्दछौं कि विवाद। संवादका लागि हामीसंग कुनै विषय नै छैन। नेताहरुले भाषण नगरेसम्म समाचारका विषयहरु नै फुर्दैनन मिडियाकर्मीमा। मिडिया अहिलेसम्म पनि वृत्ति वन्न सकेको छैन। यही कारण हो कि यो दिनप्रतिदिन निरस र रुखो वन्दै गएको छ। मिडियालाई अहिलेको वौध्दिक मन्दीवाट वाहिर ल्याउने हो भने मिडियाकर्मीहरुले किला-काँटा मिलाउन सिक्नै पर्दछ। मिडिया आफैंमा स्वतन्त्र हो कि राजनीतिक दलको विस्तार मात्रै हो? यो विषयमा सक्रिय संवाद हुनै पर्दछ। जनतासंग निरन्तर संवादको दावीगर्ने हामी मिडियाकर्मीहरुका वीचको संवादले मात्रै मिडियाको शक्ति सुनिश्चित हुन सक्दछ। हामी आफैंले आफूलाई शक्तिका रुपमा स्थापितगर्न लागेका छौं। तर, जनताले मिडियाको भरोसा गरेका छैनन। जनताले भरोसा गर्नसक्ने संस्थाको रुपमा मिडियाको विकास नभएसम्म यसको प्रभाव सीमित रहन्छ। यतातिर मिडियाकर्मीहरुले संवादको किला-काँटा ठोक्न थाले भने मिडियाको प्रभावकारिता निश्चय पनि वढने छ।