राष्ट्रको कमाण्ड सम्हालेका प्रधानमन्त्री डा. बाबुराम भट्टराई र एकीकृत नेकपा माओवादी पार्टीको कमाण्ड सम्हालेका पुष्पकमल दाहाल दुवै जनालाई हिजोआज संग्रहालय मोहले पछ्याएको छ। एमाओवादीको सातौं विस्तारित बैठकमा अध्यक्ष दाहालले पूर्व जनमुक्ति सेनाका हतियार अब संग्रहालयमा थन्क्याइने प्रस्ताव सुनाउनमात्र के खोजेका थिए, आक्रोशित पूर्व सेनाको समूहले बैठक नै अवरुद्ध गर्यो।
शान्ति प्रक्रियाका क्रममा जनमुक्ति सेनालाई ब्यारेकमा राख्ने सहमति गरेलगत्तै माओवादी हतियारको संख्याबारे चर्चा चल्यो। त्यतिबेला अध्यक्ष दाहालले केही हतियार खोलाले बगायो भनेर जवाफ दिएका थिए। पछिल्लो विस्तारित बैठकमा पूर्व सेनाले समायोजनका नाममा अपमान भयो भन्दै आक्रोश पोखेपछि दाहालले बाँकी हतियार संग्रहालयमा राखिने आश्वासन दिए। त्यो बेला 'हतियार खोलाले बगायो' भन्दा ती सेनाले जनविद्रोहका लागि हतियार बाहिर राख्ने उद्देश्यले त्यसो भनिएको होला भन्ठानेका थिए। तर, अहिले बाहिरको हतियार पनि आफूसँग नरहेको र गत चैत २८ गते नै नेपाली सेनालाई बुझाइसकिएका हतियार संग्रहालयमा राख्ने प्रचण्डको नयाँ प्रस्ताव सुनेर जनसेना छक्क परे। किनकि त्यो हतियार संग्रहालयमा राखिए पनि माओवादी सेनाको नाममा हैन, नेपाली सेनाकै नाममा रहनेछन्। सिंगो व्यारेक र हतियार बुझाइसकेपछि ती सबै 'पुरानै सत्ता'का हतियार भइसके।
जनयुद्ध र विभिन्न कालखण्डका जनसंघर्षबाट प्राप्त उपलब्धिको रक्षा गर्दै सिंगो राष्ट्रलाई आधुनिक राज्यका रुपमा संस्थागत गर्नुको साटो दाहाल-भट्टराईहरु त्यसलाई पुरानै ढर्राको संग्रहालयमा सीमित गर्न खोज्दैछन्। उनीहरुको राजनीतिक गन्तव्य यही गतिमा अगाडि बढ्दै गयो भने कुनै दिन आफ्नै नेतृत्वको १० वर्षे 'जनयुद्ध' प्रति पश्चाताप गर्दै आफूले संग्रहालयमा थन्क्याएका आफ्नै हतियार सम्झेर उनले अर्को पश्चाताप गर्नुपर्नेछ। आफैले स्थापित गरेका राजनीतिक मूल्य र मान्यताविरुद्ध आफैंलाई खरोरुपमा उतार्नु, सिंगो मुलुकलाई बन्धक बनाएर कुर्सीमा टाँसिरहनु, सिंगो पार्टीलाई आफ्नो पेवा ठानेर २० वर्षदेखि अनवरतरुपमा 'पार्टी-सत्ता' मा टाँसिरहनु जस्ता कारणले कुनै बेलाका 'नायक' यी दुई पात्र समयक्रमसँगै नालायकमा बदलिँदै छन्। जुन मुलुकले दाहाल-भट्टराईबाट आफ्नो काँचुली फेर्ने आशा गर्यो, त्यही मुलुकको राष्ट्रियतालाई विदेशी सामु सुम्पिने काम जनयुद्धताका नै भएको रहेछ भन्ने कुरा भारतीय बुद्धिजीवी एडडी मुनीमार्फत् उजागर भइसकेको छ।
दशक लामो संघर्ष र बलिदानीबाट स्थापित राजनीतिक धरातललाई कमजोर बनाएर यी दुई नेताले नेपाली जनताको परिवर्तनको चाहनालाई पनि संग्रहालयमै सीमति गरिदिए। तत्कालीन माओवादी शान्ति प्रक्रियामा आएलगत्तै बालाजुमा सम्पन्न चौथो विस्तारित बैठकमै कार्यकर्ताहरुले शंका गरेर प्रश्न गरेकै थिए, कतै हाम्रा नेताले क्रान्तिलाई नै संग्रहालयमा थन्काउँदै त छैनन्? 'मौलिक क्रान्तिको मोडेल विकास गर्ने' नाममा नेतृत्व नयाँ रुपको संसदवादमा फस्दै गएको त हैन? यी र यस्तै प्रश्नको स्पष्टरुपमा सैद्धान्तिक र व्यावहारिक जवाफ नदिएरै बैठक सम्पन्न भयो। त्यतिबेलैदेखि नै जनयुद्धबाट खारिएर आएको इमानदार कार्यकर्ता पंक्तिबीच सिंगो क्रान्तिको भविष्यबारे विभिन्न कोणबाट चिन्ता चासो लिने क्रम सुरु भइसकेको थियो।
त्यतिखेरै जन्मिएको शंकाले एमाओवादीलाई विभाजनको स्तरसम्म मात्र पुर्याएन, जतिबेला जनयुद्ध उत्कर्षमा पुग्दै थियो, नेताहरु मुखले भारतीय विस्तारवाद भन्दै थिए तर भित्रभित्रै भारतप्रति सकारात्मक नै रहेको भन्दै चिठी लेख्दै थिए। यस्तो हर्कत हेर्दा दाहाल-भट्टराई कतै जनयुद्ध थालिएको ५/६ वर्षदेखि नै विस्तारवाद भनिएको भारतकै कुनै डिजाइनमा सामेल भएका थिए कि भन्ने शंका जन्माएको छ। एकातिर भारतमै बसेर भारतीय सत्तासँग जीवनको भिख माग्ने अर्कोतिर कार्यकर्तालाई चाहिँ सुरुङ युद्ध गर्न उक्साउने, यी सबै घटनाक्रमले पनि पुष्टि गर्दैछ कि दाहाल-भट्टराईले नेपालको मौलिक क्रान्तिको संज्ञा दिइएको 'जनयुद्ध' लाई उतिबेलै दिल्लीको संग्रहालयमा थन्क्याइसकेका रहेछन्।
पछिल्लो सातौं विस्तारित बैठकबाट दाहाल-भट्टराईले जे अपेक्षा गरे, परिणाम त्यसको ठीक विपरित आउनमा उनीहरुको संग्रहालय मोह नै मुख्य कारण हो। आफ्नै कारणले समायोजन प्रक्रिया ठीक ढंगबाट अघि नबढेपछि पूर्व जनसेनालाई खुशी पार्न हतियार संग्रहालयमा राख्ने प्रस्ताव गरे पनि आफूहरुलाई नै जिउँदै संग्रहालयमा राखिएको अनुभूत गरेका पूर्व जनसेनाले आक्रोश पोखेर दाहाल-भट्टराईको प्रस्ताव ठाडै अस्वीकार गरिदिए।
प्रारम्भमा क्रान्तिमा होमिन प्रेरित गर्ने, अन्तमा क्रान्तिप्रति नै वितिष्णा पैदा हुनेगरी सिंगो आन्दोलनलाई अवतरण गराएर दाहाल-भट्टराईले राष्ट्र र आम उत्पीडित जनतामाथि धोका दिएका छन्। भन्ने एउटा गर्ने अर्को दाहाल-भट्टराई चिन्तन र कार्यशैलीबाट नेपाली कम्युनिस्ट पार्टीमात्र हैन, आर्थिक, सामाजिक, राजनीतिक एवं सांस्कृतिक हिसावले सिंगो राष्ट्र नै पछाडि धकेलिएको छ।
लेखक क्रान्तिकारी पत्रकार महासंघ, नेपालका केन्द्रीय सदस्य हुन्।