हत्तेरिका! राजनीति त सातादिन अघिकै सास फेरिरहेको छ। युवासंघको चक्काजाम, राष्ट्रपतिको आयोजनामा शीतलनिवासमा नेताहरूलाई लन्च, राष्ट्रिय सहमति बनाइदिए तुरुन्त प्रधानमन्त्रीको उमेदवार उभ्याइदिने नेपाली कांग्रेसका सभापति सुशील कोइरालाको चुनौती, केपी ओलीको प्रधानमन्त्री बन्ने चाहना, इत्यादि इत्यादि। मुलुक अन्तरिम संविधानका पनि छानिएका धाराभित्र चलिरहेको छ।
जनताले संविधान बनाउने अधिकार प्रत्यायोजन गरेर पठाएका दलहरू गत जेठ १४ गते मध्यरातमा निदाएका अझै ब्युँझिएकै छैनन् जस्तो। राष्ट्रपति पनि संविधान बनाउने होइन, सहमतीय सरकार बनाउने नारदजस्तो हुन खोजेका। हैन, यो बालुवाटारमा कस्तो चुम्बक जडेको छ हँ! संविधान बनाउने वैकल्पिक उपाय पत्ता लगाउनभन्दा यही चुम्बकमा गएर टाँसिन र बत्तीको झिल्के पुतली हुन मूर्त, अमूर्त उमेदवारहरू मरिहत्ते गरिरहेका छन्।
यो राजनीति समस्या हो कि समाधानको साधन हो? समस्याको समाधान पहिल्याउने साधन भए राजनीति केही रचनात्मक हुनुपर्ने हो। सातादिनसम्म स्पन्दनहीन कसरी हुनसक्छ राजनीति? राजनीति स्वयम् समस्या भएर सबै राजनीतिक घराना दलहरूमा पहिरो गइरहेको देख्दा मौसमको विम्बमा केन्द्रित हुन मन लाग्छ। पोहोर सालको बर्खा मेहरवान् भयो, अन्न उत्पादन बढ्यो, त्यसैले कुल गार्हस्थ उत्पादनको सूचक अंक पनि बढ्यो। यो साल साउने झरीले बाढी ल्याएको छ, घरबस्ती बगेका छन्, तर अहिलेसम्म पचास प्रतिशत पनि रोपाइँ भएको छैन। यसले सुखद आर्थिक भविष्यतर्फ संकेत गर्दैन। जो कोही अर्को प्रधानमन्त्री हुनेछ उसले मौसमको यो मेटाफोरबाट मुक्ति पाउनेछैन।
नेपाली सभ्यताका बारेमा बेलाबेलामा सोच्न मन लाग्छ। अँग्रेजीको शब्द 'सिभिलिजेसन'लाई नेपालीमा सभ्यता भन्ने गरिन्छ। समान्य अर्थमा सभ्यताले एउटा खास संस्कृतिको समग्र विकासलाई जनाउँछ। सिन्धु घाँटी सभ्यता, मेसोपोटामियाको सभ्यता, चिनियाँ सभ्यता, इजिप्सियन सभ्यता इत्यादि केही प्राग्ऐतिहासिक सभ्यताका नाम हुन्। तर सिभिलिजेसन भन्ने शब्दको व्युत्पत्ति हेर्ने हो भने यो सिभिस र सिभिटास भन्ने दुई प्राचीन ल्याटिन शब्दहरूबाट बनेको बुझिन्छ। यसमा सिभिसको अर्थ नागरिक र सिभिटासको अर्थ नगर अर्थात् नगर राज्य भन्ने हुन्छ। मेरो विचारमा यही व्युत्पत्तिमा सभ्यताको नयाँ आधुनिक अर्थ लुकेको छ। प्राचीन ल्याटिन सभ्यता बन्नेबेला त्यहाँ केही नगर राज्यहरूको विकास भएको थियो र साहित्य, कला, संस्कृति तथा राजनीतिक दर्शनको पनि व्यापक विकास भएको थियो। त्यसबेला कुनै नगरलाई राज्यका रूपमा विकसित गर्ने सिलसिलामा त्यसका आदर्शहरूलाई सिभिलिजेसन अर्थात् सभ्यता शब्दले इंगित गर्न खोजियो।
ईस्वी पात्रोअनुसार अहिलेको समयलाई एक्काइसौँ शताब्दी भनिएको छ। हाम्रो मुलुकमा चल्तीको विक्रम् संवत् अनुसार त हामी एक्काइसौँ शताब्दीको पनि उनन्सत्तरीयौँ वर्षमा छौँ। यसबीचमा नेपाल भन्ने राष्ट्रले विश्व मानचित्रमा एउटा नक्सा बनाएको छ। तर नेपाल भन्ने यो मानचित्रको अलग सभ्यता र आविष्कार स्थापना गर्न आजसम्म हामीले सकेका छैनौ। यो पीडादायी त्रासदी हो। के होइन त? कुनै चीज हो भन्ने पुष्टि गर्नुभन्दा होइन भन्ने पुष्टि गर्न कठिन हुन्छ। आगोलाई आगो हो भनेर पुष्टि गर्न आगोतर्फ चोर औंला देखाए पुग्छ। तर आगो होइन भनेर पुष्टि गर्नेतर्फ दिमाग घुमाउनासाथ हामीले आगोसँग बाँकी सारा वस्तुकोसम्बन्ध केलाउनुपर्ने हुन्छ। हामीले संसारको सभ्यताको मानचित्रमा नेपालको सभ्यताको उपहारका रूपमा केही दिन सकेका छैनौं। के यो लज्जाको विषय होइन?
राजनीति र सभ्यताको अन्योन्याश्रित सम्बन्ध हुन्छ। आधुनिक विश्वमा राष्ट्र स्पष्ट भौगेलिक रेखांकन र राजनीतिसहितको अस्तित्व हो। यसका साथै एउटा अलग सभ्यता पनि हो। सिभिलिजेसनको भर्खरै परिभाषित अर्थमा हरेक राष्ट्र आफ्नो अलग पहिचानका रूपमा अलग सभ्यता निर्माण गर्न कम्मर कसेर लागिरहेका छन्। तर सभ्यता भनेको रचनात्मक खोजहरूको मालाबाट निर्माण हुन्छ। यसका निम्ति राजनीति सबैभन्दा रचनात्मक हुनु जरुरी हुन्छ। नेपालमा राजनीतिक नियुक्तिलाई चाकरीको परिणामस्वरूप प्राप्त हुने फोस्साको पद मान्ने गरिन्छ। तर देशको प्रमुख कार्यकारी प्रधानमन्त्रीका सल्लाहकारदेखि, कर्मचारीतन्त्रको प्रमुखसम्म, योजना आयोगदेखि लगानी बोर्डसम्म, सेनादेखि प्रहरीको प्रमुखसम्म कुनै न कुनै रूपमा राजनीतिक नियुक्ति हुनेगर्छ। यसैकारण सभ्यताको निर्माणमा राजनीतिको नेतृत्वदायी भूमिकामा हुन्छ।
साथसाथै सभ्यताको निर्माण हरेक घर र घरहरू मिलेर बन्ने साना समाजका एकाईहरू, अनि समाजका सक्रिय विभिन्न 'इन्टिच्युसन' अर्थात् संस्थामार्फत् सुषुप्त ढंगले भैरहेको हुन्छ। जुनसुकै घरमा राम्रो जागिरको चर्चा हुन्छ र त्यसैका लागि राम्रो शिक्षाको कुरा हुन्छ। परन्तु आविष्कार, निर्माण र रचनात्मकताको कुरा हुनेगर्दैन। त्यसैले हरेक काम फगत एक जागिर हो। पत्रकारदेखि शिक्षकसम्म, योजनाविद्देखि प्राध्यापकसम्म, नेतादेखि वकिलसम्म फगत जागिर खान्छन्। हाम्रो सभ्यतामा रहेको यस खोटले हामीलाई राष्ट्रको दोहन गर्ने तर निर्माण नगर्ने भयावह रोग दिएको छ।
यहाँनेर मलाई रेमिट्यान्सको ऐंठन हुन्छ। अनायासै पासपोर्ट बनाउने रहर लागेर परराष्ट्र मन्त्रालय परिसरमा लाम लाग्न पुगेको थिएँ एक दिन। ग्रिक दार्शनिक एवम् वैज्ञानिक आर्किमिडिज्को 'बाथ टब एक्सपेरिमेन्ट'जस्तो हुनपुग्यो त्यो लाममा उभिने घटना। युवायुवतीको एउटा निरस लाम छ, म नियालेर हेर्छु। कसैको अनुहारमा कुनै आभा छैन, मात्र अनिश्चय र निराशाको एउटा विचित्र कोलाज छ। उमेरको रागसमेत मरिसकेको जस्तो। हाउभाउ, पहिरनले सबैजसो गाउँबाट बिरानो काठमाडौंमा आइपुगेका पराइजस्ता देखिन्थे। काठमाडौं तिमीहरूको पनि हो, म उनीहरूलाई भन्न चाहन्छु। तर म आफैंलाई पनि उनीहरूका अघिल्तिर अर्को बिरानोजस्तो पाउँछु। उनीहरू कहाँ जान लागेका होलान्? कस्तो भविष्यले उनीहरूको प्रतीक्षा गरिरहेको होला? उनीहरू कुनै न कुनै विदेशी मुलुकको सभ्यता निर्माण गर्ने औजार हुनसक्छन्। तर कस्तो निराश अनुहार?!
सन् २००१ मा बनेको हलिउड फिल्म 'एन्टिट्रस्ट' सम्भि्कन्छु। त्यो फिल्मको खलनायक ठूलो सफ्टवेयर निर्माता कम्पनीको प्रमुख कार्यकारी अधिकृत छ। हिरो, एउटा सानो ग्यारेजमा कम्युटर कोडहरूसँग खेलिरहने कलिलो ठिटो। भिलेन गेरी विन्सटन्ले एउटा टेलिभिजन अन्तर्वार्तामा भन्छ, कुनै ग्यारेजमा कोडसँग खेलिरहेको केटोले हाम्रो सफ्टवेयर साम्राज्यमा जुनसुकै दिन धावा बोल्न सक्छ। अनि फेरि म आर्किमिजिडलाई सम्भि्कन्छु, बाथटबमा नुहाउन पसेको उसलाई महिनौं प्रयोगशाला र राइटिङ टेबलमा घोत्लिँदा नसुझेको सिद्धान्त सु‰छ। आर्किमिडिजलाई अकस्मात् महसुस हुन्छ, बाथटबमा तैरिँदा जति परिमाणबराबरको शरिर डुबेको छ, उति नै परिणाम बराबरको पानी प्रतिस्थापित हुन्छ। उनी युरेका! युरेका!! भन्दै नांगै सडकसम्म दौडिएर पुग्छन्।
हामीसँग थुप्रै पण्डित छन्। आफैँले आफैँलाई बेच्न तयार म्यानपावर भयौं हामी। कतार, ल्याटिन अमेरिकी देशहरूका कैयौं सीमाना पार गरेर संयुक्त राज्य अमेरिकाको डरलाग्दो आर्थिक संकटसम्म पुग्न हाम्रा युवा तयार छन्। तर ग्यारेजबाट कम्युटरको कोड खिचेर सभ्यताको रेखांकन गर्ने माइलो हफम्यानहरू छैनन्। हाम्रो सभ्यतामा पनि यस्ता आर्किमिडिज जन्मनुपर्ने हो, जो कैयौं नसुल्भि्कएका प्रश्नहरू सुल्झाउन दुनियाँलाई मद्दत गर्छन्। कुनै दिन कसैले पनि मतलब नगरेको ग्यारेजबाट कुनै माइलो हफम्यान निस्कियोस् र चिच्याओस् : युरेका! युरेका!!